Skip to main content

Posts

Showing posts from August, 2011

पाँच वर्षे पूँजीबजार गुरुयोजनाले नसमेटेका विषय

होमनाथ गैरे नेपाल धितोपत्र बोर्ड सेबोन ले विश्व बैङ्कको प्राविधिक तथा आर्थिक सहयोगमा ५ वर्षे पूँजीबजार विकास गुरुयोजना निर्माण गरिरहेको छ । यस विषयमा सरोकारवालाहरुसँग विभिन्न चरणमा अन्तरकि्रयाहरु पनि भएका छन् । त्यस्ता अन्तरकि्रयामा नेपाललगायत भारत तथा दक्षिण एशियाकै पूँजीबजार बिज्ञहरुबाट नेपाली पूँजीबजारको विकासका लागि सुझावहरु सङ्कलन गरिएको छ । अन्तरराष्ट्रिय जगतमा पूँजीबजारका सम्बन्धका लामो अनुभव भएका बेलायती नागरिक रिचार्ड प्राटले गुरुयोजनाको प्रमुख परामर्शदाताका रुपमा काम गरिरहेका छन् । सो गुरुयोजना तयार गर्नका लागि बिश्व बैङ्कबाट प्राप्त भएको १ लाख ५२ हजार ५ सय अमेरिकी डलर रु १ करोडभन्दा धेरै रकम खर्च हुनेछ । गुरुयोजना तयार गर्न भारतीय धितोपत्र बोर्ड सेबी र सेक्यूरिटिज कमिशन मलेशिया सेम ले बाह्य परामर्शदाताको भुमिका निर्वाह गरेका थिए । साथै स्थानीय परामर्शदाता र सरोकारवालाहरुका सुझाव पनि गुरुयोजनामा समेटेको बोर्डको दावी छ । त्यसरी तयार गरिएको पूँजीबजार गुरुयोजनाको अन्तिम खाका तयार भईरहेको बताईएको छ । तर यसरी तामझामसँग तयार गरिएको गुरुयोजनामा नेपाली पूँजीबजार तथा यसका सरोकारवाला...