डा . होमनाथ गैरे नेपालमा गरिबीको बहस प्रायः आयको सन्दर्भमा सीमित रहने गर्छ। तर वास्तविक जीवनमा नागरिकले भोगिरहेको गहिरो समस्या हो , समय गरिबी। जब एक नागरिकले आफ्नो बहुमूल्य समय आय आर्जन , नविन सिर्जना वा उत्पादकमुलक कार्यमा खर्च गर्नुको सट्टा अनावश्यक कागजी प्रक्रिया , कार्यालय धाउनुपर्ने बाध्यता , र दोहोरिइरहने प्रमाणीकरणमा खर्च गर्नुपर्छ , त्यो नै समय गरिबी हो। यही समयको अपव्यय नै अन्ततः न्यून आयको पासोमा परिणत हुन्छ । यसरी समय गरिबी र आय गरिबी एकअर्कासँग गहिरो रूपमा गाँसिएका छन्। वा भनौ समय गरिबी आय गरिबीको प्रमुख कारकमध्ये एक हो । करिब दुई तिहाइ बहुमत सहितको रास्वपा सरकार अहिले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेर आर्थिक वर्ष २०८३ / ८४ को बजेट ल्याउने तयारीमा रहेको छ । नागरिकको अत्यधिक विश्वास प्राप्त सरकारले सुरुआती समयदेखि नै केहि सुधारात्मक कार्यको थालनी गरेको छ । यद्यपी , लामो समयदेखि विकृत र कुशासनले थला परेको प्रणालीमा नतिजा प्राप्त गर्न सहज भने देखिएको छैन । हाम्रो सार्वजनिक प्रणालीमा रहेको सबैभन्दा ठूलो विरोधाभास सूचना भएर पनि प्रयोग गर्न नसक्नु हो।यसैबाट शुरु हुन्...
वित्तीय प्रणालीमा पैसा निस्कृय बस्दा एकातिर अर्थतन्त्रका उत्पादक क्षेत्रमा त्यसको प्रवाह हुन सकेको छैन भने अर्कोतिर नेपाल राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा हम्मे हम्मे परेको छ । डा . होमनाथ गैरे सरकारले आर्थिक वर्ष २०८३ / ८४ को बजेटमार्फत लगानी प्रवर्द्धन , रोजगारी सिर्जना र औद्योगिक विस्तारका साथै नवप्रवर्तन तथा आर्थिक पुनर्उत्थानलाई प्राथमिकता दिँदै ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । उक्त लक्ष्य हासिल गर्न आवश्यक कर्जा तथा नीजि लगानी व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकमार्फत उपयुक्त मौद्रिक नीति ल्याइने पनि बजेट भाषणमा उल्लेख छ । पछिल्लो अवस्था विश्लेषण गर्दा अहिले नेपालको बैंकिङ प्रणालीमा खर्बौको लगानीयोग्य रकम ( अधिक तरलता ) उपलब्ध भए पनि निजी क्षेत्रको तर्फबाट कर्जाको प्रभावकारी माग विस्तार हुन सकेको छैन। उता विदेशबाट प्राप्त हुने विप्रेषणको लगातार वृद्धिका कारण निक्षेप बढेर सर्वाधिक उचाईमा पुगेको छ भने ब्याजदर निरन्तर घट्दो क्रममा छ । यसले अर्थतन्त्रको समष्ठिगत माग अपेक्षाकृत रूपमा बढ्न नसक्नुको कारण नेपालको अर...