Skip to main content

Posts

Showing posts from January, 2025

बैंकमा तरलता, बजारमा मिटर ब्याज

   डा. होमनाथ गैरे यही पौष २४ गते बुधवार नेपाल राष्ट्र बैंकले मुलुकको वित्तीय प्रणालीबाट रू ८० अर्ब खिचेर आफ्नो ढुकुटीमा राखेको समाचार आयो । बैंक तथा वित्तीय संस्थाले आँफुसँग भएको लगानीयोग्य रकम (तरलता) कर्जा वा सापटि लिने ग्राहक वा ऋणी नपाएर ब्याजदरमा चाप पर्ने देखिएपछि केन्द्रिय बैंकले बैंकिङ प्रणालीबाट उक्त परिमाणको नगद उठाएको हो । बिगत केही महिनादेखि केन्द्रिय बैंकले लगभग हरेक हप्ता जसो बैंकिङ प्रणालीबाट नगद उठाउँदै आएको छ । अर्थतन्त्रमा तरल सम्पत्ती वा नगदको उचित मात्रा व्यवस्थापन गर्न राष्ट्र बैंकले विभिन्न मौद्रिक औजारहरूको प्रयोग गरेर बजारमा बढी भएको नगद आवश्यकता अनुसार खिचेर आफ्नो ढुकुटीमा राख्ने तथा बजारमा कमी भएको अवस्थामा ढुकुटीमा भएको नगद बजारमा पढाउने गर्दछ । खास गरी एक महिनाभन्दा छोटो समयको लागि पैसा खिच्ने र प्रवाह गर्ने गरिन्छ । त्यसरी बजारबाट खिचिएको करिब डेढ खर्ब नगद अहिले पनि राष्ट्र बैंकको ढुकुटीमा रहेको छ, जसमा उसले पैसा राख्ने बैंक तथा वित्तीय संस्थाहरूलाई ब्याज समेत तिरिरहेको छ ।    यसले बिगत केही वर्षदेखि नेपालका आर्थिक समाचारहरुको प्रमुख विष...