Skip to main content

Posts

Showing posts from April, 2025

अर्थतन्त्रको उपेक्षित माखेसाङ्गलो र दिगो आर्थिक विकास

२०८१  चैत ११ गते विश्व बैकले प्रकाशित गरेको एक प्रतिवेदनमा विगत दुई दशकमा नेपालले चरम गरिबी लगभग निवारण गरेर गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको उल्लेख छ । उक्त सफलतामा आन्तरिक उत्पादन , उत्पादकत्व र रोजगारी भन्दा पनि विदेशमा काम गर्ने नागरिकले पठाएको विप्रेषण (रेमिट्यान्स) को ठूलो भूमिका रहेको बताइएको छ। साथै प्रतिवेदनमा भविष्यमा सुदृढ आर्थिक वृद्धि हासिल गर्न नेपालले आन्तरिक अवसरहरूलाई खुल्ला गर्ने नीतिगत कदमहरूलाई प्राथमिकता दिनुपर्ने सुझाव दिइएको छ । केही दशक पहिला समान हैसियतमा रहेका छिमेकी मुलुकहरू सँगको तुलनामा गरिबी निवारणमा प्रगतिका बाबजुद नेपालको आर्थिक वृद्धि उनिहरूको तुलनामा न्यून रहेको विषय विश्व बैंकले उठाएको छ , जुन स्वभाविक र सत्य पनि हो । सन् १९९६ देखि सन् २०२३ को अवधिमा नेपालको अर्थतन्त्र वार्षिक औसत ४.२ प्रतिशतले मात्र वृद्धि भयो , जुन दक्षिण एसियाका आठ राष्ट्रहरूमध्ये पछडीबाट तेस्रो स्थानमा पर्दछ । यस अघिका अन्य प्रतिवेदनहरूमा जस्तै यसपाली पनि न्यून आर्थिक वृद्धिको कारकका रूपमा निर्यातमा गिरावट , औद्योगिक क्षेत्रको गतिहीनता र न्यून उत्पादकत्व र गैर...