डा . होमनाथ गैरे २०८२ चैत्र १९ गते सुक्रवार राष्ट्रपती रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेसँगै बजैट सिजन शुरु भएको छ। नेपालको दीर्घकालिन लक्ष्य हासिल गर्न सहयोग पुर्याउनका लागि आर्थिक वर्ष २०८२ / ३ मा तिनै तहका सरकारबाट सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरूको मार्गदर्शन गर्ने संघीय सरकारको उक्त नीति तथा कार्यक्रमलाई सबै सरोकारवलाहरूले महत्वका साथ हेरिरहेका छन् । उक्त नीति तथा कार्यक्रमका प्राथमिकताहरू देहायका रहेको देखिन्छ । आर्थिक वृद्धीमा सुधार र लगानी आकर्षण : सरकारले सरकारी खर्चमा विनियोजन कुशलता वृद्धि गरी उच्च प्रतिफलयुक्त आयोजनामा लगानी केन्द्रित गर्ने र निजी क्षेत्रको लगानी आकर्षित गर्ने जनाएको छ। पूर्वाधार विकास : आगामी वर्षमा पहिले नै शुरु भएका रणनीतिक महत्वका पूर्वाधार विकासलाई प्राथमिकता दिइनेछ , जसमा सडक , ऊर्जा , र सञ्चार क्षेत्र समावेश छन्। भने नयाँ पूर्वाधार आयोजना छनौट गर्दा आयोजना बैकको अवधारणा लागु गरिनेछ । शिक्षा र स्वास्थ्य : गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवामा आम स...