Skip to main content

Posts

Showing posts from September, 2025

तरलता, ब्याजदर र अर्थतन्त्र

आधुनिक अर्थव्यवस्थामा बैंकिङ क्षेत्रलाई अर्थतन्त्रको रक्तसञ्चार प्रणाली र त्यहाँ प्रवाह हुने तरलता ( लगानीयोग्य रकम ) लाई रगत जस्तै मानिन्छ । जसरी रगतले शरीरमा सबै तन्तुहरूमा प्राणवायु प्रवाह गरेर शरिरलाई जिवित र ऊर्जाशील बनाउँछ , त्यसरी नै तरलताले आर्थिक गतिविधि सञ्चालनका लागि पूँजी प्रवाह गरी अर्थतन्त्रलाई चलायमान बनाउँदछ। तरलता भन्नाले वित्तीय प्रणालीमा तत्काल प्रयोग गर्न सकिने लगानीयोग्य रकमको उपलब्धता हो। पर्याप्त तरलता हुँदा बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह सहजै गर्न सक्छन् , जसले उद्योग , व्यवसाय , कृषि तथा पूर्वाधार विकासमा लगानी बढाउँछ। जब तरलता अभाव हुन्छ , ऋण महँगो वा पाउनै गाह्रो हुन्छ , जसले लगानीको लागत बढाउँछ भने उत्पादन तथा रोजगारीमा नकारात्मक असर पार्छ। तरलता र अर्थतन्त्र बिच संयोजन गर्ने माखेसाँग्लो ब्याजदर हो , जस ले लगानीको लागत र बचतको प्रतिफल निर्धारण गर्छ। यो माखेसाँग्लो अत्यन्तै संवेदनशील वा धेरै आर्थिक सामाजिक कारकमध्ये केहि वा एउटामा मात्र परिवर्तन हुँदा पनि सजिलै घटबढ हुने खालको अस्थिर हुन्छ । जब ब्याजदर यथोचित स्तरमा हुन्छ र यसको भविष्यको गति अनुमान ग...