Skip to main content

Posts

Showing posts from May, 2011

बैङ्कऋण लिएर शेयर किन्ने बेला आयो

होमनाथ गैरे विगत केही समयदेखि बैङ्क तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा प्रवाह गरेको ऋणमा गर्ने मार्जिन कल विस्तारै कम भएको छ । शेयर बजार लगातार ओरालो लागेर एकपछि अर्को टेवा तोड्दै गएपछि नेपाल राष्ट्र बैङ्कले शेयरको धितोमा दिने मार्जिन प्रकृतिको ऋणसम्बन्धी व्यवस्थालाई थप लचिलो बनाएकाले मार्जिन कल कम हुँदै गएको हो । साथै शेयर धितो राखेर लिएको ऋणको अहिलेसम्मको सबै ब्याज भुक्तानी गरेमा यो आर्थिक वर्षसम्मका लागि सबै ऋण नवीकरण गर्न पाउने व्यवस्था पनि राष्ट्र बैङ्कले गरेको थियो । राष्ट्र बैङ्कका यस्ता सकारात्मक प्रयासले ऋण लिएर शेयरमा लगानी गरेका लगानीकर्ताहरुलाई मार्जिन कलबाट जोगाएको बैङ्कर तथा लगानीकर्ताहरुले नै बताएका छन् । यसले शेयरको विक्री चाप घटाउने तथा बजारलाई स्थिरता र स्वाभाविकतातिर डोर् याउने विश्वास गरिएको छ । यसबाट ६ वर्षकै न्यून तहमा आएको शेयर बजार थप घट्नबाट जोगिने र सहज वातावरण बन्दै गएमा विस्तारै उकालो लाग्ने सङ्केत मिलेको विज्ञहरुको बुझाइ छ । चालू आवको मौदि्रक नीतिको अर्धवार्षिक समीक्षापछि राष्ट्र बैङ्कले धितोमा राखेको शेयरको मूल्य १० प्रतिशतसम्म घटेको अवस्थामा मार्जिन...

सफल शेयर कारोबारको आधार जोखिम मूल्याङ्कन

 होमनाथ गैरे देशको अर्थतन्त्रमा आउने समस्या उद्योगमा परिवर्तन व्यवस्थापनको लापर्बाही तथा जालसाँजीका कारण कम्पनीलाई नोक्सान हुनु वा उसको नाफा कमाउने क्षमतामा कमी आउनुलाई जोखिम भनिन्छ । जोखिमको अवधारणा शास्त्रीय भए पनि यसलाई न्यूनीकरण गर्ने विभिन्न नयाँ उपायहरुको विकास भइसकेको छ । तीमध्ये एक प्रमुख उपाय भनेको प्रतिस्पर्धात्मक लाभ बढी भएको व्यवसाय छनोट गर्नु हो । साधारण भाषामा जुन कम्पनीले लगातार उचित प्रतिफल दिन सक्छ त्यसैको शेयरमा लगानी गर्नु बुद्धिमानी हुन्छ । नेपालको सन्दर्भमा डाबर नेपाल स्टुण्डर्ड चार्टर्ड बैङ्क तथा विशालबजार कम्पनीलाई त्यसको उदाहरणका रुपमा प्रस्तुत गर्न सकिन्छ । उनीहरुले लगातार र दिगो प्रतिफल वितरण गर्न सफल भएका छन् । यसको अर्थ कुनै पनि कम्पनीको शेयरमा लगानी गर्नुपूर्व त्यस कम्पनीको व्यवसायको क्षेत्र र प्रतिस्पर्धात्मक क्षमतालाई त्यस्तै अन्य कम्पनीसँग तुलना गर्नुपर्छ । साथै भविष्यमा कम्पनीको प्रतिस्पर्धी क्षमता तथा लाभदायकतामा हुन सक्ने सम्भावित उतारचढावलाई समेत ख्याल गर्नुपर्छ । त्यसपछिको जोखिम भनेको कम्पनीको वासलात वा वित्तीय अवस्थामा आउन सक्ने परिवर्तन हो ...