होमनाथ गैरे
देशको अर्थतन्त्रमा आउने समस्या उद्योगमा परिवर्तन व्यवस्थापनको लापर्बाही तथा जालसाँजीका कारण कम्पनीलाई नोक्सान हुनु वा उसको नाफा कमाउने क्षमतामा कमी आउनुलाई जोखिम भनिन्छ । जोखिमको अवधारणा शास्त्रीय भए पनि यसलाई न्यूनीकरण गर्ने विभिन्न नयाँ उपायहरुको विकास भइसकेको छ । तीमध्ये एक प्रमुख उपाय भनेको प्रतिस्पर्धात्मक लाभ बढी भएको व्यवसाय छनोट गर्नु हो । साधारण भाषामा जुन कम्पनीले लगातार उचित प्रतिफल दिन सक्छ त्यसैको शेयरमा लगानी गर्नु बुद्धिमानी हुन्छ । नेपालको सन्दर्भमा डाबर नेपाल स्टुण्डर्ड चार्टर्ड बैङ्क तथा विशालबजार कम्पनीलाई त्यसको उदाहरणका रुपमा प्रस्तुत गर्न सकिन्छ । उनीहरुले लगातार र दिगो प्रतिफल वितरण गर्न सफल भएका छन् ।
यसको अर्थ कुनै पनि कम्पनीको शेयरमा लगानी गर्नुपूर्व त्यस कम्पनीको व्यवसायको क्षेत्र र प्रतिस्पर्धात्मक क्षमतालाई त्यस्तै अन्य कम्पनीसँग तुलना गर्नुपर्छ । साथै भविष्यमा कम्पनीको प्रतिस्पर्धी क्षमता तथा लाभदायकतामा हुन सक्ने सम्भावित उतारचढावलाई समेत ख्याल गर्नुपर्छ ।
त्यसपछिको जोखिम भनेको कम्पनीको वासलात वा वित्तीय अवस्थामा आउन सक्ने परिवर्तन हो । यसलाई वासलात वा वित्तीय जोखिम पनि भनिन्छ । यसमा अध्ययन गर्नुपर्ने सबैभन्दा महवपूर्ण विषय भनेको कम्पनीको वासलातमा दायित्वको अंश हो । दायित्व बढी भएको कम्पनीको शेयरमा तुलनात्मक रुपमा बढी जोखिम हुने गर्छ । बैङ्क तथा वित्तीय संस्थाहरुमा यस्तो जोखिम बढी हुन्छ । किनभने उनीहरुको व्यवसाय नै दायित्व व्यवस्थापन हो । यदि दायित्व व्यवस्थापन प्रभावकारी र नाफामूलक छ भने त्यस्ता कम्पनीको शेयरमा गरिएको लगानीले छोटो अवधिमा नै उच्च प्रतिफल दिन सक्छ । तर कुनै कारणवश दायित्व व्यवस्थापन प्रभावकारी हुन सकेन र खराब ऋणमा परिणत भयो भने कम्पनी टाट पल्टिन पनि सक्छ ।
त्यस्तो अवस्थाबाट बच्न उच्च ऋण वा बढी दायित्व भएका कम्पनीको शेयरमा लगानी नगर्नु नै बुद्धिमानी हुन्छ । त्यसका लागि सूचीकृत कम्पनीहरुको वासलात गहिरिएर अध्ययन गर्नुपर्छ । र न्यून ऋण वा कम दायित्व र प्रशस्त नगद तथा तरल सम्पत्ति भएका कम्पनीको शेयर छनोट गर्नुपर्छ ।
त्यसपछिको अर्को जोखिम भनेको मूल्याङ्कन जोखिम हो जसलाई लगानीकर्ताले पूर्ण रुपमा नियन्त्रण गर्न सक्छ । तर यस विषयमा निकै कम मात्र लगानीकर्ताको ध्यान गएको पाइन्छ । यदि कसैले कुनै कम्पनीको शेयरलाई त्यसको वास्तविक मूल्यभन्दा धेरै तिरेर खरीद गर् यो भने गतल मूल्याङ्कनका कारण ऊ जोखिममा पर्छ । त्यही भएर नै यसलाई मूल्याङ्कन जोखिम भनिएको हो । कुनै कम्पनीको शेयरलाई तिरेको मूल्यले नै त्यसबाट नाफा वा घाटा के हुन्छ भन्ने सङ्केत गर्छ । मूल्याङ्कन जोखिम कम भएको व्यवसाय नै सबैभन्दा उत्तम मानिन्छ । यस्तो कम्पनीको वासलात पनि निकै बलियो हुन्छ जसले वित्तीय जोखिमलाई समेत न्यूनीकरण गर्छ । उदाहरणका लागि यदि कसैले कम्पनीको वास्तविक कमाइभन्दा ५० गुणा बढी मूल्य तिर्छ भने उसलाई निश्चित रुपमा नोक्सान हुन्छ । सामान्यतया औपचारिक व्यवसायमा कुनै पनि कम्पनीको वास्तविक प्रतिफल त्यति धेरै हुनै सक्दैन ।
यदि कसैले पहिला दुई जोखिमलाई पन्छायो भने पनि कम्पनीको प्रतिशेयर वास्तविक मूल्य (वर्थ) कति हो भनेर पत्ता लगाउने काम कठिन हुन्छ । त्यसैगरी वित्तीय जोखिम भएको कम्पनीको वास्तविक मूल्याङ्कन गर्न अझै जटिल हुन्छ । अन्तरराष्ट्रिय बजार पेट्रोलियम उत्खनन गर्ने कम्पनीलाई यो वर्गमा राख्ने गरेको पाइन्छ । त्यस्ता कम्पनीहरुको नाफा कमाउन सक्ने क्षमता उच्च र वित्तीय जोखिम न्यून भए पनि त्यसको उचित मूल्याङ्कन गर्न नसकिने हुनाले मूल्याङ्कन जोखिम उच्च हुने गर्छ । यसको ठीक विपरीत अन्य कम्पनीहरु जति नै ठूला भए पनि वासलात बलियो छ र नाफा कमाउने क्षमता पनि उच्च छ भने त्यस्ता कम्पनीको शेयर केही महँगोमा खरीद गरे पनि मूल्याङ्कन जोखिम तुलनात्मक रुपमा कम हुने मानिन्छ । उदाहरणका लागि माइक्रोप्रोसेसर निर्माता कम्पनी इण्टेललाई लिन सकिन्छ । यसले सम्पूर्ण विश्वबजारको ८० प्रतिशत हिस्सा ओगटे पनि ५० गुणा प्रतिफल दिन सक्दैन । तर यसको शेयर वास्तविक मूल्यको १० गुणासम्म बढीमा खरीद गरे पनि नोक्सान हुने डर हुँदैन ।
यसरी सूचीकृत कम्पनीहरुका सबै पक्षको विश्लेषण गर्नुको कारण कुनै कम्पनीको शेयरमा लगानी गर्नुभन्दा पहिला मैले कस्तो शेयर खरीद गर्दै छु त्यसलाई कति तिर्दै छु र त्यसबाट कति जोखिम लिइरहेको छु भन्ने थाहा पाउनु हो । यदि कुनै लगानीकर्ता यी तीन कुरालाई बुझेर लगानी गर्ने निर्णय गर्छ भने उसलाई नोक्सान हुने सम्भावना अत्यन्तै कम हुन्छ । तर अधिकांश लगानीकर्ताहरुले यी कुरामा उचित ध्यान दिएको पाइँदैन । उनीहरुले सधैं सजिलै नाफा कमाउन र अरुलाई लोभलाग्दो कथा सुनाउन चाहन्छन् । वास्तविकता यसको ठीक उल्टो हुने गर्छ । जति नाटकीय रुपमा नोक्सान हुने सम्भावना कम गर्न सकिन्छ त्यति नै सजिलोसँग नाफा कमाउने सम्भावना बढाउन सकिन्छ । जसले नाटकीय रुपमा नाफा कमाउन चाहन्छ नोक्सान हुने सम्भावना त्यति नै धेरै हुन्छ ।
यदि कसैले इतिहासका सफल शेयर लगानीकर्तालाई सम्झिन्छ यसले माथिका तीन कुरालाई ध्यान दिएर लगानी रणनीति बनाउँछ । यस विषयमा प्रख्यात शेयर लगानीकर्ता जिम रोजस्रले माथि हेर्नुभन्दा पहिला तल हेर्नु बुद्धिमानी हुन्छु भनेका छन् । त्यसैगरी अर्का शेयर लगानीकर्ता वारेन बफेटले आफ्नो लगानीकॊ पहिलो नियम पैसा नगुमाऊ (डण्ट लुज मनी) र दोस्रो नियम पहिलो नियमलाई हेर्ने भएको बताएका छन् । त्यसको सबैभन्दा पहिला आफूले लिन लागेको जोखिमको मूल्याङ्कन गर्नु र त्यसपछि मात्र प्रतिफलको हिसाब गर्नु भन्ने हुन्छ ।
जोखिम कसरी मूल्याङ्कन गर्ने
अन्तरराष्ट्रिय बैङ्कहरुले प्रयोग गर्ने तथा अमेरिकी नियामक निकायले समेत मान्यता दिएको जोखिममापन गर्ने विधि ुभ्यालू एट रिस्क (भ्यार) हो । सो अवधारणालाई विस्तारित गरेर विभिन्न उपकरणमा गरिएको लगानी समावेश भएको पोर्टफोलियोमा पनि प्रयोग गर्न थालिएको छ जसलाई पोर्टफोलियो भ्यालू एट रिस्कु (पी-भ्यार) भनिन्छ । यसले समग्र लगानीको निर्णय लिन तथा जोखिम व्यवस्थापन गर्न सहयोग गर्छ । नाफा कमाउन सक्षम कम्पनीको छनोट र तिनीहरुको नाफाको उतारचढाव समग्र लगानी पोर्टफोलियोको जोखिम मूल्याङ्कन गर्दा समावेश गर्नुपर्ने प्रमुख तत्व हुन् । छनोट गरिएका कम्पनीले विगतमा वितरण गरेको प्रतिफल र त्यसको उतारचढाव देखाउने तथ्याङ्कहरुका आधारमा विभिन्न तथ्याङ्कशास्त्रीय विधिहरुको सहायताले भ्यारु वा पी-भ्यार गणना गर्न सकिन्छ ।

Comments
Post a Comment