Skip to main content

सफल शेयर कारोबारको आधार जोखिम मूल्याङ्कन

 होमनाथ गैरे
देशको अर्थतन्त्रमा आउने समस्या उद्योगमा परिवर्तन व्यवस्थापनको लापर्बाही तथा जालसाँजीका कारण कम्पनीलाई नोक्सान हुनु वा उसको नाफा कमाउने क्षमतामा कमी आउनुलाई जोखिम भनिन्छ । जोखिमको अवधारणा शास्त्रीय भए पनि यसलाई न्यूनीकरण गर्ने विभिन्न नयाँ उपायहरुको विकास भइसकेको छ । तीमध्ये एक प्रमुख उपाय भनेको प्रतिस्पर्धात्मक लाभ बढी भएको व्यवसाय छनोट गर्नु हो । साधारण भाषामा जुन कम्पनीले लगातार उचित प्रतिफल दिन सक्छ त्यसैको शेयरमा लगानी गर्नु बुद्धिमानी हुन्छ । नेपालको सन्दर्भमा डाबर नेपाल स्टुण्डर्ड चार्टर्ड बैङ्क तथा विशालबजार कम्पनीलाई त्यसको उदाहरणका रुपमा प्रस्तुत गर्न सकिन्छ । उनीहरुले लगातार र दिगो प्रतिफल वितरण गर्न सफल भएका छन् ।
यसको अर्थ कुनै पनि कम्पनीको शेयरमा लगानी गर्नुपूर्व त्यस कम्पनीको व्यवसायको क्षेत्र र प्रतिस्पर्धात्मक क्षमतालाई त्यस्तै अन्य कम्पनीसँग तुलना गर्नुपर्छ । साथै भविष्यमा कम्पनीको प्रतिस्पर्धी क्षमता तथा लाभदायकतामा हुन सक्ने सम्भावित उतारचढावलाई समेत ख्याल गर्नुपर्छ ।
त्यसपछिको जोखिम भनेको कम्पनीको वासलात वा वित्तीय अवस्थामा आउन सक्ने परिवर्तन हो । यसलाई वासलात वा वित्तीय जोखिम पनि भनिन्छ । यसमा अध्ययन गर्नुपर्ने सबैभन्दा महवपूर्ण विषय भनेको कम्पनीको वासलातमा दायित्वको अंश हो । दायित्व बढी भएको कम्पनीको शेयरमा तुलनात्मक रुपमा बढी जोखिम हुने गर्छ । बैङ्क तथा वित्तीय संस्थाहरुमा यस्तो जोखिम बढी हुन्छ । किनभने उनीहरुको व्यवसाय नै दायित्व व्यवस्थापन हो । यदि दायित्व व्यवस्थापन प्रभावकारी र नाफामूलक छ भने त्यस्ता कम्पनीको शेयरमा गरिएको लगानीले छोटो अवधिमा नै उच्च प्रतिफल दिन सक्छ । तर कुनै कारणवश दायित्व व्यवस्थापन प्रभावकारी हुन सकेन र खराब ऋणमा परिणत भयो भने कम्पनी टाट पल्टिन पनि सक्छ ।

त्यस्तो अवस्थाबाट बच्न उच्च ऋण वा बढी दायित्व भएका कम्पनीको शेयरमा लगानी नगर्नु नै बुद्धिमानी हुन्छ । त्यसका लागि सूचीकृत कम्पनीहरुको वासलात गहिरिएर अध्ययन गर्नुपर्छ । र न्यून ऋण वा कम दायित्व र प्रशस्त नगद तथा तरल सम्पत्ति भएका कम्पनीको शेयर छनोट गर्नुपर्छ ।
त्यसपछिको अर्को जोखिम भनेको मूल्याङ्कन जोखिम हो जसलाई लगानीकर्ताले पूर्ण रुपमा नियन्त्रण गर्न सक्छ । तर यस विषयमा निकै कम मात्र लगानीकर्ताको ध्यान गएको पाइन्छ । यदि कसैले कुनै कम्पनीको शेयरलाई त्यसको वास्तविक मूल्यभन्दा धेरै तिरेर खरीद गर् यो भने गतल मूल्याङ्कनका कारण ऊ जोखिममा पर्छ । त्यही भएर नै यसलाई मूल्याङ्कन जोखिम भनिएको हो । कुनै कम्पनीको शेयरलाई तिरेको मूल्यले नै त्यसबाट नाफा वा घाटा के हुन्छ भन्ने सङ्केत गर्छ । मूल्याङ्कन जोखिम कम भएको व्यवसाय नै सबैभन्दा उत्तम मानिन्छ । यस्तो कम्पनीको वासलात पनि निकै बलियो हुन्छ जसले वित्तीय जोखिमलाई समेत न्यूनीकरण गर्छ । उदाहरणका लागि यदि कसैले कम्पनीको वास्तविक कमाइभन्दा ५० गुणा बढी मूल्य तिर्छ भने उसलाई निश्चित रुपमा नोक्सान हुन्छ । सामान्यतया औपचारिक व्यवसायमा कुनै पनि कम्पनीको वास्तविक प्रतिफल त्यति धेरै हुनै सक्दैन ।
यदि कसैले पहिला दुई जोखिमलाई पन्छायो भने पनि कम्पनीको प्रतिशेयर वास्तविक मूल्य (वर्थ) कति हो भनेर पत्ता लगाउने काम कठिन हुन्छ । त्यसैगरी वित्तीय जोखिम भएको कम्पनीको वास्तविक मूल्याङ्कन गर्न अझै जटिल हुन्छ । अन्तरराष्ट्रिय बजार पेट्रोलियम उत्खनन गर्ने कम्पनीलाई यो वर्गमा राख्ने गरेको पाइन्छ । त्यस्ता कम्पनीहरुको नाफा कमाउन सक्ने क्षमता उच्च र वित्तीय जोखिम न्यून भए पनि त्यसको उचित मूल्याङ्कन गर्न नसकिने हुनाले मूल्याङ्कन जोखिम उच्च हुने गर्छ । यसको ठीक विपरीत अन्य कम्पनीहरु जति नै ठूला भए पनि वासलात बलियो छ र नाफा कमाउने क्षमता पनि उच्च छ भने त्यस्ता कम्पनीको शेयर केही महँगोमा खरीद गरे पनि मूल्याङ्कन जोखिम तुलनात्मक रुपमा कम हुने मानिन्छ । उदाहरणका लागि माइक्रोप्रोसेसर निर्माता कम्पनी इण्टेललाई लिन सकिन्छ । यसले सम्पूर्ण विश्वबजारको ८० प्रतिशत हिस्सा ओगटे पनि ५० गुणा प्रतिफल दिन सक्दैन । तर यसको शेयर वास्तविक मूल्यको १० गुणासम्म बढीमा खरीद गरे पनि नोक्सान हुने डर हुँदैन ।
यसरी सूचीकृत कम्पनीहरुका सबै पक्षको विश्लेषण गर्नुको कारण कुनै कम्पनीको शेयरमा लगानी गर्नुभन्दा पहिला मैले कस्तो शेयर खरीद गर्दै छु त्यसलाई कति तिर्दै छु र त्यसबाट कति जोखिम लिइरहेको छु भन्ने थाहा पाउनु हो । यदि कुनै लगानीकर्ता यी तीन कुरालाई बुझेर लगानी गर्ने निर्णय गर्छ भने उसलाई नोक्सान हुने सम्भावना अत्यन्तै कम हुन्छ । तर अधिकांश लगानीकर्ताहरुले यी कुरामा उचित ध्यान दिएको पाइँदैन । उनीहरुले सधैं सजिलै नाफा कमाउन र अरुलाई लोभलाग्दो कथा सुनाउन चाहन्छन् । वास्तविकता यसको ठीक उल्टो हुने गर्छ । जति नाटकीय रुपमा नोक्सान हुने सम्भावना कम गर्न सकिन्छ त्यति नै सजिलोसँग नाफा कमाउने सम्भावना बढाउन सकिन्छ । जसले नाटकीय रुपमा नाफा कमाउन चाहन्छ नोक्सान हुने सम्भावना त्यति नै धेरै हुन्छ ।
यदि कसैले इतिहासका सफल शेयर लगानीकर्तालाई सम्झिन्छ यसले माथिका तीन कुरालाई ध्यान दिएर लगानी रणनीति बनाउँछ । यस विषयमा प्रख्यात शेयर लगानीकर्ता जिम रोजस्रले माथि हेर्नुभन्दा पहिला तल हेर्नु बुद्धिमानी हुन्छु भनेका छन् । त्यसैगरी अर्का शेयर लगानीकर्ता वारेन बफेटले आफ्नो लगानीकॊ पहिलो नियम पैसा नगुमाऊ (डण्ट लुज मनी) र दोस्रो नियम पहिलो नियमलाई हेर्ने भएको बताएका छन् ।  त्यसको सबैभन्दा पहिला आफूले लिन लागेको जोखिमको मूल्याङ्कन गर्नु र त्यसपछि मात्र प्रतिफलको हिसाब गर्नु भन्ने हुन्छ ।
जोखिम कसरी मूल्याङ्कन गर्ने 
अन्तरराष्ट्रिय बैङ्कहरुले प्रयोग गर्ने तथा अमेरिकी नियामक निकायले समेत मान्यता दिएको जोखिममापन गर्ने विधि ुभ्यालू एट रिस्क (भ्यार) हो । सो अवधारणालाई विस्तारित गरेर विभिन्न उपकरणमा गरिएको लगानी समावेश भएको पोर्टफोलियोमा पनि प्रयोग गर्न थालिएको छ जसलाई पोर्टफोलियो भ्यालू एट रिस्कु (पी-भ्यार) भनिन्छ । यसले समग्र लगानीको निर्णय लिन तथा जोखिम व्यवस्थापन गर्न सहयोग गर्छ । नाफा कमाउन सक्षम कम्पनीको छनोट र तिनीहरुको नाफाको उतारचढाव समग्र लगानी पोर्टफोलियोको जोखिम मूल्याङ्कन गर्दा समावेश गर्नुपर्ने प्रमुख तत्व  हुन् । छनोट गरिएका कम्पनीले विगतमा वितरण गरेको प्रतिफल र त्यसको उतारचढाव देखाउने तथ्याङ्कहरुका आधारमा विभिन्न तथ्याङ्कशास्त्रीय विधिहरुको सहायताले भ्यारु वा पी-भ्यार गणना गर्न सकिन्छ । 

Comments

Popular posts from this blog

सुनको मूल्यभित्रका वास्तविकता

सुनको मूल्यभित्रका वास्तविकता होमनाथ गैरे संसारमा शेयरपछि सबैभन्दा बढी मूल्य घटबढ हुने वस्तुमा सुन पर्छ । सुनको मूल्यमा हुने उतारचढावका साथै यसका कारण र प्रभावका विषयमा समय समयमा विभिन्न विचारहरू बाहिर आउने गरेका छन् । यस किसिमका भनाइ खासगरी डेरिभेटिभ बजारका लगानीकर्ता वा मूल्यमा भएको उतारचढावबाट छिटो पैसा कमाउन चाहने सट्टेबाजहरूबाट बढी आउने गरेको छ । विश्वअर्थतन्त्रमा हुने परिवर्तन, भूराजनीतिक अवस्था र सुनको उत्पादन, माग तथा आपूर्तीलाई कारण मान्दै यसको मूल्य अहिले अझै माथि जाने त कहिले अझै तल झर्ने भनाइहरू पनि सार्वजनिक हुने गरेका छन् । तर, विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित विज्ञ तथा अर्थशास्त्रीहरू भने सुनको मूल्यमा हुने त्यस्तो उतारचढावलाई अस्वाभाविक र कृत्रिम मान्दछन् । यसै सन्दर्भमा यस लेखमा सुनको विषयमा विद्यमान केही कथनहरूको चिरफार गर्ने प्रयास गरिएको छ । सुन महँगो धातु हो ? यो भनाइ सुनमा मात्रै नभएर सम्पत्तिका रूपमा उपयोग हुने वा मानव जीवनसँग गाँसिएका कुनै पनि वस्तुको हकमा उत्तिकै लागू हुन्छ । वास्तवमा यो प्रश्नको उत्तर निकै कठि...

निजी बैङ्कको ऋण सरकारीमा सार्दै व्यवसायी

सरकारी बैङ्कप्रतिको विश्वास बढ्यो की कम ब्याजदरले तान्यो ? होमनाथ गैरे गत बैशाखमा काठमाडौंका एक व्यवसायीक फर्मले माछापुच्छ«े बैङ्कसँगको ऋण नेपाल बैङ्कमा सा¥यो । माछापुच्छ«ेको तुलनामा नेपाल बैङ्कको ब्याजदर कम भएकाले कारोबार सारेको श्रेष्ठ थरका त्यो फर्म सञ्चालकको भनाई थियो । ‘ऋण सारेको ४ महिनाको अवधीमा कम्तीमा २०÷२५ लाख रुपैयाँ ब्याज खर्च घट्यो,’ पाँचतारे होटेलको एक जमघटमा श्रेष्ठले भन्दै थिए, ‘पहिले नै जानकारी भएको भए अझ धेरै बचत हुने रहेछ ।’ गत साउन दोस्रो साता राष्ट्रिय बाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा जनकपुरका व्यवसायीको प्रतिनिधित्व गर्दै एक ब्यक्तिले ब्याजदरका विषयमा छलफल गर्दै थिए । आफुसँग १२÷१३ करोड रुपैयाँको पोर्टफोलियो भएकाले ब्याजदर मिलाई दिए सबै ग्राहक यता ल्याउने ती ब्यक्तिको भनाई थियो । नेपाल एसबीआई, नबिल, बङ्गलादेश जस्ता निजी बैङ्कसँग कारोबार गरिरहेको जनकपुरका व्यवसायीहरु सरकारी बैङ्कमा ब्याजदर कम भएको थाहा पाएपछि ऋण सार्न इच्छुक भएको ती प्रतिनिधिले बताए ।  माथिका घटनाले पछिल्लो समय निजीबाट सरकारी बैङ्कमा ऋण सार्ने (स्विच गर्ने) क्रम बढेको सङ्केत गर्दछन्...

Stock Market of Nepal: A Journey to Automation

April 2017 NRB Samachar 1.   Capital Markets Capital Markets are the markets consisting long-term securities issued by the government or a corporation. Capital Market typically relates with financial assets which have life spans of greater than one year. Capital Market is a means through which scattered saving and investable resources are converted into actual investment. Capital market is one of the several factors that play a prominent role in the economic development of the nation. The saving institutions such as banks, investment trusts or companies, specialized financial corporations and stock exchanges are some of the important constituents of capital market. The primary role of capital market is to allocate the economy’s capital stock among various productive sectors. Capital invested in such sectors acts as seed money and generates more funds for further investments. No modern corporation of any size can function effectively without ready access to capital markets...