Skip to main content

बैङ्कऋण लिएर शेयर किन्ने बेला आयो

होमनाथ गैरे
विगत केही समयदेखि बैङ्क तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा प्रवाह गरेको ऋणमा गर्ने मार्जिन कल विस्तारै कम भएको छ । शेयर बजार लगातार ओरालो लागेर एकपछि अर्को टेवा तोड्दै गएपछि नेपाल राष्ट्र बैङ्कले शेयरको धितोमा दिने मार्जिन प्रकृतिको ऋणसम्बन्धी व्यवस्थालाई थप लचिलो बनाएकाले मार्जिन कल कम हुँदै गएको हो । साथै शेयर धितो राखेर लिएको ऋणको अहिलेसम्मको सबै ब्याज भुक्तानी गरेमा यो आर्थिक वर्षसम्मका लागि सबै ऋण नवीकरण गर्न पाउने व्यवस्था पनि राष्ट्र बैङ्कले गरेको थियो । राष्ट्र बैङ्कका यस्ता सकारात्मक प्रयासले ऋण लिएर शेयरमा लगानी गरेका लगानीकर्ताहरुलाई मार्जिन कलबाट जोगाएको बैङ्कर तथा लगानीकर्ताहरुले नै बताएका छन् । यसले शेयरको विक्री चाप घटाउने तथा बजारलाई स्थिरता र स्वाभाविकतातिर डोर् याउने विश्वास गरिएको छ । यसबाट ६ वर्षकै न्यून तहमा आएको शेयर बजार थप घट्नबाट जोगिने र सहज वातावरण बन्दै गएमा विस्तारै उकालो लाग्ने सङ्केत मिलेको विज्ञहरुको बुझाइ छ ।

चालू आवको मौदि्रक नीतिको अर्धवार्षिक समीक्षापछि राष्ट्र बैङ्कले धितोमा राखेको शेयरको मूल्य १० प्रतिशतसम्म घटेको अवस्थामा मार्जिन कल नगर्न बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको थियो । साथै शेयर धितो राखेर लिन पाउने ऋणको मार्जिन उपल्लो सीमा पनि बढाएर ६० प्रतिशत पुर् याएको थियो भने शेयरमूल्य १० प्रतिशतभन्दा धेरै घटेमा त्यसको सात दिनसम्म मार्जिन कल गरे हुने व्यवस्था गरेको थियो । त्यसैगरी लगानीकर्ताले मार्जिन कलबापतको रकम जम्मा गर्नुपर्ने समयावधि पनि बढाएर ३५ दिन पुर् याएको थियो । यसरी बैङ्क तथा वित्तीय संस्थाहरुले मार्जिन कल गर्ने र लगानीकर्ताहरुले त्यसबापतको रकम भुक्तानी गर्ने व्यवस्था खुकुलो बनाइएपछि प्रत्येक हप्ता मार्जिन कलको सामना गरेका लगानीकर्तालाई केही राहत मिलेको हो । त्यसअघि शेयरमूल्य १० प्रतिशतभन्दा कम घट्दा पनि बैङ्कहरुले हप्तैपिच्छे मार्जिन कल गर्ने गरेका थिए । साथै मार्जिन कल गरेको २१ दिनभित्र शेयर धितो बढाउनुपर्ने वा अपुग भएको रकम तिर्नुपर्ने व्यवस्था थियो ।

नयाँ व्यवस्थापछि धितोमा राखेको शेयरको मूल्य १० प्रतिशतभन्दा धेरैले घटे पनि बैङ्कहरुले कडीकडाउ नगर्ने र सात दिनसम्ममा मूल्य बढ्न पनि सक्ने भएकाले मार्जिन कल टर्न सक्ने सम्भावना बढ्दै गएको लगानीकर्ताको बुझाइ छ । त्यसले हतारिएर शेयर विक्री गर्नुपर्ने अवस्थाबाट मुक्ति मिलेको उनीहरु बताउँछन् । 'शेयरमूल्य १० प्रतिशतभन्दा धेरैले घटे पनि सात दिनसम्म त मार्जिन कल नै आउँदैन,' शेयर लगानीकर्ता रमेश निरौलाले भने, 'त्यसपछि कल आइहाले पनि ३५ दिनभित्र मात्र अपुग रकम जम्मा गर्ने हो । तर त्यतिबेलासम्म मूल्य बढिसकेको पनि हुन सक्छ । त्यसैले रकम थप्नै परे पनि केही कम थपे पुग्छ ।' अधिकांश कम्पनीहरुको शेयरमूल्य निकै न्यून तहमा आइसकेकाले र यस्तो अवस्थामा मूल्यमा उच्च ह्रास नहुने भएकाले पनि मार्जिन कल कम भएको मानिएको छ । अहिले पनि केही कम्पनीको शेयरमूल्य कर्जा लिँदाको समयभन्दा धेरैले नै घटेकाले समयसमयमा मार्जिन कल गर्ने गरेको सिटिजन्स बैङ्क इण्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत राजनिसंह भण्डारी बताउँछन् । तर नयाँ व्यवस्था लागू भएपछि शेयर धितो राखेर कर्जा लिनेहरुले पहिले जस्तै मार्जिन कलको सामना गर्न नपरेको उनको भनाइ छ ।

अहिले शेयर बजार निकै घटिसकेको छ भने शेयर विक्रीमा चाप पार्ने मार्जिन कल कम भएको छ । साथै बैङ्कहरुको पहिलाको मार्जिन प्रकृतिको कर्जा असुली हुँदै जाँदा नयाँ कर्जाप्रवाह गर्ने सम्भावना पनि बढ्दै गएको छ भने अधिकांश कम्पनीका शेयर किताबी मूल्यभन्दा पनि कमभाउमा किनबेच भइरहेका छन् । बैङ्क तथा वित्तीय संस्थाहरुले नै शेयरको धितोमा दिएको ऋण अहिलेसम्म खराबकर्जामा परिणत नभएको बताउँदै आएका छन् । त्यसैले अहिले शेयरको धितोमा कर्जा पाउने सम्भावना पनि बढेको छ । साथै संस्थागत लगानीकर्ताहरुले पनि दोस्रो बजारबाट शेयर खरीद गर्न थालेका छन् । यसले शेयरको माग बढाउने भएकाले मूल्य पनि विस्तारै उकालो लाग्नुको विकल्प छैन । उता अर्थमन्त्रीको संयोजकत्वमा बनेको उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिमा समेत शेयर बजार सुधारका विषयमा छलफल भएको छ । त्यसले पनि बजार बढाउन सहयोग गर्नेछ । नयाँ आवको बजेटमा पुंजीबजारसम्बन्धी विशेष योजना ल्याउने तयारी भएको बताइएको छ । यसले बजार वृद्धि गर्न थप सहयोग पुर् याउनेछ । यी सबै अवस्थाहरुको मूल्याङ्कन गर्दा अहिले बैङ्कबाट ऋण लिएरै भए पनि शेयरमा लगानी गर्ने उचित अवसर आएको अनुमान लगाउन गाह्रो पर्दैन । 

Comments

Popular posts from this blog

हामी कति बौद्धिक, कति बहादुर ?

  डा . होमनाथ गैरे विद्यार्थी जिवनमा विद्यालय तहमा हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत ' धन ठुलो कि विद्या ठुलो ' तथा ' कलम बलियो कि तरवार बलियो ' शिर्षकमा सयौ वादविवाद तथा वक्तित्वकला प्रतियोगिता सुनियो र हेरियो भने कैयौंमा त स्वयं सहभागी भएर पुरस्कार समेत हात पारियो। ति सबै क्रियाकलापहरूको सार विद्यालय तहमा पढ्दै गरेका विद्यार्थीहरूमा विद्या र कलम भनेको वौद्धिकताको प्रतिक हो र धन र तरवार बहादुरिताको प्रतिक हो भन्ने शन्देश प्रदान गर्नु हो । यो सँगै त्यस्ता क्रियाकलापको अर्को महत्वपूर्ण पाटो भनेको विद्यार्थीहरूको कलिलो दिमागमा सदैव धनभन्दा विद्या र तरवारभन्दा कलमको पक्षमा उभिनु पर्दछ भन्ने पाठ पढाउनु हो । केहि उच्च पदस्थ राजनीतिक नेताहरूलाई अपवाद मान्ने हो भने अहिले राजनीतिक , प्रशासनिक , सामाजिक तथा व्यवसायिक नेतृत्वमा पुगेका सबैले त्यस्ता शन्देशमूलक गतिविधिहरूको साक्षि हुने अवसर पाएकै हुन। अझै प्रशासनिक नेतृत्वमा पुगेका उच्च तहका कर्मचारीहरू त अधिकांश विद्यार्थी कालका उत्कृष्ट मध्येका नै छन् । त्यसैगरी , सन १९५० देखि १९७० को विचमा जन्मेको पुस्तामा दोस्रो विश्व युद्...

Interest Rate Corridor for a Predictable Lending Environment

 Dr. Hom Nath Gaire 1. Introduction Interest rate volatility has been a recurring challenge in Nepal’s banking system, often resulting in uncertainty for borrowers and investors. Sharp fluctuations in deposit and lending rates—driven by shifts in liquidity, credit demand, and monetary policy—can undermine business planning and delay investment decisions. While market-based interest rate determination is essential for efficient capital allocation, excessive volatility erodes confidence in the investment climate. To address this, an interest rate corridor tailored to Nepal’s context is proposed. This mechanism aims to stabilize lending rates without undermining the role of market forces, thereby improving predictability for investors and encouraging credit flow to productive sectors. 2. Conceptual Framework The proposed corridor will operate within each individual bank , using two market-linked boundaries: Lower Bound (Base Rate) : The base rate will be the weighted...

Monetary Policy For FY 2012/13

 Monetary Policy For FY 2012/13, a bit Better than Fiscal Policy.............. Nepal Rastra Bank (NRB) unveiled its Monetary Policy for the fiscal year 2012/13 that focuses on controlling inflation, stimulating credit to productive areas, monitoring the trend of interest rate, increasing outreach of financial services and ensuring financial stability. While continuing many successful policy instruments of the past years, on Wednesday the Central Bank also introduced new measures for attaining the broad policy objective of facilitating economic growth and financial stability. “The major challenges we face are controlling inflation, credit to productive sectors, expanding financial outreach to the unbanked area of the country and financial stability,” said Yuba Raj Khatiwada, Governor NRB. “The overall goal is to create an enabling environment to facilitate economic growth of 5.5 percent,” said Khatiwada.   The policy for 2012/13 aims at primarily enhancing the stability...