Skip to main content

बैङ्कऋण लिएर शेयर किन्ने बेला आयो

होमनाथ गैरे
विगत केही समयदेखि बैङ्क तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा प्रवाह गरेको ऋणमा गर्ने मार्जिन कल विस्तारै कम भएको छ । शेयर बजार लगातार ओरालो लागेर एकपछि अर्को टेवा तोड्दै गएपछि नेपाल राष्ट्र बैङ्कले शेयरको धितोमा दिने मार्जिन प्रकृतिको ऋणसम्बन्धी व्यवस्थालाई थप लचिलो बनाएकाले मार्जिन कल कम हुँदै गएको हो । साथै शेयर धितो राखेर लिएको ऋणको अहिलेसम्मको सबै ब्याज भुक्तानी गरेमा यो आर्थिक वर्षसम्मका लागि सबै ऋण नवीकरण गर्न पाउने व्यवस्था पनि राष्ट्र बैङ्कले गरेको थियो । राष्ट्र बैङ्कका यस्ता सकारात्मक प्रयासले ऋण लिएर शेयरमा लगानी गरेका लगानीकर्ताहरुलाई मार्जिन कलबाट जोगाएको बैङ्कर तथा लगानीकर्ताहरुले नै बताएका छन् । यसले शेयरको विक्री चाप घटाउने तथा बजारलाई स्थिरता र स्वाभाविकतातिर डोर् याउने विश्वास गरिएको छ । यसबाट ६ वर्षकै न्यून तहमा आएको शेयर बजार थप घट्नबाट जोगिने र सहज वातावरण बन्दै गएमा विस्तारै उकालो लाग्ने सङ्केत मिलेको विज्ञहरुको बुझाइ छ ।

चालू आवको मौदि्रक नीतिको अर्धवार्षिक समीक्षापछि राष्ट्र बैङ्कले धितोमा राखेको शेयरको मूल्य १० प्रतिशतसम्म घटेको अवस्थामा मार्जिन कल नगर्न बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको थियो । साथै शेयर धितो राखेर लिन पाउने ऋणको मार्जिन उपल्लो सीमा पनि बढाएर ६० प्रतिशत पुर् याएको थियो भने शेयरमूल्य १० प्रतिशतभन्दा धेरै घटेमा त्यसको सात दिनसम्म मार्जिन कल गरे हुने व्यवस्था गरेको थियो । त्यसैगरी लगानीकर्ताले मार्जिन कलबापतको रकम जम्मा गर्नुपर्ने समयावधि पनि बढाएर ३५ दिन पुर् याएको थियो । यसरी बैङ्क तथा वित्तीय संस्थाहरुले मार्जिन कल गर्ने र लगानीकर्ताहरुले त्यसबापतको रकम भुक्तानी गर्ने व्यवस्था खुकुलो बनाइएपछि प्रत्येक हप्ता मार्जिन कलको सामना गरेका लगानीकर्तालाई केही राहत मिलेको हो । त्यसअघि शेयरमूल्य १० प्रतिशतभन्दा कम घट्दा पनि बैङ्कहरुले हप्तैपिच्छे मार्जिन कल गर्ने गरेका थिए । साथै मार्जिन कल गरेको २१ दिनभित्र शेयर धितो बढाउनुपर्ने वा अपुग भएको रकम तिर्नुपर्ने व्यवस्था थियो ।

नयाँ व्यवस्थापछि धितोमा राखेको शेयरको मूल्य १० प्रतिशतभन्दा धेरैले घटे पनि बैङ्कहरुले कडीकडाउ नगर्ने र सात दिनसम्ममा मूल्य बढ्न पनि सक्ने भएकाले मार्जिन कल टर्न सक्ने सम्भावना बढ्दै गएको लगानीकर्ताको बुझाइ छ । त्यसले हतारिएर शेयर विक्री गर्नुपर्ने अवस्थाबाट मुक्ति मिलेको उनीहरु बताउँछन् । 'शेयरमूल्य १० प्रतिशतभन्दा धेरैले घटे पनि सात दिनसम्म त मार्जिन कल नै आउँदैन,' शेयर लगानीकर्ता रमेश निरौलाले भने, 'त्यसपछि कल आइहाले पनि ३५ दिनभित्र मात्र अपुग रकम जम्मा गर्ने हो । तर त्यतिबेलासम्म मूल्य बढिसकेको पनि हुन सक्छ । त्यसैले रकम थप्नै परे पनि केही कम थपे पुग्छ ।' अधिकांश कम्पनीहरुको शेयरमूल्य निकै न्यून तहमा आइसकेकाले र यस्तो अवस्थामा मूल्यमा उच्च ह्रास नहुने भएकाले पनि मार्जिन कल कम भएको मानिएको छ । अहिले पनि केही कम्पनीको शेयरमूल्य कर्जा लिँदाको समयभन्दा धेरैले नै घटेकाले समयसमयमा मार्जिन कल गर्ने गरेको सिटिजन्स बैङ्क इण्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत राजनिसंह भण्डारी बताउँछन् । तर नयाँ व्यवस्था लागू भएपछि शेयर धितो राखेर कर्जा लिनेहरुले पहिले जस्तै मार्जिन कलको सामना गर्न नपरेको उनको भनाइ छ ।

अहिले शेयर बजार निकै घटिसकेको छ भने शेयर विक्रीमा चाप पार्ने मार्जिन कल कम भएको छ । साथै बैङ्कहरुको पहिलाको मार्जिन प्रकृतिको कर्जा असुली हुँदै जाँदा नयाँ कर्जाप्रवाह गर्ने सम्भावना पनि बढ्दै गएको छ भने अधिकांश कम्पनीका शेयर किताबी मूल्यभन्दा पनि कमभाउमा किनबेच भइरहेका छन् । बैङ्क तथा वित्तीय संस्थाहरुले नै शेयरको धितोमा दिएको ऋण अहिलेसम्म खराबकर्जामा परिणत नभएको बताउँदै आएका छन् । त्यसैले अहिले शेयरको धितोमा कर्जा पाउने सम्भावना पनि बढेको छ । साथै संस्थागत लगानीकर्ताहरुले पनि दोस्रो बजारबाट शेयर खरीद गर्न थालेका छन् । यसले शेयरको माग बढाउने भएकाले मूल्य पनि विस्तारै उकालो लाग्नुको विकल्प छैन । उता अर्थमन्त्रीको संयोजकत्वमा बनेको उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिमा समेत शेयर बजार सुधारका विषयमा छलफल भएको छ । त्यसले पनि बजार बढाउन सहयोग गर्नेछ । नयाँ आवको बजेटमा पुंजीबजारसम्बन्धी विशेष योजना ल्याउने तयारी भएको बताइएको छ । यसले बजार वृद्धि गर्न थप सहयोग पुर् याउनेछ । यी सबै अवस्थाहरुको मूल्याङ्कन गर्दा अहिले बैङ्कबाट ऋण लिएरै भए पनि शेयरमा लगानी गर्ने उचित अवसर आएको अनुमान लगाउन गाह्रो पर्दैन । 

Comments

Popular posts from this blog

सुनको मूल्यभित्रका वास्तविकता

सुनको मूल्यभित्रका वास्तविकता होमनाथ गैरे संसारमा शेयरपछि सबैभन्दा बढी मूल्य घटबढ हुने वस्तुमा सुन पर्छ । सुनको मूल्यमा हुने उतारचढावका साथै यसका कारण र प्रभावका विषयमा समय समयमा विभिन्न विचारहरू बाहिर आउने गरेका छन् । यस किसिमका भनाइ खासगरी डेरिभेटिभ बजारका लगानीकर्ता वा मूल्यमा भएको उतारचढावबाट छिटो पैसा कमाउन चाहने सट्टेबाजहरूबाट बढी आउने गरेको छ । विश्वअर्थतन्त्रमा हुने परिवर्तन, भूराजनीतिक अवस्था र सुनको उत्पादन, माग तथा आपूर्तीलाई कारण मान्दै यसको मूल्य अहिले अझै माथि जाने त कहिले अझै तल झर्ने भनाइहरू पनि सार्वजनिक हुने गरेका छन् । तर, विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित विज्ञ तथा अर्थशास्त्रीहरू भने सुनको मूल्यमा हुने त्यस्तो उतारचढावलाई अस्वाभाविक र कृत्रिम मान्दछन् । यसै सन्दर्भमा यस लेखमा सुनको विषयमा विद्यमान केही कथनहरूको चिरफार गर्ने प्रयास गरिएको छ । सुन महँगो धातु हो ? यो भनाइ सुनमा मात्रै नभएर सम्पत्तिका रूपमा उपयोग हुने वा मानव जीवनसँग गाँसिएका कुनै पनि वस्तुको हकमा उत्तिकै लागू हुन्छ । वास्तवमा यो प्रश्नको उत्तर निकै कठि...

निजी बैङ्कको ऋण सरकारीमा सार्दै व्यवसायी

सरकारी बैङ्कप्रतिको विश्वास बढ्यो की कम ब्याजदरले तान्यो ? होमनाथ गैरे गत बैशाखमा काठमाडौंका एक व्यवसायीक फर्मले माछापुच्छ«े बैङ्कसँगको ऋण नेपाल बैङ्कमा सा¥यो । माछापुच्छ«ेको तुलनामा नेपाल बैङ्कको ब्याजदर कम भएकाले कारोबार सारेको श्रेष्ठ थरका त्यो फर्म सञ्चालकको भनाई थियो । ‘ऋण सारेको ४ महिनाको अवधीमा कम्तीमा २०÷२५ लाख रुपैयाँ ब्याज खर्च घट्यो,’ पाँचतारे होटेलको एक जमघटमा श्रेष्ठले भन्दै थिए, ‘पहिले नै जानकारी भएको भए अझ धेरै बचत हुने रहेछ ।’ गत साउन दोस्रो साता राष्ट्रिय बाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा जनकपुरका व्यवसायीको प्रतिनिधित्व गर्दै एक ब्यक्तिले ब्याजदरका विषयमा छलफल गर्दै थिए । आफुसँग १२÷१३ करोड रुपैयाँको पोर्टफोलियो भएकाले ब्याजदर मिलाई दिए सबै ग्राहक यता ल्याउने ती ब्यक्तिको भनाई थियो । नेपाल एसबीआई, नबिल, बङ्गलादेश जस्ता निजी बैङ्कसँग कारोबार गरिरहेको जनकपुरका व्यवसायीहरु सरकारी बैङ्कमा ब्याजदर कम भएको थाहा पाएपछि ऋण सार्न इच्छुक भएको ती प्रतिनिधिले बताए ।  माथिका घटनाले पछिल्लो समय निजीबाट सरकारी बैङ्कमा ऋण सार्ने (स्विच गर्ने) क्रम बढेको सङ्केत गर्दछन्...

Stock Market of Nepal: A Journey to Automation

April 2017 NRB Samachar 1.   Capital Markets Capital Markets are the markets consisting long-term securities issued by the government or a corporation. Capital Market typically relates with financial assets which have life spans of greater than one year. Capital Market is a means through which scattered saving and investable resources are converted into actual investment. Capital market is one of the several factors that play a prominent role in the economic development of the nation. The saving institutions such as banks, investment trusts or companies, specialized financial corporations and stock exchanges are some of the important constituents of capital market. The primary role of capital market is to allocate the economy’s capital stock among various productive sectors. Capital invested in such sectors acts as seed money and generates more funds for further investments. No modern corporation of any size can function effectively without ready access to capital markets...