सुनको मूल्यभित्रका वास्तविकता
होमनाथ गैरे
संसारमा शेयरपछि सबैभन्दा बढी मूल्य घटबढ हुने वस्तुमा सुन पर्छ । सुनको मूल्यमा हुने उतारचढावका साथै यसका कारण र प्रभावका विषयमा समय समयमा विभिन्न विचारहरू बाहिर आउने गरेका छन् । यस किसिमका भनाइ खासगरी डेरिभेटिभ बजारका लगानीकर्ता वा मूल्यमा भएको उतारचढावबाट छिटो पैसा कमाउन चाहने सट्टेबाजहरूबाट बढी आउने गरेको छ । विश्वअर्थतन्त्रमा हुने परिवर्तन, भूराजनीतिक अवस्था र सुनको उत्पादन, माग तथा आपूर्तीलाई कारण मान्दै यसको मूल्य अहिले अझै माथि जाने त कहिले अझै तल झर्ने भनाइहरू पनि सार्वजनिक हुने गरेका छन् । तर, विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित विज्ञ तथा अर्थशास्त्रीहरू भने सुनको मूल्यमा हुने त्यस्तो उतारचढावलाई अस्वाभाविक र कृत्रिम मान्दछन् । यसै सन्दर्भमा यस लेखमा सुनको विषयमा विद्यमान केही कथनहरूको चिरफार गर्ने प्रयास गरिएको छ ।
सुन महँगो धातु हो ?
यो भनाइ सुनमा मात्रै नभएर सम्पत्तिका रूपमा उपयोग हुने वा मानव जीवनसँग गाँसिएका कुनै पनि वस्तुको हकमा उत्तिकै लागू हुन्छ । वास्तवमा यो प्रश्नको उत्तर निकै कठिन र आवश्यक पनि छ । अहिले बजारमा पाइने सबै वस्तु तथा सेवाको भाउ सजिलै पत्ता लगाउन सकिन्छ । तर, ती वस्तुहरूको मूल्य (भ्यालु) पत्ता लगाउने कुरा निकै कठिन छ र सदैव यस्तै रहनेछ । संयुक्त राज्य अमेरिकाको स्थापना भएदेखि सन् १९३३ सम्म १ औंस सुनको मूल्य २० अमेरिकी डलर वा १ अमेरिकी डलरबराबर शून्य दशमलव ७१ औंस सुन कायम गरिएको थियो । त्यसपछि सन् १९७१ सम्म १ औंस सुनको मूल्य ३५ अमेरिकी डलर वा १ अमेरिकी डलरबराबर शून्य दशमलव ५७ औंस सुन कायम भयो । यसले के देखाउँछ भने परम्परागत रूपमा सुनको मूल्यमा अमेरिकी सरकार वा केही शक्तिशाली देशहरूको नियन्त्रण कायम थियो । अथवा, उनीहरूले आफ्नो अनुकूलताअनुसार सुनको मूल्य तोक्ने गर्थे ।
सन् १९७१ मा सुनको तुलनामा अमेरिकी डलरको मूल्य ठूलो परिमाणमा घट्यो वा मानिसहरूमा डलरप्रतिको विश्वास निकै कम भयो । त्यसपछि, सुनको आधिकारिक मूल्य प्रतिऔंस ४२ दशमलव २२ डलर कायम गरियो । तर, त्यो सरकारी मूल्यमा खुला बजारमा सुन किनबेच हुन सकेन । त्यति बेलासम्म मानिसहरूमा डलरलाई सुनमा गणना गर्नभन्दा सुनलाई डलरमा गणना गर्न बानी परिसकेकाले त्यस्तो भएको भनाइ छ । यो भनाइको मुख्य सार के हो भने सन् १९१३ मा फेडेरल रिजर्भ डिपार्टमेण्ट (फेड)को स्थापना हुनुभन्दा पहिला २० डलरको प्रत्याभूति गरिएको कागजी निस्सालाई सरकारी ढुकुटीमा रहेको १ औंस सुनको प्रतिनिधिका रूपमा स्वीकार गरिन्थ्यो । यसको अर्थ सुन जमानत नभएको कागजी मुद्राप्रति मानिसहरूको विश्वास थिएन । फलस्वरूप, तत्कालीन संयुक्त राज्य अमेरिकाको आधिकारिक मुद्रा डलर सुनसँग पूर्ण परिवत्र्य थियो र सरकारले जारी गर्ने मुद्राको परिमाण भण्डारणमा रहेको सुनको मूल्यको हाराहारीमा हुने गथ्र्यो ।
तर, अहिले ढुकुटीमा पर्याप्त सुन नराखीकन नै खर्बौं डलर छापिने गरेको छ । अहिले यसको परिमाण दिनहुँ आकाशिँदै गएको छ र अझै कति पुग्ने हो ? कसैलाई थाहा छैन । त्यसैले कुनै वस्तुको वास्तविक मूल्य निर्धारण गर्ने काम निकै कठिन कार्य हो । र, यो त्यस वस्तुलाई मापन गर्ने आधार (सूचक)मा भर पर्छ । अनि ती दुई वस्तुबीचको सम्बन्ध कस्तो छ भन्ने कुराले मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ ।
सुन जोखिमपूर्ण छ ?
जोखिम कुनै पनि वस्तुको बजार भाउसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ । फलस्वरूप, बजार भाउमा वृद्धि हुँदै जाँदा जोखिम पनि बढ्दै गएको हुन्छ । किनभने, बजार भाउ बढ्दै जाँदा आपूर्ति पनि बढ्छ तर माग घट्ने हुनाले भाउ पनि ओरालो लाग्न सक्छ । फलस्वरूप, अहिले बजार भाउ प्रतिऔंस १ हजार ३ सय डलरको हाराहारी भएको समयमा ७ सय वा २ सय भएको समयमा भन्दा सुन स्वभावैले बढी जोखिमपूर्ण छ । त्यसैगरी, यसको मूल्य प्रतिऔंस ३५ डलर हुँदाभन्दा झन् जोखिमपूर्ण छ । सो समयमा पनि ‘इलोइट जेनवे’ नामका एक अमेरिकी वित्तशास्त्रीले सुनको बजार भाउ अमेरिकी सरकारले ३५ डलरमा थामेर राखेको बताएका थिए । तर, त्यसलाई खुला बजारमा छोडिदिएको भए त्यतिबेला पनि सुनको मूल्य प्रतिऔंस ८ डलर मात्रै हुने उनको विश्लेषण थियो ।
यस दृष्टान्तले जोखिम जहिले पनि घटना तथा समयसापेक्ष हुने बताउँछ । त्यसकारण, अहिलेको विश्व आर्थिक मन्दीको समयमा शेयर तथा संस्थागत ऋणपत्रमा तुलनात्मक रूपमा बढी जोखिम छ । परम्परागत रूपमा जोखिमरहित मानिएका सरकारी ऋणपत्रमा पनि अहिले जोखिम बढ्दै गएको छ । घरजग्गाको कारोबार त संसारभरि नै ओरालो लागेको छ । डलरलगायतका कागजी मुद्राको वास्तविक मूल्य कति हो कसैलाई थाहा छैन । यस्तो अवस्थामा प्रतिऔंस १ हजार ३ सय डलर बजार भाउ रहेको सुन पनि स्वभावैले जोखिमपूर्ण छ । तर, सुनको सामान्य ग्रा⋲यता र निहित वास्तविक मूल्यका आधारमा यसलाई तुलनात्मक रूपमा कम जोखिमपूर्ण मान्ने गरिएको छ ।
त्यसो भए अहिले सुनको मूल्य उच्च भएकाले यसको उत्पादन बढ्ने र मूल्य घट्ने सम्भावना छ त ?
यो भनाइ सुन बजारको प्रकृतिसँग मेल खाँदैन । अहिले विश्वमा सुनको वार्षिक उत्पादन लगभग ८ करोड २६ लाख औंस छ । गत दशकदेखि यो पनि विस्तारै घट्दै गएको छ । तर, सुनको वास्तविक बजार तथा डेरिभेटिभ बजारको कारोबारलाई हेर्ने हो भने यसको माग अनन्त जस्तै छ । यो सुनको मूल्य उच्च भएको कारणले भएको हो ? यसको एउटा कारण उच्च मूल्य भएको समयमा खानीवालाहरूले कम गुणस्तरको सुन उत्पादन गर्न चाहेका हुन सक्छन् । तर, संसारमा भएका सुनका खानीमध्ये तुलनात्मक रूपमा कम खर्चिला र सजिलो स्थानका खानीबाट सम्भव भएसम्मको सुन निकालिसकिएको छ । अब अप्ठ्यारा र बढी खर्च लाग्ने खानी मात्रै बाँकी छन् । यसले सुनको मूल्य अहिले इतिहासकै उच्च तहमा भए पनि सजिलै उत्पादन वृद्धि हुने सम्भावना नभएको पुष्टि गर्छ । यसरी मूल्य बढ्दैमा गहुँ वा तामाको जस्तै सुनको उत्पादन बढ्दैन । बढिहाले पनि अत्यन्तै न्यून दरमा मात्रै बढ्न सक्छ । त्यसैले अबका दिनमा सुनको मूल्य पूर्णरूपमा मानिसहरूको यसलाई धारण गर्ने चाहना वा बानी र यसको अप्राकृतिक मागमा भर पर्छ । उत्पादनले खासै प्रभाव पार्दैन ।
यसको अर्थ सुनको मूल्य घट्नै सक्दैन वा अकाट्य छ भन्ने होइन । इतिहासमा हजारौं टन सुन माटोमा विलिन भएका घटना सुनिन्छ । त्यसैगरी, हजारौं टन सुन रासायनिक प्रतिक्रियाबाट टुक्रिएर गएको वैज्ञानिकहरू बताउँछन् । यो निरन्तर चलिरहने प्रक्रिया हो । साथै, सयौं नदीको बालुवामा सुनका कणहरू पाइने गरेका छन् । यसरी हेर्दा अझै पनि पृथ्वीमा पर्याप्त सुन भएको मान्न सकिन्छ । तर, अप्राकृतिक रुपमा पनि मूल्य बढ्न सक्ने सुन बजारमा यी सबै कुराहरू छायाँमा परेका छन् ।
सुनप्रति सर्वसाधारणको चासो अहिलेसम्मकै उच्च भएको हो त ?
मौद्रिक मानका आधारमा सुनको भाउ अहिले उच्च तहमा नै छ । तर, अमेरिकी सरकारले प्रकाशन गर्ने उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई)का आधारमा सुनको वास्तविक मूल्य सन् १९८० मा नै प्रतिऔंस २ हजार ५ सय पुगेको मानिन्छ । यो तथ्य आम मानिसलाई थाहा नभए पनि उनीहरूले सुनलाई कहिल्यै नाश नहुने र कहिल्यै पुरानो नहुने वस्तुका रूपमा बुझेका छन् । त्यसकारण, उनीहरूले कहिल्यै पनि सुन विक्री गर्ने कुरा सोच्नै सक्दैनन् । बरु आफ्नो बलबुताले भ्याएसम्म खरीद नै गर्न चाहन्छन् । फलस्वरूप, सुनको मूल्य बढ्दै जाँदा यसप्रति सबैको चासो बढ्दै गएको प्रस्ट हुन्छ ।
सुनप्रति संसारका अधिकांश मानिसको धार्मिक तथा सांस्कृतिक आस्था छ । यही आस्थाका कारण परम्परागत शासकहरूले कागजी मुद्राको आविष्कार गरेर संसारमा आफ्नो प्रभुत्व जमाउन सफल भएका हुन् । अहिले यही संवेदनशीलताको उपयोग गरेर सुनलाई सुरक्षित लगानी भन्दै मानिसहरूलाई जुवा खेल्न सिकाइएको छ । यसले मानव तथा वित्तीय साधनको उत्पादकत्व घटाउने र आर्थिक अपराध बढाउनेबाहेक अर्थतन्त्रमा कुनै पनि सकारात्मक सहयोग गर्न सकेको छैन । यस्ता क्रियाकलापलाई नियन्त्रण गर्दै सुनलाई वास्तविकताका आधारमा मात्रै चल्न दिने हो भने यसको अस्वाभाविक मूल्यवृद्धि रोकिनेछ र विश्वअर्थतन्त्रमा यसले सृजना गर्ने दुष्परिणामबाट पनि बच्न सकिनेछ ।

Comments
Post a Comment