Skip to main content

यो आर्थिक वर्षभरी तरलता सहज हुने अपेक्षा

  होमनाथ गैरे
पुष ३ काठमाडौं । बिगत २ आवमा खुम्चिएको नेपालको मौदि्रक स्थिती चालु आवको पहिलो त्रैमासदेखी सुधारोन्मुख देखिएको छ । अर्थतन्त्रको मौदि्रक स्थितीमा प्रत्यक्ष प्रभाव पार्ने खुद बैदेशिक सम्पत्ति र बैङ्किङ प्रणालीको निक्षेपमा भएको बृद्धिका कारण मौदि्रक विस्तार सन्तोषजनक भएको हो । चालु आवको पहिलो ३ महिनामा मुद्राको परिमाण मुद्राप्रदाय मापक परिसूचक एम-१ एम-२ र एम-३ मौदि्रक नीतिको लक्ष्यभन्दा धेरैले बृद्धि भएपछि मौदि्रक स्थिती सहज बनेको हो । यसले चालु आवमा नेपाली अर्थतन्त्रले तरलता अभाव भोग्न नपर्ने सङ्केत गरेको बिज्ञहरुले बताएका छन् ।

नेपाल राष्ट्र बैङ्कले प्रकासित गरेको आव ०६८/६९ को पहिलो त्रैमासिक आर्थिक प्रतिबेदनले सो तथ्य देखाएको छ । प्रतिबेदनअनुसार चालु आवको असोजसम्म विस्तृत मुद्राप्रदाय एम-२ ६ दशमलव ८ प्रतिशतले बृद्धि भएको छ भने सङ्कुचि मुद्रा प्रदाय एम-१ ४ दशमलव ९ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा ती मुद्राप्रदायमा क्रमशः १ दशमलव ९ र १ दशमलव १ प्रतिशतको बृद्धि मापन गरिएको थियो । गत आवको समिक्षा अवधीमा ३ दशमलव २ प्रतिशतले घटेको बैङ्किङ्ग क्षेत्रको खूद वैदेशिक सम्पत्ति एनएफए चालु आवको सोही अवधीमा १५ दशमलव ६० प्रतिशतले बढेको छ । त्यसैगरी गत आवको पहिलो त्रैमासमा २ दशमलव ९ प्रतिशतले बढेको खुद आन्तरिक सम्पत्ति एनडीए अहिले ३ दशमलव ५ प्रतिशतले बढेको छ । फलस्वरुप गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधीमा बृहत तथा सङ्कुचित मुद्राप्रदायमा धेरैले बद्धि भएको राष्ट्र बैङ्कको भनाइ छ । 'नेपाली मुद्राको अवमूल्यनका कारण बढेको बिप्रेषणले एनएफए बढायो भने समयमै आएको बजेटका कारण एनडीएमा विस्तार भयो' नेपाल राष्ट्र बैङ्क मौदि्रक व्यवस्थापन विभागका एक अधिकारीले अभियानलाई बताए । एनएफए र एनडीएको बृद्धि अझै पनि कायम रहेकाले चालु आवमा तरलता अभाव नहुने ती अधिकारीको तर्क छ ।

चालु आवको मौदि्रक नीतिले ५ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्न र मूल्य बृद्धिदर ७ प्रतिशतमा सिमित राख्न विस्तृत मुद्रा प्रदायमा १२ दशमलव ५ प्रतिशतको विस्तार आवश्यक पर्ने बताएको थियो । मुद्रा प्रदायको अहिलेको बृद्धिदरका आधार मौदि्रक नीतिको लक्ष्य सजिलै प्राप्त हुने राष्ट्र बैङ्कका प्रवत्ता भाष्करमणी ज्ञवालीले बताए । यसले लगानीमा पनि विस्तारकारी प्रभाव पार्ने हुनाले लक्ष्यअनुसारको आर्थिक बृद्धि हासिल गर्न सहयोग पुग्ने उनको तर्क छ । 'नेपालको मूल्यबृद्धिदर विनिमयदरलगायतका तत्वमा पनि भर पर्ने भएकाले यसको लक्ष्य हासिल गर्न नसके पनि तरलता र आर्थिक बृद्धिको लक्ष्य भने प्राप्त गर्न कठिन छैन' ज्ञवालीले भने । ज्ञवालीको भनाइसँग नेपाल बैङ्कर सङ्घका पुर्व अध्यक्ष तथा नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त पनि सहमत छन् । 'अहिलेसम्मको प्रवृत्तिलाई हेर्दा चालु आवमा तरलताको अभाव होला जस्तो लाग्दैनु पन्तले भने' तर पुष मसान्त वा दोस्रो त्रैमासको अन्तिम अवस्थाको मूल्याङ्कन गरेर मात्र यकिनका साथ भन्न सकिन्छ ।'

चालु आवको पहिलो त्रैमासमा चलनचल्तीको मुद्रा १० प्रतिशतभन्दा धेरैले बढे पनि बैङ्किङ प्रणालीको चल्ती निक्षेप झण्डै ५ प्रतिशतले घटेकाले सङ्कुचित मुद्रा प्रदाय कम दरमा बढेको हो । चल्ती निक्षेप घट्नु र चलनचल्तीको मुद्रा उच्च दरले बढ्नुले अझै पनि थुर्पै रकम बैङ्किङ प्रणालीभन्दा बाहिर रहेको देखाउँछ । तर गत आवको सोही अवधीमा ० दशमलव ७ प्रतिशतले बढेको एम-२ मा समाबेश मुद्दती निक्षेप चालु आवको ३ महिनामा ७ दशमलव ८ प्रतिशतले बढेको छ । ुमौदि्रक स्थितीमा सुधार आए पनि बैङ्किङ प्रणाली बाहिर अझै ठुलो परिमाणमा रकम रहनुले प्रणालीगत जोखिम कायमै रहेको देखिन्छु एक अर्थशास्त्रीले भने । एम- १ र एम- २ दुबैमा आएको बृद्धिले अर्थतन्त्रको मौदि्रकीकरण र बैङकिङ प्रणालीको लगानीयोग्य रकम दर्शाउने ुबृहत मौदि्रक तरलताु एम-३ पनि ६ दशमलव ९ प्रतिशतले बढेको छ । गत आवको सोही अवधीमा एम-३ जम्मा ० दशमलव ८ प्रतिशतले बढेको थियो । बिस्तृत मुद्रा प्रदायमा नेपाली बैङ्कहरुमा जम्मा भएको बिदेशी मुद्राको निक्षेप समाबेस गरेर एम-३ मापन गरिन्छ । 

समिक्षा अवधीमा एनएफए र एनडीएमा आएको बढोत्तरीले नेपाल राष्ट्र बैङ्कले उत्पादन गर्ने आधार मुद्रा रिजर्भ/हाई पावर्ड मनी पनि उकालो लागेको छ । गत आवको पहिलो ३ महिनामा १ प्रतिशतले बढेको आधार मुद्रा अहिले १४ दशमलव ७० प्रतिशतले बढेको छ । यसरी आधार मुद्रामा भएको उच्च बृद्धिले  पनि बैङ्किङ प्रणालीको साख सृजना गर्ने क्षमता बढ्न गई अर्थतन्त्रको लगानीयोग्य रकम बढ्ने सङ्केत देखाउँछ । गत आवमा आधार मुद्रा कम उत्पादन भएकाले बैङ्कहरुले यथेष्ट साख क्रेडिट सृजना गर्न नसक्दा प्रणालीको तरलतामा चाप परेको थियो । मुद्रा प्रदायमा विस्तार भए पनि अर्थतन्त्रको मौदि्रक गतिशिलता मापक मुद्रा गुणक मनी मल्टिप्लायर को मान भने गत आवको तुलनामा केही घटेको छ ।

Comments

Popular posts from this blog

सुनको मूल्यभित्रका वास्तविकता

सुनको मूल्यभित्रका वास्तविकता होमनाथ गैरे संसारमा शेयरपछि सबैभन्दा बढी मूल्य घटबढ हुने वस्तुमा सुन पर्छ । सुनको मूल्यमा हुने उतारचढावका साथै यसका कारण र प्रभावका विषयमा समय समयमा विभिन्न विचारहरू बाहिर आउने गरेका छन् । यस किसिमका भनाइ खासगरी डेरिभेटिभ बजारका लगानीकर्ता वा मूल्यमा भएको उतारचढावबाट छिटो पैसा कमाउन चाहने सट्टेबाजहरूबाट बढी आउने गरेको छ । विश्वअर्थतन्त्रमा हुने परिवर्तन, भूराजनीतिक अवस्था र सुनको उत्पादन, माग तथा आपूर्तीलाई कारण मान्दै यसको मूल्य अहिले अझै माथि जाने त कहिले अझै तल झर्ने भनाइहरू पनि सार्वजनिक हुने गरेका छन् । तर, विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित विज्ञ तथा अर्थशास्त्रीहरू भने सुनको मूल्यमा हुने त्यस्तो उतारचढावलाई अस्वाभाविक र कृत्रिम मान्दछन् । यसै सन्दर्भमा यस लेखमा सुनको विषयमा विद्यमान केही कथनहरूको चिरफार गर्ने प्रयास गरिएको छ । सुन महँगो धातु हो ? यो भनाइ सुनमा मात्रै नभएर सम्पत्तिका रूपमा उपयोग हुने वा मानव जीवनसँग गाँसिएका कुनै पनि वस्तुको हकमा उत्तिकै लागू हुन्छ । वास्तवमा यो प्रश्नको उत्तर निकै कठि...

निजी बैङ्कको ऋण सरकारीमा सार्दै व्यवसायी

सरकारी बैङ्कप्रतिको विश्वास बढ्यो की कम ब्याजदरले तान्यो ? होमनाथ गैरे गत बैशाखमा काठमाडौंका एक व्यवसायीक फर्मले माछापुच्छ«े बैङ्कसँगको ऋण नेपाल बैङ्कमा सा¥यो । माछापुच्छ«ेको तुलनामा नेपाल बैङ्कको ब्याजदर कम भएकाले कारोबार सारेको श्रेष्ठ थरका त्यो फर्म सञ्चालकको भनाई थियो । ‘ऋण सारेको ४ महिनाको अवधीमा कम्तीमा २०÷२५ लाख रुपैयाँ ब्याज खर्च घट्यो,’ पाँचतारे होटेलको एक जमघटमा श्रेष्ठले भन्दै थिए, ‘पहिले नै जानकारी भएको भए अझ धेरै बचत हुने रहेछ ।’ गत साउन दोस्रो साता राष्ट्रिय बाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा जनकपुरका व्यवसायीको प्रतिनिधित्व गर्दै एक ब्यक्तिले ब्याजदरका विषयमा छलफल गर्दै थिए । आफुसँग १२÷१३ करोड रुपैयाँको पोर्टफोलियो भएकाले ब्याजदर मिलाई दिए सबै ग्राहक यता ल्याउने ती ब्यक्तिको भनाई थियो । नेपाल एसबीआई, नबिल, बङ्गलादेश जस्ता निजी बैङ्कसँग कारोबार गरिरहेको जनकपुरका व्यवसायीहरु सरकारी बैङ्कमा ब्याजदर कम भएको थाहा पाएपछि ऋण सार्न इच्छुक भएको ती प्रतिनिधिले बताए ।  माथिका घटनाले पछिल्लो समय निजीबाट सरकारी बैङ्कमा ऋण सार्ने (स्विच गर्ने) क्रम बढेको सङ्केत गर्दछन्...

Stock Market of Nepal: A Journey to Automation

April 2017 NRB Samachar 1.   Capital Markets Capital Markets are the markets consisting long-term securities issued by the government or a corporation. Capital Market typically relates with financial assets which have life spans of greater than one year. Capital Market is a means through which scattered saving and investable resources are converted into actual investment. Capital market is one of the several factors that play a prominent role in the economic development of the nation. The saving institutions such as banks, investment trusts or companies, specialized financial corporations and stock exchanges are some of the important constituents of capital market. The primary role of capital market is to allocate the economy’s capital stock among various productive sectors. Capital invested in such sectors acts as seed money and generates more funds for further investments. No modern corporation of any size can function effectively without ready access to capital markets...