Skip to main content

यो आर्थिक वर्षभरी तरलता सहज हुने अपेक्षा

  होमनाथ गैरे
पुष ३ काठमाडौं । बिगत २ आवमा खुम्चिएको नेपालको मौदि्रक स्थिती चालु आवको पहिलो त्रैमासदेखी सुधारोन्मुख देखिएको छ । अर्थतन्त्रको मौदि्रक स्थितीमा प्रत्यक्ष प्रभाव पार्ने खुद बैदेशिक सम्पत्ति र बैङ्किङ प्रणालीको निक्षेपमा भएको बृद्धिका कारण मौदि्रक विस्तार सन्तोषजनक भएको हो । चालु आवको पहिलो ३ महिनामा मुद्राको परिमाण मुद्राप्रदाय मापक परिसूचक एम-१ एम-२ र एम-३ मौदि्रक नीतिको लक्ष्यभन्दा धेरैले बृद्धि भएपछि मौदि्रक स्थिती सहज बनेको हो । यसले चालु आवमा नेपाली अर्थतन्त्रले तरलता अभाव भोग्न नपर्ने सङ्केत गरेको बिज्ञहरुले बताएका छन् ।

नेपाल राष्ट्र बैङ्कले प्रकासित गरेको आव ०६८/६९ को पहिलो त्रैमासिक आर्थिक प्रतिबेदनले सो तथ्य देखाएको छ । प्रतिबेदनअनुसार चालु आवको असोजसम्म विस्तृत मुद्राप्रदाय एम-२ ६ दशमलव ८ प्रतिशतले बृद्धि भएको छ भने सङ्कुचि मुद्रा प्रदाय एम-१ ४ दशमलव ९ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा ती मुद्राप्रदायमा क्रमशः १ दशमलव ९ र १ दशमलव १ प्रतिशतको बृद्धि मापन गरिएको थियो । गत आवको समिक्षा अवधीमा ३ दशमलव २ प्रतिशतले घटेको बैङ्किङ्ग क्षेत्रको खूद वैदेशिक सम्पत्ति एनएफए चालु आवको सोही अवधीमा १५ दशमलव ६० प्रतिशतले बढेको छ । त्यसैगरी गत आवको पहिलो त्रैमासमा २ दशमलव ९ प्रतिशतले बढेको खुद आन्तरिक सम्पत्ति एनडीए अहिले ३ दशमलव ५ प्रतिशतले बढेको छ । फलस्वरुप गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधीमा बृहत तथा सङ्कुचित मुद्राप्रदायमा धेरैले बद्धि भएको राष्ट्र बैङ्कको भनाइ छ । 'नेपाली मुद्राको अवमूल्यनका कारण बढेको बिप्रेषणले एनएफए बढायो भने समयमै आएको बजेटका कारण एनडीएमा विस्तार भयो' नेपाल राष्ट्र बैङ्क मौदि्रक व्यवस्थापन विभागका एक अधिकारीले अभियानलाई बताए । एनएफए र एनडीएको बृद्धि अझै पनि कायम रहेकाले चालु आवमा तरलता अभाव नहुने ती अधिकारीको तर्क छ ।

चालु आवको मौदि्रक नीतिले ५ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्न र मूल्य बृद्धिदर ७ प्रतिशतमा सिमित राख्न विस्तृत मुद्रा प्रदायमा १२ दशमलव ५ प्रतिशतको विस्तार आवश्यक पर्ने बताएको थियो । मुद्रा प्रदायको अहिलेको बृद्धिदरका आधार मौदि्रक नीतिको लक्ष्य सजिलै प्राप्त हुने राष्ट्र बैङ्कका प्रवत्ता भाष्करमणी ज्ञवालीले बताए । यसले लगानीमा पनि विस्तारकारी प्रभाव पार्ने हुनाले लक्ष्यअनुसारको आर्थिक बृद्धि हासिल गर्न सहयोग पुग्ने उनको तर्क छ । 'नेपालको मूल्यबृद्धिदर विनिमयदरलगायतका तत्वमा पनि भर पर्ने भएकाले यसको लक्ष्य हासिल गर्न नसके पनि तरलता र आर्थिक बृद्धिको लक्ष्य भने प्राप्त गर्न कठिन छैन' ज्ञवालीले भने । ज्ञवालीको भनाइसँग नेपाल बैङ्कर सङ्घका पुर्व अध्यक्ष तथा नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त पनि सहमत छन् । 'अहिलेसम्मको प्रवृत्तिलाई हेर्दा चालु आवमा तरलताको अभाव होला जस्तो लाग्दैनु पन्तले भने' तर पुष मसान्त वा दोस्रो त्रैमासको अन्तिम अवस्थाको मूल्याङ्कन गरेर मात्र यकिनका साथ भन्न सकिन्छ ।'

चालु आवको पहिलो त्रैमासमा चलनचल्तीको मुद्रा १० प्रतिशतभन्दा धेरैले बढे पनि बैङ्किङ प्रणालीको चल्ती निक्षेप झण्डै ५ प्रतिशतले घटेकाले सङ्कुचित मुद्रा प्रदाय कम दरमा बढेको हो । चल्ती निक्षेप घट्नु र चलनचल्तीको मुद्रा उच्च दरले बढ्नुले अझै पनि थुर्पै रकम बैङ्किङ प्रणालीभन्दा बाहिर रहेको देखाउँछ । तर गत आवको सोही अवधीमा ० दशमलव ७ प्रतिशतले बढेको एम-२ मा समाबेश मुद्दती निक्षेप चालु आवको ३ महिनामा ७ दशमलव ८ प्रतिशतले बढेको छ । ुमौदि्रक स्थितीमा सुधार आए पनि बैङ्किङ प्रणाली बाहिर अझै ठुलो परिमाणमा रकम रहनुले प्रणालीगत जोखिम कायमै रहेको देखिन्छु एक अर्थशास्त्रीले भने । एम- १ र एम- २ दुबैमा आएको बृद्धिले अर्थतन्त्रको मौदि्रकीकरण र बैङकिङ प्रणालीको लगानीयोग्य रकम दर्शाउने ुबृहत मौदि्रक तरलताु एम-३ पनि ६ दशमलव ९ प्रतिशतले बढेको छ । गत आवको सोही अवधीमा एम-३ जम्मा ० दशमलव ८ प्रतिशतले बढेको थियो । बिस्तृत मुद्रा प्रदायमा नेपाली बैङ्कहरुमा जम्मा भएको बिदेशी मुद्राको निक्षेप समाबेस गरेर एम-३ मापन गरिन्छ । 

समिक्षा अवधीमा एनएफए र एनडीएमा आएको बढोत्तरीले नेपाल राष्ट्र बैङ्कले उत्पादन गर्ने आधार मुद्रा रिजर्भ/हाई पावर्ड मनी पनि उकालो लागेको छ । गत आवको पहिलो ३ महिनामा १ प्रतिशतले बढेको आधार मुद्रा अहिले १४ दशमलव ७० प्रतिशतले बढेको छ । यसरी आधार मुद्रामा भएको उच्च बृद्धिले  पनि बैङ्किङ प्रणालीको साख सृजना गर्ने क्षमता बढ्न गई अर्थतन्त्रको लगानीयोग्य रकम बढ्ने सङ्केत देखाउँछ । गत आवमा आधार मुद्रा कम उत्पादन भएकाले बैङ्कहरुले यथेष्ट साख क्रेडिट सृजना गर्न नसक्दा प्रणालीको तरलतामा चाप परेको थियो । मुद्रा प्रदायमा विस्तार भए पनि अर्थतन्त्रको मौदि्रक गतिशिलता मापक मुद्रा गुणक मनी मल्टिप्लायर को मान भने गत आवको तुलनामा केही घटेको छ ।

Comments

Popular posts from this blog

हामी कति बौद्धिक, कति बहादुर ?

  डा . होमनाथ गैरे विद्यार्थी जिवनमा विद्यालय तहमा हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत ' धन ठुलो कि विद्या ठुलो ' तथा ' कलम बलियो कि तरवार बलियो ' शिर्षकमा सयौ वादविवाद तथा वक्तित्वकला प्रतियोगिता सुनियो र हेरियो भने कैयौंमा त स्वयं सहभागी भएर पुरस्कार समेत हात पारियो। ति सबै क्रियाकलापहरूको सार विद्यालय तहमा पढ्दै गरेका विद्यार्थीहरूमा विद्या र कलम भनेको वौद्धिकताको प्रतिक हो र धन र तरवार बहादुरिताको प्रतिक हो भन्ने शन्देश प्रदान गर्नु हो । यो सँगै त्यस्ता क्रियाकलापको अर्को महत्वपूर्ण पाटो भनेको विद्यार्थीहरूको कलिलो दिमागमा सदैव धनभन्दा विद्या र तरवारभन्दा कलमको पक्षमा उभिनु पर्दछ भन्ने पाठ पढाउनु हो । केहि उच्च पदस्थ राजनीतिक नेताहरूलाई अपवाद मान्ने हो भने अहिले राजनीतिक , प्रशासनिक , सामाजिक तथा व्यवसायिक नेतृत्वमा पुगेका सबैले त्यस्ता शन्देशमूलक गतिविधिहरूको साक्षि हुने अवसर पाएकै हुन। अझै प्रशासनिक नेतृत्वमा पुगेका उच्च तहका कर्मचारीहरू त अधिकांश विद्यार्थी कालका उत्कृष्ट मध्येका नै छन् । त्यसैगरी , सन १९५० देखि १९७० को विचमा जन्मेको पुस्तामा दोस्रो विश्व युद्...

Interest Rate Corridor for a Predictable Lending Environment

 Dr. Hom Nath Gaire 1. Introduction Interest rate volatility has been a recurring challenge in Nepal’s banking system, often resulting in uncertainty for borrowers and investors. Sharp fluctuations in deposit and lending rates—driven by shifts in liquidity, credit demand, and monetary policy—can undermine business planning and delay investment decisions. While market-based interest rate determination is essential for efficient capital allocation, excessive volatility erodes confidence in the investment climate. To address this, an interest rate corridor tailored to Nepal’s context is proposed. This mechanism aims to stabilize lending rates without undermining the role of market forces, thereby improving predictability for investors and encouraging credit flow to productive sectors. 2. Conceptual Framework The proposed corridor will operate within each individual bank , using two market-linked boundaries: Lower Bound (Base Rate) : The base rate will be the weighted...

Monetary Policy For FY 2012/13

 Monetary Policy For FY 2012/13, a bit Better than Fiscal Policy.............. Nepal Rastra Bank (NRB) unveiled its Monetary Policy for the fiscal year 2012/13 that focuses on controlling inflation, stimulating credit to productive areas, monitoring the trend of interest rate, increasing outreach of financial services and ensuring financial stability. While continuing many successful policy instruments of the past years, on Wednesday the Central Bank also introduced new measures for attaining the broad policy objective of facilitating economic growth and financial stability. “The major challenges we face are controlling inflation, credit to productive sectors, expanding financial outreach to the unbanked area of the country and financial stability,” said Yuba Raj Khatiwada, Governor NRB. “The overall goal is to create an enabling environment to facilitate economic growth of 5.5 percent,” said Khatiwada.   The policy for 2012/13 aims at primarily enhancing the stability...