होमनाथ गैरे नेपालको अर्थ - राजनीति लामो समयदेखि संरचनागत समस्याहरूको घेरामा छ। राजनीतिक दलहरूको आन्तरिक संरचना , राज्य संयन्त्रको संवाहक कर्मचारीतन्त्रको कार्यशैली र सार्वजनिक स्रोतहरूको दोहनमा दल , दलाल र हाकिम को हालिमुहालीले नागरिकमा निराशा मात्र होइन , राज्यप्रतिको अविश्वास चरम उत्कर्समा पुग्दा भदौ २३ मा नवयुवाहरूको जनआन्दोलन ( जेन - जी विद्रोह ) बाट शुरु भएको नेपालको समकालीन अर्थ - राजनीति हालैको निर्वाचनको नतिजासँगै एउटा महत्वपूर्ण कोर्समा प्रवेश गरेको छ। त्यो आन्दोलनले स्पष्ट सन्देश दिएको थियो , नागरिक अब केवल चुनावी वाचा र चिप्ला भाषण मात्र होइन वास्तविक सुशासन र जनउत्तरदायी शासन चाहन्छन्। विशेषगरी राजनीतिक दल र राज्य संयन्त्रमा संस्थागत रूपमा व्याप्त भ्रष्टाचारविरुद्धको आवाज त्यस आन्दोलनको केन्द्रीय भाव थियो। त्यहि आन्दोलनको जगमा बनेको नागरिक सरकारले भर्खर प्रतिनिधि सभाको निर्वाचन शान्तीपूर्ण रूपमा सम्पन्न गरेसँगै आएको प्रारम्भिक नतिजाले नवयुवाहरूले शुरू गरेको परिवर्तनको यात्रा अहिले पनि करिब आधा बाटोमा पुगेको अनुभुति भएको छ। राज्य संयन्त्रमा दलमा भातृसंगठन...