Skip to main content

Posts

Showing posts from June, 2011

बजार बढ्नमा लगानीकर्ताको व्यवहार पनि सच्चिनु पर्छ

होमनाथ गैरे २०६५ भदौ १५ मा १ हजार १ सय ७५ पुगेको नेप्से परिसूचक लगातार घटेर अहिले ३ सयको हाराहारीमा छ । यो विगत साढे ५ वर्ष यताकै न्यून तह हो । यसबाट आमलगानीकर्तालाई भएको पीडा मापन गर्ने परिसूचक हुने हो भने त्यसको रेखाचित्र नेप्सेको भन्दा धेरै तल हुने थियो । तथापि बजार साचालक नियामक निकाय तथा अन्य सरोकारवालाहरुको ध्यान यसतर्फ जान सकेको छैन । फलस्वरुप नेप्सेले एकपछि अर्को टेवा तोड्दै यो तहसम्म आएको हो ।  नेपाली लगानीकर्तामा पनि बजार बुलिश हुँदा अझै बढ्छ र बियरिश हुँदा अझै तल जान्छ भन्ने मानसिकता रहेको पाइन्छ । ३ वर्षपहिले बैङ्क अफ काठमाण्डूको शेयरमूल्य रु। २ हजारको हाराहारीमा पुग्दा यो २ हजार ८ सय पुग्छ भनेर थप शेयर खरीद गर्ने पनि थिए । त्यसैगरी अहिले अन्नपूर्ण विकास बैङ्कलगायतका कम्पनीको शेयर बजारमूल्य किताबी मूल्यभन्दा कम हुँदासमेत हल्लाको भरमा शेयर विक्री गर्ने पनि छन् । शेयर बजारमा यस प्रकारको व्यवहार कुनै पनि हालतमा सकारात्मक वा विवेकपूर्ण होइन । यस्तो कार्य बजारमा अरु लोभी भएको समयमा आफू डराउनु र अरु डराएको समयमा आफू लोभी भएर शेयर खरीद गर्नु भन्ने मान्यतासँग पनि मेल खाँदैन ।...

नेप्से ३ सय ३ मा अब त घट्दैन की !

होमनाथ गैरे जेठ २९ काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूच्ाक ४ दशमलव ७६ अङ्कले घटेर ३ सय ४ दशमलव १३ मा पुग्यो । गत साताको अन्तिम कारोबार दिनको तुलनामा आइतवार नेप्से केही धेरै घटे पनि लगानीकर्ता तथा बिश्लेषहरुले भने धेरै नघट्ने अनुमान गरेका छन् । 'लामो समयदेखी तरलता अभावको सामना गरिरहेका लगानीकर्ताहरुलाई हकप्रद शेयर खरिद गर्न र बैङ्कको किस्ता तिर्ने चाप एकै पटक परेकाले अङ्कित मूल्यभन्दा कममा शेयर विकि्र गर्नु पर्ने वाध्यता आएको हो' शेयर लगानीकर्ता दुर्गा प्रसाद उप्रेतीले भने 'त्यसैको कारणले नेप्से यो तहसम्म आएको हो । तर अब बिस्तारै घट्ने गती मत्थर भएर नेप्से सम्हालिने कन्सोलिडेट हुने सङ्केत देखिएको छ ।' आर्थिक वर्ष अन्त्य हुनै लाग्दा हकप्रद शेयरको चाप कम हुँदै गएको तथा कम्पनीहरुको वास्तविक अवस्था पनि थाहा हुने भएकाले बजार सम्हालिने आधार बन्दै गएको उनको तर्क छ । ३ वर्ष पहिलादेखी असन्तुलित बनेको नेप्से परिसूचक र कुल बजार पूँजीकरणको अनुपात अहिले स्वभाविक तहमा आएकाले पनि नेप्से योभन्दा तल जान नसक्ने देखिएको छ ।  गत हप्ता राष्ट्र बैङ्कले तरलता सङ्कटमा परेका बैङ्क तथा वित...

शेयर बिश्लेषण र लगानीकर्ताको मनोविज्ञान

होमनाथ गैरे नेपालको शेयर बजार परिसूचक नेप्से अहिले ६ वर्ष यताकै न्यून तहमा आएको छ । झण्डै ३ वर्ष पहिला अहिलेसम्मकै उच्च तह १ हजार १ सय ७५ मा पुगेको नेप्से लगातार घटेर ३ सय ३३ मा आईपुग्दा बजार बिश्लेषणप्रति लगानीकर्ताहरुको चासो पनि बढ्दै गएको छ । नेपाली शेयर बजारको इतिहाँस २० वर्ष पनि पुगेको छैन । साथै अहिलेको जस्तो लामो बियरिश प्रबृत्ति यसभन्दा पहिला नेपाली लगानीकर्ताले अनुभव गर्न पाएका थिएनन् । त्यसैगरी उतारचढाव भइरहने शेयर बजारको प्रकृतिसँग उनीहरु अभ्यस्त भइसकेका पनि छैनन् । अधिकांश लगानीकर्तालाई शेयर बजारमा उच्च जोखिम हुन्छ भन्ने कुराको राम्रो हेक्का छैन वा शेयरको मूल्य सधै बढीरहन्छ भन्ने मानसिकता छ । अनी आँफुले गरेको निर्णय सधै सहि नै हुन्छ भन्ने भ्रम पनि उनीहरुमा पाईन्छ । त्यसैले शेयर बिश्लेषकले भनेका सबै कुरा पूर्ण रुपमा सत्य हून्छन् र त्यसको प्रभाव बजारमा तत्कालै देखिन्छ भन्ने मानसिकता नेपाली लगानीकर्ताहरुको छ । वास्तवमा बिश्लेषण भनेको कुनै पनि निर्णय लिनुभन्दा पहिला सोसँग सम्बन्धित तथ्यहरुको लेखाजोखा गर्ने प्रकृया हो । खासगरी कुनै लगानी तथा व्यापार व्यवसायका बिषयमा निर्णय गर्...