Skip to main content

शेयर बिश्लेषण र लगानीकर्ताको मनोविज्ञान

होमनाथ गैरे
नेपालको शेयर बजार परिसूचक नेप्से अहिले ६ वर्ष यताकै न्यून तहमा आएको छ । झण्डै ३ वर्ष पहिला अहिलेसम्मकै उच्च तह १ हजार १ सय ७५ मा पुगेको नेप्से लगातार घटेर ३ सय ३३ मा आईपुग्दा बजार बिश्लेषणप्रति लगानीकर्ताहरुको चासो पनि बढ्दै गएको छ । नेपाली शेयर बजारको इतिहाँस २० वर्ष पनि पुगेको छैन । साथै अहिलेको जस्तो लामो बियरिश प्रबृत्ति यसभन्दा पहिला नेपाली लगानीकर्ताले अनुभव गर्न पाएका थिएनन् । त्यसैगरी उतारचढाव भइरहने शेयर बजारको प्रकृतिसँग उनीहरु अभ्यस्त भइसकेका पनि छैनन् । अधिकांश लगानीकर्तालाई शेयर बजारमा उच्च जोखिम हुन्छ भन्ने कुराको राम्रो हेक्का छैन वा शेयरको मूल्य सधै बढीरहन्छ भन्ने मानसिकता छ । अनी आँफुले गरेको निर्णय सधै सहि नै हुन्छ भन्ने भ्रम पनि उनीहरुमा पाईन्छ । त्यसैले शेयर बिश्लेषकले भनेका सबै कुरा पूर्ण रुपमा सत्य हून्छन् र त्यसको प्रभाव बजारमा तत्कालै देखिन्छ भन्ने मानसिकता नेपाली लगानीकर्ताहरुको छ ।
वास्तवमा बिश्लेषण भनेको कुनै पनि निर्णय लिनुभन्दा पहिला सोसँग सम्बन्धित तथ्यहरुको लेखाजोखा गर्ने प्रकृया हो । खासगरी कुनै लगानी तथा व्यापार व्यवसायका बिषयमा निर्णय गर्दा वा राष्ट्रिय महत्वका बिषयमा निर्णय गर्दा त्यसबाट भविष्यमा हुन सक्ने लाभ हानीका बिषयमा गरिने आँकलन वा पुर्वानुमान नै बिश्लेषण हो । वित्तीय बजारमा अझ बिशेषगरि शेयर बजारमा यो शब्दको प्रयोग तथा महत्व बढी हुने गर्छ । यो बजारमा पुर्णतया मुद्रा सन्किट मुद्रा तथा तुरुन्तै नगदमा रुपान्तरण गर्न सकिने वित्तीय उपकरणहरुको कोरोबार हुने भएकाले त्यहाँ कारोबार गर्नु भन्दा पहिला सम्भावित नाफा नोक्सानलाई प्रभावित गर्ने तत्वहरुको मूल्याङ्कन गर्नु उचित पनि हो । तर नेपाली शेयर लगानीकर्ताहरुमा कुनै पनि कम्पनीको शेयर खरिद गर्नु वा कुनै वित्तीय उपकरणमा लगानीको निर्णय लिनु पूर्व गर्नुपर्ने आधारभुत तथा प्राविधिक बिश्लेषण गर्ने बानी परिसकेको देखिदैन । पहिला हचुवाको भरमा वा अरुको लहलहैमा लागेर शेयर खरिद गर्ने अनी तत्कालै नाफा नभएमा वा आँफुले सोचेजस्तो नभएमा हतारिएर पुनः गलत निर्णय गर्ने गरेका उदाहरण थुप्रै छन् । 
शेयर बजारको हकमा बिश्लेषण खास २ प्रयोजनका लागि गरिन्छ । पहिलोः कुनै पनि कम्पनीको शेयरमा लगानी गर्नु पूर्व सो कम्पनीको वित्तीय अवस्था नाफा कमाउन सक्ने क्षमताका साथै व्यवस्थापकीय क्षमताको मूल्याङ्कन गरिन्छ । यस्तो बिश्लेषणलाई कम्पनी बिश्लेषण भनिन्छ जसका लागि विभिन्न विधिहरुको विकास समेत भएको छ । त्यसपछि सो कम्पनीसँग सम्बन्धित उद्योगका साथै समग्र अर्थतन्त्रको अवस्थाको पनि मूल्याङ्कन गर्नु पर्छ । यस्तो कार्यलाई क्रमशः उद्योग र अर्थतन्त्र बिश्लेषण भनिन्छ । कुनै पनि देशको अर्थतन्त्रको प्रत्यक्ष प्रभाव सो देशका उद्योग तथा त्यो उद्योगसँग आबद्ध कम्पनीमा पनि पर्ने भएकाले अर्थतन्त्र बिश्लेषण पनि अनिबार्य हुन्छ । समग्रमा यस्ता बिश्लेषणलाई आधारभुत बिश्लेषण भनिन्छ जसका लागि कम्पनीहरुले प्रकाशित गरेका वासलात नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरणका साथै देशका शुक्ष्म तथा बृहत आर्थिक परिसूचकहरुको ज्ञान हुनु जरुरी छ । 
त्यसैगरी लगानीसम्बन्धित निर्णय गर्न प्राविधिक बिश्लेषको सहयोग पनि लिन सक्न्छि  । यसमा बिभिन्न रेखा चित्रको सहायताले कम्पनीको शेयर मूल्य तथा कारोबार रकमको बिगतको प्रबृत्तिलाई अवलोकन तथा मूल्याङ्कन गरिन्छ । साथै तीनिहरुलाई विभिन्न तथ्याङ्शास्त्रीय विधिको माध्यमबाट बिश्लेषण गरिन्छ र त्यसको निश्कर्षका आधारमा लगानीसम्बन्धि निर्णयमा पुगिन्छ । यसरी लगानी गर्नु पूर्वको बिश्लेषणले कुन कम्पनीको शेयर खरिद गर्ने  कहिले वा कुन समयमा खरिद गर्ने  कति परिमाणमा वा कती रकमको शेयर खरिद गर्ने  भन्ने जस्ता प्रश्नको उत्तर प्राप्त गर्न र भविष्यमा बढी प्रतिफल दिने वा कम जोखिम भएका कम्पनीहरुको शेयर छनौट गर्नमा सहयोग पुग्छ । त्यस्ता आधारभुत कुराहरुको बारेमा स्पष्ट नभइकन वा माथि उल्लेखित प्रश्नहरुको उत्तर बिना गरिएको लगानी जोखिमयुक्त हुन सक्छ ।
दोस्रोः शेयर बजारमा एक पटक लगानी गरेपछि सधैभरि समान दरमा प्रतिफल प्राप्त हुँदैन । कहिले उच्च प्रतिफल प्राप्त हुन्छ त कहिले न्यून कहिले काँही त नोक्सान भएर लगानी गरेको पुंजी (इक्विटी) नै डुब्न पनि सक्छ । त्यसैले शेयरमा लगानी गरिसकेपछि पनि सधैभरि चनाखो भएर आँफुले लगानी गरेको कम्पनीका वित्तीय परिसूचकका साथै अर्थतन्त्रका शुक्ष्म तथा बृहत आर्थिक परिसूचकहरुको अध्ययन गरिरहनु पर्छ । त्यसैगरी कुन कम्पनीको शेयर संचय गर्ने वा कुनको विकि्र गर्ने तथा संचय गरे पनि कहिलेसम्म संचय गर्ने भन्नेजस्ता बिषयमा निर्णय गर्न विभिन्न प्राविधिक परिसूचकहरुको समेत बिश्लेषण गरिरहनु पर्छ । तिनै अधारभुत तथा प्राविधिक परिसूचकहरुको सङ्केतका आधारमा परिस्थिती आँफ्नो प्रतिकुल हुने देखिएमा वा नोक्सान हुने सम्भावना देखिएमा त्यस्ता कम्पनीको शेयर विकि्र गरेर तुरुन्त बजारबाट बाहिरिन सक्नु पर्छ । 'नोक्सान कम गर्नु पनि नाफा कमाउनु जत्तिकै हो' भन्ने शेयर बजारको प्रचलित भनाईले पनि लगानी गरीसके पछिको निरन्तर अनुगमन तथा बिश्लेषणलाई महत्व दिएको छ । 
नेपालको शन्दर्भमा अधिकांश लगानीकर्ताहरुले लगानी पूर्व तथा पछिको बिश्लेषणलाई त्यती महत्व दिएको पाईदैन । त्यसैगरी बजार बिस्तार हुँदै गए पनि व्यसायिक शेयर बिश्लेषकहरुको उदय हुन सकेको छैन । बिश्लेषकको रुपमा चिनिएकाले पनि आँफ्नो पोर्टफोलियो अनुकुल बिचार सार्वजनिक गर्ने आरोप लाग्ने गरेको छ । त्यस अर्थमा उनीहरुलाई पनि व्यवसायिक बिश्लेष भन्नु उचित हुदैन । व्यवसायिक बिश्लेषकले त आफुले शेयर खरिद गर्दैन । बरु दोस्रो बजारमा सूचिकृत कम्पनीहरुको स्वतन्त्र रुपमा अध्ययन तथा बिश्लेषण गर्छ र त्यसको निश्कर्ष उचित शल्क लिएर विकि्र गर्छ । त्यस्तो सस्कृतीको बिकास नेपालमा भइसकेको छैन । यसरी लगानीकर्ता तथा बिश्लेषकहरु पूर्ण व्यवसायिक बन्न नसक्दा कहिले काँही आउने गरेका सहि बिश्लेषणको पनि गलत बुझाइका कारण अपब्याख्या हुने गरेको छ ।
लगानीकर्ताहरुमा आँफुले खरिद गरेको कम्पनीको खराव बिश्लेषण आएमा त्यसको प्रतिवाद गर्ने तथा राम्रो नतिजा देखिएमा प्रचार बाजी गर्ने प्रबृत्ति छ । त्यसैगरी कुनै बिश्लेषकको निश्कर्षको प्रभाव तत्कालै बजारमा नदेखिएमा त्यसले भनेको मिलेन वा उल्टो बिश्लेषण गर् यो भन्ने बानी छ । माथि भनिएजस्तै बिश्लेषण भनेको बिगतको प्रबृत्तिलाई आधार मानेर भविष्यको गती पुर्वानुमान गर्ने हो । अनी शेयर बजार चक्र वा व्यापार चक्रले जहिले पनि अङ्ग्रेजी अक्षर 'भी' आकारमा दिशा परिवर्तन गर्दैन । शेयर बजारले प्रबृत्ति वा दिशा परिवर्तन गर्न केही समय लाग्ने भएकाले यसले सधै 'यू' आकार बनाउने गर्छ । त्यसकारण बिश्लेषणहरु लामो समयलाई आधार मानेर गरिने भएकाले त्यसको प्रभाव पनि केही समयपछि मात्रै देखिन थाल्छ । अहिले नेपाली शेयर बजारको अवस्था पनि यस्तै छ । तत्कालै हेर्दा अहिले आएका बिश्लेषणहरु काम नलागेजस्तो देखिएका हुन सक्छन् । यदी ती बिश्लेषण सहि तथ्याङ्क तथा घटनाक्रमहरुमा आधारित भए तिनका निश्कर्षले अवश्य पनि काम गर्नेछ । यस्तो अवस्थामा बिश्लेषणले काम गरेन भनेर हतोत्साही भएर गलत निर्णय गर्नबाट बच्नु पनि नाफा कमाएजस्तै हो । यो तितो वास्तविकतालाई नेपाली लगानीकर्ता तथा विश्लेषकहरु सबैले बुझ्न जरुरी छ ।

Comments

Popular posts from this blog

सुनको मूल्यभित्रका वास्तविकता

सुनको मूल्यभित्रका वास्तविकता होमनाथ गैरे संसारमा शेयरपछि सबैभन्दा बढी मूल्य घटबढ हुने वस्तुमा सुन पर्छ । सुनको मूल्यमा हुने उतारचढावका साथै यसका कारण र प्रभावका विषयमा समय समयमा विभिन्न विचारहरू बाहिर आउने गरेका छन् । यस किसिमका भनाइ खासगरी डेरिभेटिभ बजारका लगानीकर्ता वा मूल्यमा भएको उतारचढावबाट छिटो पैसा कमाउन चाहने सट्टेबाजहरूबाट बढी आउने गरेको छ । विश्वअर्थतन्त्रमा हुने परिवर्तन, भूराजनीतिक अवस्था र सुनको उत्पादन, माग तथा आपूर्तीलाई कारण मान्दै यसको मूल्य अहिले अझै माथि जाने त कहिले अझै तल झर्ने भनाइहरू पनि सार्वजनिक हुने गरेका छन् । तर, विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित विज्ञ तथा अर्थशास्त्रीहरू भने सुनको मूल्यमा हुने त्यस्तो उतारचढावलाई अस्वाभाविक र कृत्रिम मान्दछन् । यसै सन्दर्भमा यस लेखमा सुनको विषयमा विद्यमान केही कथनहरूको चिरफार गर्ने प्रयास गरिएको छ । सुन महँगो धातु हो ? यो भनाइ सुनमा मात्रै नभएर सम्पत्तिका रूपमा उपयोग हुने वा मानव जीवनसँग गाँसिएका कुनै पनि वस्तुको हकमा उत्तिकै लागू हुन्छ । वास्तवमा यो प्रश्नको उत्तर निकै कठि...

निजी बैङ्कको ऋण सरकारीमा सार्दै व्यवसायी

सरकारी बैङ्कप्रतिको विश्वास बढ्यो की कम ब्याजदरले तान्यो ? होमनाथ गैरे गत बैशाखमा काठमाडौंका एक व्यवसायीक फर्मले माछापुच्छ«े बैङ्कसँगको ऋण नेपाल बैङ्कमा सा¥यो । माछापुच्छ«ेको तुलनामा नेपाल बैङ्कको ब्याजदर कम भएकाले कारोबार सारेको श्रेष्ठ थरका त्यो फर्म सञ्चालकको भनाई थियो । ‘ऋण सारेको ४ महिनाको अवधीमा कम्तीमा २०÷२५ लाख रुपैयाँ ब्याज खर्च घट्यो,’ पाँचतारे होटेलको एक जमघटमा श्रेष्ठले भन्दै थिए, ‘पहिले नै जानकारी भएको भए अझ धेरै बचत हुने रहेछ ।’ गत साउन दोस्रो साता राष्ट्रिय बाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा जनकपुरका व्यवसायीको प्रतिनिधित्व गर्दै एक ब्यक्तिले ब्याजदरका विषयमा छलफल गर्दै थिए । आफुसँग १२÷१३ करोड रुपैयाँको पोर्टफोलियो भएकाले ब्याजदर मिलाई दिए सबै ग्राहक यता ल्याउने ती ब्यक्तिको भनाई थियो । नेपाल एसबीआई, नबिल, बङ्गलादेश जस्ता निजी बैङ्कसँग कारोबार गरिरहेको जनकपुरका व्यवसायीहरु सरकारी बैङ्कमा ब्याजदर कम भएको थाहा पाएपछि ऋण सार्न इच्छुक भएको ती प्रतिनिधिले बताए ।  माथिका घटनाले पछिल्लो समय निजीबाट सरकारी बैङ्कमा ऋण सार्ने (स्विच गर्ने) क्रम बढेको सङ्केत गर्दछन्...

Stock Market of Nepal: A Journey to Automation

April 2017 NRB Samachar 1.   Capital Markets Capital Markets are the markets consisting long-term securities issued by the government or a corporation. Capital Market typically relates with financial assets which have life spans of greater than one year. Capital Market is a means through which scattered saving and investable resources are converted into actual investment. Capital market is one of the several factors that play a prominent role in the economic development of the nation. The saving institutions such as banks, investment trusts or companies, specialized financial corporations and stock exchanges are some of the important constituents of capital market. The primary role of capital market is to allocate the economy’s capital stock among various productive sectors. Capital invested in such sectors acts as seed money and generates more funds for further investments. No modern corporation of any size can function effectively without ready access to capital markets...