होमनाथ गैरे
नेपालको शेयर बजार परिसूचक नेप्से अहिले ६ वर्ष यताकै न्यून तहमा आएको छ । झण्डै ३ वर्ष पहिला अहिलेसम्मकै उच्च तह १ हजार १ सय ७५ मा पुगेको नेप्से लगातार घटेर ३ सय ३३ मा आईपुग्दा बजार बिश्लेषणप्रति लगानीकर्ताहरुको चासो पनि बढ्दै गएको छ । नेपाली शेयर बजारको इतिहाँस २० वर्ष पनि पुगेको छैन । साथै अहिलेको जस्तो लामो बियरिश प्रबृत्ति यसभन्दा पहिला नेपाली लगानीकर्ताले अनुभव गर्न पाएका थिएनन् । त्यसैगरी उतारचढाव भइरहने शेयर बजारको प्रकृतिसँग उनीहरु अभ्यस्त भइसकेका पनि छैनन् । अधिकांश लगानीकर्तालाई शेयर बजारमा उच्च जोखिम हुन्छ भन्ने कुराको राम्रो हेक्का छैन वा शेयरको मूल्य सधै बढीरहन्छ भन्ने मानसिकता छ । अनी आँफुले गरेको निर्णय सधै सहि नै हुन्छ भन्ने भ्रम पनि उनीहरुमा पाईन्छ । त्यसैले शेयर बिश्लेषकले भनेका सबै कुरा पूर्ण रुपमा सत्य हून्छन् र त्यसको प्रभाव बजारमा तत्कालै देखिन्छ भन्ने मानसिकता नेपाली लगानीकर्ताहरुको छ ।
वास्तवमा बिश्लेषण भनेको कुनै पनि निर्णय लिनुभन्दा पहिला सोसँग सम्बन्धित तथ्यहरुको लेखाजोखा गर्ने प्रकृया हो । खासगरी कुनै लगानी तथा व्यापार व्यवसायका बिषयमा निर्णय गर्दा वा राष्ट्रिय महत्वका बिषयमा निर्णय गर्दा त्यसबाट भविष्यमा हुन सक्ने लाभ हानीका बिषयमा गरिने आँकलन वा पुर्वानुमान नै बिश्लेषण हो । वित्तीय बजारमा अझ बिशेषगरि शेयर बजारमा यो शब्दको प्रयोग तथा महत्व बढी हुने गर्छ । यो बजारमा पुर्णतया मुद्रा सन्किट मुद्रा तथा तुरुन्तै नगदमा रुपान्तरण गर्न सकिने वित्तीय उपकरणहरुको कोरोबार हुने भएकाले त्यहाँ कारोबार गर्नु भन्दा पहिला सम्भावित नाफा नोक्सानलाई प्रभावित गर्ने तत्वहरुको मूल्याङ्कन गर्नु उचित पनि हो । तर नेपाली शेयर लगानीकर्ताहरुमा कुनै पनि कम्पनीको शेयर खरिद गर्नु वा कुनै वित्तीय उपकरणमा लगानीको निर्णय लिनु पूर्व गर्नुपर्ने आधारभुत तथा प्राविधिक बिश्लेषण गर्ने बानी परिसकेको देखिदैन । पहिला हचुवाको भरमा वा अरुको लहलहैमा लागेर शेयर खरिद गर्ने अनी तत्कालै नाफा नभएमा वा आँफुले सोचेजस्तो नभएमा हतारिएर पुनः गलत निर्णय गर्ने गरेका उदाहरण थुप्रै छन् ।
शेयर बजारको हकमा बिश्लेषण खास २ प्रयोजनका लागि गरिन्छ । पहिलोः कुनै पनि कम्पनीको शेयरमा लगानी गर्नु पूर्व सो कम्पनीको वित्तीय अवस्था नाफा कमाउन सक्ने क्षमताका साथै व्यवस्थापकीय क्षमताको मूल्याङ्कन गरिन्छ । यस्तो बिश्लेषणलाई कम्पनी बिश्लेषण भनिन्छ जसका लागि विभिन्न विधिहरुको विकास समेत भएको छ । त्यसपछि सो कम्पनीसँग सम्बन्धित उद्योगका साथै समग्र अर्थतन्त्रको अवस्थाको पनि मूल्याङ्कन गर्नु पर्छ । यस्तो कार्यलाई क्रमशः उद्योग र अर्थतन्त्र बिश्लेषण भनिन्छ । कुनै पनि देशको अर्थतन्त्रको प्रत्यक्ष प्रभाव सो देशका उद्योग तथा त्यो उद्योगसँग आबद्ध कम्पनीमा पनि पर्ने भएकाले अर्थतन्त्र बिश्लेषण पनि अनिबार्य हुन्छ । समग्रमा यस्ता बिश्लेषणलाई आधारभुत बिश्लेषण भनिन्छ जसका लागि कम्पनीहरुले प्रकाशित गरेका वासलात नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरणका साथै देशका शुक्ष्म तथा बृहत आर्थिक परिसूचकहरुको ज्ञान हुनु जरुरी छ ।
त्यसैगरी लगानीसम्बन्धित निर्णय गर्न प्राविधिक बिश्लेषको सहयोग पनि लिन सक्न्छि । यसमा बिभिन्न रेखा चित्रको सहायताले कम्पनीको शेयर मूल्य तथा कारोबार रकमको बिगतको प्रबृत्तिलाई अवलोकन तथा मूल्याङ्कन गरिन्छ । साथै तीनिहरुलाई विभिन्न तथ्याङ्शास्त्रीय विधिको माध्यमबाट बिश्लेषण गरिन्छ र त्यसको निश्कर्षका आधारमा लगानीसम्बन्धि निर्णयमा पुगिन्छ । यसरी लगानी गर्नु पूर्वको बिश्लेषणले कुन कम्पनीको शेयर खरिद गर्ने कहिले वा कुन समयमा खरिद गर्ने कति परिमाणमा वा कती रकमको शेयर खरिद गर्ने भन्ने जस्ता प्रश्नको उत्तर प्राप्त गर्न र भविष्यमा बढी प्रतिफल दिने वा कम जोखिम भएका कम्पनीहरुको शेयर छनौट गर्नमा सहयोग पुग्छ । त्यस्ता आधारभुत कुराहरुको बारेमा स्पष्ट नभइकन वा माथि उल्लेखित प्रश्नहरुको उत्तर बिना गरिएको लगानी जोखिमयुक्त हुन सक्छ ।
दोस्रोः शेयर बजारमा एक पटक लगानी गरेपछि सधैभरि समान दरमा प्रतिफल प्राप्त हुँदैन । कहिले उच्च प्रतिफल प्राप्त हुन्छ त कहिले न्यून कहिले काँही त नोक्सान भएर लगानी गरेको पुंजी (इक्विटी) नै डुब्न पनि सक्छ । त्यसैले शेयरमा लगानी गरिसकेपछि पनि सधैभरि चनाखो भएर आँफुले लगानी गरेको कम्पनीका वित्तीय परिसूचकका साथै अर्थतन्त्रका शुक्ष्म तथा बृहत आर्थिक परिसूचकहरुको अध्ययन गरिरहनु पर्छ । त्यसैगरी कुन कम्पनीको शेयर संचय गर्ने वा कुनको विकि्र गर्ने तथा संचय गरे पनि कहिलेसम्म संचय गर्ने भन्नेजस्ता बिषयमा निर्णय गर्न विभिन्न प्राविधिक परिसूचकहरुको समेत बिश्लेषण गरिरहनु पर्छ । तिनै अधारभुत तथा प्राविधिक परिसूचकहरुको सङ्केतका आधारमा परिस्थिती आँफ्नो प्रतिकुल हुने देखिएमा वा नोक्सान हुने सम्भावना देखिएमा त्यस्ता कम्पनीको शेयर विकि्र गरेर तुरुन्त बजारबाट बाहिरिन सक्नु पर्छ । 'नोक्सान कम गर्नु पनि नाफा कमाउनु जत्तिकै हो' भन्ने शेयर बजारको प्रचलित भनाईले पनि लगानी गरीसके पछिको निरन्तर अनुगमन तथा बिश्लेषणलाई महत्व दिएको छ ।
नेपालको शन्दर्भमा अधिकांश लगानीकर्ताहरुले लगानी पूर्व तथा पछिको बिश्लेषणलाई त्यती महत्व दिएको पाईदैन । त्यसैगरी बजार बिस्तार हुँदै गए पनि व्यसायिक शेयर बिश्लेषकहरुको उदय हुन सकेको छैन । बिश्लेषकको रुपमा चिनिएकाले पनि आँफ्नो पोर्टफोलियो अनुकुल बिचार सार्वजनिक गर्ने आरोप लाग्ने गरेको छ । त्यस अर्थमा उनीहरुलाई पनि व्यवसायिक बिश्लेष भन्नु उचित हुदैन । व्यवसायिक बिश्लेषकले त आफुले शेयर खरिद गर्दैन । बरु दोस्रो बजारमा सूचिकृत कम्पनीहरुको स्वतन्त्र रुपमा अध्ययन तथा बिश्लेषण गर्छ र त्यसको निश्कर्ष उचित शल्क लिएर विकि्र गर्छ । त्यस्तो सस्कृतीको बिकास नेपालमा भइसकेको छैन । यसरी लगानीकर्ता तथा बिश्लेषकहरु पूर्ण व्यवसायिक बन्न नसक्दा कहिले काँही आउने गरेका सहि बिश्लेषणको पनि गलत बुझाइका कारण अपब्याख्या हुने गरेको छ ।
लगानीकर्ताहरुमा आँफुले खरिद गरेको कम्पनीको खराव बिश्लेषण आएमा त्यसको प्रतिवाद गर्ने तथा राम्रो नतिजा देखिएमा प्रचार बाजी गर्ने प्रबृत्ति छ । त्यसैगरी कुनै बिश्लेषकको निश्कर्षको प्रभाव तत्कालै बजारमा नदेखिएमा त्यसले भनेको मिलेन वा उल्टो बिश्लेषण गर् यो भन्ने बानी छ । माथि भनिएजस्तै बिश्लेषण भनेको बिगतको प्रबृत्तिलाई आधार मानेर भविष्यको गती पुर्वानुमान गर्ने हो । अनी शेयर बजार चक्र वा व्यापार चक्रले जहिले पनि अङ्ग्रेजी अक्षर 'भी' आकारमा दिशा परिवर्तन गर्दैन । शेयर बजारले प्रबृत्ति वा दिशा परिवर्तन गर्न केही समय लाग्ने भएकाले यसले सधै 'यू' आकार बनाउने गर्छ । त्यसकारण बिश्लेषणहरु लामो समयलाई आधार मानेर गरिने भएकाले त्यसको प्रभाव पनि केही समयपछि मात्रै देखिन थाल्छ । अहिले नेपाली शेयर बजारको अवस्था पनि यस्तै छ । तत्कालै हेर्दा अहिले आएका बिश्लेषणहरु काम नलागेजस्तो देखिएका हुन सक्छन् । यदी ती बिश्लेषण सहि तथ्याङ्क तथा घटनाक्रमहरुमा आधारित भए तिनका निश्कर्षले अवश्य पनि काम गर्नेछ । यस्तो अवस्थामा बिश्लेषणले काम गरेन भनेर हतोत्साही भएर गलत निर्णय गर्नबाट बच्नु पनि नाफा कमाएजस्तै हो । यो तितो वास्तविकतालाई नेपाली लगानीकर्ता तथा विश्लेषकहरु सबैले बुझ्न जरुरी छ ।

Comments
Post a Comment