Skip to main content

नेप्से ३ सय ३ मा अब त घट्दैन की !

होमनाथ गैरे
जेठ २९ काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूच्ाक ४ दशमलव ७६ अङ्कले घटेर ३ सय ४ दशमलव १३ मा पुग्यो । गत साताको अन्तिम कारोबार दिनको तुलनामा आइतवार नेप्से केही धेरै घटे पनि लगानीकर्ता तथा बिश्लेषहरुले भने धेरै नघट्ने अनुमान गरेका छन् । 'लामो समयदेखी तरलता अभावको सामना गरिरहेका लगानीकर्ताहरुलाई हकप्रद शेयर खरिद गर्न र बैङ्कको किस्ता तिर्ने चाप एकै पटक परेकाले अङ्कित मूल्यभन्दा कममा शेयर विकि्र गर्नु पर्ने वाध्यता आएको हो' शेयर लगानीकर्ता दुर्गा प्रसाद उप्रेतीले भने 'त्यसैको कारणले नेप्से यो तहसम्म आएको हो । तर अब बिस्तारै घट्ने गती मत्थर भएर नेप्से सम्हालिने कन्सोलिडेट हुने सङ्केत देखिएको छ ।' आर्थिक वर्ष अन्त्य हुनै लाग्दा हकप्रद शेयरको चाप कम हुँदै गएको तथा कम्पनीहरुको वास्तविक अवस्था पनि थाहा हुने भएकाले बजार सम्हालिने आधार बन्दै गएको उनको तर्क छ । ३ वर्ष पहिलादेखी असन्तुलित बनेको नेप्से परिसूचक र कुल बजार पूँजीकरणको अनुपात अहिले स्वभाविक तहमा आएकाले पनि नेप्से योभन्दा तल जान नसक्ने देखिएको छ । 
गत हप्ता राष्ट्र बैङ्कले तरलता सङ्कटमा परेका बैङ्क तथा वित्तीय संस्थाहरुलाई सहयोग गर्ने निर्णय सार्वजनिक गर्दा पनि नेप्से घट्दै जानुले वित्तीय प्रणालीप्रति सर्वसाधारणको विस्वास गुम्दै गएको बताउँछन् वित्त विश्लेषक प्राडा बिजय केसी । 'नेपाली शेयर बजारमा वास्तविक र साना रिटेल लगानीकर्ता छैनन्' डा केसीले भने 'सीमित मात्रामा रहेका लगानीकर्ताले पनि सट्टेवाजीको रुपमा कारोबार गर्ने भएकाले अधिकांश कम्पनीको शेयर अङ्कित मूल्यभन्दा तल आँउदा पनि विकि्र चाप बढीरहेको हो ।' वास्तविक लगानीकर्ताले त कम्पनीको प्रतिफललाई हेरेर आफ्नो पूँजी लगानी गर्ने हुनाले शेयर मूल्यले कमपनीको वित्तीय अवस्थाको प्रतिनिधित्व गर्ने केसीको बिश्लेषण छ । तर नेपाली शेयर बजारमा छिटो नाफा कमाउने लालशामा बैङ्कबाट ऋण लिएर लगानी गर्ने प्रबृत्ति रहेकाले अहिलेको अवस्था आएको उनले बताए । 
सरकार तथा नियामक निकायहरुको तफस्बाट शेयर बजार सुधारका बिभिन्न कार्यक्रमहरु धोषणा गरेकाले ढिलो चाँडो त्यसको प्रभाव बजारमा पर्ने केसीको भनाई छ । तर नेपालको वित्तीय प्रणाली तथा पूँजी बजारका आधारभुत संरचनामा नै कमजोरी रहेकाले समस्याको दिर्घकालिन समाधानका लागि सम्पूर्ण प्रणालीकै पूनःसंरचना ओभरहल गर्नु पर्ने डा केसीको बुझाई छ । राष्ट्र बैङ्कको सकारात्मक निर्णयले यो साता शेयर बजारमा केहि सुधार आउने अनुमान गरिएको थियो । तर उक्त निर्णयले पनि लगानीकर्ताको विश्वास जित्न नसकेकाले अब बिशेष प्याकेज नै ल्याउनु पर्ने लगानीकर्ता तथा बिज्ञहरुको एकमत छ । साताको पहिलो दिन नै नेप्से परिसूचक करीब पाँच अङ्कले घट्नुलाई यो साता बजार अझै ओरालो लाग्न सक्ने सङ्केतका रुपमा पनि हेरिएको छ । केहि दिन अघि चिलिमे हाईड्रोपावर कम्पनीले प्राथमिक शेयरको माध्यमबाट बजारको करीब ४ अर्ब रुपैयाँ सङ्कलन गरेकाले पनि दोस्रो बजारमा विकि्र चाप बढेको कतिपयको अनुमान छ । 
साताको पहिलो दिन नेप्से घटेपछि 'क' वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ र सर्वसाधारणले सजिलै किनबेच गर्न सक्ने शेयरको कारोबार मापक फ्लोट परिसूचक पनि घटे । आईतबार आठ समूहको कारोबार भएकोमा उत्पादन तथा प्रसोधन समूहबाहेक सबै समूहका परिसूचक घटे । उत्पादन तथा प्रसोधन समूहको परिसूचक ३ दशमलव ४ अङ्कले बढेर ४ सय ८६ दशमलव ६५ मा पुग्यो । यो समूह अन्तर्गतको बोटलस्र नेपाल बालाजुको शेयर मूल्य रु। ३१ ले बढेपछि परिसूचक बढेको हो । 
आईतबार नेपाल दुरसाचार कम्पनीको शेयर मूल्य रु। ११ ले घटेपछि 'अन्य' समूहको परिसूचक सबैभन्दा धेरै १२ दशमलव ९२ अङ्कले घट्यो । त्यसैगरी जलविद्युत समूहको परिसूचक ५ दशमलव २६ अङ्कले घटेर ५ सयमा झर् यो ।  यो समूहमा सूचिकृत अरुणभ्याली र बुटवल पावरको शेयर क्रमशः रु। ७ र ८ ले बढे पनि चिलिमेको शेयर रु। ३० ले घटेपछि जलविद्युत समूहकै परिसूचक घटेको हो । शेयर बजारमा उतारचढाब ल्याईरहने बैङ्किङ समूहको परिसूचक आईतबार ४ दशमलव ६१ अङ्कले घट्यो । नविल बैङ्कको शेयरमूल्य सबैभन्दा धेरै रु। ५८ लॆ घट्यो भने बैङ्क अफ काठमाण्डू लुम्बिनीलगायतले पनि नबिललाई पछ्याएपछि बैङ्किङ समूको परिसूचक घटेको हो । तर स्ट्याण्डर्ड चार्टर्ड र एभरेष्ट बैङ्कको शेयर भने क्रमशः १७ र १५ रुपैयाँले बढ्यो । 
आईतवार चिलिमे जलबिद्युतका ५ हजार ६ सय कित्ता शेयर किनबेचबाट सबैभन्दा धेरै रु। ४२ लाख २६ हजार रकम परिचालन भयो । त्यसैगरी नेपाल बङ्गलादेश बैङ्कको शेयर सबैभन्दा धेरै ९ दशमलव ७३ प्रतिशत सस्तो भयो भने भिवोर विकास बैङ्कको शेयर सबैभन्दा धेरै ९ दशमलव ७८ प्रतिशत महँगो भयो ।  आईतबार ९ सय ६८ कारोबारबाट ६८ कम्पनीका ९६ हजार ६ सय १४ कित्ता शेयर किनबेच भए । त्यसबाट रु। २ करोड १३ लाख परिचालन भयो भने रु। २ खर्ब ७० अर्बको कुल बजार पूँजीकरण भयो । 

 

Comments

Popular posts from this blog

सुनको मूल्यभित्रका वास्तविकता

सुनको मूल्यभित्रका वास्तविकता होमनाथ गैरे संसारमा शेयरपछि सबैभन्दा बढी मूल्य घटबढ हुने वस्तुमा सुन पर्छ । सुनको मूल्यमा हुने उतारचढावका साथै यसका कारण र प्रभावका विषयमा समय समयमा विभिन्न विचारहरू बाहिर आउने गरेका छन् । यस किसिमका भनाइ खासगरी डेरिभेटिभ बजारका लगानीकर्ता वा मूल्यमा भएको उतारचढावबाट छिटो पैसा कमाउन चाहने सट्टेबाजहरूबाट बढी आउने गरेको छ । विश्वअर्थतन्त्रमा हुने परिवर्तन, भूराजनीतिक अवस्था र सुनको उत्पादन, माग तथा आपूर्तीलाई कारण मान्दै यसको मूल्य अहिले अझै माथि जाने त कहिले अझै तल झर्ने भनाइहरू पनि सार्वजनिक हुने गरेका छन् । तर, विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित विज्ञ तथा अर्थशास्त्रीहरू भने सुनको मूल्यमा हुने त्यस्तो उतारचढावलाई अस्वाभाविक र कृत्रिम मान्दछन् । यसै सन्दर्भमा यस लेखमा सुनको विषयमा विद्यमान केही कथनहरूको चिरफार गर्ने प्रयास गरिएको छ । सुन महँगो धातु हो ? यो भनाइ सुनमा मात्रै नभएर सम्पत्तिका रूपमा उपयोग हुने वा मानव जीवनसँग गाँसिएका कुनै पनि वस्तुको हकमा उत्तिकै लागू हुन्छ । वास्तवमा यो प्रश्नको उत्तर निकै कठि...

निजी बैङ्कको ऋण सरकारीमा सार्दै व्यवसायी

सरकारी बैङ्कप्रतिको विश्वास बढ्यो की कम ब्याजदरले तान्यो ? होमनाथ गैरे गत बैशाखमा काठमाडौंका एक व्यवसायीक फर्मले माछापुच्छ«े बैङ्कसँगको ऋण नेपाल बैङ्कमा सा¥यो । माछापुच्छ«ेको तुलनामा नेपाल बैङ्कको ब्याजदर कम भएकाले कारोबार सारेको श्रेष्ठ थरका त्यो फर्म सञ्चालकको भनाई थियो । ‘ऋण सारेको ४ महिनाको अवधीमा कम्तीमा २०÷२५ लाख रुपैयाँ ब्याज खर्च घट्यो,’ पाँचतारे होटेलको एक जमघटमा श्रेष्ठले भन्दै थिए, ‘पहिले नै जानकारी भएको भए अझ धेरै बचत हुने रहेछ ।’ गत साउन दोस्रो साता राष्ट्रिय बाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा जनकपुरका व्यवसायीको प्रतिनिधित्व गर्दै एक ब्यक्तिले ब्याजदरका विषयमा छलफल गर्दै थिए । आफुसँग १२÷१३ करोड रुपैयाँको पोर्टफोलियो भएकाले ब्याजदर मिलाई दिए सबै ग्राहक यता ल्याउने ती ब्यक्तिको भनाई थियो । नेपाल एसबीआई, नबिल, बङ्गलादेश जस्ता निजी बैङ्कसँग कारोबार गरिरहेको जनकपुरका व्यवसायीहरु सरकारी बैङ्कमा ब्याजदर कम भएको थाहा पाएपछि ऋण सार्न इच्छुक भएको ती प्रतिनिधिले बताए ।  माथिका घटनाले पछिल्लो समय निजीबाट सरकारी बैङ्कमा ऋण सार्ने (स्विच गर्ने) क्रम बढेको सङ्केत गर्दछन्...

Stock Market of Nepal: A Journey to Automation

April 2017 NRB Samachar 1.   Capital Markets Capital Markets are the markets consisting long-term securities issued by the government or a corporation. Capital Market typically relates with financial assets which have life spans of greater than one year. Capital Market is a means through which scattered saving and investable resources are converted into actual investment. Capital market is one of the several factors that play a prominent role in the economic development of the nation. The saving institutions such as banks, investment trusts or companies, specialized financial corporations and stock exchanges are some of the important constituents of capital market. The primary role of capital market is to allocate the economy’s capital stock among various productive sectors. Capital invested in such sectors acts as seed money and generates more funds for further investments. No modern corporation of any size can function effectively without ready access to capital markets...