Skip to main content

निजी बैङ्कको ऋण सरकारीमा सार्दै व्यवसायी


सरकारी बैङ्कप्रतिको विश्वास बढ्यो की कम ब्याजदरले तान्यो ?
होमनाथ गैरे

  • गत बैशाखमा काठमाडौंका एक व्यवसायीक फर्मले माछापुच्छ«े बैङ्कसँगको ऋण नेपाल बैङ्कमा सा¥यो । माछापुच्छ«ेको तुलनामा नेपाल बैङ्कको ब्याजदर कम भएकाले कारोबार सारेको श्रेष्ठ थरका त्यो फर्म सञ्चालकको भनाई थियो । ‘ऋण सारेको ४ महिनाको अवधीमा कम्तीमा २०÷२५ लाख रुपैयाँ ब्याज खर्च घट्यो,’ पाँचतारे होटेलको एक जमघटमा श्रेष्ठले भन्दै थिए, ‘पहिले नै जानकारी भएको भए अझ धेरै बचत हुने रहेछ ।’
  • गत साउन दोस्रो साता राष्ट्रिय बाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा जनकपुरका व्यवसायीको प्रतिनिधित्व गर्दै एक ब्यक्तिले ब्याजदरका विषयमा छलफल गर्दै थिए । आफुसँग १२÷१३ करोड रुपैयाँको पोर्टफोलियो भएकाले ब्याजदर मिलाई दिए सबै ग्राहक यता ल्याउने ती ब्यक्तिको भनाई थियो । नेपाल एसबीआई, नबिल, बङ्गलादेश जस्ता निजी बैङ्कसँग कारोबार गरिरहेको जनकपुरका व्यवसायीहरु सरकारी बैङ्कमा ब्याजदर कम भएको थाहा पाएपछि ऋण सार्न इच्छुक भएको ती प्रतिनिधिले बताए । 

माथिका घटनाले पछिल्लो समय निजीबाट सरकारी बैङ्कमा ऋण सार्ने (स्विच गर्ने) क्रम बढेको सङ्केत गर्दछन् । निजी बैङ्क तथा वित्तीय संस्थाको तुलनामा सरकारी बैङ्कमा ब्याजदर कम भएकाले व्यवसायीहरु सम्भव भएसम्म ऋण सार्न खोजिरहेको बैङ्करहरुको भनाई छ । यसबाट केही वर्ष पहिला गुमेको सरकारी बैङ्कप्रतिको विश्वास पुनः बढ्दै गएको उनीहरुको बुझाई छ ।
ऋण, ब्याजदर र व्यवसायका सवालमा सबैले विवेकशील निर्णय गर्न रुचाउने भएकाले जहाँ कम ब्याज छ त्यँही जानु स्वभाविक भएको नेपाल बैङ्कर्स संघका अध्यक्ष राजनसिंह भन्डारी बताउँछन् । ‘कम ब्याजदर भएको बैङ्कमा ऋण सार्नु वित्तीय बजारको विशेषता हो, यसमा सरकारी र निजी भन्ने सवाल नै रहदैन,’ भन्डारीले अभियानसँग भने । साथै बजारमा तरलता प्रशस्त भएको अवस्थामा बैङ्कहरुले पनि ग्राहक तान्न र व्यवसाय बढाउन विभिन्न रणनीतिहरु अवलम्वन गर्छन् । ‘यसबाट ग्राहकहरुलाई छनौटको अवसर मिलेको छ, जुन बजार प्रतिस्पर्धि बन्दै गएको सङ्केत पनि हो,’ अर्का एक बैङ्करले भने ।      
कुनै पनि बैङ्क तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजदर उनीहरुको कोषको लागत (कष्ट अफ फण्ड)ले निर्धारण गर्छ । यस अर्थमा सरकारी बैङ्कहरुको कोषको लागत अन्य बैङ्कहरुको तुलनामा कम छ । ‘फलस्वरुप उनीहरु कम ब्याजदरमा कर्जा प्रवाह गर्न सक्छन्,’ राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसादले भने । एकातिर सरकारी बैङ्को कोषको लागत कम छ भने अर्कोतिर उनीहरुसँग प्रसस्त लगानीयोग्य रकम छ । फलस्वरुप, सरकारी बैङ्कको निक्षेप र कर्जाको ब्याजदर अन्तर (स्प्रेड) र कर्जा निक्षेप अनुपात दुबै अन्य बैङ्कको तुलनामा कम छ । यसले पनि सरकारी बैङ्कहरुलाई प्रतिस्पर्धी ब्याजदरमा ऋण प्रवाह गर्न सहज भएको शर्माको धारणा छ ।
कतिपय व्यवसायीहरु सरकारी बैङ्कमा कर्जा स्विकृती प्रकृया लामो र झण्जटिलो प्रशासनिक संरचनाका कारण कारोबार गर्न अप्ठ्यारो हुने बताउँछन् । अहिले भने बजारमा प्रशस्त तरलता भएको र ब्याजदर पनि सस्तो भएकाले सरकारी बैङ्कप्रति आकर्षण बढेको व्यवसायीहरु बताउँछन् । ‘बजारमा तरलता कम भएको समयमा भने ब्याजदर केही महँगो भए पनि सरल र छरितो कर्जा स्विकृत प्रकृयाका कारण निजी बैङ्कसँग कारोबार गर्नेको संख्या बढी हुन्छ,’ एक व्यवसायीले नाम नबताउने सर्तमा भने । सरकारीको तुलनामा नीजि बैङ्कमा कर्जा पुनःसंरचना गर्न पनि निकै सहज रहेको उनको भनाई छ ।
प्रतिस्पर्धी बजारमा प्रशस्त लगानीयोग्य रकम भएको अवस्थामा लगानीकर्ताले कम ब्याजदर भएका बैङ्कमा ऋण सार्न खोज्नु अस्वाभाविक नभएको नेपाल बैङ्कका व्यवस्थापन संयोजक महेश्वरलाल श्रेष्ठको भनाई छ । ‘लगानीकर्ताले जुन बैङ्कसँग ऋण लिँदा बढी नाफा हुन्छ त्यसैसँग कारोबार गर्छन्,’ श्रेष्ठले भने, ‘तर, कसैले पनि नियोजित रुपमा अर्को बैङ्कको ग्राहक तान्ने काम भने गरेका छैनन् ।’

Comments

Popular posts from this blog

सुनको मूल्यभित्रका वास्तविकता

सुनको मूल्यभित्रका वास्तविकता होमनाथ गैरे संसारमा शेयरपछि सबैभन्दा बढी मूल्य घटबढ हुने वस्तुमा सुन पर्छ । सुनको मूल्यमा हुने उतारचढावका साथै यसका कारण र प्रभावका विषयमा समय समयमा विभिन्न विचारहरू बाहिर आउने गरेका छन् । यस किसिमका भनाइ खासगरी डेरिभेटिभ बजारका लगानीकर्ता वा मूल्यमा भएको उतारचढावबाट छिटो पैसा कमाउन चाहने सट्टेबाजहरूबाट बढी आउने गरेको छ । विश्वअर्थतन्त्रमा हुने परिवर्तन, भूराजनीतिक अवस्था र सुनको उत्पादन, माग तथा आपूर्तीलाई कारण मान्दै यसको मूल्य अहिले अझै माथि जाने त कहिले अझै तल झर्ने भनाइहरू पनि सार्वजनिक हुने गरेका छन् । तर, विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित विज्ञ तथा अर्थशास्त्रीहरू भने सुनको मूल्यमा हुने त्यस्तो उतारचढावलाई अस्वाभाविक र कृत्रिम मान्दछन् । यसै सन्दर्भमा यस लेखमा सुनको विषयमा विद्यमान केही कथनहरूको चिरफार गर्ने प्रयास गरिएको छ । सुन महँगो धातु हो ? यो भनाइ सुनमा मात्रै नभएर सम्पत्तिका रूपमा उपयोग हुने वा मानव जीवनसँग गाँसिएका कुनै पनि वस्तुको हकमा उत्तिकै लागू हुन्छ । वास्तवमा यो प्रश्नको उत्तर निकै कठि...

Stock Market of Nepal: A Journey to Automation

April 2017 NRB Samachar 1.   Capital Markets Capital Markets are the markets consisting long-term securities issued by the government or a corporation. Capital Market typically relates with financial assets which have life spans of greater than one year. Capital Market is a means through which scattered saving and investable resources are converted into actual investment. Capital market is one of the several factors that play a prominent role in the economic development of the nation. The saving institutions such as banks, investment trusts or companies, specialized financial corporations and stock exchanges are some of the important constituents of capital market. The primary role of capital market is to allocate the economy’s capital stock among various productive sectors. Capital invested in such sectors acts as seed money and generates more funds for further investments. No modern corporation of any size can function effectively without ready access to capital markets...