Skip to main content

बजार बढ्नमा लगानीकर्ताको व्यवहार पनि सच्चिनु पर्छ

होमनाथ गैरे
२०६५ भदौ १५ मा १ हजार १ सय ७५ पुगेको नेप्से परिसूचक लगातार घटेर अहिले ३ सयको हाराहारीमा छ । यो विगत साढे ५ वर्ष यताकै न्यून तह हो । यसबाट आमलगानीकर्तालाई भएको पीडा मापन गर्ने परिसूचक हुने हो भने त्यसको रेखाचित्र नेप्सेको भन्दा धेरै तल हुने थियो । तथापि बजार साचालक नियामक निकाय तथा अन्य सरोकारवालाहरुको ध्यान यसतर्फ जान सकेको छैन । फलस्वरुप नेप्सेले एकपछि अर्को टेवा तोड्दै यो तहसम्म आएको हो । 
नेपाली लगानीकर्तामा पनि बजार बुलिश हुँदा अझै बढ्छ र बियरिश हुँदा अझै तल जान्छ भन्ने मानसिकता रहेको पाइन्छ । ३ वर्षपहिले बैङ्क अफ काठमाण्डूको शेयरमूल्य रु। २ हजारको हाराहारीमा पुग्दा यो २ हजार ८ सय पुग्छ भनेर थप शेयर खरीद गर्ने पनि थिए । त्यसैगरी अहिले अन्नपूर्ण विकास बैङ्कलगायतका कम्पनीको शेयर बजारमूल्य किताबी मूल्यभन्दा कम हुँदासमेत हल्लाको भरमा शेयर विक्री गर्ने पनि छन् । शेयर बजारमा यस प्रकारको व्यवहार कुनै पनि हालतमा सकारात्मक वा विवेकपूर्ण होइन । यस्तो कार्य बजारमा अरु लोभी भएको समयमा आफू डराउनु र अरु डराएको समयमा आफू लोभी भएर शेयर खरीद गर्नु भन्ने मान्यतासँग पनि मेल खाँदैन । माथिको दृष्टान्तले नेपाली शेयर लगानीकर्ताहरुले शेयर कारोबारका स्थापित नियम नबुझेको वा बुझे पनि त्यसको सही उपयोग नगरेको देखिन्छ । यस्ता स्थापित मान्यता वा सिद्धान्तको अनुशरण गर्न सकेमा कारोबार सफल हुने सम्भावना धेरै हुन्छ वा अनपेक्षित नोक्सानबाट पनि बच्न सकिन्छ ।
त्यसरी बजारका आधारभूत मान्यतालाई पनि बेवास्ता गर्ने अनि राष्ट्र बैङ्क सरकार वा धितोपत्र बोर्डलाई बाजा बजाएर बजार घटाए भन्ने तर्क कुनै पनि अर्थमा जायज छैन । शेयरको मूल्य अवश्य पनि देशको राजनीतिक अवस्था ब्याजदर तथा सूचीकृत कम्पनीहरुले प्रदान गर्ने प्रतिफलमा भर पर्छ । तर ती तत्वहरु पनि आफै प्रकट वा परिवर्तन हुँदैनन् । लगानीकर्ता बजार साचालक बजार निर्माता नियामक निकायका साथै सरकारीनीति तथा कि्रयाकलापले ती तत्वहरुलाई निर्धारण गर्छन् । त्यसमा पनि सबैभन्दा महतत्वपूर्ण भूमिका लगानीकर्ताको हुन्छ । किनभने शेयर बजार खुला बजार नीतिमा आधारित हुन्छ जहाँ बजार सहभागी मार्केट पार्टिसिपेण्टहरु सार्वभौम हुन्छन् । उनीहरुका गतिविधि वा कि्रयाकलापले बजार साचालक तथा नियामकहरुलाई निर्देशित गरेको हुन्छ । शेयर बजारको हकमा लगानीकर्तालाई सार्वभौम मानिन्छ र उनीहरुको गतिविधिको अनुगमन तथा नियमन गर्ने कार्य नियामक निकायको हो । 
तर उनीहरुले व्बिशव्यापी रुपमा स्थापित मान्यतालाई लत्याएर गतिविधिहरु गरे लगानी व्यवस्थापनका सामान्य सिद्धान्तलाई पनि वास्ता नगरी अन्धाधुन्ध लगानी गरे र आफ्नो जोखिम बहन गर्न सक्ने क्षमताको मूल्याङ्कन नै नगरी ऋण लिएर लगानी गर्दै गए भने स्वचालित बजार प्रणालीले प्रभावकारी रुपमा काम गर्न सक्दैन । त्यस्तो अवस्थालाई अर्थशास्त्रमा बजार असफलता मार्केट फेलियर भनिन्छ र त्यसको नकारात्मक असर अर्थतन्त्रमा फैलिन नदिन वा अर्थतन्त्रलाई सम्भावित सङ्कटबाट जोगाउन नियामक निकायहरुले हस्तक्षेप गरेर सहभागीको व्यवहारलाई नियन्त्रण गर्नुपर्ने हुन्छ । नियामकले चाल्ने पहिलो कदम भनेको बैङ्क तथा वित्तीय संस्थाहरुको लगानीमा सीमानिर्धारण गर्ने र ब्याजदरमा कडाइ गर्ने हो । त्यसको असर शेयर बजारमा दुईओटा बाटो भएर पर्छ । पहिलो समग्र वित्तीय क्षेत्रको लगानी सङ्कुचित हुन जाने हुनाले बैङ्क तथा वित्तीय संस्थाहरुले शेयर सुरक्षण राखेर दिने मार्जिन प्रकृितको कर्जा कम गर्छन् । दोस्रो कर्जा दिइहाले पनि पहिलेको भन्दा महँगो पर्न जान्छ । यसले अल्पकालीन ऋण लिएर शेयर बजारमा चलखेल गर्नेहरुलाई निरुत्साहित गर्छ र विस्तारै बजार ओरालो लाग्न थाल्छ । 
तेस्रो वित्तीय बजारमा कर्जा महँगो भएपछि शेयर बजारमा सूचीकृत कम्पनीहरुको कोषको लागत बढ्न जान्छ । फलस्वरुप उनीहरुको अपेक्षित प्रतिफल कम हुन्छ र पहिले आकर्षक मानिएका परियोजनाहरु अब लाभदायक पनि नहुन सक्छन् । त्यसबाट उनीहरुको व्यवसाय विस्तार हुन सक्दैन वा सङ्कुचित हुन पुग्छ । त्यसको प्रत्यक्ष असर सबैभन्दा पहिले कम्पनीको नाफा वा लगानीकर्ताको प्रतिफलमा पर्छ भने समग्र अर्थतन्त्रको रोजगारी तथा आयस्तरमा समेत सङ्कुचनकारी प्रभाव देखिन सक्छ । यसले पनि शेयरमूल्य घटाउनमा सहयोगी भूमिका खेल्छ । यसले शेयर धितो राखेर लिएको ऋणको साँवाब्याज तिर्न गाह्रो भइरहेका लगानीकर्तालाई मार्जिन कलको थप भारी बोकाउँछ । फलस्वरुप शेयरमा विक्रीको चाप बढ्दै जान्छ र बजार थप ओरालो लाग्दै जान्छ । यसले वित्तीय बजारमा मुद्राको परिचालन कम गराउँछ जसको प्रत्यक्ष प्रभाव बैङ्किङ प्रणालीको साख सृजना गर्ने क्षमता घटाउँछ र प्रणालीमा लगानीयोग्य तरलताको अभाव हुँदै जान्छ ।
नेपालको सन्दर्भमा भने शेयर लगानीकर्तादेखि बैङ्कर तथा विश्लेषकको रुपमा गनिएकाहरुले समेत सरकार राष्ट्र बैङ्क तथा धितोपत्र बोर्डलगायत नियामक निकायहरुको गलत नीतिका कारण बजारमा तरलता अभाव भएको र त्यसको नकारात्मक असर शेयर बजारमा परेको भन्दै आएका छन् । शेयर बजार अहिलेको अवस्थामा आउनुमा बजारका सहभागी वा लगानीकर्ताहरुको कुनै पनि भूमिका नभएको उनीहरुको बुझाइ छ । विगतमा लगानीकर्ताहरुका व्यवहार केकस्ता थिए त्यसमा के कमजोरी थियो र नियामक निकायले किन उनीहरुको व्यवहारमा अङ्कुश लगाउन नयाँ नीति तथा निर्देशिकाहरु जारी गर्नुपर् यो भन्ने विषयमा कसैको ध्यान गएको देखिँदैन । यो यथार्थतालाई बिसे्रर उनीहरुले ३÷४ वर्षपहिले शेयर बजार उच्चतहमा पुगेको समयमा नियामकहरुले विभिन्न प्रचारबाजी गरेर बाजा बजाएर बजार घटाएको तर अहिले बजार न्यून तहमा आउँदा पनि केही सुधारका उपायहरु नअपनाएको आरोप लगाउँदै आएका छन् ।
अहिले पनि सरकार तथा नियामक निकायहरुले पूँजीबजार सुधारका लागि विभिन्न सकारात्मक कार्यक्रम ल्याइरहेका छन् । अन्तरराष्ट्रिय मापदण्डअनुसार खुकुलो गर्न नमिल्ने र स्रोत खुलाउनुपर्नेबाहेक मार्जिन लेण्डिङलाई सजिलो बनाउने तथा मार्जिन कल गर्ने समयावधि लम्ब्याउनेदेखि लिएर पूँजीगत लाभकर घटाउनेलगायत कार्य गरिरहेका छन् । यस्ता नीतिगत परिवर्तनको प्रभाव बजारमा देखिन केही समय लाग्छ । व्यापारचक्रको सिद्धान्तअनुसार कुनै पनि व्यवसायले एक निश्चित चरण पार गरिसकेपछि अर्को चरणमा प्रवेश गर्न कम्तीमा पनि १ वर्ष लाग्छ । अर्थतन्त्र वा शेयर बजारले अङ्ग्रेजी अक्षर ुभीु आकारमा दिशा परिवर्तन गर्न सक्दैन यसले सधै ुयूु आकार बनाएर आफ्नो प्रवृत्ति बदल्ने गर्छ । त्यसमा पनि लगानीकर्ताको व्यवहारले प्रमुख भूमिका खेलेको हुन्छ । यस्ता आधारभूत कुराको समेत ख्याल नगरी आजको भोलि बजार बढेन भनेर कोलाहल गर्नु उचित हुँदैन । 
अहिले नेपाली शेयर बजार प्राविधिक रुपमा निकै तल आइसकेको छ । अधिकांश कम्पनीको शेयरमूल्य किताबी मूल्यभन्दा पनि कममा किनबेच भएका छन् । नियामक निकायबाट पनि सहज र खुकुला नीतिहरु घोषणा भएका छन् । यस्तो बेलामा लगानीकर्ताहरुले बजारका स्थापित मान्यताको पालना गर्दै विवेकपूर्ण व्यवहार गर्ने हो भने बजार स्वाभाविक रुपमा नै उकालो लाग्ने देखिन्छ । यसका लागि उनीहरुले विगतका गल्ती तथा कमजोरीबाट पाठ सिकेर आफ्नो व्यवहार सुधार्न भने जरुरी छ ।

Comments

Popular posts from this blog

सुनको मूल्यभित्रका वास्तविकता

सुनको मूल्यभित्रका वास्तविकता होमनाथ गैरे संसारमा शेयरपछि सबैभन्दा बढी मूल्य घटबढ हुने वस्तुमा सुन पर्छ । सुनको मूल्यमा हुने उतारचढावका साथै यसका कारण र प्रभावका विषयमा समय समयमा विभिन्न विचारहरू बाहिर आउने गरेका छन् । यस किसिमका भनाइ खासगरी डेरिभेटिभ बजारका लगानीकर्ता वा मूल्यमा भएको उतारचढावबाट छिटो पैसा कमाउन चाहने सट्टेबाजहरूबाट बढी आउने गरेको छ । विश्वअर्थतन्त्रमा हुने परिवर्तन, भूराजनीतिक अवस्था र सुनको उत्पादन, माग तथा आपूर्तीलाई कारण मान्दै यसको मूल्य अहिले अझै माथि जाने त कहिले अझै तल झर्ने भनाइहरू पनि सार्वजनिक हुने गरेका छन् । तर, विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित विज्ञ तथा अर्थशास्त्रीहरू भने सुनको मूल्यमा हुने त्यस्तो उतारचढावलाई अस्वाभाविक र कृत्रिम मान्दछन् । यसै सन्दर्भमा यस लेखमा सुनको विषयमा विद्यमान केही कथनहरूको चिरफार गर्ने प्रयास गरिएको छ । सुन महँगो धातु हो ? यो भनाइ सुनमा मात्रै नभएर सम्पत्तिका रूपमा उपयोग हुने वा मानव जीवनसँग गाँसिएका कुनै पनि वस्तुको हकमा उत्तिकै लागू हुन्छ । वास्तवमा यो प्रश्नको उत्तर निकै कठि...

निजी बैङ्कको ऋण सरकारीमा सार्दै व्यवसायी

सरकारी बैङ्कप्रतिको विश्वास बढ्यो की कम ब्याजदरले तान्यो ? होमनाथ गैरे गत बैशाखमा काठमाडौंका एक व्यवसायीक फर्मले माछापुच्छ«े बैङ्कसँगको ऋण नेपाल बैङ्कमा सा¥यो । माछापुच्छ«ेको तुलनामा नेपाल बैङ्कको ब्याजदर कम भएकाले कारोबार सारेको श्रेष्ठ थरका त्यो फर्म सञ्चालकको भनाई थियो । ‘ऋण सारेको ४ महिनाको अवधीमा कम्तीमा २०÷२५ लाख रुपैयाँ ब्याज खर्च घट्यो,’ पाँचतारे होटेलको एक जमघटमा श्रेष्ठले भन्दै थिए, ‘पहिले नै जानकारी भएको भए अझ धेरै बचत हुने रहेछ ।’ गत साउन दोस्रो साता राष्ट्रिय बाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा जनकपुरका व्यवसायीको प्रतिनिधित्व गर्दै एक ब्यक्तिले ब्याजदरका विषयमा छलफल गर्दै थिए । आफुसँग १२÷१३ करोड रुपैयाँको पोर्टफोलियो भएकाले ब्याजदर मिलाई दिए सबै ग्राहक यता ल्याउने ती ब्यक्तिको भनाई थियो । नेपाल एसबीआई, नबिल, बङ्गलादेश जस्ता निजी बैङ्कसँग कारोबार गरिरहेको जनकपुरका व्यवसायीहरु सरकारी बैङ्कमा ब्याजदर कम भएको थाहा पाएपछि ऋण सार्न इच्छुक भएको ती प्रतिनिधिले बताए ।  माथिका घटनाले पछिल्लो समय निजीबाट सरकारी बैङ्कमा ऋण सार्ने (स्विच गर्ने) क्रम बढेको सङ्केत गर्दछन्...

Stock Market of Nepal: A Journey to Automation

April 2017 NRB Samachar 1.   Capital Markets Capital Markets are the markets consisting long-term securities issued by the government or a corporation. Capital Market typically relates with financial assets which have life spans of greater than one year. Capital Market is a means through which scattered saving and investable resources are converted into actual investment. Capital market is one of the several factors that play a prominent role in the economic development of the nation. The saving institutions such as banks, investment trusts or companies, specialized financial corporations and stock exchanges are some of the important constituents of capital market. The primary role of capital market is to allocate the economy’s capital stock among various productive sectors. Capital invested in such sectors acts as seed money and generates more funds for further investments. No modern corporation of any size can function effectively without ready access to capital markets...