Skip to main content

बजार बढ्नमा लगानीकर्ताको व्यवहार पनि सच्चिनु पर्छ

होमनाथ गैरे
२०६५ भदौ १५ मा १ हजार १ सय ७५ पुगेको नेप्से परिसूचक लगातार घटेर अहिले ३ सयको हाराहारीमा छ । यो विगत साढे ५ वर्ष यताकै न्यून तह हो । यसबाट आमलगानीकर्तालाई भएको पीडा मापन गर्ने परिसूचक हुने हो भने त्यसको रेखाचित्र नेप्सेको भन्दा धेरै तल हुने थियो । तथापि बजार साचालक नियामक निकाय तथा अन्य सरोकारवालाहरुको ध्यान यसतर्फ जान सकेको छैन । फलस्वरुप नेप्सेले एकपछि अर्को टेवा तोड्दै यो तहसम्म आएको हो । 
नेपाली लगानीकर्तामा पनि बजार बुलिश हुँदा अझै बढ्छ र बियरिश हुँदा अझै तल जान्छ भन्ने मानसिकता रहेको पाइन्छ । ३ वर्षपहिले बैङ्क अफ काठमाण्डूको शेयरमूल्य रु। २ हजारको हाराहारीमा पुग्दा यो २ हजार ८ सय पुग्छ भनेर थप शेयर खरीद गर्ने पनि थिए । त्यसैगरी अहिले अन्नपूर्ण विकास बैङ्कलगायतका कम्पनीको शेयर बजारमूल्य किताबी मूल्यभन्दा कम हुँदासमेत हल्लाको भरमा शेयर विक्री गर्ने पनि छन् । शेयर बजारमा यस प्रकारको व्यवहार कुनै पनि हालतमा सकारात्मक वा विवेकपूर्ण होइन । यस्तो कार्य बजारमा अरु लोभी भएको समयमा आफू डराउनु र अरु डराएको समयमा आफू लोभी भएर शेयर खरीद गर्नु भन्ने मान्यतासँग पनि मेल खाँदैन । माथिको दृष्टान्तले नेपाली शेयर लगानीकर्ताहरुले शेयर कारोबारका स्थापित नियम नबुझेको वा बुझे पनि त्यसको सही उपयोग नगरेको देखिन्छ । यस्ता स्थापित मान्यता वा सिद्धान्तको अनुशरण गर्न सकेमा कारोबार सफल हुने सम्भावना धेरै हुन्छ वा अनपेक्षित नोक्सानबाट पनि बच्न सकिन्छ ।
त्यसरी बजारका आधारभूत मान्यतालाई पनि बेवास्ता गर्ने अनि राष्ट्र बैङ्क सरकार वा धितोपत्र बोर्डलाई बाजा बजाएर बजार घटाए भन्ने तर्क कुनै पनि अर्थमा जायज छैन । शेयरको मूल्य अवश्य पनि देशको राजनीतिक अवस्था ब्याजदर तथा सूचीकृत कम्पनीहरुले प्रदान गर्ने प्रतिफलमा भर पर्छ । तर ती तत्वहरु पनि आफै प्रकट वा परिवर्तन हुँदैनन् । लगानीकर्ता बजार साचालक बजार निर्माता नियामक निकायका साथै सरकारीनीति तथा कि्रयाकलापले ती तत्वहरुलाई निर्धारण गर्छन् । त्यसमा पनि सबैभन्दा महतत्वपूर्ण भूमिका लगानीकर्ताको हुन्छ । किनभने शेयर बजार खुला बजार नीतिमा आधारित हुन्छ जहाँ बजार सहभागी मार्केट पार्टिसिपेण्टहरु सार्वभौम हुन्छन् । उनीहरुका गतिविधि वा कि्रयाकलापले बजार साचालक तथा नियामकहरुलाई निर्देशित गरेको हुन्छ । शेयर बजारको हकमा लगानीकर्तालाई सार्वभौम मानिन्छ र उनीहरुको गतिविधिको अनुगमन तथा नियमन गर्ने कार्य नियामक निकायको हो । 
तर उनीहरुले व्बिशव्यापी रुपमा स्थापित मान्यतालाई लत्याएर गतिविधिहरु गरे लगानी व्यवस्थापनका सामान्य सिद्धान्तलाई पनि वास्ता नगरी अन्धाधुन्ध लगानी गरे र आफ्नो जोखिम बहन गर्न सक्ने क्षमताको मूल्याङ्कन नै नगरी ऋण लिएर लगानी गर्दै गए भने स्वचालित बजार प्रणालीले प्रभावकारी रुपमा काम गर्न सक्दैन । त्यस्तो अवस्थालाई अर्थशास्त्रमा बजार असफलता मार्केट फेलियर भनिन्छ र त्यसको नकारात्मक असर अर्थतन्त्रमा फैलिन नदिन वा अर्थतन्त्रलाई सम्भावित सङ्कटबाट जोगाउन नियामक निकायहरुले हस्तक्षेप गरेर सहभागीको व्यवहारलाई नियन्त्रण गर्नुपर्ने हुन्छ । नियामकले चाल्ने पहिलो कदम भनेको बैङ्क तथा वित्तीय संस्थाहरुको लगानीमा सीमानिर्धारण गर्ने र ब्याजदरमा कडाइ गर्ने हो । त्यसको असर शेयर बजारमा दुईओटा बाटो भएर पर्छ । पहिलो समग्र वित्तीय क्षेत्रको लगानी सङ्कुचित हुन जाने हुनाले बैङ्क तथा वित्तीय संस्थाहरुले शेयर सुरक्षण राखेर दिने मार्जिन प्रकृितको कर्जा कम गर्छन् । दोस्रो कर्जा दिइहाले पनि पहिलेको भन्दा महँगो पर्न जान्छ । यसले अल्पकालीन ऋण लिएर शेयर बजारमा चलखेल गर्नेहरुलाई निरुत्साहित गर्छ र विस्तारै बजार ओरालो लाग्न थाल्छ । 
तेस्रो वित्तीय बजारमा कर्जा महँगो भएपछि शेयर बजारमा सूचीकृत कम्पनीहरुको कोषको लागत बढ्न जान्छ । फलस्वरुप उनीहरुको अपेक्षित प्रतिफल कम हुन्छ र पहिले आकर्षक मानिएका परियोजनाहरु अब लाभदायक पनि नहुन सक्छन् । त्यसबाट उनीहरुको व्यवसाय विस्तार हुन सक्दैन वा सङ्कुचित हुन पुग्छ । त्यसको प्रत्यक्ष असर सबैभन्दा पहिले कम्पनीको नाफा वा लगानीकर्ताको प्रतिफलमा पर्छ भने समग्र अर्थतन्त्रको रोजगारी तथा आयस्तरमा समेत सङ्कुचनकारी प्रभाव देखिन सक्छ । यसले पनि शेयरमूल्य घटाउनमा सहयोगी भूमिका खेल्छ । यसले शेयर धितो राखेर लिएको ऋणको साँवाब्याज तिर्न गाह्रो भइरहेका लगानीकर्तालाई मार्जिन कलको थप भारी बोकाउँछ । फलस्वरुप शेयरमा विक्रीको चाप बढ्दै जान्छ र बजार थप ओरालो लाग्दै जान्छ । यसले वित्तीय बजारमा मुद्राको परिचालन कम गराउँछ जसको प्रत्यक्ष प्रभाव बैङ्किङ प्रणालीको साख सृजना गर्ने क्षमता घटाउँछ र प्रणालीमा लगानीयोग्य तरलताको अभाव हुँदै जान्छ ।
नेपालको सन्दर्भमा भने शेयर लगानीकर्तादेखि बैङ्कर तथा विश्लेषकको रुपमा गनिएकाहरुले समेत सरकार राष्ट्र बैङ्क तथा धितोपत्र बोर्डलगायत नियामक निकायहरुको गलत नीतिका कारण बजारमा तरलता अभाव भएको र त्यसको नकारात्मक असर शेयर बजारमा परेको भन्दै आएका छन् । शेयर बजार अहिलेको अवस्थामा आउनुमा बजारका सहभागी वा लगानीकर्ताहरुको कुनै पनि भूमिका नभएको उनीहरुको बुझाइ छ । विगतमा लगानीकर्ताहरुका व्यवहार केकस्ता थिए त्यसमा के कमजोरी थियो र नियामक निकायले किन उनीहरुको व्यवहारमा अङ्कुश लगाउन नयाँ नीति तथा निर्देशिकाहरु जारी गर्नुपर् यो भन्ने विषयमा कसैको ध्यान गएको देखिँदैन । यो यथार्थतालाई बिसे्रर उनीहरुले ३÷४ वर्षपहिले शेयर बजार उच्चतहमा पुगेको समयमा नियामकहरुले विभिन्न प्रचारबाजी गरेर बाजा बजाएर बजार घटाएको तर अहिले बजार न्यून तहमा आउँदा पनि केही सुधारका उपायहरु नअपनाएको आरोप लगाउँदै आएका छन् ।
अहिले पनि सरकार तथा नियामक निकायहरुले पूँजीबजार सुधारका लागि विभिन्न सकारात्मक कार्यक्रम ल्याइरहेका छन् । अन्तरराष्ट्रिय मापदण्डअनुसार खुकुलो गर्न नमिल्ने र स्रोत खुलाउनुपर्नेबाहेक मार्जिन लेण्डिङलाई सजिलो बनाउने तथा मार्जिन कल गर्ने समयावधि लम्ब्याउनेदेखि लिएर पूँजीगत लाभकर घटाउनेलगायत कार्य गरिरहेका छन् । यस्ता नीतिगत परिवर्तनको प्रभाव बजारमा देखिन केही समय लाग्छ । व्यापारचक्रको सिद्धान्तअनुसार कुनै पनि व्यवसायले एक निश्चित चरण पार गरिसकेपछि अर्को चरणमा प्रवेश गर्न कम्तीमा पनि १ वर्ष लाग्छ । अर्थतन्त्र वा शेयर बजारले अङ्ग्रेजी अक्षर ुभीु आकारमा दिशा परिवर्तन गर्न सक्दैन यसले सधै ुयूु आकार बनाएर आफ्नो प्रवृत्ति बदल्ने गर्छ । त्यसमा पनि लगानीकर्ताको व्यवहारले प्रमुख भूमिका खेलेको हुन्छ । यस्ता आधारभूत कुराको समेत ख्याल नगरी आजको भोलि बजार बढेन भनेर कोलाहल गर्नु उचित हुँदैन । 
अहिले नेपाली शेयर बजार प्राविधिक रुपमा निकै तल आइसकेको छ । अधिकांश कम्पनीको शेयरमूल्य किताबी मूल्यभन्दा पनि कममा किनबेच भएका छन् । नियामक निकायबाट पनि सहज र खुकुला नीतिहरु घोषणा भएका छन् । यस्तो बेलामा लगानीकर्ताहरुले बजारका स्थापित मान्यताको पालना गर्दै विवेकपूर्ण व्यवहार गर्ने हो भने बजार स्वाभाविक रुपमा नै उकालो लाग्ने देखिन्छ । यसका लागि उनीहरुले विगतका गल्ती तथा कमजोरीबाट पाठ सिकेर आफ्नो व्यवहार सुधार्न भने जरुरी छ ।

Comments

Popular posts from this blog

हामी कति बौद्धिक, कति बहादुर ?

  डा . होमनाथ गैरे विद्यार्थी जिवनमा विद्यालय तहमा हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत ' धन ठुलो कि विद्या ठुलो ' तथा ' कलम बलियो कि तरवार बलियो ' शिर्षकमा सयौ वादविवाद तथा वक्तित्वकला प्रतियोगिता सुनियो र हेरियो भने कैयौंमा त स्वयं सहभागी भएर पुरस्कार समेत हात पारियो। ति सबै क्रियाकलापहरूको सार विद्यालय तहमा पढ्दै गरेका विद्यार्थीहरूमा विद्या र कलम भनेको वौद्धिकताको प्रतिक हो र धन र तरवार बहादुरिताको प्रतिक हो भन्ने शन्देश प्रदान गर्नु हो । यो सँगै त्यस्ता क्रियाकलापको अर्को महत्वपूर्ण पाटो भनेको विद्यार्थीहरूको कलिलो दिमागमा सदैव धनभन्दा विद्या र तरवारभन्दा कलमको पक्षमा उभिनु पर्दछ भन्ने पाठ पढाउनु हो । केहि उच्च पदस्थ राजनीतिक नेताहरूलाई अपवाद मान्ने हो भने अहिले राजनीतिक , प्रशासनिक , सामाजिक तथा व्यवसायिक नेतृत्वमा पुगेका सबैले त्यस्ता शन्देशमूलक गतिविधिहरूको साक्षि हुने अवसर पाएकै हुन। अझै प्रशासनिक नेतृत्वमा पुगेका उच्च तहका कर्मचारीहरू त अधिकांश विद्यार्थी कालका उत्कृष्ट मध्येका नै छन् । त्यसैगरी , सन १९५० देखि १९७० को विचमा जन्मेको पुस्तामा दोस्रो विश्व युद्...

Interest Rate Corridor for a Predictable Lending Environment

 Dr. Hom Nath Gaire 1. Introduction Interest rate volatility has been a recurring challenge in Nepal’s banking system, often resulting in uncertainty for borrowers and investors. Sharp fluctuations in deposit and lending rates—driven by shifts in liquidity, credit demand, and monetary policy—can undermine business planning and delay investment decisions. While market-based interest rate determination is essential for efficient capital allocation, excessive volatility erodes confidence in the investment climate. To address this, an interest rate corridor tailored to Nepal’s context is proposed. This mechanism aims to stabilize lending rates without undermining the role of market forces, thereby improving predictability for investors and encouraging credit flow to productive sectors. 2. Conceptual Framework The proposed corridor will operate within each individual bank , using two market-linked boundaries: Lower Bound (Base Rate) : The base rate will be the weighted...

Monetary Policy For FY 2012/13

 Monetary Policy For FY 2012/13, a bit Better than Fiscal Policy.............. Nepal Rastra Bank (NRB) unveiled its Monetary Policy for the fiscal year 2012/13 that focuses on controlling inflation, stimulating credit to productive areas, monitoring the trend of interest rate, increasing outreach of financial services and ensuring financial stability. While continuing many successful policy instruments of the past years, on Wednesday the Central Bank also introduced new measures for attaining the broad policy objective of facilitating economic growth and financial stability. “The major challenges we face are controlling inflation, credit to productive sectors, expanding financial outreach to the unbanked area of the country and financial stability,” said Yuba Raj Khatiwada, Governor NRB. “The overall goal is to create an enabling environment to facilitate economic growth of 5.5 percent,” said Khatiwada.   The policy for 2012/13 aims at primarily enhancing the stability...