Skip to main content

Posts

Showing posts from 2025

आत्मनिर्भर अर्थतन्त्रको अवसर

२०८२ भदौ २३ र २४ गते नेपालको विभिन्न सहरमा सन १९९७ देखि २०१२ को अवधिमा जन्मेका ( जेन - जी ) पुस्ताले आह्वान गरेको आन्दोलनले केवल सामाजिक सञ्जाल बन्दको तत्कालीन असन्तुष्टि मात्र पोखेन , बरू नेपालको राजनीतिक , सामाजिक र आर्थिक संरचनामा जरो गाडेर बसेका बेथितिहरूको लाई पनि उजागर गर्‍यो। नेपालको राजनीतिक र सामाजिक परिदृश्यमा हालै उदाएको जेन - जी   आन्दोलनले नयाँ किसिमको चेतना र ऊर्जा भित्र्याएको छ। यस आन्दोलनलाई केवल असन्तोष वा विद्रोहको स्वरूपमा मात्र बुझ्नुभन्दा यसले ल्याएका सकारात्मक अर्थराजनीतिक प्रभावहरूलाई गहिरो रूपमा मूल्याङ्कन गर्नु आवश्यक छ। विशेषगरी आत्मनिर्भरता , समावेशी विकास , सुशासन , पारदर्शिता र राजनीतिक स्थीरताको वकालत गर्दै युवा पुस्ताले दिएको सन्देशले दीर्घकालीन परिवर्तनका लागि मार्ग प्रशस्त गरेको छ। सबैभन्दा पहिलो यो आन्दोलनले नेता तथा कर्मचारीहरूमा सदाचार , पारदर्शिता र जवाफदेहिता सहितको सुशासनयुक्त राजनीतिक संस्कृति लाई नेपालमा संस्थागत गर्न स्पष्ट सन्देश दिएको छ।नविनतम सोच सहितको जेन - जी पुस्ता सामाजिक सञ्जाल र डिजिटल प्रविधिमार्फत भ्रष्टाचार , गैरजवाफदे...

झिल्को

(२०८२ भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको शन्दर्भमा रचना गरेको शन्देसमुलक कविता)   भ्रष्ट्राचार र कुशासनका पर्याय एमाले - काँग्रेसको दुई तिहाई सरकार । अनि घुस , कमिसन र चाकडीमा चुर्लुम्म डुबेको प्रहरी प्रशासन ॥   सँगै डुब्दाडुब्दै यतिसम्म डुवेछन् कि कतिवेला दुर्गन्धित डँगुरले नाकमुखै थुन्यो पत्तै पाएनछन् । पीप रगत र मलमुत्रले भरिएको डँगुर स्वस्थ जिवनका लागि हानिकारक हुन्छ भन्ने सोच्नै भ्याएनछन् ॥   अलि सुझबुझ भएका नेता कार्यकर्ता र शुभचिन्तकहरूको सल्लाह सुझाव हावामा मात्रै उडाएनछन् । स्वार्थ नमिल्ने सबैलाई पाखा लगाएछन् अनि नयाँ नयाँ कमिसन र भ्रष्ट्राचारका तानावाना बुन्दै गएछन् ॥   चुनाव २०७९ को लगानीमा कुस्त नाफा कमाएर मिसन २०८४ को लगानी र प्रतिफलको लेखाजोखामा लागेछन् । सामाजिक सञ्जालमा आलोचना गर्नेहरूसँग डराएर सामाजिक सञ्जाललाई नै ढोका थुनेर झ्यालबाट धपाउन आँटेछन् ॥   यो डरायो अब भाग्छ भन्ठानेर होला फेरी मिसन २०८४ कै योजनामा व्यस्त भएछन् । सम्झे होलान कि यो सानो बिरालो ढोका थुनेर तर्सायो भने झ्यालबाट भागिहाल्छ॥ ...

तरलता, ब्याजदर र अर्थतन्त्र

आधुनिक अर्थव्यवस्थामा बैंकिङ क्षेत्रलाई अर्थतन्त्रको रक्तसञ्चार प्रणाली र त्यहाँ प्रवाह हुने तरलता ( लगानीयोग्य रकम ) लाई रगत जस्तै मानिन्छ । जसरी रगतले शरीरमा सबै तन्तुहरूमा प्राणवायु प्रवाह गरेर शरिरलाई जिवित र ऊर्जाशील बनाउँछ , त्यसरी नै तरलताले आर्थिक गतिविधि सञ्चालनका लागि पूँजी प्रवाह गरी अर्थतन्त्रलाई चलायमान बनाउँदछ। तरलता भन्नाले वित्तीय प्रणालीमा तत्काल प्रयोग गर्न सकिने लगानीयोग्य रकमको उपलब्धता हो। पर्याप्त तरलता हुँदा बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह सहजै गर्न सक्छन् , जसले उद्योग , व्यवसाय , कृषि तथा पूर्वाधार विकासमा लगानी बढाउँछ। जब तरलता अभाव हुन्छ , ऋण महँगो वा पाउनै गाह्रो हुन्छ , जसले लगानीको लागत बढाउँछ भने उत्पादन तथा रोजगारीमा नकारात्मक असर पार्छ। तरलता र अर्थतन्त्र बिच संयोजन गर्ने माखेसाँग्लो ब्याजदर हो , जस ले लगानीको लागत र बचतको प्रतिफल निर्धारण गर्छ। यो माखेसाँग्लो अत्यन्तै संवेदनशील वा धेरै आर्थिक सामाजिक कारकमध्ये केहि वा एउटामा मात्र परिवर्तन हुँदा पनि सजिलै घटबढ हुने खालको अस्थिर हुन्छ । जब ब्याजदर यथोचित स्तरमा हुन्छ र यसको भविष्यको गति अनुमान ग...