Skip to main content

झिल्को



(२०८२ भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको शन्दर्भमा रचना गरेको शन्देसमुलक कविता)

 भ्रष्ट्राचार र कुशासनका पर्याय

एमाले-काँग्रेसको दुई तिहाई सरकार ।

अनि घुस, कमिसन र चाकडीमा चुर्लुम्म

डुबेको प्रहरी प्रशासन ॥

 

सँगै डुब्दाडुब्दै यतिसम्म डुवेछन् कि

कतिवेला दुर्गन्धित डँगुरले नाकमुखै थुन्यो पत्तै पाएनछन् ।

पीप रगत र मलमुत्रले भरिएको डँगुर

स्वस्थ जिवनका लागि हानिकारक हुन्छ भन्ने सोच्नै भ्याएनछन् ॥

 

अलि सुझबुझ भएका नेता कार्यकर्ता र

शुभचिन्तकहरूको सल्लाह सुझाव हावामा मात्रै उडाएनछन् ।

स्वार्थ नमिल्ने सबैलाई पाखा लगाएछन् अनि

नयाँ नयाँ कमिसन र भ्रष्ट्राचारका तानावाना बुन्दै गएछन् ॥

 

चुनाव २०७९ को लगानीमा कुस्त नाफा कमाएर

मिसन २०८४ को लगानी र प्रतिफलको लेखाजोखामा लागेछन् ।

सामाजिक सञ्जालमा आलोचना गर्नेहरूसँग डराएर

सामाजिक सञ्जाललाई नै ढोका थुनेर झ्यालबाट धपाउन आँटेछन् ॥

 

यो डरायो अब भाग्छ भन्ठानेर होला

फेरी मिसन २०८४ कै योजनामा व्यस्त भएछन् ।

सम्झे होलान कि यो सानो बिरालो

ढोका थुनेर तर्सायो भने झ्यालबाट भागिहाल्छ॥

 

तर, मिसन २०८४ को लहडमा बिर्सिएछन्

बिरालोलाई ढोका थुनेर तर्सायो भने घाँटी समात्न आँउछ भनेर ।

'जेन-जी' सरकारले सम्झेको त्यही सानो बिरालो

म्याँउ गर्दै अनुरोध गर्दछ हामीलाई बन्द कोठामा नथुनियोस भनेर ॥

 

भन्छ कि तिमिलाई कर तिर्छौं कमाएर

हामीलाई गरीखाने वातावरण देउ विसाल संसारमा रमाएर ।

व्यवसाय गर्ने वातावरण देउ कमिशन पनि आँउछ धेरथोर

तर, बिन्ती छ यो भ्रष्ट्राचार र कुशासनको रसातलबाट आउँ बाहिर॥

 

'जेन-जी' भन्छ, देशमै काम गर्ने अवसर देउ

सँगै काम गरौं हामी कमाउँछौं तिमिलाई सघाउँछौं ।

सरकार बहिरो बन्छ, अँह सुन्दै सुन्दैन

बरू हिजोका बच्चा धेरै म्याँउ नगर च्याँ गर्न नि नपाउलास भन्छ॥

 

जब 'जेन-जी' बिरोधको स्वरमा झिल्को बनेर आयो

र भन्यो सरकार हाम्रो आवाज नमारियोस तर सुनियोस।

सरकार अगुल्टो सहितको मुढो लिएर जाइलाग्यो

र भन्यो त फुच्चे झिल्को, मुढे अगुल्टो सँग जोरी खोच्छस॥

 

सरकार अगुल्टोले ठोसेर निभाउने प्रयास गर्छ झिल्कोलाई

बिचरा कलिका झिल्काका केही उदियमान कणहरूको महाप्रस्थान भयो।

तर, झिल्को निभेन, बरू शोकलाई शक्तिमा बदलेर डढेलो बनेर आयो

र मिल्काई दियो भ्रष्ट्राचार र कुशासनको नशामा दिउसै झुलिरहेको वली सरकारलाई॥

 

सँगसँगै फुट्यो

एमाले काँग्रेस रमाइरहेको दुर्गन्धित पोखरीको बाँध।

अनि बडार्यो आधा कुहिएर दुर्गन्धित भएका

नेता, मन्त्री र उनिहरूका आसेपासेलाई, केवल ३० घण्टामा॥

 

दुर्भाग्य, 'जेन-जी' को साँकेतिक डढेलोले

त केही दुर्गन्धित कसिंगार मात्र जलाएको थियो ।

तर, पत्तै नपाई त्यो शान्त डढेलोलाई त

बेमौसमी हुण्डरीले अपहरण गरी सारा देश नै खरानी बनायो॥

 

त्यो लुटेरा हुन्डरी यति निर्दयी बन्यो कि

घर उद्योग कार्यालय सम्पदा धरोहर अभिलेख केही बाँकी राखेन।

कसैलाई छोडेन, बटुवा बिरामी होस कि व्यापारी

चिन्दै चिनेन, कैदी कर्मचारी अपराधी होस कि भ्रष्ट्राचारी ॥

 

हान्यो, छानी छानी हान्यो

आँफुलाई मन नपरेकाहरूको घरमा पसलमा र उद्योगमा हान्यो।

हाल्यो बिना भेदभाव सबचिज एकै ठाँउमा हाल्यो

गुहु र गोबर अनि घाइते र झोले सबैलाई एउटै टोकरीमा हाल्यो॥

 

सरकारले सबैलाई भुसुना देख्यो तर

आँफु गाडिँदै गएको दुर्गन्धित पोखरीको गहिराइ नै चाल पाएन।

'जेन-जी' ले हिम्मत देखायो निष्पट अध्यारोमा उज्यालो छर्ने

तर, पत्तै पाएन सानो झिल्कोको शक्ति र त्यसको सम्भावित फैलावट॥

 

को हो त्यो लुटेरा हुण्डरी, जसले

लुट्यो कलिला 'जेन-जी'को भविष्य र तिनका अभिभावकको सपना।

लुट्यो देशको अस्मिता अनि पहिचान र

उल्टै थोपर्यो ऐतिहाँसिक कलङ्कको धब्बा सरिफ जुनकिरी जस्तै 'जेन-जी'को निधारमा॥

 

को हो ? त्यो लुटेरा

जसले 'जेन-जी'को भिजन मात्रै लुटेन।

चिरहरण गर्यो आम आस्थाको अनि निश्छल समर्पणको र

माटोमा मिलायो आफ्नै गौरव र मातृभूमीको विशिष्ठ इतिहाँसलाई॥

 

को हो ? त्यो लुटेरा

जसले स्पष्ठ भाषामा भनेर गयो।

राष्ट्रिय सुरक्षा रणनीति सवल बनाउ

बन्द गर प्रहरी प्रशासन र न्यायालयमा राजनीतिकरण॥

 

राज्यको अनुसन्धान संयन्त्रलाई कामलाग्ने त बनाउ

तथ्य र प्रमाणका आधारमा कार्ययोजना बनाएर मात्र अघि बढ्ने बानि बसाउ।

सबैका कुरा सुन, आसेपासेमा मात्र सिमित नहोउ

आगो र विचार सानो हुँदैन, वेवास्ता होइन संयमतापूर्वक उपयोग गर॥

 

व्यक्तिगत स्वार्थ र पार्टी राजनीतिबाट माथि उठ

 राष्ट्रीय हित सोच, सके बनाउ नसके नबिगार।

व्यक्तिमा होइन प्रणालीमा भर पर,

राष्ट्र हितलाई सर्वोपरी गर ॥

धन्यवाद ॥

डा. होमनाथ गैरे, पोखरा


 

Comments

Popular posts from this blog

सुनको मूल्यभित्रका वास्तविकता

सुनको मूल्यभित्रका वास्तविकता होमनाथ गैरे संसारमा शेयरपछि सबैभन्दा बढी मूल्य घटबढ हुने वस्तुमा सुन पर्छ । सुनको मूल्यमा हुने उतारचढावका साथै यसका कारण र प्रभावका विषयमा समय समयमा विभिन्न विचारहरू बाहिर आउने गरेका छन् । यस किसिमका भनाइ खासगरी डेरिभेटिभ बजारका लगानीकर्ता वा मूल्यमा भएको उतारचढावबाट छिटो पैसा कमाउन चाहने सट्टेबाजहरूबाट बढी आउने गरेको छ । विश्वअर्थतन्त्रमा हुने परिवर्तन, भूराजनीतिक अवस्था र सुनको उत्पादन, माग तथा आपूर्तीलाई कारण मान्दै यसको मूल्य अहिले अझै माथि जाने त कहिले अझै तल झर्ने भनाइहरू पनि सार्वजनिक हुने गरेका छन् । तर, विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित विज्ञ तथा अर्थशास्त्रीहरू भने सुनको मूल्यमा हुने त्यस्तो उतारचढावलाई अस्वाभाविक र कृत्रिम मान्दछन् । यसै सन्दर्भमा यस लेखमा सुनको विषयमा विद्यमान केही कथनहरूको चिरफार गर्ने प्रयास गरिएको छ । सुन महँगो धातु हो ? यो भनाइ सुनमा मात्रै नभएर सम्पत्तिका रूपमा उपयोग हुने वा मानव जीवनसँग गाँसिएका कुनै पनि वस्तुको हकमा उत्तिकै लागू हुन्छ । वास्तवमा यो प्रश्नको उत्तर निकै कठि...

निजी बैङ्कको ऋण सरकारीमा सार्दै व्यवसायी

सरकारी बैङ्कप्रतिको विश्वास बढ्यो की कम ब्याजदरले तान्यो ? होमनाथ गैरे गत बैशाखमा काठमाडौंका एक व्यवसायीक फर्मले माछापुच्छ«े बैङ्कसँगको ऋण नेपाल बैङ्कमा सा¥यो । माछापुच्छ«ेको तुलनामा नेपाल बैङ्कको ब्याजदर कम भएकाले कारोबार सारेको श्रेष्ठ थरका त्यो फर्म सञ्चालकको भनाई थियो । ‘ऋण सारेको ४ महिनाको अवधीमा कम्तीमा २०÷२५ लाख रुपैयाँ ब्याज खर्च घट्यो,’ पाँचतारे होटेलको एक जमघटमा श्रेष्ठले भन्दै थिए, ‘पहिले नै जानकारी भएको भए अझ धेरै बचत हुने रहेछ ।’ गत साउन दोस्रो साता राष्ट्रिय बाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा जनकपुरका व्यवसायीको प्रतिनिधित्व गर्दै एक ब्यक्तिले ब्याजदरका विषयमा छलफल गर्दै थिए । आफुसँग १२÷१३ करोड रुपैयाँको पोर्टफोलियो भएकाले ब्याजदर मिलाई दिए सबै ग्राहक यता ल्याउने ती ब्यक्तिको भनाई थियो । नेपाल एसबीआई, नबिल, बङ्गलादेश जस्ता निजी बैङ्कसँग कारोबार गरिरहेको जनकपुरका व्यवसायीहरु सरकारी बैङ्कमा ब्याजदर कम भएको थाहा पाएपछि ऋण सार्न इच्छुक भएको ती प्रतिनिधिले बताए ।  माथिका घटनाले पछिल्लो समय निजीबाट सरकारी बैङ्कमा ऋण सार्ने (स्विच गर्ने) क्रम बढेको सङ्केत गर्दछन्...

Stock Market of Nepal: A Journey to Automation

April 2017 NRB Samachar 1.   Capital Markets Capital Markets are the markets consisting long-term securities issued by the government or a corporation. Capital Market typically relates with financial assets which have life spans of greater than one year. Capital Market is a means through which scattered saving and investable resources are converted into actual investment. Capital market is one of the several factors that play a prominent role in the economic development of the nation. The saving institutions such as banks, investment trusts or companies, specialized financial corporations and stock exchanges are some of the important constituents of capital market. The primary role of capital market is to allocate the economy’s capital stock among various productive sectors. Capital invested in such sectors acts as seed money and generates more funds for further investments. No modern corporation of any size can function effectively without ready access to capital markets...