(२०८२ भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको शन्दर्भमा रचना गरेको शन्देसमुलक कविता)
भ्रष्ट्राचार र कुशासनका पर्याय
एमाले-काँग्रेसको दुई तिहाई सरकार ।
अनि घुस, कमिसन
र चाकडीमा चुर्लुम्म
डुबेको प्रहरी प्रशासन ॥
सँगै डुब्दाडुब्दै यतिसम्म डुवेछन्
कि
कतिवेला दुर्गन्धित डँगुरले
नाकमुखै थुन्यो पत्तै पाएनछन् ।
पीप रगत र मलमुत्रले भरिएको डँगुर
स्वस्थ जिवनका लागि हानिकारक हुन्छ
भन्ने सोच्नै भ्याएनछन् ॥
अलि सुझबुझ भएका नेता कार्यकर्ता र
शुभचिन्तकहरूको सल्लाह सुझाव
हावामा मात्रै उडाएनछन् ।
स्वार्थ नमिल्ने सबैलाई पाखा लगाएछन्
अनि
नयाँ नयाँ कमिसन र भ्रष्ट्राचारका
तानावाना बुन्दै गएछन् ॥
चुनाव २०७९ को लगानीमा कुस्त नाफा
कमाएर
मिसन २०८४ को लगानी र प्रतिफलको लेखाजोखामा
लागेछन् ।
सामाजिक सञ्जालमा आलोचना गर्नेहरूसँग
डराएर
सामाजिक सञ्जाललाई नै ढोका थुनेर
झ्यालबाट धपाउन आँटेछन् ॥
यो डरायो अब भाग्छ भन्ठानेर होला
फेरी मिसन २०८४ कै योजनामा व्यस्त भएछन्
।
सम्झे होलान कि यो सानो बिरालो
ढोका थुनेर तर्सायो भने झ्यालबाट
भागिहाल्छ॥
तर, मिसन
२०८४ को लहडमा बिर्सिएछन्
बिरालोलाई ढोका थुनेर तर्सायो भने
घाँटी समात्न आँउछ भनेर ।
'जेन-जी' सरकारले सम्झेको त्यही
सानो बिरालो
म्याँउ गर्दै अनुरोध गर्दछ हामीलाई
बन्द कोठामा नथुनियोस भनेर ॥
भन्छ कि तिमिलाई कर तिर्छौं कमाएर
हामीलाई गरीखाने वातावरण देउ विसाल
संसारमा रमाएर ।
व्यवसाय गर्ने वातावरण देउ कमिशन
पनि आँउछ धेरथोर
तर, बिन्ती
छ यो भ्रष्ट्राचार र कुशासनको रसातलबाट आउँ बाहिर॥
'जेन-जी' भन्छ, देशमै
काम गर्ने अवसर देउ
सँगै काम गरौं हामी कमाउँछौं
तिमिलाई सघाउँछौं ।
सरकार बहिरो बन्छ, अँह
सुन्दै सुन्दैन
बरू हिजोका बच्चा धेरै म्याँउ नगर
च्याँ गर्न नि नपाउलास भन्छ॥
जब 'जेन-जी'
बिरोधको स्वरमा झिल्को बनेर आयो
र भन्यो सरकार हाम्रो आवाज
नमारियोस तर सुनियोस।
सरकार अगुल्टो सहितको मुढो लिएर
जाइलाग्यो
र भन्यो त फुच्चे झिल्को,
मुढे अगुल्टो सँग जोरी खोच्छस॥
सरकार अगुल्टोले ठोसेर निभाउने
प्रयास गर्छ झिल्कोलाई
बिचरा कलिका झिल्काका केही उदियमान
कणहरूको महाप्रस्थान भयो।
तर, झिल्को
निभेन, बरू शोकलाई शक्तिमा बदलेर डढेलो बनेर आयो
र मिल्काई दियो भ्रष्ट्राचार र
कुशासनको नशामा दिउसै झुलिरहेको वली सरकारलाई॥
सँगसँगै फुट्यो
एमाले काँग्रेस रमाइरहेको
दुर्गन्धित पोखरीको बाँध।
अनि बडार्यो आधा कुहिएर दुर्गन्धित
भएका
नेता, मन्त्री
र उनिहरूका आसेपासेलाई,
केवल ३० घण्टामा॥
दुर्भाग्य, 'जेन-जी'
को साँकेतिक डढेलोले
त केही दुर्गन्धित कसिंगार मात्र
जलाएको थियो ।
तर, पत्तै
नपाई त्यो शान्त डढेलोलाई त
बेमौसमी हुण्डरीले अपहरण गरी सारा
देश नै खरानी बनायो॥
त्यो लुटेरा हुन्डरी यति निर्दयी
बन्यो कि
घर उद्योग
कार्यालय सम्पदा धरोहर अभिलेख केही बाँकी राखेन।
कसैलाई छोडेन, बटुवा
बिरामी होस कि व्यापारी
चिन्दै चिनेन, कैदी
कर्मचारी अपराधी होस कि भ्रष्ट्राचारी ॥
हान्यो, छानी
छानी हान्यो
आँफुलाई मन नपरेकाहरूको घरमा पसलमा
र उद्योगमा हान्यो।
हाल्यो बिना भेदभाव सबचिज एकै
ठाँउमा हाल्यो
गुहु र गोबर अनि घाइते र झोले
सबैलाई एउटै टोकरीमा हाल्यो॥
सरकारले सबैलाई भुसुना देख्यो तर
आँफु गाडिँदै गएको दुर्गन्धित
पोखरीको गहिराइ नै चाल पाएन।
'जेन-जी' ले हिम्मत देखायो निष्पट
अध्यारोमा उज्यालो छर्ने
तर, पत्तै
पाएन सानो झिल्कोको शक्ति र त्यसको सम्भावित फैलावट॥
को हो त्यो लुटेरा हुण्डरी, जसले
लुट्यो कलिला 'जेन-जी'को
भविष्य र तिनका अभिभावकको सपना।
लुट्यो देशको अस्मिता अनि पहिचान र
उल्टै थोपर्यो ऐतिहाँसिक कलङ्कको
धब्बा सरिफ जुनकिरी जस्तै 'जेन-जी'को
निधारमा॥
को हो ? त्यो
लुटेरा
जसले 'जेन-जी'को
भिजन मात्रै लुटेन।
चिरहरण गर्यो आम आस्थाको अनि
निश्छल समर्पणको र
माटोमा मिलायो आफ्नै गौरव र
मातृभूमीको विशिष्ठ इतिहाँसलाई॥
को हो ? त्यो
लुटेरा
जसले स्पष्ठ भाषामा भनेर गयो।
राष्ट्रिय सुरक्षा रणनीति सवल बनाउ
बन्द गर प्रहरी प्रशासन र
न्यायालयमा राजनीतिकरण॥
राज्यको अनुसन्धान संयन्त्रलाई कामलाग्ने
त बनाउ
तथ्य र प्रमाणका आधारमा कार्ययोजना
बनाएर मात्र अघि बढ्ने बानि बसाउ।
सबैका कुरा सुन, आसेपासेमा
मात्र सिमित नहोउ
आगो र विचार सानो हुँदैन, वेवास्ता
होइन संयमतापूर्वक उपयोग गर॥
व्यक्तिगत स्वार्थ र पार्टी
राजनीतिबाट माथि उठ
राष्ट्रीय
हित सोच, सके बनाउ नसके नबिगार।
व्यक्तिमा होइन प्रणालीमा भर पर,
र
राष्ट्र हितलाई सर्वोपरी गर ॥
धन्यवाद ॥
डा. होमनाथ गैरे, पोखरा
Comments
Post a Comment