Skip to main content

Posts

Showing posts from July, 2011

राजस्व घाटा वित्तीय सन्तुलनको चुनौती

होमनाथ गैरे साउन ७ काठमाडौं । सरकारको कूल राजस्वले नै नधान्ने गरी चालुखर्च बढाउँदै लैजाने प्रबृत्तिले अर्थतन्त्रलाई वित्तीय असन्तुलनको बाटोमा लैजान सक्ने बिज्ञहरुले बताएका छन् । न्यून आर्थिक बृद्धि भएका विकासोन्मुख देशहरुमा बजेट घाटालाई स्वभाविकै मानिए पनि राजस्व घाटा भने जोखिमपूर्ण हुने उनीहरु बताउँछन् । 'विकासोन्मुख देशमा अर्थतन्त्रलाई गतिशिल बनाउन र बन्छित  दरमा आर्थिक बृद्धि हाँसिल गर्न घाटा बजेटको रणनीति उपयूक्त मानिन्छु अर्थशास्त्री प्राडा मदन कुमार दाहालले भने , 'तर राजस्व घाटा (राजस्वभन्दा चालुखर्च बढी हुनु) भने अर्थतन्त्रका लागि प्रत्यूपादक हुन सक्छ ।' समयमा नै सुधार गर्न नसके राजस्व घाटाले अर्थतन्त्रलाई वित्तीय असन्तुलनको बाटो हुँदै 'डेब्ट ट्रयाप' ऋणको चङ्गुल सम्म लैजान सक्ने उनको भनाई छ । बिगत ३ वर्षमा नेपालको कुल बजेट औसत १८ प्रतिशतले बढ्दा चालु खर्च औसत २८ प्रतिशतले बढेको छ । तर राजस्व सङ्कलनको बृद्धिदर औसत १७ प्रतिशतको हाराहारी मात्रै रहेकाले राजस्व घाटाको अवस्था सृजना भएको हो । त्यसैगरी बिगत २ आवमा वास्तविक चालुखर्च प्रस्ताव गरेभन्दा निकै उच्च देखि...

नेपाली पूँजीबजारको विकासक्रम

विसं १९९५ मा विराटनगर जुट मिल्स र नेपाल बैङ्क लिमिटेडले सर्वसाधारणलाई शेयर जारी गरेपछि नेपालमा अनौपचारिक रुपमा शेयर कारोबार शुरु भएको हो । त्यो समयमा ती संस्थाले शेयर जारी गर्दा अहिलेजस्तो बिक्री तथा निष्काशन प्रबन्धक कम्पनी र स्टक एक्सचेाज थिएनन् । दुवै कम्पनीले शेयर निष्काशन तथा विक्री व्यवस्थापन आफैंले गरेका थिए । विराटनगर जुट मिल्स र नेपाल बैङ्कपछि धेरै वर्षसम्म पूँजी बजारमा अन्य कुनै पनि संस्थाको प्रवेश भएन । यसबीच विसं २०२१ सालमा कम्पनी ऐन आएपछि पहिलो पटक सरकारी ऋणपत्र पनि जारी भयो । तर धितोपत्र कारोबार गर्ने व्यवस्थित संयन्त्र र निकाय भने त्यसबेलासम्म स्थापना हुन सकेको थिएन । विसं २०३३  सालमा धितोपत्र खरीदविक्री केन्द्र सेक्युरिटीज एक्सचेाज सेण्टरु को स्थापना भएपछि मात्र नेपाली पूँजी बजार सङ्गठित भएको हो । सरकारी ऋणपत्र तथा सार्वजनिक संस्थाको शेयर खरीदविक्रीको अख्तियार प्राप्त उक्त केन्द्रको स्थापनापछि नेपालमा ुदोस्रो बजारु को उल्लेख्य विकास हुने अपेक्षा गरिएको थियो । तथापि केन्द्रले सोचेअनुरुप कार्य गर्न आवश्यक कानूनी तथा संस्थागत पूर्वाधार उपलब्ध थिएन । केन्द्रको भूमिका प...

चालुखर्च पनि नधान्ने राजस्व लक्ष्य

होमनाथ गैरे असार ३१ काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले शुक्रवार व्यवस्थापिका संसदमा प्रस्तुत गरेको आव २०६८/६९ को बजेटले चालु खर्चलाई पनि नधान्ने राजस्व लक्ष्य राखेको छ । बजेटमा अनुमानित राजस्व रु। २ खर्ब ४१ अर्ब छ भने  साधारण खर्च रु। २ खर्ब ६६ अर्ब प्रस्तावित छ । यसले सरकारले राजस्व स्रोतले धान्नै नसक्ने गरि बजेट निर्माण गरेको देखिन्छ । त्यसैगरी प्रस्तावित आय-व्यय अनुमानमा बजेट घाटा बिगतका वर्षहरुमा भन्दा निकै उच्च छ । सो बजेटले सरकारले आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ऋण लिएर खर्च गर्न पाउने प्रचलित सिमाको समेत ख्याल गरेको छैन । आगामी आवका लागि अनुमान गरिएको कुल खर्च रु। ३ खर्ब ८४ अर्बमध्ये राजस्वबाट २ खर्ब ४१ अर्व सावाँ फिर्ताबाट ५ अर्व र वैदेशिक अनुदानबाट ७० अर्व ब्यहोर्दा पनि रु। ६७ अर्व अपुग हुनेछ । सो घाटा बजेट चालु आवको अनुमानित कूल गार्हस्थ्य उत्पादन तथा वास्तविक कूल खर्चको क्रमशः ५ र २५ प्रतिशत हुन आउँछ । सो घाटा पूर्ति गर्न सरकारले बैदेशिक तथा आन्तरिक ऋणबाट क्रमशः रु। ३० र ३७ अर्ब परिचालन गर्ने बताएको छ । साथै बजेटमा सरकारले उठाउन पाउने आ...

शेयर बजारमा नयाँ बुलरनको सङ्केत

होमनाथ गैरे असार ९ काठमाडौं । गत हप्तादेखी लगातार उकालो लागेको नेप्से परिसूचक बिहीवार पनि २० अङ्कभन्दा धेरैले बढेर ३ सय ६५ सम्म पुगेपछि नेपाली शेयर बजारमा बुलरन लगातार बढ्ने क्रम शुरु भएको लगानीकर्ता तथा बिश्लेषकहरुले बताएका छन् । शेयर बजारको बलियो आधार भनेकै लगानीकर्ताको मनोबल हो, शेयर बजारका विषयमा लामो अनुभव भएका लगानीकर्ता निर्मल प्रधानले भने ' लगातार बढेको नेप्सेले नेपाली लगानीकर्ताहरुको मनोबल उच्च हुदै गएको पुष्टी गर्छ । लगानीकर्ताको त्यही  मनोबल नै नेप्सेमा बुलरन शुरु भएको सङ्केत हो ।' अब नेप्से परिसूचक ५/१० अङ्कले घटे पनि त्यसबाट हतास हुनु नपर्ने प्रधानको भनाई छ । बिश्वका प्रमुख शेयर बजारको इतिहाँसले पनि बजार एकोहोरो बढेको बढ्यै नगर्ने पुष्टी गरिसकेको दृष्टान्त दिँदै प्रधान भन्छन् एक हप्तामै २५ प्रतिशत बढेको बजार ५/६ प्रतिशत करेक्सन हुनु स्वभाविक हो ।'  त्यसैगरी शेयर बिश्लेषक अमृतनाथ रेग्मी पनि बजार बढ्ने क्रम भर्खर शुरु भएको बताउँछन् ।'बजार बल्ल त टर्न भएको छु रेग्मीले भने ुयसको वास्तविक गती देखिनै बाकी छ ।' अर्थ मन्त्रालय तथा राष्ट्र बैङ्कले मार्जिन लेण्...