Skip to main content

चालुखर्च पनि नधान्ने राजस्व लक्ष्य

होमनाथ गैरे
असार ३१ काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले शुक्रवार व्यवस्थापिका संसदमा प्रस्तुत गरेको आव २०६८/६९ को बजेटले चालु खर्चलाई पनि नधान्ने राजस्व लक्ष्य राखेको छ । बजेटमा अनुमानित राजस्व रु। २ खर्ब ४१ अर्ब छ भने  साधारण खर्च रु। २ खर्ब ६६ अर्ब प्रस्तावित छ । यसले सरकारले राजस्व स्रोतले धान्नै नसक्ने गरि बजेट निर्माण गरेको देखिन्छ ।
त्यसैगरी प्रस्तावित आय-व्यय अनुमानमा बजेट घाटा बिगतका वर्षहरुमा भन्दा निकै उच्च छ । सो बजेटले सरकारले आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ऋण लिएर खर्च गर्न पाउने प्रचलित सिमाको समेत ख्याल गरेको छैन । आगामी आवका लागि अनुमान गरिएको कुल खर्च रु। ३ खर्ब ८४ अर्बमध्ये राजस्वबाट २ खर्ब ४१ अर्व सावाँ फिर्ताबाट ५ अर्व र वैदेशिक अनुदानबाट ७० अर्व ब्यहोर्दा पनि रु। ६७ अर्व अपुग हुनेछ । सो घाटा बजेट चालु आवको अनुमानित कूल गार्हस्थ्य उत्पादन तथा वास्तविक कूल खर्चको क्रमशः ५ र २५ प्रतिशत हुन आउँछ । सो घाटा पूर्ति गर्न सरकारले बैदेशिक तथा आन्तरिक ऋणबाट क्रमशः रु। ३० र ३७ अर्ब परिचालन गर्ने बताएको छ ।
साथै बजेटमा सरकारले उठाउन पाउने आन्तरिक ऋणको अंश पनि प्रचलित सिमाभन्दा बढी हुने देखिन्छ । अन्तरराष्ट्रिय मुद्राकोषको बजेट सहयोग पाउन अघिल्लो आवको वास्तविक खर्चको ११ प्रतिशतभन्दा धेरै आन्तरिक ऋण उठाउन नपाउने सर्त छ । यस पालीको बजेटले आगमी आवमा उठाउन प्रस्ताव गरेको आन्तरिक ऋण रु। ३७ अर्ब चालु आवको संशोधित खर्च झण्डै २ खर्ब ७० अर्बको १३ प्रतिशतभन्दा धेरै हो ।

प्रस्तुत बजेटले सरकारी खर्चको संरचना पनि परिवर्तन गरेको छ । बिगतमा कुल सरकारी खर्चलाई साधारण पूँजीगत र साँवा भुक्तानी गरि ३ शिर्षकमा विभाजन गर्ने गरिएको भए पनि अहिले वित्तीय व्यवस्था भन्ने नयाँ शिर्षक समाबेश गरिएको छ । सरकारले गर्ने ऋण र शेयर लगानी समाबेश गरिएको सो शिर्षकमा रु। २५ अर्व ३८ करोड वा कुल रकमको ६ दशमलव ६० प्रतिशत रकम विनियोजन गरेको छ । यसरी रकम विभिाजित भएपछि सरकारको पूँजीगत खर्च गत आवको तुलनामा झण्डै ४३ प्रतिशत कम हुने देखिन्छ । सरकारले तयार गरेको नयाँ वित्तीय वर्गीकरणअनुसार कूल विनियोजनको ६९ दशमलव २७ प्रतिशत चालु खर्च हुनेछ भने पूँजीगत खर्च रु। ७२ अर्व ६१ करोड जम्मा १८ दशमलव ८६ प्रतिशत मात्र हुनेछ । साथै साँवा भुक्तानीका लागि कुल खर्चको ५ दशमलव २७ प्रतिशत वा रु। २० अर्व ३० करोड प्रस्ताव गरिएको छ । आगामी आवका लागि प्रस्तावित खर्च अनुमान चालु वर्षको संशोधित अनुमानभन्दा २५ दशमलव ६७ प्रतिशतले बढी हो ।

नयाँ खर्च संरचना प्रस्ताव गरे पनि साविकको ब्यवस्थाअनुसार चालु खर्च ५६ दशमलव ०८ प्रतिशत पूँजीगत खर्च ३८ दशमलव ६४ प्रतिशत र साँवा भुक्तानी ५ दशमलव २८ प्रतिशत हुने बजेटमा उल्लेख छ । त्यसका आधारमा चालु आवको संशोधित अनुमानको तुलनामा चालु खर्च १९ दशमलव ८२ र पूँजीगत खर्च ३७ दशमलव ६२ प्रतिशतले बढेको देखिन्छ । त्यसैगरी कूल विनियोजनमध्ये विकास कार्यक्रमका लागि रु। २ खर्ब २ अर्व वा ५२ दशमलव ६२ प्रतिशत र साधारण प्रशासन तर्फ रु। १ अर्ब ८२ अर्व वा ४७ दशमलव ३८ प्रतिशत रकम प्रस्ताव गरेको अर्थमन्त्रीको भनाई छ ।

बजेटमा आगामी आवको समग्र आर्थिक वृद्धिदर ५ प्रतिशत र वार्षिक उपभोक्ता मुद्रास्फीति दर ७ प्रतिशतको हाराहारीमा रहने अनुमान गरिएको छ । चालु आवमा सरकारले प्रक्षेपण गरेको ५ दशमलव ५ प्रतिशत भन्दा निकै कम ३ दशमलव ५ प्रतिशतको आर्थिक बृद्धि भएको छ भने मुद्रास्फिती पनि १० प्रतिशतको हाराहारीमा छ । त्यस्तै आगामी आवमा भुक्तानी सन्तुलन सकारात्मक हुने वित्तीय प्रणालीमा तरलताको अवस्था सहज हुने पूँजी बजारले गति लिने र लगानीको वातावरणमा उल्लेख्य सुधार हुने अपेक्षा बजेटमा गरिएको छ । साथै आगामी आवमा मूल्यस्थितिलगायत  समष्टिगत आर्थिक परिसूचकहरुमा सकारात्मक प्रभाव पार्न र वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गराउन सघाउ पुग्ने मौदि्रक नीति नेपाल राष्ट्र बैङ्कले तय गर्ने बजेटमा उल्लेख छ ।
सकेसम्म सबै क्षेत्रलाई छुने प्रयास गरिएको बजेटमा जनतालाई प्रत्यक्ष  राहत दिन सार्वजनिक सेवा प्रवाह र आपूर्ति प्रणालीमा सुधार ल्याउनुका साथै सामाजिक न्याय र समावेशी विकासको माध्यमबाट भूमिमा गरीब तथा विपन्न वर्गको स्वामित्व एवं पहुँच अभिवृद्धि गर्ने उल्लेख छ । त्यसका लागि सरकारी सहकारी र निजी क्षेत्रको सहभागितामा देशको अर्थतन्त्र साचालन गर्ने तथा भूमिलगायत उत्पादनका स्रोत र साधनमा गरीब तथा विपन्न वर्गको स्वामित्व एवं पहुँच बढाउन प्रयास गर्ने बजेटमा उल्लेख छ ।

क्षेत्रीय तथा जनसाङ्ख्यिक सन्तुलन कायम गर्दै मुलुकको भावी संघीय ढाँचालाई सघाउ पुग्ने गरी भौतिक पूर्वाधारको निर्माणमा जोड दिदै ठूला भौतिक पूर्वाधार निर्माणमा सार्वजनिक-निजी साझेदारीको अवधारणा अवलम्वन गरिने बजेटको उद्देश्य छ । जलविद्युतलगायत भौतिक पूर्वाधारका ठूला परियोजनाका लागि विदेशी पूँजी भित्र्याउन आवश्यक कानूनी ब्यवस्था गर्ने पनि बजेटमा उल्लेख छ ।

Comments

Popular posts from this blog

सुनको मूल्यभित्रका वास्तविकता

सुनको मूल्यभित्रका वास्तविकता होमनाथ गैरे संसारमा शेयरपछि सबैभन्दा बढी मूल्य घटबढ हुने वस्तुमा सुन पर्छ । सुनको मूल्यमा हुने उतारचढावका साथै यसका कारण र प्रभावका विषयमा समय समयमा विभिन्न विचारहरू बाहिर आउने गरेका छन् । यस किसिमका भनाइ खासगरी डेरिभेटिभ बजारका लगानीकर्ता वा मूल्यमा भएको उतारचढावबाट छिटो पैसा कमाउन चाहने सट्टेबाजहरूबाट बढी आउने गरेको छ । विश्वअर्थतन्त्रमा हुने परिवर्तन, भूराजनीतिक अवस्था र सुनको उत्पादन, माग तथा आपूर्तीलाई कारण मान्दै यसको मूल्य अहिले अझै माथि जाने त कहिले अझै तल झर्ने भनाइहरू पनि सार्वजनिक हुने गरेका छन् । तर, विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित विज्ञ तथा अर्थशास्त्रीहरू भने सुनको मूल्यमा हुने त्यस्तो उतारचढावलाई अस्वाभाविक र कृत्रिम मान्दछन् । यसै सन्दर्भमा यस लेखमा सुनको विषयमा विद्यमान केही कथनहरूको चिरफार गर्ने प्रयास गरिएको छ । सुन महँगो धातु हो ? यो भनाइ सुनमा मात्रै नभएर सम्पत्तिका रूपमा उपयोग हुने वा मानव जीवनसँग गाँसिएका कुनै पनि वस्तुको हकमा उत्तिकै लागू हुन्छ । वास्तवमा यो प्रश्नको उत्तर निकै कठि...

निजी बैङ्कको ऋण सरकारीमा सार्दै व्यवसायी

सरकारी बैङ्कप्रतिको विश्वास बढ्यो की कम ब्याजदरले तान्यो ? होमनाथ गैरे गत बैशाखमा काठमाडौंका एक व्यवसायीक फर्मले माछापुच्छ«े बैङ्कसँगको ऋण नेपाल बैङ्कमा सा¥यो । माछापुच्छ«ेको तुलनामा नेपाल बैङ्कको ब्याजदर कम भएकाले कारोबार सारेको श्रेष्ठ थरका त्यो फर्म सञ्चालकको भनाई थियो । ‘ऋण सारेको ४ महिनाको अवधीमा कम्तीमा २०÷२५ लाख रुपैयाँ ब्याज खर्च घट्यो,’ पाँचतारे होटेलको एक जमघटमा श्रेष्ठले भन्दै थिए, ‘पहिले नै जानकारी भएको भए अझ धेरै बचत हुने रहेछ ।’ गत साउन दोस्रो साता राष्ट्रिय बाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा जनकपुरका व्यवसायीको प्रतिनिधित्व गर्दै एक ब्यक्तिले ब्याजदरका विषयमा छलफल गर्दै थिए । आफुसँग १२÷१३ करोड रुपैयाँको पोर्टफोलियो भएकाले ब्याजदर मिलाई दिए सबै ग्राहक यता ल्याउने ती ब्यक्तिको भनाई थियो । नेपाल एसबीआई, नबिल, बङ्गलादेश जस्ता निजी बैङ्कसँग कारोबार गरिरहेको जनकपुरका व्यवसायीहरु सरकारी बैङ्कमा ब्याजदर कम भएको थाहा पाएपछि ऋण सार्न इच्छुक भएको ती प्रतिनिधिले बताए ।  माथिका घटनाले पछिल्लो समय निजीबाट सरकारी बैङ्कमा ऋण सार्ने (स्विच गर्ने) क्रम बढेको सङ्केत गर्दछन्...

Stock Market of Nepal: A Journey to Automation

April 2017 NRB Samachar 1.   Capital Markets Capital Markets are the markets consisting long-term securities issued by the government or a corporation. Capital Market typically relates with financial assets which have life spans of greater than one year. Capital Market is a means through which scattered saving and investable resources are converted into actual investment. Capital market is one of the several factors that play a prominent role in the economic development of the nation. The saving institutions such as banks, investment trusts or companies, specialized financial corporations and stock exchanges are some of the important constituents of capital market. The primary role of capital market is to allocate the economy’s capital stock among various productive sectors. Capital invested in such sectors acts as seed money and generates more funds for further investments. No modern corporation of any size can function effectively without ready access to capital markets...