Skip to main content

राजस्व घाटा वित्तीय सन्तुलनको चुनौती

होमनाथ गैरे
साउन ७ काठमाडौं । सरकारको कूल राजस्वले नै नधान्ने गरी चालुखर्च बढाउँदै लैजाने प्रबृत्तिले अर्थतन्त्रलाई वित्तीय असन्तुलनको बाटोमा लैजान सक्ने बिज्ञहरुले बताएका छन् । न्यून आर्थिक बृद्धि भएका विकासोन्मुख देशहरुमा बजेट घाटालाई स्वभाविकै मानिए पनि राजस्व घाटा भने जोखिमपूर्ण हुने उनीहरु बताउँछन् । 'विकासोन्मुख देशमा अर्थतन्त्रलाई गतिशिल बनाउन र बन्छित  दरमा आर्थिक बृद्धि हाँसिल गर्न घाटा बजेटको रणनीति उपयूक्त मानिन्छु अर्थशास्त्री प्राडा मदन कुमार दाहालले भने , 'तर राजस्व घाटा (राजस्वभन्दा चालुखर्च बढी हुनु) भने अर्थतन्त्रका लागि प्रत्यूपादक हुन सक्छ ।' समयमा नै सुधार गर्न नसके राजस्व घाटाले अर्थतन्त्रलाई वित्तीय असन्तुलनको बाटो हुँदै 'डेब्ट ट्रयाप' ऋणको चङ्गुल सम्म लैजान सक्ने उनको भनाई छ ।

बिगत ३ वर्षमा नेपालको कुल बजेट औसत १८ प्रतिशतले बढ्दा चालु खर्च औसत २८ प्रतिशतले बढेको छ । तर राजस्व सङ्कलनको बृद्धिदर औसत १७ प्रतिशतको हाराहारी मात्रै रहेकाले राजस्व घाटाको अवस्था सृजना भएको हो । त्यसैगरी बिगत २ आवमा वास्तविक चालुखर्च प्रस्ताव गरेभन्दा निकै उच्च देखिएको छ भने पूँजीगत खर्च घट्दै गएको छ । आव ०६६/६७ र ०६७/६८ मा चालुखर्च प्रस्ताव गरेभन्दा लगभग १६ प्रतिशत बढी र पूँजीगत खर्च क्रमशः १६ र ५० प्रतिशत कम भएको तथ्याङ्क अर्थमन्त्रालयसँग छ । यही प्रबृत्ति कायमै रहेमा यस आवमा चालुखर्च रु। ३ खर्बभन्दा माथि पुग्ने र पूँजीगत खर्च ५० अर्बमा सीमित हुन सक्ने देखिन्छ । यो तथ्याङ्कले सरकार वित्तीय अनुशासन पालना गर्नबाट चुकेको दाहालको भनाई छ । 'यस्तो अवस्थाले पूँजी निर्माण तथा आर्थिक बृद्धिमा सहयोग पुर् याउँदैन तर मूल्यबृद्धि भने बढाउने निश्चित छु दाहाल भन्छन् 'यसरी सामान्य आर्थिक नियम र वित्तीय अनुशासनको समेत ख्याल नगरिकन बन्ने वित्त नीति बजेट बाट निर्धारित लक्ष्य हासिल हुन सक्दैनन् ।
नेपाल सरकार वित्तीय अनुशासनमा चुक्दै गएको भए पनि अर्थतन्त्रले भने अहिलेसम्म वित्तीय सन्तुलन नगुमाएको भनाई पूर्व अर्थसचिव रामेश्वर खनालको छ । 'सरकारी ऋणका आधारमा अर्थतन्त्रमा अहिलेसम्म वित्तीय सन्तुलन कायम छु खनालले भने' तर पछिल्लो बजेट र सरकारको खर्च गर्ने तरिकाले सरकारी वित्त प्रणाली जोखिमयुक्त बन्दै गएको देखिन्छ ।' अमेरिका तथा जापानजस्ता देशमा सरकारी ऋण कूल गार्हस्थ्य उत्पादन जीडीपी को क्रमशः २ सय र ४ सय प्रतिशतसम्म पुगेको अवस्थामा पनि नेपालको सरकारी ऋण जीडीपीको ४० प्रतिशतभन्दा कम भएकाले वित्तीय असन्तुलनको अवस्था आईनसकेको खनाल बताउँछन् । तर त्यसो भनेर ढुक्क भएर बस्ने अवस्था नभएको उनको भनाई छ । अन्तरराष्ट्रिय प्रचलनअनुसार सरकारले वित्तीय लेखाङ्कनको ढाँचा परिवर्तन गरेकाले चालुखर्च र पूँजीगत खर्च बिचको खाडल बढ्दै गएको खनालको तर्क । 'चालुखर्चबाट पनि दिर्घकालमा पूँजी निर्माण र सम्पत्ति सृजनामा सहयोग पुग्ने भएकाले सबै चालुखर्चलाई अनुत्पादक भन्न मिल्दैन । तर पूँजीगत खर्च घट्दै जानु भने शुभ सङ्केत होइनु खनाल भन्छन् ।
पहिला पूँजीगत खर्चमा गणना हुने गाविस तथा जिविसमा जाने सरकारी अनुदान यस वर्षदेखी चालुखर्चमा समावेस गरिएकाले चालुखर्च ह्वात्तै बढेको खनालले जानकारी दिए । कारण जे जस्ता भए पनि राजस्व घाटा हुनु वित्तीय अनुशासन हिनताको चरम अवस्था भएको अर्थशास्त्री दाहालको भनाई छ । 'सरकारले अनुमान गरेको राजस्व उठेन र बैदेशिक सहयोग पनि प्राप्त भएन भने सरकारले कहाँबाट ल्याएर खर्च गर्छु ?' दाहाल प्रश्न गर्छन् , राष्ट्र बैङ्कबाट चाहेजती ओभर ड्राफ्ट लिएर खर्च गर्न सक्ने अवस्था पनि अहिले छैन ।'  त्यसैले यस्तो वित्तीय बिश्रृङखलता कायमै रहे अर्थतन्त्र थप जोखिमपूर्ण हुने दाहालले बताए । यसपाली समयमै बजेट आएकाले पूँजीगत खर्चमा बृद्धि भए पनि अधिकांश राजस्वका दरहरु समान रहेकाले राजस्व घाटा पूर्ति हुने सम्भावना नभएको खनालको बिश्लेषण छ ।

Comments

Popular posts from this blog

सुनको मूल्यभित्रका वास्तविकता

सुनको मूल्यभित्रका वास्तविकता होमनाथ गैरे संसारमा शेयरपछि सबैभन्दा बढी मूल्य घटबढ हुने वस्तुमा सुन पर्छ । सुनको मूल्यमा हुने उतारचढावका साथै यसका कारण र प्रभावका विषयमा समय समयमा विभिन्न विचारहरू बाहिर आउने गरेका छन् । यस किसिमका भनाइ खासगरी डेरिभेटिभ बजारका लगानीकर्ता वा मूल्यमा भएको उतारचढावबाट छिटो पैसा कमाउन चाहने सट्टेबाजहरूबाट बढी आउने गरेको छ । विश्वअर्थतन्त्रमा हुने परिवर्तन, भूराजनीतिक अवस्था र सुनको उत्पादन, माग तथा आपूर्तीलाई कारण मान्दै यसको मूल्य अहिले अझै माथि जाने त कहिले अझै तल झर्ने भनाइहरू पनि सार्वजनिक हुने गरेका छन् । तर, विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित विज्ञ तथा अर्थशास्त्रीहरू भने सुनको मूल्यमा हुने त्यस्तो उतारचढावलाई अस्वाभाविक र कृत्रिम मान्दछन् । यसै सन्दर्भमा यस लेखमा सुनको विषयमा विद्यमान केही कथनहरूको चिरफार गर्ने प्रयास गरिएको छ । सुन महँगो धातु हो ? यो भनाइ सुनमा मात्रै नभएर सम्पत्तिका रूपमा उपयोग हुने वा मानव जीवनसँग गाँसिएका कुनै पनि वस्तुको हकमा उत्तिकै लागू हुन्छ । वास्तवमा यो प्रश्नको उत्तर निकै कठि...

निजी बैङ्कको ऋण सरकारीमा सार्दै व्यवसायी

सरकारी बैङ्कप्रतिको विश्वास बढ्यो की कम ब्याजदरले तान्यो ? होमनाथ गैरे गत बैशाखमा काठमाडौंका एक व्यवसायीक फर्मले माछापुच्छ«े बैङ्कसँगको ऋण नेपाल बैङ्कमा सा¥यो । माछापुच्छ«ेको तुलनामा नेपाल बैङ्कको ब्याजदर कम भएकाले कारोबार सारेको श्रेष्ठ थरका त्यो फर्म सञ्चालकको भनाई थियो । ‘ऋण सारेको ४ महिनाको अवधीमा कम्तीमा २०÷२५ लाख रुपैयाँ ब्याज खर्च घट्यो,’ पाँचतारे होटेलको एक जमघटमा श्रेष्ठले भन्दै थिए, ‘पहिले नै जानकारी भएको भए अझ धेरै बचत हुने रहेछ ।’ गत साउन दोस्रो साता राष्ट्रिय बाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा जनकपुरका व्यवसायीको प्रतिनिधित्व गर्दै एक ब्यक्तिले ब्याजदरका विषयमा छलफल गर्दै थिए । आफुसँग १२÷१३ करोड रुपैयाँको पोर्टफोलियो भएकाले ब्याजदर मिलाई दिए सबै ग्राहक यता ल्याउने ती ब्यक्तिको भनाई थियो । नेपाल एसबीआई, नबिल, बङ्गलादेश जस्ता निजी बैङ्कसँग कारोबार गरिरहेको जनकपुरका व्यवसायीहरु सरकारी बैङ्कमा ब्याजदर कम भएको थाहा पाएपछि ऋण सार्न इच्छुक भएको ती प्रतिनिधिले बताए ।  माथिका घटनाले पछिल्लो समय निजीबाट सरकारी बैङ्कमा ऋण सार्ने (स्विच गर्ने) क्रम बढेको सङ्केत गर्दछन्...

Stock Market of Nepal: A Journey to Automation

April 2017 NRB Samachar 1.   Capital Markets Capital Markets are the markets consisting long-term securities issued by the government or a corporation. Capital Market typically relates with financial assets which have life spans of greater than one year. Capital Market is a means through which scattered saving and investable resources are converted into actual investment. Capital market is one of the several factors that play a prominent role in the economic development of the nation. The saving institutions such as banks, investment trusts or companies, specialized financial corporations and stock exchanges are some of the important constituents of capital market. The primary role of capital market is to allocate the economy’s capital stock among various productive sectors. Capital invested in such sectors acts as seed money and generates more funds for further investments. No modern corporation of any size can function effectively without ready access to capital markets...