होमनाथ गैरे
असार ९ काठमाडौं । गत हप्तादेखी लगातार उकालो लागेको नेप्से परिसूचक बिहीवार पनि २० अङ्कभन्दा धेरैले बढेर ३ सय ६५ सम्म पुगेपछि नेपाली शेयर बजारमा बुलरन लगातार बढ्ने क्रम शुरु भएको लगानीकर्ता तथा बिश्लेषकहरुले बताएका छन् । शेयर बजारको बलियो आधार भनेकै लगानीकर्ताको मनोबल हो, शेयर बजारका विषयमा लामो अनुभव भएका लगानीकर्ता निर्मल प्रधानले भने ' लगातार बढेको नेप्सेले नेपाली लगानीकर्ताहरुको मनोबल उच्च हुदै गएको पुष्टी गर्छ । लगानीकर्ताको त्यही मनोबल नै नेप्सेमा बुलरन शुरु भएको सङ्केत हो ।' अब नेप्से परिसूचक ५/१० अङ्कले घटे पनि त्यसबाट हतास हुनु नपर्ने प्रधानको भनाई छ । बिश्वका प्रमुख शेयर बजारको इतिहाँसले पनि बजार एकोहोरो बढेको बढ्यै नगर्ने पुष्टी गरिसकेको दृष्टान्त दिँदै प्रधान भन्छन् एक हप्तामै २५ प्रतिशत बढेको बजार ५/६ प्रतिशत करेक्सन हुनु स्वभाविक हो ।'
त्यसैगरी शेयर बिश्लेषक अमृतनाथ रेग्मी पनि बजार बढ्ने क्रम भर्खर शुरु भएको बताउँछन् ।'बजार बल्ल त टर्न भएको छु रेग्मीले भने ुयसको वास्तविक गती देखिनै बाकी छ ।' अर्थ मन्त्रालय तथा राष्ट्र बैङ्कले मार्जिन लेण्डिङ केही खुकुलो बनाउदा मात्रै पनि यसरी बढेको बजारले नयाँ आवको वजेट तथा मौदि्रक नीति आएपछि थप गती लिने रेग्मीको बिश्लेषण छ । बेलायत तथा अमेरिकामा समेत देशको पूँजी बजार अप्ठ्यारो अवस्थामा पुगेको समयमा सरकार वा केन्द्रिय बैङ्कले सुधारका बिशेष कार्यक्रम ल्याउने चलन भएकाले नेपालमा पनि अहिले भिन्नै खालको बिशेष कार्यक्रम ल्याउनु पर्ने उनको भनाई छ । 'बेलायतमा केन्द्रीय बैङ्कले समस्यामा परेका कम्पनीहरुमा इक्विटी लेण्डिङ शेयरमा लगानी गर्छ र त्यस्तो शेयरलाई 'स्ट्रलिङ शेयरु भनिन्छु रेग्मीले भने । नेपालमा पनि राष्ट्र बैङ्कले यस्तै नयाँ खाले कार्यक्रम ल्याउनु पर्छ ।'
नेप्से मात्रै नभएर शेयर बजारका गतिविधी मापन गर्ने सबै सूचकाङ्कहरु कुल कारोबार बजार पूँजीकरण शेयर सङ्ख्या भोल्युम तथा कारोबार सङ्ख्यामा समेत उत्साहजनक सुधार भएको छ । यस्तो सुधारलाई अस्वभाविक भन्न नमिल्ने प्रधानको भनाई छ । 'एक हप्ता पहिला ३ सय ६० कोतहमा विकि्र नभएको बैङ्क अफ काठमाण्डूको शेयर अहिले ६ सयको हाराहारीमा खोसाखोस छु' उनले भने । अहिले बजारमा नयाँ र साधारण लगानीकर्ताको प्रवेश बढदै गएकाले र पहिला केही सुस्ताएका पुराना लगानीकर्ता पनि बिस्तारै सकि्रय हुन थालेकाले यो बृद्धि टिकाउ हुने उनको बिश्वास छ ।
अहिले कतीपय कम्पनीहरुको शेयर बजार मूल्य अङ्कित मूल्यको हाराहारी वा सोभन्दा पनि तल आएको छ । यस्तो बेलामा नियामक निकायहरुले परिस्थितीको मूल्याङ्कन गरि कम्पनीहरुलाई आफ्नो शेयर आफै खरिद बाई ब्याक गर्न दिनु पर्ने बिश्लेषक रेग्मीको सुझाव छ । त्यसो भएमा साधारण लगानीकर्तामा पनि कम्पनी प्रति बिश्वास बढ्ने हुनाले असल कम्पनीहरुको शेयर धेरै नघट्ने उनको तर्क छ । 'समग्र वित्तीय प्रणाली त्यसमा पनि शेयर बजार पूर्ण रुपमा बिश्वासमा अडेको हुन्छु रेग्मीले भने' त्यसैले सरकार तथा नियामकहरु प्रणाली प्रतिको बिश्वास जोगाई राख्नमा केन्द्रित हुनु पर्छ ।'

Comments
Post a Comment