विसं १९९५ मा विराटनगर जुट मिल्स र नेपाल बैङ्क लिमिटेडले सर्वसाधारणलाई शेयर जारी गरेपछि नेपालमा अनौपचारिक रुपमा शेयर कारोबार शुरु भएको हो । त्यो समयमा ती संस्थाले शेयर जारी गर्दा अहिलेजस्तो बिक्री तथा निष्काशन प्रबन्धक कम्पनी र स्टक एक्सचेाज थिएनन् । दुवै कम्पनीले शेयर निष्काशन तथा विक्री व्यवस्थापन आफैंले गरेका थिए ।
विराटनगर जुट मिल्स र नेपाल बैङ्कपछि धेरै वर्षसम्म पूँजी बजारमा अन्य कुनै पनि संस्थाको प्रवेश भएन । यसबीच विसं २०२१ सालमा कम्पनी ऐन आएपछि पहिलो पटक सरकारी ऋणपत्र पनि जारी भयो । तर धितोपत्र कारोबार गर्ने व्यवस्थित संयन्त्र र निकाय भने त्यसबेलासम्म स्थापना हुन सकेको थिएन । विसं २०३३ सालमा धितोपत्र खरीदविक्री केन्द्र सेक्युरिटीज एक्सचेाज सेण्टरु को स्थापना भएपछि मात्र नेपाली पूँजी बजार सङ्गठित भएको हो । सरकारी ऋणपत्र तथा सार्वजनिक संस्थाको शेयर खरीदविक्रीको अख्तियार प्राप्त उक्त केन्द्रको स्थापनापछि नेपालमा ुदोस्रो बजारु को उल्लेख्य विकास हुने अपेक्षा गरिएको थियो । तथापि केन्द्रले सोचेअनुरुप कार्य गर्न आवश्यक कानूनी तथा संस्थागत पूर्वाधार उपलब्ध थिएन । केन्द्रको भूमिका प्रभावकारी बनाउन विसं २०४० मा धितोपत्र कारोबार ऐन ल्याइयो । विसं २०४३ सालमा सो ऐनको पहिलो संशोधन भयो । तर पनि पूँजी बजारमा अपेक्षित प्रगति हुन सकेन ।
विसं २०४६ पछि नेपालले अबलम्बन गरेको आर्थिक उदारिकरणको नीतिले पूँजीबजारलाई गतिशिल बनाउन सहयोग गर् यो । २०५० मा 'धितोपत्र कारोबार ऐन २०४०' को दोस्रो संशोधन गरी धितोपत्र खरीदविक्री केन्द्रलाई हालको 'नेपाल स्टक एक्सचेाज नेप्से' मा रुपान्तरण गरियो । त्यसपछि नेप्से परिसूचक गणना गर्ने गरी २०५० पुस २९ देखि नियमित कारोबार शुरु भएको हो । ऐन संशोधनपछि धितोपत्र कारोबारको नियमन गर्ने स्वयत्त निकायका रुपमा ुनेपाल धितोपत्र बोर्डु पनि स्थापना भयो ।
पूँजीबजार साचालनमा सुधार तथा दोस्रो बजारमा धितोपत्र कारोबारलाई अझ सहज बनाउने उद्देश्यले विसं २०६३ मा सरकारले ुधितोपत्रसम्बन्धी ऐन २०६३ु ल्यायो । त्यस्तै पूँजीबजार व्यवस्थित गर्न ुधितोपत्रबजार साचालन नियमावली २०६४ु पनि आयो । हाल नेपालको पूँजीबजार तथा धितोपत्र कारोबार लाई यिनै ऐन तथा नियमावलीले निर्देशित गरेको छ ।
कारोबार प्रणाली
नेप्सेको स्थापनादेखि करीब डेढ दशकसम्म खुला बोलकबोल प्रणाली ओपन-आउट क्राइ सिस्टम मा धितोपत्रको खरीद-विक्री भयो । २०६३ भदौबाट भने कम्प्युटरीकृत स्वचालित प्रणालीबाट धितोपत्र कारोबारमा भइरहेको छ । नेप्सेमा सूचीकृत धितोपत्रको खरीदविक्रीका लागि मध्यस्थकर्ताका रुपमा हाल २३ शेयर दलाल व्यवसायीहरुले काम गरिरहेका छन् । थप २७ दलाल नियुक्तीको प्रकि्रयामा छन् ।
नेपालमा धितोपत्रको कारोबार प्राथमिक निष्काशन र दोस्रो बजारबाट मात्र हुँदै आएको छ । सूचीकरण नभएका वा सूचीकरणबाट हटेका धितोपत्रको कारोबारका लागि केही वर्षअघि धितोपत्र बोर्डले ुओभर दि काउण्टर ओटीसीु बजार साचालनको अनुमति दिए पनि त्यसमा हालसम्म कुनै पनि कारोबार भएको छैन । हालसम्म करीब ४५ कम्पनी सूचीकरणबाट हटिसकेका छन् । खासगरी नेपाल बैङ्क लिमिटेडको शेयर सूचीकरणबाट हटेपछि उक्त बैङ्कको शेयर ओटीसीबाट गर्नका लागि बोर्डले बाटो खुला गरेको थियो । पूँजी बजारको उच्चतम विकास भएका विश्वका धेरै देशमा धितोपत्रको कारोबार गर्ने अनौपचारिक बजार संयन्त्रको रुपमा ुतेस्रो बजारु र ुचौथो बजारु समेत अभ्यासमा छन् ।
सूचीकृत कम्पनी र बजार पूँजीकरण
कारोबार शुरु गर्दा नेप्सेमा जम्मा ६६ कम्पनी सूचीकृत थिए । यो सङ्ख्या चालु आवको जेठ २४ सम्ममा २ सय ५ पुगेको छ । यसमा २४ वाणिज्य बैङ्क ५६ विकास बैङ्क ७१ फाइनान्स कम्पनी २१ बीमा कम्पनी ५ होटल १८ उत्पादनमूलक उद्योग ४ जलविद्युत् कम्पनी ४ व्यापार समूहका र अन्य दुई दुरसाचार र चलचित्र विकास कम्पनी रहेका छन् । चालु आवमा मात्रै २९ कम्पनी नेप्सेमा सूचीकृत भए ।
त्यसबाहेक नेप्सेमा ५७ बैङ्क तथा वित्तीय संस्थाको प्रवद्र्धक शेयर १३ बैङ्क तथा वित्त कम्पनीका संस्थागत ऋणपत्र १६ सरकारी ऋणपत्र एक सामूहिक लगानी कोष एनसीएम म्युचुअल फण्ड र एक अग्राधिकार शेयर एभरेष्ट बैङ्क पनि सूचीकृत छन् । यी सबै सूचीकृत धितोपत्रको कुल सङ्ख्या १ अर्ब ४३ करोड ३१ लाख ८३ हजार १ सय ५ र तीनिहरुको चुक्ता पूँजी करीब रु। १ खर्ब ४३ अर्ब ७३ करोड १५ लाख रहेको छ ।
स्टक एक्सचेाजमा निजीक्षेत्रको सम्भावना
हाल नेपालमा धितोपत्र कारोबारका लागि एक मात्र स्टक एक्सचेाज नेप्से छ । सरकारी स्वामित्वको यो स्टक एक्सचेाजका साथै निजी क्षेत्रले पनि स्टक एक्सचेाज साचालनको प्रयास थालेको थियो । नयाँ स्टक एक्सचेाज साचाललनका लागि डेढ वर्षअघि धितोपत्र बोर्डमा चार कम्पनीले निवेदन दिएका थिए । निवेदन दिनेमा नेशनल स्टक एक्सचेाज काठमाडौं स्टक एक्सचेाज नेपाल सेक्युरिटिज् एण्ड डेरिभेटिभ एक्सचेाज र हिमालयन स्टक एक्सचेाजरहेका छन् ।
बोर्डसँग नयाँ स्टक एक्सचेाज साचालनको अनुमति दिन पूर्ण कानूनी अधिकार छ । तथापि अर्थमन्त्रालयको कम चासोका कारण निजी क्षेत्रका स्टक एक्सचेाज साचालनमा आउन सकेनन् । नेपालको अर्थतन्त्र तथा बजार पूँजीकरणको आकारअनुसार थप स्टक एक्सचेाज आवश्यक नभएको हुनाले नेप्सेलाई नै निजीकरण गर्नुपर्ने भनाई यस क्षेत्रसम्बद्ध एक पक्षको छ । खुला बजार अर्थतन्त्रमा पूँजी बजारको कारोबारलाई प्रतिस्पर्धी बनाउन तथा आधुनिकीकरण गर्न निजी क्षेत्रबाट पनि स्टक एक्सचेाज भित्रिन आवश्यक रहेको अर्को पक्षको भनाइ छ । नेप्सेको निजीकरण अथवा निजी क्षेत्रको स्टक एक्सचेाजको आवश्यकताका सम्बन्धमा अध्ययन गर्न धितोपत्र बोर्डले एक समितिसमेत गठन गरेको थियो । समितिको अध्ययन प्रतिवेदनका आधारमा नयाँ स्टक एक्सचेाजभन्दा नेप्सेको निजीकरणलाई बोर्डले प्राथमिकतामा राखेको बताएको थियो । तर हालसम्म यी दुवै विषयमा कुनै पनि प्रकि्रया अघि बढ्न सकेको छैन ।

Comments
Post a Comment