Skip to main content

नेपाली पूँजीबजारको विकासक्रम

विसं १९९५ मा विराटनगर जुट मिल्स र नेपाल बैङ्क लिमिटेडले सर्वसाधारणलाई शेयर जारी गरेपछि नेपालमा अनौपचारिक रुपमा शेयर कारोबार शुरु भएको हो । त्यो समयमा ती संस्थाले शेयर जारी गर्दा अहिलेजस्तो बिक्री तथा निष्काशन प्रबन्धक कम्पनी र स्टक एक्सचेाज थिएनन् । दुवै कम्पनीले शेयर निष्काशन तथा विक्री व्यवस्थापन आफैंले गरेका थिए ।
विराटनगर जुट मिल्स र नेपाल बैङ्कपछि धेरै वर्षसम्म पूँजी बजारमा अन्य कुनै पनि संस्थाको प्रवेश भएन । यसबीच विसं २०२१ सालमा कम्पनी ऐन आएपछि पहिलो पटक सरकारी ऋणपत्र पनि जारी भयो । तर धितोपत्र कारोबार गर्ने व्यवस्थित संयन्त्र र निकाय भने त्यसबेलासम्म स्थापना हुन सकेको थिएन । विसं २०३३  सालमा धितोपत्र खरीदविक्री केन्द्र सेक्युरिटीज एक्सचेाज सेण्टरु को स्थापना भएपछि मात्र नेपाली पूँजी बजार सङ्गठित भएको हो । सरकारी ऋणपत्र तथा सार्वजनिक संस्थाको शेयर खरीदविक्रीको अख्तियार प्राप्त उक्त केन्द्रको स्थापनापछि नेपालमा ुदोस्रो बजारु को उल्लेख्य विकास हुने अपेक्षा गरिएको थियो । तथापि केन्द्रले सोचेअनुरुप कार्य गर्न आवश्यक कानूनी तथा संस्थागत पूर्वाधार उपलब्ध थिएन । केन्द्रको भूमिका प्रभावकारी बनाउन विसं २०४० मा धितोपत्र कारोबार ऐन ल्याइयो । विसं २०४३ सालमा सो ऐनको पहिलो संशोधन भयो । तर पनि पूँजी बजारमा अपेक्षित प्रगति हुन सकेन ।
विसं २०४६ पछि नेपालले अबलम्बन गरेको आर्थिक उदारिकरणको नीतिले पूँजीबजारलाई गतिशिल बनाउन सहयोग गर् यो । २०५० मा 'धितोपत्र कारोबार ऐन २०४०' को दोस्रो संशोधन गरी धितोपत्र खरीदविक्री केन्द्रलाई हालको 'नेपाल स्टक एक्सचेाज नेप्से' मा रुपान्तरण गरियो । त्यसपछि नेप्से परिसूचक गणना गर्ने गरी २०५० पुस २९ देखि नियमित कारोबार शुरु भएको हो । ऐन संशोधनपछि धितोपत्र कारोबारको नियमन गर्ने स्वयत्त निकायका रुपमा ुनेपाल धितोपत्र बोर्डु पनि स्थापना भयो ।
पूँजीबजार साचालनमा सुधार तथा दोस्रो बजारमा धितोपत्र कारोबारलाई अझ सहज बनाउने उद्देश्यले विसं २०६३ मा सरकारले ुधितोपत्रसम्बन्धी ऐन २०६३ु ल्यायो । त्यस्तै पूँजीबजार व्यवस्थित गर्न ुधितोपत्रबजार साचालन नियमावली २०६४ु पनि आयो । हाल नेपालको पूँजीबजार तथा धितोपत्र कारोबार लाई यिनै ऐन तथा नियमावलीले निर्देशित गरेको छ ।

कारोबार प्रणाली
नेप्सेको स्थापनादेखि करीब डेढ दशकसम्म खुला बोलकबोल प्रणाली ओपन-आउट क्राइ सिस्टम मा धितोपत्रको खरीद-विक्री भयो । २०६३ भदौबाट भने कम्प्युटरीकृत स्वचालित प्रणालीबाट धितोपत्र कारोबारमा भइरहेको छ । नेप्सेमा सूचीकृत धितोपत्रको खरीदविक्रीका लागि मध्यस्थकर्ताका रुपमा हाल २३ शेयर दलाल व्यवसायीहरुले काम गरिरहेका छन् । थप २७ दलाल नियुक्तीको प्रकि्रयामा छन् ।
नेपालमा धितोपत्रको कारोबार प्राथमिक निष्काशन र दोस्रो बजारबाट मात्र हुँदै आएको छ । सूचीकरण नभएका वा सूचीकरणबाट हटेका धितोपत्रको कारोबारका लागि केही वर्षअघि धितोपत्र बोर्डले ुओभर दि काउण्टर ओटीसीु बजार साचालनको अनुमति दिए पनि त्यसमा हालसम्म कुनै पनि कारोबार भएको छैन । हालसम्म करीब ४५ कम्पनी सूचीकरणबाट हटिसकेका छन् । खासगरी नेपाल बैङ्क लिमिटेडको शेयर सूचीकरणबाट हटेपछि उक्त बैङ्कको शेयर ओटीसीबाट गर्नका लागि बोर्डले बाटो खुला गरेको थियो । पूँजी बजारको उच्चतम विकास भएका विश्वका धेरै देशमा धितोपत्रको कारोबार गर्ने अनौपचारिक बजार संयन्त्रको रुपमा ुतेस्रो बजारु र ुचौथो बजारु समेत अभ्यासमा छन् । 

सूचीकृत कम्पनी र बजार पूँजीकरण
कारोबार शुरु गर्दा नेप्सेमा जम्मा ६६ कम्पनी सूचीकृत थिए । यो सङ्ख्या चालु आवको जेठ २४ सम्ममा २ सय ५ पुगेको छ । यसमा २४ वाणिज्य बैङ्क ५६ विकास बैङ्क ७१ फाइनान्स कम्पनी २१ बीमा कम्पनी ५ होटल १८ उत्पादनमूलक उद्योग ४ जलविद्युत् कम्पनी ४ व्यापार समूहका र अन्य दुई दुरसाचार र चलचित्र विकास कम्पनी रहेका छन् । चालु आवमा मात्रै २९ कम्पनी नेप्सेमा सूचीकृत भए ।
त्यसबाहेक नेप्सेमा ५७ बैङ्क तथा वित्तीय संस्थाको प्रवद्र्धक शेयर १३ बैङ्क तथा वित्त कम्पनीका संस्थागत ऋणपत्र १६ सरकारी ऋणपत्र एक सामूहिक लगानी कोष एनसीएम म्युचुअल फण्ड र एक अग्राधिकार शेयर एभरेष्ट बैङ्क पनि सूचीकृत छन् । यी सबै सूचीकृत धितोपत्रको कुल सङ्ख्या १ अर्ब ४३ करोड ३१ लाख ८३ हजार १ सय ५ र तीनिहरुको चुक्ता पूँजी करीब रु। १ खर्ब ४३ अर्ब ७३ करोड १५ लाख रहेको छ ।

स्टक एक्सचेाजमा निजीक्षेत्रको सम्भावना
हाल नेपालमा धितोपत्र कारोबारका लागि एक मात्र स्टक एक्सचेाज नेप्से छ । सरकारी स्वामित्वको यो स्टक एक्सचेाजका साथै निजी क्षेत्रले पनि स्टक एक्सचेाज साचालनको प्रयास थालेको थियो । नयाँ स्टक एक्सचेाज साचाललनका लागि डेढ वर्षअघि धितोपत्र बोर्डमा चार कम्पनीले निवेदन दिएका थिए । निवेदन दिनेमा नेशनल स्टक एक्सचेाज काठमाडौं स्टक एक्सचेाज नेपाल सेक्युरिटिज् एण्ड डेरिभेटिभ एक्सचेाज र हिमालयन स्टक एक्सचेाजरहेका छन् । 
बोर्डसँग नयाँ स्टक एक्सचेाज साचालनको अनुमति दिन पूर्ण कानूनी अधिकार छ । तथापि अर्थमन्त्रालयको कम चासोका कारण निजी क्षेत्रका स्टक एक्सचेाज साचालनमा आउन सकेनन् । नेपालको अर्थतन्त्र तथा बजार पूँजीकरणको आकारअनुसार थप स्टक एक्सचेाज आवश्यक नभएको हुनाले नेप्सेलाई नै निजीकरण गर्नुपर्ने भनाई यस क्षेत्रसम्बद्ध एक पक्षको छ । खुला बजार अर्थतन्त्रमा पूँजी बजारको कारोबारलाई प्रतिस्पर्धी बनाउन तथा आधुनिकीकरण गर्न  निजी क्षेत्रबाट पनि स्टक एक्सचेाज भित्रिन आवश्यक रहेको अर्को पक्षको भनाइ छ । नेप्सेको निजीकरण अथवा निजी क्षेत्रको स्टक एक्सचेाजको आवश्यकताका सम्बन्धमा अध्ययन गर्न धितोपत्र बोर्डले एक समितिसमेत गठन गरेको थियो । समितिको अध्ययन प्रतिवेदनका आधारमा नयाँ स्टक एक्सचेाजभन्दा नेप्सेको निजीकरणलाई बोर्डले प्राथमिकतामा राखेको बताएको थियो । तर हालसम्म यी दुवै विषयमा कुनै पनि प्रकि्रया अघि बढ्न सकेको छैन ।

Comments

Popular posts from this blog

सुनको मूल्यभित्रका वास्तविकता

सुनको मूल्यभित्रका वास्तविकता होमनाथ गैरे संसारमा शेयरपछि सबैभन्दा बढी मूल्य घटबढ हुने वस्तुमा सुन पर्छ । सुनको मूल्यमा हुने उतारचढावका साथै यसका कारण र प्रभावका विषयमा समय समयमा विभिन्न विचारहरू बाहिर आउने गरेका छन् । यस किसिमका भनाइ खासगरी डेरिभेटिभ बजारका लगानीकर्ता वा मूल्यमा भएको उतारचढावबाट छिटो पैसा कमाउन चाहने सट्टेबाजहरूबाट बढी आउने गरेको छ । विश्वअर्थतन्त्रमा हुने परिवर्तन, भूराजनीतिक अवस्था र सुनको उत्पादन, माग तथा आपूर्तीलाई कारण मान्दै यसको मूल्य अहिले अझै माथि जाने त कहिले अझै तल झर्ने भनाइहरू पनि सार्वजनिक हुने गरेका छन् । तर, विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित विज्ञ तथा अर्थशास्त्रीहरू भने सुनको मूल्यमा हुने त्यस्तो उतारचढावलाई अस्वाभाविक र कृत्रिम मान्दछन् । यसै सन्दर्भमा यस लेखमा सुनको विषयमा विद्यमान केही कथनहरूको चिरफार गर्ने प्रयास गरिएको छ । सुन महँगो धातु हो ? यो भनाइ सुनमा मात्रै नभएर सम्पत्तिका रूपमा उपयोग हुने वा मानव जीवनसँग गाँसिएका कुनै पनि वस्तुको हकमा उत्तिकै लागू हुन्छ । वास्तवमा यो प्रश्नको उत्तर निकै कठि...

निजी बैङ्कको ऋण सरकारीमा सार्दै व्यवसायी

सरकारी बैङ्कप्रतिको विश्वास बढ्यो की कम ब्याजदरले तान्यो ? होमनाथ गैरे गत बैशाखमा काठमाडौंका एक व्यवसायीक फर्मले माछापुच्छ«े बैङ्कसँगको ऋण नेपाल बैङ्कमा सा¥यो । माछापुच्छ«ेको तुलनामा नेपाल बैङ्कको ब्याजदर कम भएकाले कारोबार सारेको श्रेष्ठ थरका त्यो फर्म सञ्चालकको भनाई थियो । ‘ऋण सारेको ४ महिनाको अवधीमा कम्तीमा २०÷२५ लाख रुपैयाँ ब्याज खर्च घट्यो,’ पाँचतारे होटेलको एक जमघटमा श्रेष्ठले भन्दै थिए, ‘पहिले नै जानकारी भएको भए अझ धेरै बचत हुने रहेछ ।’ गत साउन दोस्रो साता राष्ट्रिय बाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा जनकपुरका व्यवसायीको प्रतिनिधित्व गर्दै एक ब्यक्तिले ब्याजदरका विषयमा छलफल गर्दै थिए । आफुसँग १२÷१३ करोड रुपैयाँको पोर्टफोलियो भएकाले ब्याजदर मिलाई दिए सबै ग्राहक यता ल्याउने ती ब्यक्तिको भनाई थियो । नेपाल एसबीआई, नबिल, बङ्गलादेश जस्ता निजी बैङ्कसँग कारोबार गरिरहेको जनकपुरका व्यवसायीहरु सरकारी बैङ्कमा ब्याजदर कम भएको थाहा पाएपछि ऋण सार्न इच्छुक भएको ती प्रतिनिधिले बताए ।  माथिका घटनाले पछिल्लो समय निजीबाट सरकारी बैङ्कमा ऋण सार्ने (स्विच गर्ने) क्रम बढेको सङ्केत गर्दछन्...

Stock Market of Nepal: A Journey to Automation

April 2017 NRB Samachar 1.   Capital Markets Capital Markets are the markets consisting long-term securities issued by the government or a corporation. Capital Market typically relates with financial assets which have life spans of greater than one year. Capital Market is a means through which scattered saving and investable resources are converted into actual investment. Capital market is one of the several factors that play a prominent role in the economic development of the nation. The saving institutions such as banks, investment trusts or companies, specialized financial corporations and stock exchanges are some of the important constituents of capital market. The primary role of capital market is to allocate the economy’s capital stock among various productive sectors. Capital invested in such sectors acts as seed money and generates more funds for further investments. No modern corporation of any size can function effectively without ready access to capital markets...