Skip to main content

Posts

Showing posts from 2019

ब्याजदरले यसरी प्रभावित गर्छ शेयर बजारलाई

पछिल्लो समय सञ्चार माध्यम मा सबैभन्दा बढी चर्चा हुने गरेका विषय हुन् बैंकिङ प्रणालीमा ब्याप्त लगानीयोग्य पूँजी अभाव, ब्याजदर र शेयर बजार। ब्याजदर यो शुल्क वा अतिरिक्त रकम हो जुनकुनै एक व्यक्ती वा संस्थाले असल (उत्पादनशील) प्रयोजनमा अर्कै व्यक्ती वा संस्थाको पूँजी (पैसा) उपयोग गरे वापत तिर्न मञ्जुर गर्छ।  यो परिभाषाले स्पष्ट संकेत गरेको छ की ब्याजदर कुनै एकको बचत अर्कैले उपयोग गरे वापत तिरिने रकम हो, जसलाई मुलधन (बचत) को प्रतिशतका आधारमा गणना गरिन्छ। तसर्थ, ब्याजदर वित्तीय बजारमा लगानीका लागि उपलब्ध बचतमा निर्भर रहन्छ। त्यसरी निश्चित शुल्क लिएर अर्कैलाई उपयोग गर्न दिनका लागि बजारमा उपलब्ध बचतलाई अर्थशास्त्रीय भाषामा लगानीयोग्य पूँजी भनिन्छ। यस लेखमा त्यही लगानीयोग्य पूँजी, ब्याज दर र शेयर बजारको आधारभुत सम्बन्धका विषयमा सामान्य चर्चा गर्ने प्रयास गरिएको छ। त्यसरी अनुमानित प्रतिफल र लागतको विश्लेषण गरेर छिटो छिटो वित्तीय सम्पत्तीको खरिद विक्री गर्न ब्याजदर र पूँजीबजार बिचको आधारभुत सम्बन्धको जानकारीले महत्वपूर्ण भुमिका खेल्छ। र, यस बजारमा संलग्न ब्यक्ती वा लगानीकर्ता औपचारिक य...

Insurance and Economy: A Reflection of Nepal

1.      Introduction Insurance in its simplest form is familiar to everyone as they know at their daily lives in the form of medical insurance, accidental insurance, buildings insurance, life insurance and more recently disaster insurance.  Insurance, in economics and finance, is a form of risk management primarily used to hedge against the risk of a contingent loss. Thus, insurance is defined as the planned transfer of unforeseeable and unwanted risk of a loss, from one entity to another. In this regard, insurance has been introduced to safeguard the interest of people from uncertainty by providing certainty of payment at a given contingency. Basically, such transfer of risk is possible in exchange for a premium, which is commonly taken as a guaranteed and known small loss to prevent a large, unpredictable and possibly devastating loss. Insurance, thus, may be known as a co-operative device of distributing losses...

Productivity of Manufacturing Industries of Nepal

Nepal continues to be a predominantly agricultural economy with around one third contribution to the country's Gross Domestic Product (GDP). Although the share of manufacturing sector is small its role in Nepal's development during the coming decades cannot be ignored as the mass production of consumer goods is getting momentum in the recent years (Sharma, 1980). Expansion of manufacturing sector, both in terms of size and productivity helps generate employment, accelerates growth, reduce poverty and bring prosperity as it has been observed in other developing countries (CBS, 2014) . However, without empirical evidence from scientific studies it is hard to say which industry is more attractive in terms of factor productivity and can contribute relatively better to the economy. In this backdrop, this paper aims to empirically estimate and test whether the C-D production function may be useful in analyzing the manufacturing industries of Nepal. Besides, in order to draw som...

उच्च प्राथमिकतामा कृषी ?

केही महिना पहिला (२०७५ माघ)मा पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भाषण गर्दै थिए, नेपालमा कृषीको अवस्था देखेर बैराग लागेर आयो, कहिले काँही त आफै सबै छाडेर खेती गर्न जाउ जस्तो लाग्छ । यसलाई कतिपयले दाहाल आफै कृषि विज्ञानको विद्यार्थी भएकाले अरुलाई यस क्षेत्रमा लाग्न प्रोत्साहन स्वरुप यस्तो अभिब्यक्ती दिएको अर्थमा विश्लेषण गर भने कसैले आप्mनै पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारको काम गराई प्रतिको असन्तुष्टीमा रुपमा अथ्र्याए । त्यसको लगत्तै अर्को एक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले भने, सबै कृषीका परियोजनाबाट प्रधानमन्त्री भन्ने शब्द हटाइ दिए हुन्छ । ओलीले दाहालको भनाईको प्रतिकृया दिएका हुन वा कृषी क्षेत्र यसै पनि सरकारको विशेष प्राथमिकतामा रहेकाले नामको अगाडी प्रधानमन्त्री शब्द राख्न जरुरी छैन भनेका हुन बुझ्न सकिएको छैन । प्राय यसरी नै विभिन्न कार्यक्रम र प्रसंग मार्फत सांकेतिक रुपमा एक अर्काको विरोध र खण्डन गर्दै आएका यी दुई नेता अहिले एउटै पार्टीको शिर्ष पदमा छन् र उनहरुको पुरानो शैली कायमै छ । त्यसैगरि कृषी मन्त्री चक्रपाणी खनालले रुपन्देहीमा म...

लगानी सम्मेलन र शेयर बजार

  २०७५ चैत ७ नेपाल सरकारले यही चैत्र १५ र १६ गते काठमाडौंमा बृहत लगानी सम्मेलन आयोजना गर्दैछ । प्रधानमन्त्री अध्यक्ष रहेको लगानी बोर्डले सम्मेलनको तयारी अन्तीम चरणमा मात्रै पु¥याएको छैन, उक्त सम्मेलनमा सहागिताका लागि नाम दर्ता थर्ने समय समेत सकिएको जनाएको छ । यसको अर्थ सम्मेलनमा अपेक्षा गरिएजती सहभागी वा लगानीकर्ता जम्मा हुने पक्का भएको बुझीन्छ । अपेक्षा गरिए जस्तै खास लगानीकर्ताहरु आउने भएर नाम दर्ता बन्द गरिएको हो वा लगानीकर्ताका नाममा जो कोहीले प्रवेश पाउने र वास्तविक लगानीकर्तालाई अभाव नहोस भनेर दर्ता बन्द भएको सूचना वेबसाइटमा राखिएको हो प्रस्ट भने भएको छैन । जे होस सरकारको योजना अनुसार लगानी सम्मेलन भब्यताका साथ सम्पन्न हुने लगभग पक्का भएको छ । मूख्य कुरा सम्मेलन (कार्यक्रम) आयोजना गर्ने लक्ष्य मात्र पूर्ण हुनुभन्दा पनि बिदेशबाट ठुलो रकम लगानी ल्याउन सक्ने वा ठुलो मात्रामा लामो अवधीको सहुलियतपूर्ण ऋण दिन सक्ने लगानीकर्ता तथा ऋणदाता भित्राउने र उनीहरुलाई नेपाल लगानीका लागि सुरक्षित र लाभदायक रहेको शन्देश प्रवाह गर्ने हो ।  यसका लागि पनि सरकारले सबै शक्ती लगाएर तयारी ...

नेप्सेको छाया मर्चेन्ट ‌बैकिङमा

        २०७५ चैत ५     गत दुई वर्षदेखी लगातार घटेर तिन वर्ष पहिलाको अवस्थामा आएको नेपाली शेयरको दोस्रो बजार (नेप्से)मा सुधार हुन नसकेपछि त्यसको छायाँ मर्चेण्ट बैंकिङमा पनि परेको छ । बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्ने बाध्यकारी कानुनी व्यवस्था सँगै प्राथमिक शेयर जारी गर्ने र दोस्रो बजारमा सूचिकृत हुने संस्था बढे लगत्तै फस्टाएको मर्चेण्ट बैङ्किङ व्यवसाय अहिले दोस्रो बजारसँगै सुस्ताएको हो । राजनीतिक स्थायित्वपछि मुलुकको आर्थिक विकासले गती लिने र जलविद्युत तथा औद्योगिक क्षेत्रका कम्पनीहरु पनि दोस्रो बजारमा प्रवेश गर्ने अनुमानमा प्राथमिक शेयरको विक्रि, शेयर रजिष्ट्रार, प्रत्याभुती (अण्डरराइटिङ) का साथै लगानी तथा सम्पत्ति व्यवस्थापनको काम गर्ने मर्चेण्ट बैङ्करहरुको संख्यामा उल्लेख्य बृद्धि भएको थियो ।  त्यसपछि वाणिज्य बैंकहरुले सहायक कम्पनीमार्फत सामुहिक लगानीकोष सञ्चालन गर्न र लगानी व्यवस्थापक (इन्भेष्टमेण्ट बैंकिङ)को काम गर्न पाउने व्यवस्था भएपछि मर्चेण्ट बैङ्किङ व्यवसाय थप फस्टाएको हो । अहिले ...