नेपाल विश्वका सबैभन्दा जलवायु–संवेदनशील मुलुकहरूमध्ये एक हो। अनियमित वर्षा , हिमताल विष्पोटन र हिमपहिरो , अप्रत्यासित बाढी जस्ता द्रुत ( र्यापिड अनसेट ) र धीमा ( स्लो अनसेट ) दुवै प्रकारका जलवायुजन्य विपत्तिहरूको संख्या र गहनता पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढ्दै गएको छ। यी घटनाहरूले केवल भौतिक सम्पत्तिमा मात्र क्षति पुर्याएको छैन , बरु समुदाय स्तरमा जीविकोपार्जन प्रणाली , सामाजिक संरचना , सांस्कृतिक अभ्यास र समग्र अर्थतन्त्रमा नै गहिरो आघात पुर्याइरहेका छन्। साधारण भाषामा भन्नुपर्दा , जलवायु परिवर्तनका कारण हुने विपत्तिबाट जोगिन र अनुकूलन गर्न सकिएन भने हुने क्षतिलाई नै “ क्षति र नोक्सानी ” भनिन्छ। उदाहरणका लागि , बाढीले घर बगायो भने त्यो प्रत्यक्ष क्षति हो। तर त्यसपछि खेत नष्ट भएर वर्षौँसम्म आम्दानी गुम्नु , ऋण बढ्नु , बालबालिकाको पढाइ छुट्नु , वा परिवार मानसिक तनावमा पर्नु यी सबै नोक्सानीका रूप हुन्। यस्ता घटनाले दुई प्रकारका क्षति र नोक्सानी निम्त्याउँछन्। पहिलो , आर्थिक क्षति जस्तै घर , जमिन , बाली , पशु , व्यवसाय , सडक , पुल जस्ता सम्पतीमा हुने नोक्सानी। दोस्रो...