Skip to main content

Posts

जलवायुजन्य विपद् संरचनात्मक असुरक्षा र नीतिगत चुनौती

  नेपाल विश्वका सबैभन्दा जलवायु–संवेदनशील मुलुकहरूमध्ये एक हो। अनियमित वर्षा , हिमताल विष्पोटन र हिमपहिरो , अप्रत्यासित बाढी जस्ता द्रुत ( र्यापिड अनसेट ) र धीमा ( स्लो अनसेट ) दुवै प्रकारका जलवायुजन्य विपत्तिहरूको संख्या र गहनता पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढ्दै गएको छ। यी घटनाहरूले केवल भौतिक सम्पत्तिमा मात्र क्षति पुर्‍याएको छैन , बरु समुदाय स्तरमा जीविकोपार्जन प्रणाली , सामाजिक संरचना , सांस्कृतिक अभ्यास र समग्र अर्थतन्त्रमा नै गहिरो आघात पुर्‍याइरहेका छन्। साधारण भाषामा भन्नुपर्दा , जलवायु परिवर्तनका कारण हुने विपत्तिबाट जोगिन र अनुकूलन गर्न सकिएन भने हुने क्षतिलाई नै “ क्षति र नोक्सानी ” भनिन्छ। उदाहरणका लागि , बाढीले घर बगायो भने त्यो प्रत्यक्ष क्षति हो। तर त्यसपछि खेत नष्ट भएर वर्षौँसम्म आम्दानी गुम्नु , ऋण बढ्नु , बालबालिकाको पढाइ छुट्नु , वा परिवार मानसिक तनावमा पर्नु यी सबै नोक्सानीका रूप हुन्। यस्ता घटनाले दुई प्रकारका क्षति र नोक्सानी निम्त्याउँछन्। पहिलो , आर्थिक क्षति जस्तै घर , जमिन , बाली , पशु , व्यवसाय , सडक , पुल जस्ता सम्पतीमा हुने नोक्सानी। दोस्रो...

ओपन बैंकिङ : वित्तीय पहुँच विस्तार र आर्थिक रूपान्तरणको नयाँ उपाय

  ओपन बैंकिङ केवल प्रविधि होइन , आर्थिक रूपान्तरणको माध्यम हो। भारतमा यसले भौतिक सम्पत्तीको धितोलाई “ सूचना जमानत ” ले प्रतिस्थापन गर्न थालेको छ। नेपालका लागि यसको सम्भावना अझै ठूलो छ  । पछिल्लो एक वर्षयता नेपालको बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत रूपमा नबढेको देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरूको कर्जा वृद्धिदर अघिल्ला वर्षको तुलनामा सुस्त बनेको छ। तर अर्कोतर्फ बजारमा घरेलु साना तथा मझौला उद्यम (एमएसएमई) समुहका उद्यमी व्यवसायीहरू नयाँ व्यवसाय सुरूआत तथा पुरानोको विस्तारका लागि सर्वसुलभ ऋण पाउन सधै संघर्षरत छन्। यो विरोधाभासले नेपालको वित्तीय प्रणालीको गहिरो र जिर्ण संरचनागत समस्या उजागर गरेको छ। बैंकिङ क्षेत्रको पछिल्ला केही वर्षको प्रवृत्तीअनुसार कर्जाको समग्र माग बढ्न नसक्नुका पछाडि दुईवटा प्रमुख कारण छन् पहिलो , आर्थिक मन्दी र लगानी वातावरणमा अनिश्चितता ; दोस्रो , बैंकहरूले सुरक्षित र ठूला ग्राहकप्रति बढी प्राथमिकता दिने प्रवृत्ति। हालको अवस्थामा ठूला व्यवसायिक समूह र ठेक्का व्यवसायसँग सम्बन्धित परियोजनामा केन्द्रित कर्जा प्रवाह पहिला...