होमनाथ गैरे गत बिहीवार नेप्से परिसूचक ३ सय ५० को तहलाई पनि तोडेर ३ सय ४७ दशमलव ७३ मा बन्द भएको छ । नेप्सेको इतिहासमा यो ५ वर्षभन्दा पनि पहिलेको तह हो । ५ वर्षपहिला मुलुकमा सशस्त्र द्वन्द्व थियो । र अर्थतन्त्रको वृद्धिदर एक प्रतिशतको हाराहारीमा थियो । अहिले त्यो अवस्था छैन । तैपनि समग्र अर्थतन्त्रको ऐना मानिने शेयर बजार परिसूचक यति तल पुग्नु गतिलो सङ्केत होइन । ५ वर्षपहिलाको तुलनामा अहिले मुलुकको अर्थतन्त्र केही न केही सुधार भएकै छ । त्यसकारण नेपाली शेयर बजार विगत ३ वर्षदेखि लगातार बियरिश चालमा हिँड्नुका पछाडिको कारण मुलुकको आर्थिक अवस्था नै हो वा अर्थात केही हो छुट्टै खोजी गर्नुपर्ने विषय भएको छ । गत हप्ता नेप्सेले दीर्घकालीन रुपमा बलियो टेवा मानिएको ३ सय ५० को तहलाई पनि तोडेर तल आएपछि त यो विषय झन् गम्भीर बनेको छ । यस विषयमा शेयर लगानीकर्ता तथा दलाल बजार साचालक तथा नियामक निकाय र अर्थशास्त्री तथा शेयर बजार विश्लेषकका धारणा फरकफरक छन् । लगानीकर्ता तथा शेयर दलालहरुले शेयर बजार घट्नुको सबै दोष शेयर बजार साचालक नेप्से नियामक धितोपत्र बोर्ड का साथै देशको मौदि्रक अधिकारी नेपाल राष्ट्र बैङ...