Skip to main content

मौद्रिक सङकुचनको वर्ष-२०६७

होमनाथ गैरे
चैत ३० काठमाडौं । गत वर्ष २०६७ मा नेपाली अर्थतन्त्रमा मौदि्रक सङ्कुचनको अवस्था रह्यो । देशका सम्पुर्ण आर्थिक तथा व्यवसायिक गतिबिधिलाई प्रत्यक्ष प्रभाव पार्ने मुद्राको परिमाण मुद्राप्रदाय मापक परिसूचक एम-३ एम-२ र एम-१ मा अपेक्षा गरिएभन्दा निकै कम बृद्धि भएपछि अर्थतन्त्रमा मौद्रिक सङ्कुचनको अवस्था देखिएको हो । नेपाल राष्ट्र बैङ्कले प्रकासित गरेको आव ०६७/६८ को ७ महिनाको समग्र आर्थिक अवस्था सम्बन्धि प्रतिबेदनले सो तथ्य देखाएको छ । नेपाल राष्ट्र बैङ्कले चालु आवमा ती मुद्रा प्रदायमा १५ प्रतिशतभन्दा धेरैले बृद्धि हुने अनुमान गरेको थियो । तर ७ महिनासम्ममा ती परिसूचकमध्ये एम-३ र एम-२ मा सिमान्त बृद्धि भएको छ भने एम-१ मा ह्रास आएको छ । यसरी मानिसको दैनिक कि्रयाकलापमा प्रत्यक्ष प्रभाव पार्ने मुद्राको परिमाणमा आएको ह्रासले समग्र अर्थतन्त्रमा नै सङ्कुचनकारी प्रभाव सृजना गर् यो । 
प्रतिबेदनअनुसार आव ०६७/६८ को ७ महिनासम्ममा विस्तृत मुद्राप्रदाय एम-२ १ दशमलव ४ प्रतिशतले मात्रै बृद्धि भएको छ भने सङ्कुचि मुद्रा प्रदाय एम-१ २ दशमलव १ प्रतिशतले घटेको छ । अघिल्लो आवको सोही अवधिमा ती मुद्राप्रदायमा क्रमशः ६ दशमलव ५ र ६ दशमलव ३ प्रतिशत बृद्धि भएको थियो । समिक्षा अवधीमा बैङ्किङ्ग क्षेत्रको खूद वैदेशिक सम्पत्ति ५ दशमलव ९ प्रतिशतले घटेको तर खुद आन्तरिक सम्पत्ति ४ दशमलव ४ प्रतिशतले मात्र बढेकाले मुद्रा प्रदायमा ह्रास भएको देखिन्छ । सोधनान्तर स्थिती प्रतिकुल भएकाले बैदेशिक सम्पत्ति आप्रवाह घटेको र त्यसको नकारात्मक प्रभाव मुद्रा प्रदायमार्फत अर्थतन्त्रको वास्तविक क्षेत्रमासमेत देखिएको छ । आन्तरिक मौद्रिक  प्रणालीमा देखिएको तरलता अभाव र प्रतिकुल बाह्य क्षेत्रका कारण मौद्रिक  सङकुचन देखिएको र त्यसको सिधा प्रभाव लगानी र रोजगारीमा परेकाले समग्र अर्थतन्त्रमा नै सङ्कुचनकारी अवस्था देखिएको हो । 
चलनचल्तीको मुद्रा जम्मा शून्य दशमलव ५ बढ्नु तर बैङ्कहरुमा रहेको चल्ती निक्षेप झण्डै ७ प्रतिशतले घट्नु सङ्कुचित मुद्रा प्रदाय घट्नुको कारण हो । अघिल्लो आवको सोही अवधीमा चलनचल्तीको मुद्रा झण्डै ११ प्रतिशतले बढेको र चल्ती निक्षेप १ दशमलव ५ प्रतिशतले घटेको तथ्याङ्क राष्ट्र बैङ्कसँग छ । त्यसैगरी अघिल्लो आवको सोही अवधीमा ६ दशमलव ६ प्रतिशतले बढेको एम-२ मा समाबेश मुद्दती निक्षेप चालु आवमा जम्मा २ दशमलव ८ प्रतिशतले बढेको छ । एम-१ मा आएको कमीले अर्थतन्त्रमा खर्चयोग्य रकमको घट्दै गएको देखिन्छ । समिक्षा अवधीमा अर्थतन्त्रको मौद्रिकीकरण र बैङकिङ प्रणालीमा लगानीयोग्य रकमको अवस्था दर्शाउने 'बृहत मुद्रा तरलता' एम-३ पनि जम्मा १ दशमलव ३ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधीमा एम-३ ५ प्रतिशतले बृद्धि भएको थियो । बिस्तृत मुद्रा प्रदायमा नेपाली बैङ्कहरुमा जम्मा भएको बिदेशी मुद्राको निक्षेप समाबेस गरेर एम-३ मापन गरिन्छ ।
समिक्षा अवधीमा खुद बैदेशिक सम्पत्तिमा आएको ह्रास र खुद राष्ट्रिय सम्पत्तिको बढोत्तरी अत्यन्तै न्यून भएपछि नेपाल राष्ट्र बैङ्कले उत्पादन गर्ने आधार मुद्रा रिजर्भ/हाई पावर्ड मनी पनि ओरालो लागेको छ । अघिल्लो आवको पहिलो ७ महिनामा २ दशमलव २ प्रतिशतले बढेको आधार मुद्रा अहिले ४ दशमलव २ प्रतिशतले घटेको छ । यसरी आधार मुद्रा घट्नुले  बैङ्किङ प्रणालीको साख सृजना कम हुन गइ अर्थतन्त्रको मौद्रिक  धरातल कमजोर हुँदै गएको सङ्केत देखिन्छ । अहिले आधार मुद्रा कम उत्पादन भएकाले बैङ्हरुले यथेष्ट साख क्रेडिट सृजना गर्न नसक्दा प्रणालीको तरलतामा चाप परेको छ । फलस्वरुप बैङ्कहरुले लामो समयदेखी नयाँ लगानी गर्न सकेका छैनन् । मुद्रा प्रदायमा सङ्कुचन आए पनि मौद्रिक  गतिशिलता मापक मुद्रा गुणक मनी मल्टिप्लायर को मान स्वभाविक नै रहेकाले अर्थतन्त्र अझै पनि काबु बाहिर भने छैन । तथापी मौदि्रक अधिकारीले छिट्टै नै सिघ्र सुधारात्मक कदम चाल्नु जरुरी भइसकेको छ ।

बिगत ३ वर्षमा देशको मौदि्रक अवस्था रकम रु. दश लाखमा 
परिसूचक                       २००८ डिसेम्बर     २००९ डिसेम्बर    २०१० डिसेम्बर       २०११ फेब्रुअरी
सङ्कुचित मुद्रा एम- १     १६१६४६.६           २०२४४३.२           २१०८३२.२              २१३६५५.८
बिस्तृत मुद्रा एम-२        ५४०२३९.७         ६६९४९६.९             ७१९२४३.३            ७२९३२५.८
बृहत मुद्रा तरलता एम-३  ५७३३८९.३      ७१८२२९.५                 ७७०५७४.५       ७८११२८.२
आधार मुद्रा आर              १५७००६.२         १८९९१४.२                  २००७४९.६          २०९४०४.१
सङ्कुचित मुद्रा गुणक            १.०३०         १.०६६                         १.०५०                        १.०२०
बिस्तृत मुद्रा गुणक             ३.४४१             ३.५२५                    ३.५८३                         ३.४८३

हलचलपूर्ण बैङ्किङ प्रणाली 
नेपाली पात्रोअनुसारको वर्ष २०६७ देशको बैङकिङ प्रणालीका लागि हलचलपूर्ण रह्यो । अघिल्लो वर्षदेखि नै लगानीयोग्य रकम तरलता अभावको सामना गरिरहेको यस प्रणालीमा गत वर्षको शुरुदेखी नै नेपाल राष्ट्र बैङ्कले जारी गरेका विभिन्न नीति तथा निर्देशनहरुले हलचल पैदा गर् यो । वर्षको शुरुमै नेपाल राष्ट्र बैङ्कका गभर्नरले बैङ्क तथा वित्तीय संस्थाहरु शहर केन्द्रित तथा बढी नाफामुखी भएकाले उनीहरुलाई आफ्नो व्यवहार सुधार गर्न नैतिक दवाव दिए । त्यसका लागि आवश्यक निर्देशन तथा नीति नै जारी गर्ने बताएका उनले आव २०६७/६८ को मौद्रिक  नीतिमार्फत केही बिषयलाई समेट्ने प्रयास गरे ।

नेपालमा बैङ्किङको सिद्धान्त नै परिवर्तन गर्ने भन्दै मौद्रिक  नीतिमार्फत बैङ्क तथा वित्तीय संस्थाहरुलाई स्तरोन्नती गर्न शाखा विस्तार गर्न तथा घरजग्गामा लगानी गर्न कडाई गरेपछि बैङ्कर तथा सरोकारवालाहरुले त्यसको बिरोध गरे । त्यसैगरी बैङ्किङ क्षेत्रको स्थायित्वका साथै आन्तरिक र बाहँ स्थिरता कायम गर्ने मौद्रिक  नीतिको मुल उद्देश्यलाई छोडेर समाजवादी वा नियन्त्रणमुखी बन्न खाजेको भन्दै अर्थबिदहरुले पनि राष्ट्र बैङ्कको आलोचना गरे । २ जना डेपुटी गभर्नरको दरवन्दी भएको नेपाल राष्ट्र बैङ्कले लामो समयसम्म एक जनामा चित्त बुझाउनु पर् यो । अन्त्यमा दुबै पद रिक्त भएपछि गरिएको डेपुटी गभर्नर नियुक्ति पनि बिवादरहित रहेन । डेपुटी छनौटमा राजनीतिक भागबण्डा भएको र वरिष्ठताक्रमलाई वेवास्था गरिएको भन्दै केही कार्यकारी निर्देशकहरु नै सपथ ग्रहण कार्यक्रममा उपस्थित भएनन् ।
त्यसको लगत्तै राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका साचालक तथा सीइओको तलवभत्ता निर्धारण गर्ने निर्देशन जारी गर् यो । त्यसको सर्वत्र बिरोध भयो । कतिपयले त यस्तो नियमले दक्ष जनशक्ति बिदेश पलायन हुने र देशको बैङकिङ प्रणाली समस्याग्रस्त हुने अनुमान पनि गरे । त्यसको बहस सेलाउन नपाउँदै राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरुले लिने सेवा शुल्क तथा ब्याजदर अन्तर स्प्रेड मा नियन्त्रण गर्ने गरी अर्को निर्देशन जारी गर् यो । त्यस विषयले पनि वित्तीय क्षेत्रको कार्यकुशलतामा ह्रास ल्याउने गरी राष्ट्र बैङ्कले उनीहरुको व्यवसायिक अधिकारमा अङ्कुश लगाउने प्रयास गरेको अभिब्यक्ति सार्वजनिक भए । त्यसैगरी बैङ्क तथा वित्तीय संस्था सम्बन्धि ऐन बाफिया संशोधन प्रस्ताव माथि अर्को संशोधनमा प्रयोग भएका शब्दहरुले पनि देशको वित्तीय प्रणालीमा एक प्रकारको तरङग नै ल्यायो । यसमा त झन संसदले देशको मौद्रिक  अधिकारीको कार्यक्षेत्रमा हस्तक्षेप गरेको आरोप खेप्नु पर् यो । बैङ्कस्रहरुले त यसको खुलैर नै बिरोध गरे ।
गत वर्ष नै नेपाली वित्तीय प्रणालीमा केही नयाँ वित्तीय संस्थाहरु थपिए भने केहीले राष्ट्र बैङ्कको कारबाही खेप्न बाध्य भए । देशको वित्तीय प्रणालीमा ३ ओटा बाणिज्य बैङ्क थपिए भने २ विकास बैङ्क र १ वित्त कम्पनीलाई राष्ट्र बैङ्कले समस्याग्रस्त घोषणा गर् यो ।   (२०६८ -०१-०१ मा अभियान दैनिकमा प्रकाशित)

Comments

Popular posts from this blog

निजी बैङ्कको ऋण सरकारीमा सार्दै व्यवसायी

सरकारी बैङ्कप्रतिको विश्वास बढ्यो की कम ब्याजदरले तान्यो ? होमनाथ गैरे गत बैशाखमा काठमाडौंका एक व्यवसायीक फर्मले माछापुच्छ«े बैङ्कसँगको ऋण नेपाल बैङ्कमा सा¥यो । माछापुच्छ«ेको तुलनामा नेपाल बैङ्कको ब्याजदर कम भएकाले कारोबार सारेको श्रेष्ठ थरका त्यो फर्म सञ्चालकको भनाई थियो । ‘ऋण सारेको ४ महिनाको अवधीमा कम्तीमा २०÷२५ लाख रुपैयाँ ब्याज खर्च घट्यो,’ पाँचतारे होटेलको एक जमघटमा श्रेष्ठले भन्दै थिए, ‘पहिले नै जानकारी भएको भए अझ धेरै बचत हुने रहेछ ।’ गत साउन दोस्रो साता राष्ट्रिय बाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा जनकपुरका व्यवसायीको प्रतिनिधित्व गर्दै एक ब्यक्तिले ब्याजदरका विषयमा छलफल गर्दै थिए । आफुसँग १२÷१३ करोड रुपैयाँको पोर्टफोलियो भएकाले ब्याजदर मिलाई दिए सबै ग्राहक यता ल्याउने ती ब्यक्तिको भनाई थियो । नेपाल एसबीआई, नबिल, बङ्गलादेश जस्ता निजी बैङ्कसँग कारोबार गरिरहेको जनकपुरका व्यवसायीहरु सरकारी बैङ्कमा ब्याजदर कम भएको थाहा पाएपछि ऋण सार्न इच्छुक भएको ती प्रतिनिधिले बताए ।  माथिका घटनाले पछिल्लो समय निजीबाट सरकारी बैङ्कमा ऋण सार्ने (स्विच गर्ने) क्रम बढेको सङ्केत गर्दछन्...

सुनको मूल्यभित्रका वास्तविकता

सुनको मूल्यभित्रका वास्तविकता होमनाथ गैरे संसारमा शेयरपछि सबैभन्दा बढी मूल्य घटबढ हुने वस्तुमा सुन पर्छ । सुनको मूल्यमा हुने उतारचढावका साथै यसका कारण र प्रभावका विषयमा समय समयमा विभिन्न विचारहरू बाहिर आउने गरेका छन् । यस किसिमका भनाइ खासगरी डेरिभेटिभ बजारका लगानीकर्ता वा मूल्यमा भएको उतारचढावबाट छिटो पैसा कमाउन चाहने सट्टेबाजहरूबाट बढी आउने गरेको छ । विश्वअर्थतन्त्रमा हुने परिवर्तन, भूराजनीतिक अवस्था र सुनको उत्पादन, माग तथा आपूर्तीलाई कारण मान्दै यसको मूल्य अहिले अझै माथि जाने त कहिले अझै तल झर्ने भनाइहरू पनि सार्वजनिक हुने गरेका छन् । तर, विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित विज्ञ तथा अर्थशास्त्रीहरू भने सुनको मूल्यमा हुने त्यस्तो उतारचढावलाई अस्वाभाविक र कृत्रिम मान्दछन् । यसै सन्दर्भमा यस लेखमा सुनको विषयमा विद्यमान केही कथनहरूको चिरफार गर्ने प्रयास गरिएको छ । सुन महँगो धातु हो ? यो भनाइ सुनमा मात्रै नभएर सम्पत्तिका रूपमा उपयोग हुने वा मानव जीवनसँग गाँसिएका कुनै पनि वस्तुको हकमा उत्तिकै लागू हुन्छ । वास्तवमा यो प्रश्नको उत्तर निकै कठि...

Stock Market of Nepal: A Journey to Automation

April 2017 NRB Samachar 1.   Capital Markets Capital Markets are the markets consisting long-term securities issued by the government or a corporation. Capital Market typically relates with financial assets which have life spans of greater than one year. Capital Market is a means through which scattered saving and investable resources are converted into actual investment. Capital market is one of the several factors that play a prominent role in the economic development of the nation. The saving institutions such as banks, investment trusts or companies, specialized financial corporations and stock exchanges are some of the important constituents of capital market. The primary role of capital market is to allocate the economy’s capital stock among various productive sectors. Capital invested in such sectors acts as seed money and generates more funds for further investments. No modern corporation of any size can function effectively without ready access to capital markets...