Skip to main content

नेप्सेलाई हेरेर राजनीतिक सहमती गर

नेपालको शेयर बजार परिसूचक नेप्से लगभग ३ वर्षदेखी लगातार घटेर अहिले ५ वर्ष पहिलाको अवस्थामा आएको छ । ५ वर्ष पहिला अहिलेकै तहबाट बढ्न शुरु गरेको नेप्से परिसूचक २०६५ भदौ १५ गते अहिलेसम्मकै उच्च तह १ हजार १ सय ७५ सम्म पुगेर पुनः सोही तहमा आएको हो । प्राविधिक रुपमा यसलाई शतप्रतिशत रिट्रेसमेण्ट भएको भनिन्छ । बिश्व शेयर बजारको इतिहाँसमा यस्ता घटना बिरलै भेट्न सकिन्छ ।
देशको अर्थतन्त्रको ऐना मानिने शेयर बजार परिसूचकमा शतप्रतिशत वा सोभन्दा बढी रिट्रेसमेण्ट हुनुले सम्बन्धित अर्थतन्त्र चरम आर्थिक सङ्कटमा रहेको सङ्केत गर्छ । नेपालको शन्दर्भमा भने अर्थतन्त्र चरम सङ्कटमा पुगेको पुष्टी गर्ने आधारहरु बिकसित भइसकेका छैनन् । तर अर्थतन्त्र पूर्ण सबल र गतिशिल छ भन्ने पनि होइन । अर्थतन्त्रको आन्तरिक अवस्था दर्शाउने आधारभुत आर्थिक परिसूचकहरु कुल गार्हस्थ्य उत्पादन रोजगारी मूल्य बृद्धिदरका साथै मौदि्रक तथा वित्तीय स्थायित्व सरकारको अनुमानभन्दा प्रतिकुल बन्दै गएका छन् । त्यसैगरी अर्थतन्त्रको बाह्य क्षेत्रको वास्तविक अवस्था दर्शाउने परिसूचकहरु बैदेशिक ब्यापार सोधनान्तर स्थिती ऋणात्मक छ भने बिदेशी मुद्रा सिाचती खस्कदै गएको छ । सामान्य अर्थशास्त्रको सिद्धान्तलाई आधार मान्ने हो भने यसरी खस्कदै गएका बृहत आर्थिक परिसूचकको नकारात्मक प्रभाव नेप्सेमा परेको भन्न सकिएला तर नेप्सेको बिगतलाई हेर्ने हो भने यसो भन्नु पनि अपरिपक्क हुन सक्छ । किनभने एकाध वर्षबाहेक नेप्सेको १८ वर्षे ईतिहासमा देशको औसत आर्थिक अवस्थाको तुलनामा अहिलेको अवस्था धेरै कमजोर छ्रैन ।
नेप्सेले आफ्नो १८ वर्षे जिवन यात्रामा १२ वर्ष त मुलुकमा ब्याप्त सशत्र द्वव्द्वको सामना गर् यो । त्यसपछिका ३ वर्ष शान्ती स्थापना हुने र अर्थतन्त्रले गती लिने आशामा केही जुर्मुराउने प्रयास गरेको नेप्से अहिले पुनः उठ्नै नसक्ने गरी थचारीएको छ । १० वर्ष लामो सशत्र द्वन्द्वको अन्त्यसँगै २ सय ४० वर्ष लामो राजतन्त्रको पतन भएपछि देशमा दिगो शान्ती स्थापना हुने देशको आर्थिक सामाजिक पुनःसंरचना हुने र देशमा प्रशस्त बिदेशी लगानी भित्रिने अनुमान गरिएको थियो । साधन स्रोतले भरिपूर्ण तर आवश्यक वातावरण र पँजीको अभावमा उपयोग हुन नसकेको नेपाली अर्थतन्त्रमा लगानी गर्न बिश्वका धनाड्य तथा उदियमान अर्थतन्त्रका लगानीकर्ताहरु आकर्षित देखिएका पनि थिए । अर्थतन्त्रको बृद्धिलाई टेवा पूर् याउन पूँजी बजारको बिकास पनि अनिवार्य हुने स्थापित मान्यता नै हो । त्यही अनुमानमा तत्कालिन समयमा नेपाली शेयर बजार उकालो लागेको कुरालाई नकार्न मिल्दैन । संविधानसभाको निर्वाचनपछि बिकसित राजनीतिक घटनाक्रमले नेपाली तथा बिदेशी लगानीकर्ताहरुको अनुमानलाई गलत सावित गरिदियो । प्रमुख राजनीतिक दलहरु सत्ता मोहमा लिप्त भए । आर्थिक बिकासका मुद्दाहरु किनारा लागे र देशका आर्थिक तथा सामाजिक संरचनाहरु थप कमजोर बने भने उद्वण्डता दण्डहिनता र बिसृङ्खलता बढ्दै गयो । फलस्वरुप देशको अर्थतन्त्र अपेक्षाअनुरुप बिस्तारित हुन सकेन भएको बिस्तार पनि सङ्कुचित हुँदै गयो । त्यसैगरी अर्थतन्त्रको मेरुदण्ड मानिने वित्तीय प्रणालीमा समस्या उत्पन्न भयो र पूँजी बजार शेयर बजार पनि ओरालो लागेर अहिलेको अवस्थामा आयो ।
नेपालका राजनीतिक दल तथा तीनका नेताहरु यस बिषयमा अझै गम्भिर भएको देखिदैन । देशको अर्थतन्त्र तथा यसको ऐना मानिने शेयर बजार किन यस्तो अवस्थामा आयो र यसलाई सुधार गर्ने बिषयमा बहस गर्नुको सट्टा एक अर्कालाई दोष लगाउनमा नै उनीहरु ब्यस्त छन् । तर अब समय परिवर्तन भइसकेको छ । नेताहरुको बोली बिक्ने र उनीहरुले भनेकै भरमा बिदेशी कम्पनी वा दातृ संस्था वा सरकारहरुले लगानी गर्ने तथा ऋण दिने युगको अन्त्य भइसकेको छ । नेपाली जनतालाई जस्तै झुक्काएर बिदेशी सरकार वा व्यवसायीबाट लगानी भित्राउन सकिने अवस्था पनि छ्रैन । बरु भएका केही नेपाली लगानीकर्ताले पनि बिभिन्न बहानामा बिदेशमा लगानी बढाउन थाल्नेछन् । 
अहिले अन्तरराष्ट्रिय व्यवसायीहरुमा कुनै पनि नयाँ स्थानमा लगानी गर्दा वा ऋण दिँदा त्यो देशको कानुन राजनीतिक अवस्थाका साथै त्यहाँको पूँजी बजार वा शेयर बजारको पनि गहिरो अध्ययन गर्ने परम्परा स्थापित भइसकेको छ । त्यसकारण अब नेपालको आर्थिक बिकासलाई गती प्रदान गर्ने हो र सम्पन्न नेपाल निमार्ण गर्न चाहने हो भने नेपाली नेताहरुले नेप्से परिसुचकलाई हेरेर जतीसक्दो छिटो राजनीतिक सहमती कायम गर्नु पर्छ । र ध्वस्त हुनै लागेको एक मात्र शेयर बजारलाई बचाउनतिर लाग्नु पर्छ ।

Comments

Popular posts from this blog

निजी बैङ्कको ऋण सरकारीमा सार्दै व्यवसायी

सरकारी बैङ्कप्रतिको विश्वास बढ्यो की कम ब्याजदरले तान्यो ? होमनाथ गैरे गत बैशाखमा काठमाडौंका एक व्यवसायीक फर्मले माछापुच्छ«े बैङ्कसँगको ऋण नेपाल बैङ्कमा सा¥यो । माछापुच्छ«ेको तुलनामा नेपाल बैङ्कको ब्याजदर कम भएकाले कारोबार सारेको श्रेष्ठ थरका त्यो फर्म सञ्चालकको भनाई थियो । ‘ऋण सारेको ४ महिनाको अवधीमा कम्तीमा २०÷२५ लाख रुपैयाँ ब्याज खर्च घट्यो,’ पाँचतारे होटेलको एक जमघटमा श्रेष्ठले भन्दै थिए, ‘पहिले नै जानकारी भएको भए अझ धेरै बचत हुने रहेछ ।’ गत साउन दोस्रो साता राष्ट्रिय बाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा जनकपुरका व्यवसायीको प्रतिनिधित्व गर्दै एक ब्यक्तिले ब्याजदरका विषयमा छलफल गर्दै थिए । आफुसँग १२÷१३ करोड रुपैयाँको पोर्टफोलियो भएकाले ब्याजदर मिलाई दिए सबै ग्राहक यता ल्याउने ती ब्यक्तिको भनाई थियो । नेपाल एसबीआई, नबिल, बङ्गलादेश जस्ता निजी बैङ्कसँग कारोबार गरिरहेको जनकपुरका व्यवसायीहरु सरकारी बैङ्कमा ब्याजदर कम भएको थाहा पाएपछि ऋण सार्न इच्छुक भएको ती प्रतिनिधिले बताए ।  माथिका घटनाले पछिल्लो समय निजीबाट सरकारी बैङ्कमा ऋण सार्ने (स्विच गर्ने) क्रम बढेको सङ्केत गर्दछन्...

सुनको मूल्यभित्रका वास्तविकता

सुनको मूल्यभित्रका वास्तविकता होमनाथ गैरे संसारमा शेयरपछि सबैभन्दा बढी मूल्य घटबढ हुने वस्तुमा सुन पर्छ । सुनको मूल्यमा हुने उतारचढावका साथै यसका कारण र प्रभावका विषयमा समय समयमा विभिन्न विचारहरू बाहिर आउने गरेका छन् । यस किसिमका भनाइ खासगरी डेरिभेटिभ बजारका लगानीकर्ता वा मूल्यमा भएको उतारचढावबाट छिटो पैसा कमाउन चाहने सट्टेबाजहरूबाट बढी आउने गरेको छ । विश्वअर्थतन्त्रमा हुने परिवर्तन, भूराजनीतिक अवस्था र सुनको उत्पादन, माग तथा आपूर्तीलाई कारण मान्दै यसको मूल्य अहिले अझै माथि जाने त कहिले अझै तल झर्ने भनाइहरू पनि सार्वजनिक हुने गरेका छन् । तर, विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित विज्ञ तथा अर्थशास्त्रीहरू भने सुनको मूल्यमा हुने त्यस्तो उतारचढावलाई अस्वाभाविक र कृत्रिम मान्दछन् । यसै सन्दर्भमा यस लेखमा सुनको विषयमा विद्यमान केही कथनहरूको चिरफार गर्ने प्रयास गरिएको छ । सुन महँगो धातु हो ? यो भनाइ सुनमा मात्रै नभएर सम्पत्तिका रूपमा उपयोग हुने वा मानव जीवनसँग गाँसिएका कुनै पनि वस्तुको हकमा उत्तिकै लागू हुन्छ । वास्तवमा यो प्रश्नको उत्तर निकै कठि...

Stock Market of Nepal: A Journey to Automation

April 2017 NRB Samachar 1.   Capital Markets Capital Markets are the markets consisting long-term securities issued by the government or a corporation. Capital Market typically relates with financial assets which have life spans of greater than one year. Capital Market is a means through which scattered saving and investable resources are converted into actual investment. Capital market is one of the several factors that play a prominent role in the economic development of the nation. The saving institutions such as banks, investment trusts or companies, specialized financial corporations and stock exchanges are some of the important constituents of capital market. The primary role of capital market is to allocate the economy’s capital stock among various productive sectors. Capital invested in such sectors acts as seed money and generates more funds for further investments. No modern corporation of any size can function effectively without ready access to capital markets...