नेपालको शेयर बजार परिसूचक नेप्से लगभग ३ वर्षदेखी लगातार घटेर अहिले ५ वर्ष पहिलाको अवस्थामा आएको छ । ५ वर्ष पहिला अहिलेकै तहबाट बढ्न शुरु गरेको नेप्से परिसूचक २०६५ भदौ १५ गते अहिलेसम्मकै उच्च तह १ हजार १ सय ७५ सम्म पुगेर पुनः सोही तहमा आएको हो । प्राविधिक रुपमा यसलाई शतप्रतिशत रिट्रेसमेण्ट भएको भनिन्छ । बिश्व शेयर बजारको इतिहाँसमा यस्ता घटना बिरलै भेट्न सकिन्छ ।
देशको अर्थतन्त्रको ऐना मानिने शेयर बजार परिसूचकमा शतप्रतिशत वा सोभन्दा बढी रिट्रेसमेण्ट हुनुले सम्बन्धित अर्थतन्त्र चरम आर्थिक सङ्कटमा रहेको सङ्केत गर्छ । नेपालको शन्दर्भमा भने अर्थतन्त्र चरम सङ्कटमा पुगेको पुष्टी गर्ने आधारहरु बिकसित भइसकेका छैनन् । तर अर्थतन्त्र पूर्ण सबल र गतिशिल छ भन्ने पनि होइन । अर्थतन्त्रको आन्तरिक अवस्था दर्शाउने आधारभुत आर्थिक परिसूचकहरु कुल गार्हस्थ्य उत्पादन रोजगारी मूल्य बृद्धिदरका साथै मौदि्रक तथा वित्तीय स्थायित्व सरकारको अनुमानभन्दा प्रतिकुल बन्दै गएका छन् । त्यसैगरी अर्थतन्त्रको बाह्य क्षेत्रको वास्तविक अवस्था दर्शाउने परिसूचकहरु बैदेशिक ब्यापार सोधनान्तर स्थिती ऋणात्मक छ भने बिदेशी मुद्रा सिाचती खस्कदै गएको छ । सामान्य अर्थशास्त्रको सिद्धान्तलाई आधार मान्ने हो भने यसरी खस्कदै गएका बृहत आर्थिक परिसूचकको नकारात्मक प्रभाव नेप्सेमा परेको भन्न सकिएला तर नेप्सेको बिगतलाई हेर्ने हो भने यसो भन्नु पनि अपरिपक्क हुन सक्छ । किनभने एकाध वर्षबाहेक नेप्सेको १८ वर्षे ईतिहासमा देशको औसत आर्थिक अवस्थाको तुलनामा अहिलेको अवस्था धेरै कमजोर छ्रैन ।
नेप्सेले आफ्नो १८ वर्षे जिवन यात्रामा १२ वर्ष त मुलुकमा ब्याप्त सशत्र द्वव्द्वको सामना गर् यो । त्यसपछिका ३ वर्ष शान्ती स्थापना हुने र अर्थतन्त्रले गती लिने आशामा केही जुर्मुराउने प्रयास गरेको नेप्से अहिले पुनः उठ्नै नसक्ने गरी थचारीएको छ । १० वर्ष लामो सशत्र द्वन्द्वको अन्त्यसँगै २ सय ४० वर्ष लामो राजतन्त्रको पतन भएपछि देशमा दिगो शान्ती स्थापना हुने देशको आर्थिक सामाजिक पुनःसंरचना हुने र देशमा प्रशस्त बिदेशी लगानी भित्रिने अनुमान गरिएको थियो । साधन स्रोतले भरिपूर्ण तर आवश्यक वातावरण र पँजीको अभावमा उपयोग हुन नसकेको नेपाली अर्थतन्त्रमा लगानी गर्न बिश्वका धनाड्य तथा उदियमान अर्थतन्त्रका लगानीकर्ताहरु आकर्षित देखिएका पनि थिए । अर्थतन्त्रको बृद्धिलाई टेवा पूर् याउन पूँजी बजारको बिकास पनि अनिवार्य हुने स्थापित मान्यता नै हो । त्यही अनुमानमा तत्कालिन समयमा नेपाली शेयर बजार उकालो लागेको कुरालाई नकार्न मिल्दैन । संविधानसभाको निर्वाचनपछि बिकसित राजनीतिक घटनाक्रमले नेपाली तथा बिदेशी लगानीकर्ताहरुको अनुमानलाई गलत सावित गरिदियो । प्रमुख राजनीतिक दलहरु सत्ता मोहमा लिप्त भए । आर्थिक बिकासका मुद्दाहरु किनारा लागे र देशका आर्थिक तथा सामाजिक संरचनाहरु थप कमजोर बने भने उद्वण्डता दण्डहिनता र बिसृङ्खलता बढ्दै गयो । फलस्वरुप देशको अर्थतन्त्र अपेक्षाअनुरुप बिस्तारित हुन सकेन भएको बिस्तार पनि सङ्कुचित हुँदै गयो । त्यसैगरी अर्थतन्त्रको मेरुदण्ड मानिने वित्तीय प्रणालीमा समस्या उत्पन्न भयो र पूँजी बजार शेयर बजार पनि ओरालो लागेर अहिलेको अवस्थामा आयो ।
नेपालका राजनीतिक दल तथा तीनका नेताहरु यस बिषयमा अझै गम्भिर भएको देखिदैन । देशको अर्थतन्त्र तथा यसको ऐना मानिने शेयर बजार किन यस्तो अवस्थामा आयो र यसलाई सुधार गर्ने बिषयमा बहस गर्नुको सट्टा एक अर्कालाई दोष लगाउनमा नै उनीहरु ब्यस्त छन् । तर अब समय परिवर्तन भइसकेको छ । नेताहरुको बोली बिक्ने र उनीहरुले भनेकै भरमा बिदेशी कम्पनी वा दातृ संस्था वा सरकारहरुले लगानी गर्ने तथा ऋण दिने युगको अन्त्य भइसकेको छ । नेपाली जनतालाई जस्तै झुक्काएर बिदेशी सरकार वा व्यवसायीबाट लगानी भित्राउन सकिने अवस्था पनि छ्रैन । बरु भएका केही नेपाली लगानीकर्ताले पनि बिभिन्न बहानामा बिदेशमा लगानी बढाउन थाल्नेछन् ।
अहिले अन्तरराष्ट्रिय व्यवसायीहरुमा कुनै पनि नयाँ स्थानमा लगानी गर्दा वा ऋण दिँदा त्यो देशको कानुन राजनीतिक अवस्थाका साथै त्यहाँको पूँजी बजार वा शेयर बजारको पनि गहिरो अध्ययन गर्ने परम्परा स्थापित भइसकेको छ । त्यसकारण अब नेपालको आर्थिक बिकासलाई गती प्रदान गर्ने हो र सम्पन्न नेपाल निमार्ण गर्न चाहने हो भने नेपाली नेताहरुले नेप्से परिसुचकलाई हेरेर जतीसक्दो छिटो राजनीतिक सहमती कायम गर्नु पर्छ । र ध्वस्त हुनै लागेको एक मात्र शेयर बजारलाई बचाउनतिर लाग्नु पर्छ ।

Comments
Post a Comment