होमनाथ गैरे
गत बिहीवार नेप्से परिसूचक ३ सय ५० को तहलाई पनि तोडेर ३ सय ४७ दशमलव ७३ मा बन्द भएको छ । नेप्सेको इतिहासमा यो ५ वर्षभन्दा पनि पहिलेको तह हो । ५ वर्षपहिला मुलुकमा सशस्त्र द्वन्द्व थियो । र अर्थतन्त्रको वृद्धिदर एक प्रतिशतको हाराहारीमा थियो । अहिले त्यो अवस्था छैन । तैपनि समग्र अर्थतन्त्रको ऐना मानिने शेयर बजार परिसूचक यति तल पुग्नु गतिलो सङ्केत होइन । ५ वर्षपहिलाको तुलनामा अहिले मुलुकको अर्थतन्त्र केही न केही सुधार भएकै छ । त्यसकारण नेपाली शेयर बजार विगत ३ वर्षदेखि लगातार बियरिश चालमा हिँड्नुका पछाडिको कारण मुलुकको आर्थिक अवस्था नै हो वा अर्थात केही हो छुट्टै खोजी गर्नुपर्ने विषय भएको छ ।
गत हप्ता नेप्सेले दीर्घकालीन रुपमा बलियो टेवा मानिएको ३ सय ५० को तहलाई पनि तोडेर तल आएपछि त यो विषय झन् गम्भीर बनेको छ । यस विषयमा शेयर लगानीकर्ता तथा दलाल बजार साचालक तथा नियामक निकाय र अर्थशास्त्री तथा शेयर बजार विश्लेषकका धारणा फरकफरक छन् । लगानीकर्ता तथा शेयर दलालहरुले शेयर बजार घट्नुको सबै दोष शेयर बजार साचालक नेप्से नियामक धितोपत्र बोर्ड का साथै देशको मौदि्रक अधिकारी नेपाल राष्ट्र बैङ्कलाई लगाउने गर्छन् । नेप्से तथा धितोपत्र बोर्डका बीचमा उचित समन्वय नहुँदा बजारका आधारभूत पूर्वाधार विकासमा कम प्राथमिकता दिएकाले बजार आधुनिकीकरण हुन नसक्दा शेयर बजार लगातार घटेको लगानीकर्ताहरुको आरोप छ । त्यसैगरी नियामक निकाय तथा सरकारका अपरिपक्व र अदूरदर्शी नीतिनियमका साथै उच्चपदस्थ व्यक्तिका गैरजिम्मेवार अभिव्यक्तिले शेयर बजारप्रति सर्वसाधारणको विश्वास घट्दै जाँदा बजार घटेको तर्क शेयर दलालहरुको छ ।
उता नियामक निकायहरुको तर्क भने यसको बिल्कुल विपरीत छ । लगानीकर्ताहरुले कम्पनीहरुको आधारभूत अवस्था तथा मुलुकको समग्र अर्थतन्त्रको विश्लेषण नै नगरीकन र शेयर बजारको घटबढ भइरहने स्वभावलाई समेत बेवास्ता गरेर अन्धाधुन्ध लगानी गरेकाले ३-४ वर्षपहिला बजार अस्वाभाविक रुपमा बढेको तर्क गर्दै उनीहरु भन्छन् 'बजार सधैंभरि बढिरहने अनुमानमा आफूसँग पूँजी नभएकाहरुले पनि ऋण लिएर लगानी गरे र अहिले समस्यामा परे ।' तर अस्वाभाविक रुपमा बढेको बजार स्वाभाविक रुपले घट्दा सरकारले केही गरेन वा नियामक निकायले सहयोग गरेनन् भन्नु जायज नभएको उनीहरुको तर्क छ । त्यसैगरी नयाँ तथा शेयर बजारका बारेमा जानकारी नै नभएकालाई जथाभावी लगानी गर्न उक्साएको र शेयर बजारको जोखिमका विषयमा बुझाउन नसकेको आरोप शेयर दलालहरुमाथि लाग्ने गरेको छ । फलस्वरुप शेयरमा सधैं नाफा हुन्छ भनेर लगानी गरेकाहरु अहिले बजार घट्दा हतोत्साही भएर शेयर विक्री गरेकाले पनि थप मूल्य घटेको भन्ने नियामक निकायका केही विश्लेषकहरुको भनाइ छ ।
अर्थशास्त्री तथा शेयर विश्लेषकहरुको भनाइ भने केही फरक छ । शेयर बजार लगातार ओरालो लाग्नुमा मुलुकमा व्याप्त आर्थिक सामाजिक तथा राजनीतिक समस्याका साथै लगानीकर्ताहरुको अविवेकी लगानी निर्णयलाई पनि उनीहरु दोष दिन्छन् । यस भनाइमा रहेको महत्वपूर्ण आधारभूत सत्य के हो भने कुनै पनि देशको शेयर बजार त्यस देशको राजनीतिक अवस्था अर्थतन्त्रको गति लगानीयोग्य तरलताका साथै ब्याजदरमा पनि भर पर्छ । तर त्योभन्दा बढी यो लगानीकर्ताको मनोबलमा भर पर्छ । अहिले नेपालको शेयर बजार विगतमा लगानीकर्ताको गलत तथा अदूरदर्शी लगानी निर्णयका साथै उनीहरुमा व्याप्त कमजोर मनोबल दुवैको शिकार भएको हो ।
३-४ वर्षपहिला शेयर बजार लगातार उकालो लागेको अवस्थामा नेपाली लगानीकर्ताहरुले आवश्यक विश्लेषणविना नै लगानी गरे । सूचीकृत कम्पनीहरुको अधारभूत तथा प्राविधिक विश्लेषण त टाढाको कुरा भयो लगानी विविधीकरणको सामान्य सिद्धान्तको पनि बेवास्ता गरियो । प्रतिशेयर खुद सम्पत्ति र किताबी मूल्य अङ्कित मूल्य १ सयभन्दा कम भएका कम्पनीको शेयर पनि हजार रुपैयाँभन्दा धेरैमा किनबेच भए । शेयर बजार राम्रोसँग बुझेका वित्त व्यवस्थापनका प्राध्यापकहरुले पनि आफूसँग भएका शेयर धितो राख्दै ऋण लिएर आपुनो क्षमताभन्दा धेरै लगानी गरे अनि त्यही थप शेयरको धितोमा थप ऋण लिएर लगानी बढाउँदै गए । जब शेयरमूल्य ओरालो लाग्यो अनि क्रमशः सबै लगानीकर्ताहरु सङ्कटमा पर्दै गए । ऋणको साँवा-ब्याजको किस्ता तथा मार्जिन कुल भुक्तानीको दोहोरो दायित्व पूरा गर्न लगानीकर्ताहरुलाई गाह्रो पर्दै गयो । त्यो दायित्व पूरा गर्नकै लागि उनीहरु नयाँ ऋण लिन वा आफूसँग भएका शेयर विक्री गर्न बाध्य हुँदै गए । शेयरमा लगानी गरेर मनग्गे पैसा कमाउने आशामा ऋण लिएर लगानी गरेकाहरुले यसरी आफू ऋणको पाशोमा डेब्ट ट्रुपमा फसेको पत्तै पाएनन् । फलस्वरुप बजारमा कहलिएका ठूला लगानीकर्ताहरुसमेत घट्दो बजारमा शेयर विक्री गर्न बाध्य भए ।
बजार थप ओरालो लाग्दै गएपछि ऋणको किस्ता तथा मार्जिन कल थपिँदै गयो र कममूल्यमा नै भए पनि शेयर नबेची त्यसको भुक्तानी गर्न नसक्ने अवस्था बन्दै गयो । त्यसले पहिले नै आपूर्ति बढेर ओरालो लागेको शेयर बजारमा थप विक्री चाप बढायो र नेप्से परिसूचकले एकपछि अर्को टेवा तोड्दै गयो । अन्ततः गत हप्ता नेप्से ३ सय ५० को तहसमेत तोडेर तल आएर बन्द भएको छ । लगानीकर्ताहरु ऋणको पाशोबाट मुक्त नभएसम्म वा बैङ्किङ प्रणालीमा थप पूँजी प्रवाह गरेर लगानी नबढाएसम्म यसमा सुधार आउने सम्भावना कमै देखिन्छ ।

Comments
Post a Comment