Skip to main content

लगानीकर्ता ऋणको फन्दामा - नेप्से ३ सय ५० तल

होमनाथ गैरे
गत बिहीवार नेप्से परिसूचक ३ सय ५० को तहलाई पनि तोडेर ३ सय ४७ दशमलव ७३ मा बन्द भएको छ । नेप्सेको इतिहासमा यो ५ वर्षभन्दा पनि पहिलेको तह हो । ५ वर्षपहिला मुलुकमा सशस्त्र द्वन्द्व थियो । र अर्थतन्त्रको वृद्धिदर एक प्रतिशतको हाराहारीमा थियो । अहिले त्यो अवस्था छैन । तैपनि समग्र अर्थतन्त्रको ऐना मानिने शेयर बजार परिसूचक यति तल पुग्नु गतिलो सङ्केत होइन । ५ वर्षपहिलाको तुलनामा अहिले मुलुकको अर्थतन्त्र केही न केही सुधार भएकै छ । त्यसकारण नेपाली शेयर बजार विगत ३ वर्षदेखि लगातार बियरिश चालमा हिँड्नुका पछाडिको कारण मुलुकको आर्थिक अवस्था नै हो वा अर्थात केही हो छुट्टै खोजी गर्नुपर्ने विषय भएको छ ।
गत हप्ता नेप्सेले दीर्घकालीन रुपमा बलियो टेवा मानिएको ३ सय ५० को तहलाई पनि तोडेर तल आएपछि त यो विषय झन् गम्भीर बनेको छ । यस विषयमा शेयर लगानीकर्ता तथा दलाल बजार साचालक तथा नियामक निकाय र अर्थशास्त्री तथा शेयर बजार विश्लेषकका धारणा फरकफरक छन् । लगानीकर्ता तथा शेयर दलालहरुले शेयर बजार घट्नुको सबै दोष शेयर बजार साचालक नेप्से नियामक धितोपत्र बोर्ड का साथै देशको मौदि्रक अधिकारी नेपाल राष्ट्र बैङ्कलाई लगाउने गर्छन् । नेप्से तथा धितोपत्र बोर्डका बीचमा उचित समन्वय नहुँदा बजारका आधारभूत पूर्वाधार विकासमा कम प्राथमिकता दिएकाले बजार आधुनिकीकरण हुन नसक्दा शेयर बजार लगातार घटेको लगानीकर्ताहरुको आरोप छ । त्यसैगरी नियामक निकाय तथा सरकारका अपरिपक्व र अदूरदर्शी नीतिनियमका साथै उच्चपदस्थ व्यक्तिका गैरजिम्मेवार अभिव्यक्तिले शेयर बजारप्रति सर्वसाधारणको विश्वास घट्दै जाँदा बजार घटेको तर्क शेयर दलालहरुको छ ।
उता नियामक निकायहरुको तर्क भने यसको बिल्कुल विपरीत छ । लगानीकर्ताहरुले कम्पनीहरुको आधारभूत अवस्था तथा मुलुकको समग्र अर्थतन्त्रको विश्लेषण नै नगरीकन र शेयर बजारको घटबढ भइरहने स्वभावलाई समेत बेवास्ता गरेर अन्धाधुन्ध लगानी गरेकाले ३-४ वर्षपहिला बजार अस्वाभाविक रुपमा बढेको तर्क गर्दै उनीहरु भन्छन् 'बजार सधैंभरि बढिरहने अनुमानमा आफूसँग पूँजी नभएकाहरुले पनि ऋण लिएर लगानी गरे र अहिले समस्यामा परे ।'  तर अस्वाभाविक रुपमा बढेको बजार स्वाभाविक रुपले घट्दा सरकारले केही गरेन वा नियामक निकायले सहयोग गरेनन् भन्नु जायज नभएको उनीहरुको तर्क छ । त्यसैगरी नयाँ तथा शेयर बजारका बारेमा जानकारी नै नभएकालाई जथाभावी लगानी गर्न उक्साएको र शेयर बजारको जोखिमका विषयमा बुझाउन नसकेको आरोप शेयर दलालहरुमाथि लाग्ने गरेको छ । फलस्वरुप शेयरमा सधैं नाफा हुन्छ भनेर लगानी गरेकाहरु अहिले बजार घट्दा हतोत्साही भएर शेयर विक्री गरेकाले पनि थप मूल्य घटेको भन्ने नियामक निकायका केही विश्लेषकहरुको भनाइ छ ।
अर्थशास्त्री तथा शेयर विश्लेषकहरुको भनाइ भने केही फरक छ । शेयर बजार लगातार ओरालो लाग्नुमा मुलुकमा व्याप्त आर्थिक सामाजिक तथा राजनीतिक समस्याका साथै लगानीकर्ताहरुको अविवेकी लगानी निर्णयलाई पनि उनीहरु दोष दिन्छन् । यस भनाइमा रहेको महत्वपूर्ण आधारभूत सत्य के हो भने कुनै पनि देशको शेयर बजार त्यस देशको राजनीतिक अवस्था अर्थतन्त्रको गति लगानीयोग्य तरलताका साथै ब्याजदरमा पनि भर पर्छ । तर त्योभन्दा बढी यो लगानीकर्ताको मनोबलमा भर पर्छ । अहिले नेपालको शेयर बजार विगतमा लगानीकर्ताको गलत तथा अदूरदर्शी लगानी निर्णयका साथै उनीहरुमा व्याप्त कमजोर मनोबल दुवैको शिकार भएको हो ।
३-४ वर्षपहिला शेयर बजार लगातार उकालो लागेको अवस्थामा नेपाली लगानीकर्ताहरुले आवश्यक विश्लेषणविना नै लगानी गरे । सूचीकृत कम्पनीहरुको अधारभूत तथा प्राविधिक विश्लेषण त टाढाको कुरा भयो लगानी विविधीकरणको सामान्य सिद्धान्तको पनि बेवास्ता गरियो । प्रतिशेयर खुद सम्पत्ति र किताबी मूल्य अङ्कित मूल्य १ सयभन्दा कम भएका कम्पनीको शेयर पनि हजार रुपैयाँभन्दा धेरैमा किनबेच भए । शेयर बजार राम्रोसँग बुझेका वित्त व्यवस्थापनका प्राध्यापकहरुले पनि आफूसँग भएका शेयर धितो राख्दै ऋण लिएर आपुनो क्षमताभन्दा धेरै लगानी गरे अनि त्यही थप शेयरको धितोमा थप ऋण लिएर लगानी बढाउँदै गए । जब शेयरमूल्य ओरालो लाग्यो अनि क्रमशः सबै लगानीकर्ताहरु सङ्कटमा पर्दै गए । ऋणको साँवा-ब्याजको किस्ता तथा मार्जिन कुल भुक्तानीको दोहोरो दायित्व पूरा गर्न लगानीकर्ताहरुलाई गाह्रो पर्दै गयो । त्यो दायित्व पूरा गर्नकै लागि उनीहरु नयाँ ऋण लिन वा आफूसँग भएका शेयर विक्री गर्न बाध्य हुँदै गए । शेयरमा लगानी गरेर मनग्गे पैसा कमाउने आशामा ऋण लिएर लगानी गरेकाहरुले यसरी आफू ऋणको पाशोमा डेब्ट ट्रुपमा फसेको पत्तै पाएनन् । फलस्वरुप बजारमा कहलिएका ठूला लगानीकर्ताहरुसमेत घट्दो बजारमा शेयर विक्री गर्न बाध्य भए ।
बजार थप ओरालो लाग्दै गएपछि ऋणको किस्ता तथा मार्जिन कल थपिँदै गयो र कममूल्यमा नै भए पनि शेयर नबेची त्यसको भुक्तानी गर्न नसक्ने अवस्था बन्दै गयो । त्यसले पहिले नै आपूर्ति बढेर ओरालो लागेको शेयर बजारमा थप विक्री चाप बढायो र नेप्से परिसूचकले एकपछि अर्को टेवा तोड्दै गयो । अन्ततः गत हप्ता नेप्से ३ सय ५० को तहसमेत तोडेर तल आएर बन्द भएको छ । लगानीकर्ताहरु ऋणको पाशोबाट मुक्त नभएसम्म वा बैङ्किङ प्रणालीमा थप पूँजी प्रवाह गरेर लगानी नबढाएसम्म यसमा सुधार आउने सम्भावना कमै देखिन्छ ।

Comments

Popular posts from this blog

निजी बैङ्कको ऋण सरकारीमा सार्दै व्यवसायी

सरकारी बैङ्कप्रतिको विश्वास बढ्यो की कम ब्याजदरले तान्यो ? होमनाथ गैरे गत बैशाखमा काठमाडौंका एक व्यवसायीक फर्मले माछापुच्छ«े बैङ्कसँगको ऋण नेपाल बैङ्कमा सा¥यो । माछापुच्छ«ेको तुलनामा नेपाल बैङ्कको ब्याजदर कम भएकाले कारोबार सारेको श्रेष्ठ थरका त्यो फर्म सञ्चालकको भनाई थियो । ‘ऋण सारेको ४ महिनाको अवधीमा कम्तीमा २०÷२५ लाख रुपैयाँ ब्याज खर्च घट्यो,’ पाँचतारे होटेलको एक जमघटमा श्रेष्ठले भन्दै थिए, ‘पहिले नै जानकारी भएको भए अझ धेरै बचत हुने रहेछ ।’ गत साउन दोस्रो साता राष्ट्रिय बाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा जनकपुरका व्यवसायीको प्रतिनिधित्व गर्दै एक ब्यक्तिले ब्याजदरका विषयमा छलफल गर्दै थिए । आफुसँग १२÷१३ करोड रुपैयाँको पोर्टफोलियो भएकाले ब्याजदर मिलाई दिए सबै ग्राहक यता ल्याउने ती ब्यक्तिको भनाई थियो । नेपाल एसबीआई, नबिल, बङ्गलादेश जस्ता निजी बैङ्कसँग कारोबार गरिरहेको जनकपुरका व्यवसायीहरु सरकारी बैङ्कमा ब्याजदर कम भएको थाहा पाएपछि ऋण सार्न इच्छुक भएको ती प्रतिनिधिले बताए ।  माथिका घटनाले पछिल्लो समय निजीबाट सरकारी बैङ्कमा ऋण सार्ने (स्विच गर्ने) क्रम बढेको सङ्केत गर्दछन्...

सुनको मूल्यभित्रका वास्तविकता

सुनको मूल्यभित्रका वास्तविकता होमनाथ गैरे संसारमा शेयरपछि सबैभन्दा बढी मूल्य घटबढ हुने वस्तुमा सुन पर्छ । सुनको मूल्यमा हुने उतारचढावका साथै यसका कारण र प्रभावका विषयमा समय समयमा विभिन्न विचारहरू बाहिर आउने गरेका छन् । यस किसिमका भनाइ खासगरी डेरिभेटिभ बजारका लगानीकर्ता वा मूल्यमा भएको उतारचढावबाट छिटो पैसा कमाउन चाहने सट्टेबाजहरूबाट बढी आउने गरेको छ । विश्वअर्थतन्त्रमा हुने परिवर्तन, भूराजनीतिक अवस्था र सुनको उत्पादन, माग तथा आपूर्तीलाई कारण मान्दै यसको मूल्य अहिले अझै माथि जाने त कहिले अझै तल झर्ने भनाइहरू पनि सार्वजनिक हुने गरेका छन् । तर, विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित विज्ञ तथा अर्थशास्त्रीहरू भने सुनको मूल्यमा हुने त्यस्तो उतारचढावलाई अस्वाभाविक र कृत्रिम मान्दछन् । यसै सन्दर्भमा यस लेखमा सुनको विषयमा विद्यमान केही कथनहरूको चिरफार गर्ने प्रयास गरिएको छ । सुन महँगो धातु हो ? यो भनाइ सुनमा मात्रै नभएर सम्पत्तिका रूपमा उपयोग हुने वा मानव जीवनसँग गाँसिएका कुनै पनि वस्तुको हकमा उत्तिकै लागू हुन्छ । वास्तवमा यो प्रश्नको उत्तर निकै कठि...

Stock Market of Nepal: A Journey to Automation

April 2017 NRB Samachar 1.   Capital Markets Capital Markets are the markets consisting long-term securities issued by the government or a corporation. Capital Market typically relates with financial assets which have life spans of greater than one year. Capital Market is a means through which scattered saving and investable resources are converted into actual investment. Capital market is one of the several factors that play a prominent role in the economic development of the nation. The saving institutions such as banks, investment trusts or companies, specialized financial corporations and stock exchanges are some of the important constituents of capital market. The primary role of capital market is to allocate the economy’s capital stock among various productive sectors. Capital invested in such sectors acts as seed money and generates more funds for further investments. No modern corporation of any size can function effectively without ready access to capital markets...