१) शेयरको मूल्यका पछाडी नलागौं । यसको अर्थ शेयर मूल्यमा सामान्य तलमाथि हुँदैमा किनबेच गर्न नहतारिऔं । बजार स्वभाव नै तलमाथि गर्ने भएकाले यसलाई स्वभाविक मान्नु पर्छ । यदी बजार हुने मूल्य घटबढ सबैलाई उपयोग गर्न खोज्यो भने फस्न पनि सकिन्छ ।
२) बजारमा सबैजना हतोत्साही भएर अत्तालिएको समयमा ढुक्क भएर शेयर खरिद गर्नु । यसको अर्थ शेयर मूल्यमा उतार चढावको समयमा वा केही घटेको समयमा हतारिएर शेयर बेच्नु हुँदैन् भन्ने हो । त्यसैले अरु सबै हतारिएर बेच्न खोज्दा आँफुले धैर्य भएर खरिद गर्नु उत्तम मानिन्छ ।
३) सम्भव भएसम्म आधारभुत बिश्लेषणका आधारमा उत्कृष्ट ठहरिएका र बजारमा न्यून मूल्य भएका शेयर खरिद गर्नु राम्रो । यसका लागि आधारभुत तथा प्राबिधिक बिश्लेषणका विभिन्न उपकरणहरु प्रयोग गर्न सकिन्छ ।
४) बिगत वर्षहरुमा उच्चदरमा बढेका तथा न्यूनदरमा शेयर मूल्य बढेका कम्पनीहरुको संयोजन गरेर लगानी गर्नु बुद्धिमानी हुन्छ । किनभने सबै कम्पनीहरुले सधैभरि एउटै दरमा नाफा गर्छन् भन्न सकिदैन् । त्यसैले गत वर्ष उच्च दरमा शेयर यस वर्ष घट्न पनि सक्छ वा गत वर्ष उच्च दरमा घटेको शेयर यस वर्ष बढ्न पनि सक्छ ।
५) सधैभरि सक्षम व्यवस्थापन भएका कम्पनीको शेयरमा मात्रै लगानी गर्नु बुद्धिमानी हुन्छ ।
६) व्यवसायमा नोक्सान ब्यहोरेका कम्पनीहरुको शेयरमा झुक्किएर पनि लगानी नगर्नुस ।
७) कम्पनीको प्रतिफल प्रदान गर्न सक्ने क्षमता (प्रोफिटाविलिटी) त्यसको उचित बजार मूल्य पत्ता लगाउन प्रतिशेयर आयको बृद्धिदर र मूल्य-आम्दानी अनुपातलाई महत्वपुर्ण उपकरणका रुपमा लिइन्छ ।
८) कुनै पनि कम्पनीको शेयरमा लगानी गर्नुभन्दा पहिला त्यसले बिगतमा प्रदान गरेको नगद लाभांष तथा त्यसको बृद्धिदरका बारेमा जानकारी लिनु राम्रो मानिन्छ ।
९) अरु सबैले बिकि्र गरिरहेको समयमा खरिद र उनीहरुले खरिद गरिरहेको समयमा बिकि्र गर्नु सुरक्षित मानिन्छ ।
१०) व्यवसायिक लगानीकर्ता बन्न चाहनेले कुनै निस्चित रकम हरेक महिना लगानी गर्दै जानु पर्छ ।

Comments
Post a Comment