होमनाथ गैरे
विसं २०६७ ले नेपाली शेयर बजारका लगानीकर्ताहरुलाई निराश बनाएर गएपछि उनीहरुले नयाँ वर्ष २०६८ का सम्भावना खोतल्न थालेका छन् । २०६७ मा अधिकांश सूचीकृत कम्पनीहरुको मूल्य ओरालो लाग्दा नेप्से परिसूचक दुईतिहाइभन्दा धेरैले घट्यो । फलस्वरुप पूँजीबजारबाट लगानीकर्ताहरुले अर्बौं रुपैयाँ गुमाए । अब नयाँ वर्षमा केही सकारात्मक समाचारहरु आएर शेयर बजारमा वृद्धि होला र अघिल्ला वर्षहरुमा गुमेको लगानी फिर्ता होला भन्ने सबैको आशा छ । साथै चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण पनि प्रकाशित हुने बेला भएको छ । त्यसमा सूचीकृत कम्पनीहरुको नाफा बढ्ने अनुमानले शेयरमूल्यमा केही सुधार हुने सङ्केत पनि देखिएको छ । यसबाट वर्ष २०६८ बाट लगानीकर्ताहरुले साँच्चै केही अपेक्षा गरेको बुभुन सकिन्छ ।
तर २०६७ मा शेयर बजार घट्नुको कारण मानिएका विषयमा अहिले पनि खासै सुधार हुन सकेको छैन । सबैभन्दा प्रमुख कारक मानिएको राजनीतिक अन्योल झन् जटिल बन्दै गएको छ । बैङ्किङ प्रणालीमा विद्यमान तरलता सङ्कट सुधि्रन सकेको छैन । गतवर्ष बजारमा शेयरको मागको तुलनामा आपूर्ति अत्यधिक भएकाले मूल्य कम भएको मानिएको थियो । यस विश्लेषणलाई आधार मान्ने हो भने यस वर्ष पनि बजारमा शेयरको आपूर्ति अझै बढ्ने सम्भावना छ । नेपाल राष्ट्र बैङ्कले नयाँ बैङ्क तथा वित्तीय संस्थाहरु खोल्न कडाइ गरे पनि पहिले नै स्थापना भएका संस्थाहरु अर्बौं रुपैयाँका शेयर जारी गर्ने तयारीमा छन् । नेपाल धितोपत्र बोर्डको तथ्याङ्कअनुसार अहिले विभिन्न कम्पनीले १५ लाख कित्ताभन्दा धेरै शेयर जारी गर्ने अनुमति लिइसकेका छन् । त्यसैगरी १ अर्ब १८ करोडभन्दा धेरै कित्ता शेयर प्राथमिक निष्कासन आईपीओ दोस्रो सार्वजनिक निष्कासन एफपीओ तथा हकप्रद निष्कासनमार्फत जारी गर्न तीन दर्जनजति कम्पनी बोर्डको अनुमति पर्खिरहेका छन् । साथै रु। ३० करोडका संस्थागत ऋणपत्र जारी गर्ने प्रस्ताव पनि बोर्डको अनुमतिको पर्खाइमा छ ।
यसरी हेर्दा बजारलाई २०६७ मा बियरिश बन्न बाध्य पारेका प्रमुख कारकहरुमा सुधार भइहाल्ने कुनै बलियो आधार अहिलेसम्म देखिएको छैन । साथै सरकारले पनि देशको आर्थिक आधार बलियो बनाउने खालका ठोस नीति तथा कार्यक्रम बनाउनतिर ध्यान दिन सकेको छैन । पहिला नै बनाइएका नीति तथा कार्यक्रमहरुको कार्यान्वयन गरेर अर्थतन्त्रमा मूल्य अभिवृद्धि गर्न पनि सकेको छैन । त्यसको सट्टा छिटो बजेट ल्याएर सरकारको ढुकुटीमा भएको रकम आफूखुशी बाँडेर सिध्याउने ध्याउन्नमा सरकार लागेको देखिन्छ । यी सबै कुराहरुको विश्लेषण गर्दा थला परेको नेपालको शेयर बजार तत्कालै उकालो लागि हाल्ने आधार फेला पार्न निकै कठिन छ ।
कुनै पनि लगानीको मूल उद्देश्य प्रतिफल हो । विवेकशील लगानीकर्ताले जहिले पनि तुलनात्मक रुपमा बढी प्रतिफल आउने सम्पत्तिमा लगानी गर्छ । यसआधारमा अहिले नेपाली शेयर बजारको प्रतिफलभन्दा बैङ्क निक्षेपको ब्याजदर बढी छ । निक्षेपको ब्याजदर बढी भएपछि स्वभावैले कर्जा पनि महँगो छ । फलस्वरुप मुद्राबजारबाट ऋण लिएर पूँजीबजारमा लगानी थपिने सम्भावना पनि न्यून देखिएको छ । साथै शेयर बजारको वृद्धिमा प्रत्यक्ष प्रभाव पार्ने लगानीकर्ताको मनोबल पनि अहिले निकै खस्केको देखिन्छ । त्यसमा तत्कालै नाटकीय रुपमा परिवर्तन हुने अवस्था सृजना भइसकेको छैन । फलस्वरुप नेपाली शेयर बजारमा उच्च वृद्धिको आशा गर्ने स्थान निकै कम देखिएको छ ।
यति हुँदाहुँदै पनि शेयर बजारको पूर्वाधार विकास गर्ने र संस्थागत लगानीलाई सहज बनाउने प्रयास भएकाले शेयर बजार अहिलेको भन्दा अझै तल जाने सम्भावना भने छैन । तसर्थ लगानीकर्ताहरु निराश भइहाल्नु पर्ने अवस्था देखिँदैन । परम्परागत रुपमा चलिरहेको बजारलाई आधुनिकीकरण गर्ने र स्वचालित बनाउने प्रयास भएका छन् । त्यसैका लागि केन्द्रीय निक्षेप प्रणाली स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । यसका लागि सफ्टवेयर निर्माण भइसकेको छ भने यो प्रणाली कार्यान्वयनका लागि छुट्टै कम्पनी पनि स्थापना भइसकेको छ । त्यसैगरी वाणिज्य बैङ्कहरुलाई सहायक कम्पनीमार्फत सामूहिक लगानीकोष म्युचुअल फण्ड साचालन गर्न पाउने गरी नियमावली तयार भएको छ । यसैका आधारमा केही बैङ्कहरु फण्ड साचालन गर्न इच्छुक पनि देखिएका छन् । म्युचुअल फण्ड स्थापना भएमा बजारमा बढेको शेयरको आपूर्ति धान्नेगरी थप माग सृजना हुन सक्छ र विस्तारै मूल्य बढ्न सहयोग पुग्छ । साथै नेपाल राष्ट्र बैङ्कले शेयरको धितोमा दिने कर्जालाई केही खुकुलो बनाएको छ । त्यसले पनि बजारमा शेयरको माग बढ्न सहयोग गर्नेछ वा आपूर्ति थप बढ्न दिनेछैन । फलस्वरुप बजारमा शेयरको माग र आपूर्तिबीचको असन्तुलन कम हुने र मूल्य उकालो लाग्ने अनुमान गर्न सकिन्छ ।
प्राविधिक विश्लेषणका आधारमा शेयर बजार अहिलेको अवस्थाबाट बढ्ने प्रशस्त आधार छन् । पहिलो त नेप्से परिसूचक अत्यधिक विक्री ओभरसोल्ड जोन को न्यूनतम तहमा पुगेर फर्किने सङ्केत देखिएको छ । चक्रीय सिद्धान्तका आधारमा पनि नेप्सेले बियरिश चालका सबै चक्र पूरा गरेको छ । त्यसकारण यसको अबको गति भनेको बुलिश चाल नै हो । कालो बादलमा चाँदीको घेरा भनेझैं देशको राजनीतिक अवस्था पनि सधैं अहिलेकै जस्तो अस्थिर नरहन सक्छ । अवश्य पनि केही सुधार हुन सक्छ । त्यसले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने र आर्थिक गतिविधिसहित शेयर बजारमा पनि सुधार हुने अपेक्षा गर्ने ठाउँ बाँकी नै छ ।
समग्रमा नयाँ वर्ष २०६८ नेपाली शेयर बजारका लागि केही हदसम्म भए पनि सन्तोषप्रद हुने अपेक्षा गर्न सकिन्छ । त्यसकारण लगानीकर्ताहरुले २०६७ का तीतामीठा अनुभवलाई बिसे्रर बजारमा चल्ने होहल्लाका पछि नलागी दीर्घकालीन लगानीको योजना बनाएर अघि बढ्नुपर्ने देखिन्छ । साथै सरकारलगायत पूँजीबजार साचालक र नियामक निकायहरु पनि बजारको दीर्घकालीन विकासमा सहयोग पुर् याउने खालका नीतिनियम तथा कार्ययोजना बनाएर तिनको प्रभावकारी कार्यान्वयनमा लाग्नुको विकल्प छैन । ( आर्थिक अभियानको साप्ताहिक बिसेशांक लगानी र पुजी बजार २०६८-०१-0४ मा प्रकासित )

Comments
Post a Comment