Skip to main content

सुनको बढ्दो मूल्य भित्रका वास्तविकता

होमनाथ गैरे
अहिले सुनको मूल्य पानीको फोका जस्तै उम्लिरहेको छ । सुनको मूल्य यसरी लगातार बढीरहेको अवस्थामा यो कहाँसम्म पुग्ने हो र यसका आधार के के हुन् भन्ने बिचारहरु बाहिर आएका छन् । यस किसिमका भनाई दिनेहरुमा खासगरी डेरिभेटिव बजारका लगानीकर्ता वा हावामा पैसा कमाउन चाहने सट्टेवाजहरु बढी छन् । त्यसैगरी बिश्व अर्थतन्त्र तथा भू-राजनीतिक अवस्थाको दुहाइ दिदै सुनको मूल्य अझै माथि जाने भनाईहरु सार्वजनिक गरिरहेका छन् । तर विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित बिज्ञ तथा अर्थशास्त्रीहरु भने सुनको मूल्य अहिले अस्वभाविक रुपमा बढेको मान्दछन् ।

यसै शन्दर्भमा यहाँ सुनको विषयमा बिद्यमान केही बहुचर्चित कथनहरुको चिरफार गर्ने प्रयास गरिएको छ । यसो भन्दा केहीले यसलाई अत्यन्तै असुहाउँदो वा मुर्खतापूर्ण अभिब्यक्ति पनि भन्न सक्छन् । तर उनीहरु आँफै एउटा ठुलो कल्पनाको भुमरीमा तैरिरहेको पत्तै पाएका छैनन् । त्यसकारण पनि यस बिषयमा कलम चलाउन थप प्ररणा मिलेको छ ।

सुन महँगो धातु हो 

यो भनाई सुनमा मात्रै नभएर सम्पत्तिको रुपमा उपयोग हुने वा मानव जिवनसँग गाँसिएका कुनै पनि वस्तुको हकमा उत्तिकै लागु हुन्छ । वास्तवमा यो प्रश्नको उत्तर निकै कठिन र आवश्यक पनि छ । अहिले बजारमा पाइने सबै वस्तु तथा सेवाको भाउ प्राइस सजिलै पत्ता लगाउन सकिन्छ । तर ती वस्तुहरुको मूल्य भ्यालु पत्ता लगाउने कुरा निकै कठिन छ र सदैब यस्तै रहने छ । संयुक्त राज्य अमेरिकाको स्थापना भएदेखी सन् १९३३ सम्म १ औंस सुनको मूल्य २० अमेरिकी डलर वा १ अमेरिकी डलर बराबर १ दशमलव ४१ औंस सुन कायम गरिएको थियो । त्यसपछि सन् १९७१ सम्म १ औंस सुनको मूल्य ३५ अमेरिकी डलर वा १ अमेरिकी डलर बराबर शून्य दशमलव ८ औंस सुन कायम भयो । यसले के देखाउँछ भने परम्परागत रुपमा सुनको मूल्यमा अमेरिकी सरकार वा केही शक्तिशाली देशहरुको नियन्त्रण कायम थियो । अथवा उनीहरुले आफ्नो अनुकुल अनरसार सुनको मूल्य तोक्ने गर्थे ।

सन् १९७१ मा सुनको तुलनामा अमेरिकी डलरको मूल्य ठुलो परिमाणमा घट्यो वा मानिसहरुमा डलरप्रतिको विश्वास निकै कम भयो । त्यसपछि सुनको आधिकारिक मूल्य प्रतिऔंस ४२ दशमलव २२ डलर कायम गरियो । तर त्यो सरकारी मूल्यमा खुला बजारमा सुन किनबेच हुन सकेन । त्यतीबेलासम्म मानिसहरुमा डलरलाई सुनमा गणना गर्न भन्दा सुनलाई डलरमा गणना गर्न बानी परिसकेकाले त्यस्तो भएको भनाई छ । यो भनाईको मुख्य सार के हो भने सन् १९१३ मा फेडेरल रिजर्भ डिपार्टमेण्ट फेड को स्थापना हुनुभन्दा पहिला २० डलरको प्रत्याभुती गरिएको कागजी निस्सालाई सरकारी ढुकुटीमा रहेको १ औंस सुनको प्रतिनिधिका रुपमा स्विकार गरिन्थ्यो । यसको अर्थ सुन जमानत नभएको कागजी मुद्राप्रति मानिसहरुको बिश्वास थिएन । फलस्वरुप तत्कालिन संयुक्त राज्य अमेरिकाको आधिकारिक मुद्रा डलर सुनसँग पूर्ण परिवत्र्य थियो र सरकारले जारी गर्ने मुद्राको परिमाण भण्डारणमा रहेको सुनको मूल्यको हाराहारीमा हुने गथ्र्यो ।

तर अहिले ढुकुटीमा पर्याप्त सुन नराखिकन नै खर्बौ डलर छापिने गरेको छ । अहिले यसको परिमाण दिनहुँ आकाशिदै गएको छ र अझै कती पुग्ने हो कसैलाई थाहा छैन । त्यसैले कुनै वस्तुको वास्तविक मूल्य निर्धारण गर्ने काम निकै कठिन कार्य हो र यो त्यस वस्तुलाई मापन गर्ने आधार सूचक मा भर पर्छ । अनि ती २ वस्तुबिचको सम्बन्ध कस्तो छ भन्ने कुराले मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ ।

सुन जोखिमपूर्ण छ 

जोखिम कुनै पनि वस्तुको बजार भाउसँग प्रत्यक्ष रुपमा सम्बन्धित हुन्छ । फलस्वरुप बजार भाउमा बृद्धि हुँदै जाँदा जोखिम पनि बढ्दै गएको हुन्छ । किनभने बजार भाउ बढ्दै जाँदा आपूर्ति पनि बढ्छ तर माग घट्ने हुनाले भाउ पनि ओरालो लाग्न सक्छ । फलस्वरुप अहिले बजार भाउ प्रतिऔंस १ हजार ५ सय डलरभन्दा माथि भएको समयमा ७ सय वा २ सय भएको समयमा भन्दा सुन स्वभावैले बढी जोखिमपूर्ण छ । त्यसैगरी यसको मूल्य प्रतिऔंस ३५ डलर हुँदाभन्दा झन जोखिमपूर्ण छ । सो समयमा पनि इलोइट जेनवे नामका एक अमेरिकी वित्तशास्त्रीले सुनको बजार भाउ अमेरिकी सरकारले ३५ डलरमा थामेर राखेको बताएका थिए । तर त्यसलाई खुला बजारमा छोडी दिएको भए त्यतीबेला पनि सुनको मूल्य प्रतिऔंस ८ डलर मात्रै हुने उनको बिश्लेषण थियो ।

यस दृष्टान्तले जोखिम जहिले पनि घटना तथा समय सापेक्ष हुने बताउँछ । त्यसकारण अहिलेको बिश्व आर्थिक मन्दीको समयमा शेयर तथा संस्थागत ऋणपत्रमा तुलनात्मक रुपमा बढी जोखिम छ । परम्परागत रुपमा जोखिमरहित मानिएका सरकारी ऋणपत्रमा पनि अहिले जोखिम बढ्दै गएको छ । घरजग्गाको कारोबार त संसारभरि नै ओरालो लागेको छ । डलरलगायतका कागजी मुद्राको वास्तविक मूल्य कती हो कसैलाई थाहा छैन । यस्तो अवस्थामा प्रतिऔंस १ हजार ५ सय डलरभन्दा माथिको बजार भाउ रहेको सुन पनि स्वभावैले जोखिमपूर्ण छ । तर सुनको सामान्य ग्राहयता र निहित वास्तविक मूल्यका आधारमा यसलाई तुलनात्मक रुपमा कम जोखिमपूर्ण मान्ने गरिएको छ ।

त्यसो भए अहिले सुनको मूल्य उच्च भएकाले यसको उत्पादन बढ्ने र मूल्य घट्ने सम्भावना छ त 

यो भनाई सुन बजारको प्रकृतीसँग मेल खाँदैन । अहिले बिश्वमा सुनको वार्षिक उत्पादन लगभग ८ करोड २६ लाख औंस छ । गत दशकदेखी यो पनि बिस्तारै घट्दै गएको छ । तर सुनको वास्तविक बजार तथा डेरिभेटिव बजारको कारोबारलाई हेर्ने हो भने यसको माग अनन्त जस्तै छ । यो सुनको मूल्य उच्च भएको कारणले भएको हो  यसको एउटा कारण उच्च मूल्य भएको समयमा खानीवालाहरुले कम गुणस्तरको सुन उत्पादन गर्न चाहेका हुन सक्छन् । तर संसारमा भएका सुनका खानीमध्ये तुलनात्मक रुपमा कम खर्चिला र सजिलो स्थानका खानीबाट सम्भव भएसम्मको सुन निकाली सकिएको छ । अब अप्ठ्यारा र बढी खर्च लाग्ने खानी मात्रै बाँकी छन् । यसले सुनको मूल्य अहिले इतिहाँसकै उच्च तहमा भए पनि सजिलै उत्पादन बृद्धि हुने सम्भावना नभएको पुष्टी गर्छ । यसरी मूल्य बढ्दैमा गहुँ वा तामाको जस्तै सुनको उत्पादन बढ्दैन । बढीहाले पनि अत्यन्तै न्यून दरमा मात्रै बढ्न सक्छ । त्यसैले अबका दिनमा सुनको मूल्य पूर्ण रुपमा मानिसहरुको यसलाई धारण गर्न चाहने चाहना वा बानी र यसको अप्राकृतिक मागमा भर पर्छ । उत्पादनले खासै प्रभाव पार्दैन ।
यसको अर्थ सुनको मूल्य घट्नै सक्दैन वा अकाट्य छ भन्ने होइन । इतिहासमा हजारौ टन सुन माटोमा बिलिन भएका घटना सुनिन्छ । त्यसैगरी हजारौ टन सुन रासायीनिक प्रतिकि्रयाबाट टुकि्रएर गएको बैज्ञानिकहरु बताउँछन । यो निरन्तर चलिरहने प्रकृया हो । साथै सयौं नदीको वालुवामा सुनका कणहरु पाइने गरेका छन् । यसरी हेर्दा अझै पनि पृथ्वीमा पर्याप्त सुन भएको मान्न सकिन्छ । तर अहिलेको अप्राकृतिक तरिकाले बढाइएको बुलिश सुन बजारमा यी सबै कुराहरु छायाँमा परेका छन् ।

सुन प्रति सर्वसाधारणको चासो अहिलेसम्मकै उच्च भएको हो त

मौद्रिक  मानका आधारमा सुनको भाउ अहिले सर्वाधिक उच्च तहमा छ । तर अमेरिकी सरकारले प्रकाशन गर्ने उपभोक्ता मूल्य सूचकाङ्क सीपीआई का आधारमा सुनको वास्तविक मूल्य सन् १९८० मा नै प्रति औंस २ हजार ५ सय पुगेको मानिन्छ । यो तथ्य आम मानिसलाई थाहा नभए पनि उनीहरुले सुनलाई कहिल्लै नाश नहुने र कहिल्लै पुरानो नहुने वस्तुका रुपमा बुझेका छन् । त्यसकारण उनीहरुले कहिल्लै पनि सुन विकि्र गर्ने कुरा साच्नै सक्दैनन् । बरु आफ्नो बल बुताले भ्याएसम्म खरिदै गर्न चान्छन् । फलस्वरुप सुनको मूल्य बढ्दै जाँदा यस प्रति सबैको चासो बढ्दै गएको प्रष्ट हुन्छ ।

सुन प्रति संसारका अधिकांश मानिसको धार्मिक तथा सांस्कृतिक आस्था छ । यही आस्थाका कारण परम्परागत शासकहरुले कागजी मुद्राको आविस्कार गरेर संसारमा आफ्नो प्रभुत्व जमाउन सफल भएका हुन । अहिले यही सम्वेदनशिलताको उपयोग गरेर सुनलाई सूरक्षित लगानी भन्दै मानिसहरुलाई जुवा खेल्न सिकाइएको छ । यसले मानव तथा वित्तीय साधनको उत्पादकत्व घटाउने र आर्थिक अपराध बढाउने बाहेक अर्थतन्त्रमा कुनै पनि सकारात्मक सहयोग गर्न सकेको छैन । यस्ता कि्रयाकलापलाई नियन्त्रण गर्दै सुनलाई वास्तविकताका आधारमा मात्रै चल्न दिने हो भने यसको अस्वभाविक मूल्य बृद्धि रोकिनेछ र बिश्व अर्थतन्त्रमा यसले सृजना गर्ने दुष्परिणामबाट पनि बच्न सकिने छ । (आर्थिक अभियान दैनिकमा २०६८ बैशाख ९ गते प्रकाशित )

Comments

Popular posts from this blog

निजी बैङ्कको ऋण सरकारीमा सार्दै व्यवसायी

सरकारी बैङ्कप्रतिको विश्वास बढ्यो की कम ब्याजदरले तान्यो ? होमनाथ गैरे गत बैशाखमा काठमाडौंका एक व्यवसायीक फर्मले माछापुच्छ«े बैङ्कसँगको ऋण नेपाल बैङ्कमा सा¥यो । माछापुच्छ«ेको तुलनामा नेपाल बैङ्कको ब्याजदर कम भएकाले कारोबार सारेको श्रेष्ठ थरका त्यो फर्म सञ्चालकको भनाई थियो । ‘ऋण सारेको ४ महिनाको अवधीमा कम्तीमा २०÷२५ लाख रुपैयाँ ब्याज खर्च घट्यो,’ पाँचतारे होटेलको एक जमघटमा श्रेष्ठले भन्दै थिए, ‘पहिले नै जानकारी भएको भए अझ धेरै बचत हुने रहेछ ।’ गत साउन दोस्रो साता राष्ट्रिय बाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा जनकपुरका व्यवसायीको प्रतिनिधित्व गर्दै एक ब्यक्तिले ब्याजदरका विषयमा छलफल गर्दै थिए । आफुसँग १२÷१३ करोड रुपैयाँको पोर्टफोलियो भएकाले ब्याजदर मिलाई दिए सबै ग्राहक यता ल्याउने ती ब्यक्तिको भनाई थियो । नेपाल एसबीआई, नबिल, बङ्गलादेश जस्ता निजी बैङ्कसँग कारोबार गरिरहेको जनकपुरका व्यवसायीहरु सरकारी बैङ्कमा ब्याजदर कम भएको थाहा पाएपछि ऋण सार्न इच्छुक भएको ती प्रतिनिधिले बताए ।  माथिका घटनाले पछिल्लो समय निजीबाट सरकारी बैङ्कमा ऋण सार्ने (स्विच गर्ने) क्रम बढेको सङ्केत गर्दछन्...

सुनको मूल्यभित्रका वास्तविकता

सुनको मूल्यभित्रका वास्तविकता होमनाथ गैरे संसारमा शेयरपछि सबैभन्दा बढी मूल्य घटबढ हुने वस्तुमा सुन पर्छ । सुनको मूल्यमा हुने उतारचढावका साथै यसका कारण र प्रभावका विषयमा समय समयमा विभिन्न विचारहरू बाहिर आउने गरेका छन् । यस किसिमका भनाइ खासगरी डेरिभेटिभ बजारका लगानीकर्ता वा मूल्यमा भएको उतारचढावबाट छिटो पैसा कमाउन चाहने सट्टेबाजहरूबाट बढी आउने गरेको छ । विश्वअर्थतन्त्रमा हुने परिवर्तन, भूराजनीतिक अवस्था र सुनको उत्पादन, माग तथा आपूर्तीलाई कारण मान्दै यसको मूल्य अहिले अझै माथि जाने त कहिले अझै तल झर्ने भनाइहरू पनि सार्वजनिक हुने गरेका छन् । तर, विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित विज्ञ तथा अर्थशास्त्रीहरू भने सुनको मूल्यमा हुने त्यस्तो उतारचढावलाई अस्वाभाविक र कृत्रिम मान्दछन् । यसै सन्दर्भमा यस लेखमा सुनको विषयमा विद्यमान केही कथनहरूको चिरफार गर्ने प्रयास गरिएको छ । सुन महँगो धातु हो ? यो भनाइ सुनमा मात्रै नभएर सम्पत्तिका रूपमा उपयोग हुने वा मानव जीवनसँग गाँसिएका कुनै पनि वस्तुको हकमा उत्तिकै लागू हुन्छ । वास्तवमा यो प्रश्नको उत्तर निकै कठि...

Stock Market of Nepal: A Journey to Automation

April 2017 NRB Samachar 1.   Capital Markets Capital Markets are the markets consisting long-term securities issued by the government or a corporation. Capital Market typically relates with financial assets which have life spans of greater than one year. Capital Market is a means through which scattered saving and investable resources are converted into actual investment. Capital market is one of the several factors that play a prominent role in the economic development of the nation. The saving institutions such as banks, investment trusts or companies, specialized financial corporations and stock exchanges are some of the important constituents of capital market. The primary role of capital market is to allocate the economy’s capital stock among various productive sectors. Capital invested in such sectors acts as seed money and generates more funds for further investments. No modern corporation of any size can function effectively without ready access to capital markets...