Skip to main content

सुनको बढ्दो मूल्य भित्रका वास्तविकता

होमनाथ गैरे
अहिले सुनको मूल्य पानीको फोका जस्तै उम्लिरहेको छ । सुनको मूल्य यसरी लगातार बढीरहेको अवस्थामा यो कहाँसम्म पुग्ने हो र यसका आधार के के हुन् भन्ने बिचारहरु बाहिर आएका छन् । यस किसिमका भनाई दिनेहरुमा खासगरी डेरिभेटिव बजारका लगानीकर्ता वा हावामा पैसा कमाउन चाहने सट्टेवाजहरु बढी छन् । त्यसैगरी बिश्व अर्थतन्त्र तथा भू-राजनीतिक अवस्थाको दुहाइ दिदै सुनको मूल्य अझै माथि जाने भनाईहरु सार्वजनिक गरिरहेका छन् । तर विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित बिज्ञ तथा अर्थशास्त्रीहरु भने सुनको मूल्य अहिले अस्वभाविक रुपमा बढेको मान्दछन् ।

यसै शन्दर्भमा यहाँ सुनको विषयमा बिद्यमान केही बहुचर्चित कथनहरुको चिरफार गर्ने प्रयास गरिएको छ । यसो भन्दा केहीले यसलाई अत्यन्तै असुहाउँदो वा मुर्खतापूर्ण अभिब्यक्ति पनि भन्न सक्छन् । तर उनीहरु आँफै एउटा ठुलो कल्पनाको भुमरीमा तैरिरहेको पत्तै पाएका छैनन् । त्यसकारण पनि यस बिषयमा कलम चलाउन थप प्ररणा मिलेको छ ।

सुन महँगो धातु हो 

यो भनाई सुनमा मात्रै नभएर सम्पत्तिको रुपमा उपयोग हुने वा मानव जिवनसँग गाँसिएका कुनै पनि वस्तुको हकमा उत्तिकै लागु हुन्छ । वास्तवमा यो प्रश्नको उत्तर निकै कठिन र आवश्यक पनि छ । अहिले बजारमा पाइने सबै वस्तु तथा सेवाको भाउ प्राइस सजिलै पत्ता लगाउन सकिन्छ । तर ती वस्तुहरुको मूल्य भ्यालु पत्ता लगाउने कुरा निकै कठिन छ र सदैब यस्तै रहने छ । संयुक्त राज्य अमेरिकाको स्थापना भएदेखी सन् १९३३ सम्म १ औंस सुनको मूल्य २० अमेरिकी डलर वा १ अमेरिकी डलर बराबर १ दशमलव ४१ औंस सुन कायम गरिएको थियो । त्यसपछि सन् १९७१ सम्म १ औंस सुनको मूल्य ३५ अमेरिकी डलर वा १ अमेरिकी डलर बराबर शून्य दशमलव ८ औंस सुन कायम भयो । यसले के देखाउँछ भने परम्परागत रुपमा सुनको मूल्यमा अमेरिकी सरकार वा केही शक्तिशाली देशहरुको नियन्त्रण कायम थियो । अथवा उनीहरुले आफ्नो अनुकुल अनरसार सुनको मूल्य तोक्ने गर्थे ।

सन् १९७१ मा सुनको तुलनामा अमेरिकी डलरको मूल्य ठुलो परिमाणमा घट्यो वा मानिसहरुमा डलरप्रतिको विश्वास निकै कम भयो । त्यसपछि सुनको आधिकारिक मूल्य प्रतिऔंस ४२ दशमलव २२ डलर कायम गरियो । तर त्यो सरकारी मूल्यमा खुला बजारमा सुन किनबेच हुन सकेन । त्यतीबेलासम्म मानिसहरुमा डलरलाई सुनमा गणना गर्न भन्दा सुनलाई डलरमा गणना गर्न बानी परिसकेकाले त्यस्तो भएको भनाई छ । यो भनाईको मुख्य सार के हो भने सन् १९१३ मा फेडेरल रिजर्भ डिपार्टमेण्ट फेड को स्थापना हुनुभन्दा पहिला २० डलरको प्रत्याभुती गरिएको कागजी निस्सालाई सरकारी ढुकुटीमा रहेको १ औंस सुनको प्रतिनिधिका रुपमा स्विकार गरिन्थ्यो । यसको अर्थ सुन जमानत नभएको कागजी मुद्राप्रति मानिसहरुको बिश्वास थिएन । फलस्वरुप तत्कालिन संयुक्त राज्य अमेरिकाको आधिकारिक मुद्रा डलर सुनसँग पूर्ण परिवत्र्य थियो र सरकारले जारी गर्ने मुद्राको परिमाण भण्डारणमा रहेको सुनको मूल्यको हाराहारीमा हुने गथ्र्यो ।

तर अहिले ढुकुटीमा पर्याप्त सुन नराखिकन नै खर्बौ डलर छापिने गरेको छ । अहिले यसको परिमाण दिनहुँ आकाशिदै गएको छ र अझै कती पुग्ने हो कसैलाई थाहा छैन । त्यसैले कुनै वस्तुको वास्तविक मूल्य निर्धारण गर्ने काम निकै कठिन कार्य हो र यो त्यस वस्तुलाई मापन गर्ने आधार सूचक मा भर पर्छ । अनि ती २ वस्तुबिचको सम्बन्ध कस्तो छ भन्ने कुराले मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ ।

सुन जोखिमपूर्ण छ 

जोखिम कुनै पनि वस्तुको बजार भाउसँग प्रत्यक्ष रुपमा सम्बन्धित हुन्छ । फलस्वरुप बजार भाउमा बृद्धि हुँदै जाँदा जोखिम पनि बढ्दै गएको हुन्छ । किनभने बजार भाउ बढ्दै जाँदा आपूर्ति पनि बढ्छ तर माग घट्ने हुनाले भाउ पनि ओरालो लाग्न सक्छ । फलस्वरुप अहिले बजार भाउ प्रतिऔंस १ हजार ५ सय डलरभन्दा माथि भएको समयमा ७ सय वा २ सय भएको समयमा भन्दा सुन स्वभावैले बढी जोखिमपूर्ण छ । त्यसैगरी यसको मूल्य प्रतिऔंस ३५ डलर हुँदाभन्दा झन जोखिमपूर्ण छ । सो समयमा पनि इलोइट जेनवे नामका एक अमेरिकी वित्तशास्त्रीले सुनको बजार भाउ अमेरिकी सरकारले ३५ डलरमा थामेर राखेको बताएका थिए । तर त्यसलाई खुला बजारमा छोडी दिएको भए त्यतीबेला पनि सुनको मूल्य प्रतिऔंस ८ डलर मात्रै हुने उनको बिश्लेषण थियो ।

यस दृष्टान्तले जोखिम जहिले पनि घटना तथा समय सापेक्ष हुने बताउँछ । त्यसकारण अहिलेको बिश्व आर्थिक मन्दीको समयमा शेयर तथा संस्थागत ऋणपत्रमा तुलनात्मक रुपमा बढी जोखिम छ । परम्परागत रुपमा जोखिमरहित मानिएका सरकारी ऋणपत्रमा पनि अहिले जोखिम बढ्दै गएको छ । घरजग्गाको कारोबार त संसारभरि नै ओरालो लागेको छ । डलरलगायतका कागजी मुद्राको वास्तविक मूल्य कती हो कसैलाई थाहा छैन । यस्तो अवस्थामा प्रतिऔंस १ हजार ५ सय डलरभन्दा माथिको बजार भाउ रहेको सुन पनि स्वभावैले जोखिमपूर्ण छ । तर सुनको सामान्य ग्राहयता र निहित वास्तविक मूल्यका आधारमा यसलाई तुलनात्मक रुपमा कम जोखिमपूर्ण मान्ने गरिएको छ ।

त्यसो भए अहिले सुनको मूल्य उच्च भएकाले यसको उत्पादन बढ्ने र मूल्य घट्ने सम्भावना छ त 

यो भनाई सुन बजारको प्रकृतीसँग मेल खाँदैन । अहिले बिश्वमा सुनको वार्षिक उत्पादन लगभग ८ करोड २६ लाख औंस छ । गत दशकदेखी यो पनि बिस्तारै घट्दै गएको छ । तर सुनको वास्तविक बजार तथा डेरिभेटिव बजारको कारोबारलाई हेर्ने हो भने यसको माग अनन्त जस्तै छ । यो सुनको मूल्य उच्च भएको कारणले भएको हो  यसको एउटा कारण उच्च मूल्य भएको समयमा खानीवालाहरुले कम गुणस्तरको सुन उत्पादन गर्न चाहेका हुन सक्छन् । तर संसारमा भएका सुनका खानीमध्ये तुलनात्मक रुपमा कम खर्चिला र सजिलो स्थानका खानीबाट सम्भव भएसम्मको सुन निकाली सकिएको छ । अब अप्ठ्यारा र बढी खर्च लाग्ने खानी मात्रै बाँकी छन् । यसले सुनको मूल्य अहिले इतिहाँसकै उच्च तहमा भए पनि सजिलै उत्पादन बृद्धि हुने सम्भावना नभएको पुष्टी गर्छ । यसरी मूल्य बढ्दैमा गहुँ वा तामाको जस्तै सुनको उत्पादन बढ्दैन । बढीहाले पनि अत्यन्तै न्यून दरमा मात्रै बढ्न सक्छ । त्यसैले अबका दिनमा सुनको मूल्य पूर्ण रुपमा मानिसहरुको यसलाई धारण गर्न चाहने चाहना वा बानी र यसको अप्राकृतिक मागमा भर पर्छ । उत्पादनले खासै प्रभाव पार्दैन ।
यसको अर्थ सुनको मूल्य घट्नै सक्दैन वा अकाट्य छ भन्ने होइन । इतिहासमा हजारौ टन सुन माटोमा बिलिन भएका घटना सुनिन्छ । त्यसैगरी हजारौ टन सुन रासायीनिक प्रतिकि्रयाबाट टुकि्रएर गएको बैज्ञानिकहरु बताउँछन । यो निरन्तर चलिरहने प्रकृया हो । साथै सयौं नदीको वालुवामा सुनका कणहरु पाइने गरेका छन् । यसरी हेर्दा अझै पनि पृथ्वीमा पर्याप्त सुन भएको मान्न सकिन्छ । तर अहिलेको अप्राकृतिक तरिकाले बढाइएको बुलिश सुन बजारमा यी सबै कुराहरु छायाँमा परेका छन् ।

सुन प्रति सर्वसाधारणको चासो अहिलेसम्मकै उच्च भएको हो त

मौद्रिक  मानका आधारमा सुनको भाउ अहिले सर्वाधिक उच्च तहमा छ । तर अमेरिकी सरकारले प्रकाशन गर्ने उपभोक्ता मूल्य सूचकाङ्क सीपीआई का आधारमा सुनको वास्तविक मूल्य सन् १९८० मा नै प्रति औंस २ हजार ५ सय पुगेको मानिन्छ । यो तथ्य आम मानिसलाई थाहा नभए पनि उनीहरुले सुनलाई कहिल्लै नाश नहुने र कहिल्लै पुरानो नहुने वस्तुका रुपमा बुझेका छन् । त्यसकारण उनीहरुले कहिल्लै पनि सुन विकि्र गर्ने कुरा साच्नै सक्दैनन् । बरु आफ्नो बल बुताले भ्याएसम्म खरिदै गर्न चान्छन् । फलस्वरुप सुनको मूल्य बढ्दै जाँदा यस प्रति सबैको चासो बढ्दै गएको प्रष्ट हुन्छ ।

सुन प्रति संसारका अधिकांश मानिसको धार्मिक तथा सांस्कृतिक आस्था छ । यही आस्थाका कारण परम्परागत शासकहरुले कागजी मुद्राको आविस्कार गरेर संसारमा आफ्नो प्रभुत्व जमाउन सफल भएका हुन । अहिले यही सम्वेदनशिलताको उपयोग गरेर सुनलाई सूरक्षित लगानी भन्दै मानिसहरुलाई जुवा खेल्न सिकाइएको छ । यसले मानव तथा वित्तीय साधनको उत्पादकत्व घटाउने र आर्थिक अपराध बढाउने बाहेक अर्थतन्त्रमा कुनै पनि सकारात्मक सहयोग गर्न सकेको छैन । यस्ता कि्रयाकलापलाई नियन्त्रण गर्दै सुनलाई वास्तविकताका आधारमा मात्रै चल्न दिने हो भने यसको अस्वभाविक मूल्य बृद्धि रोकिनेछ र बिश्व अर्थतन्त्रमा यसले सृजना गर्ने दुष्परिणामबाट पनि बच्न सकिने छ । (आर्थिक अभियान दैनिकमा २०६८ बैशाख ९ गते प्रकाशित )

Comments

Popular posts from this blog

हामी कति बौद्धिक, कति बहादुर ?

  डा . होमनाथ गैरे विद्यार्थी जिवनमा विद्यालय तहमा हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत ' धन ठुलो कि विद्या ठुलो ' तथा ' कलम बलियो कि तरवार बलियो ' शिर्षकमा सयौ वादविवाद तथा वक्तित्वकला प्रतियोगिता सुनियो र हेरियो भने कैयौंमा त स्वयं सहभागी भएर पुरस्कार समेत हात पारियो। ति सबै क्रियाकलापहरूको सार विद्यालय तहमा पढ्दै गरेका विद्यार्थीहरूमा विद्या र कलम भनेको वौद्धिकताको प्रतिक हो र धन र तरवार बहादुरिताको प्रतिक हो भन्ने शन्देश प्रदान गर्नु हो । यो सँगै त्यस्ता क्रियाकलापको अर्को महत्वपूर्ण पाटो भनेको विद्यार्थीहरूको कलिलो दिमागमा सदैव धनभन्दा विद्या र तरवारभन्दा कलमको पक्षमा उभिनु पर्दछ भन्ने पाठ पढाउनु हो । केहि उच्च पदस्थ राजनीतिक नेताहरूलाई अपवाद मान्ने हो भने अहिले राजनीतिक , प्रशासनिक , सामाजिक तथा व्यवसायिक नेतृत्वमा पुगेका सबैले त्यस्ता शन्देशमूलक गतिविधिहरूको साक्षि हुने अवसर पाएकै हुन। अझै प्रशासनिक नेतृत्वमा पुगेका उच्च तहका कर्मचारीहरू त अधिकांश विद्यार्थी कालका उत्कृष्ट मध्येका नै छन् । त्यसैगरी , सन १९५० देखि १९७० को विचमा जन्मेको पुस्तामा दोस्रो विश्व युद्...

Interest Rate Corridor for a Predictable Lending Environment

 Dr. Hom Nath Gaire 1. Introduction Interest rate volatility has been a recurring challenge in Nepal’s banking system, often resulting in uncertainty for borrowers and investors. Sharp fluctuations in deposit and lending rates—driven by shifts in liquidity, credit demand, and monetary policy—can undermine business planning and delay investment decisions. While market-based interest rate determination is essential for efficient capital allocation, excessive volatility erodes confidence in the investment climate. To address this, an interest rate corridor tailored to Nepal’s context is proposed. This mechanism aims to stabilize lending rates without undermining the role of market forces, thereby improving predictability for investors and encouraging credit flow to productive sectors. 2. Conceptual Framework The proposed corridor will operate within each individual bank , using two market-linked boundaries: Lower Bound (Base Rate) : The base rate will be the weighted...

Monetary Policy For FY 2012/13

 Monetary Policy For FY 2012/13, a bit Better than Fiscal Policy.............. Nepal Rastra Bank (NRB) unveiled its Monetary Policy for the fiscal year 2012/13 that focuses on controlling inflation, stimulating credit to productive areas, monitoring the trend of interest rate, increasing outreach of financial services and ensuring financial stability. While continuing many successful policy instruments of the past years, on Wednesday the Central Bank also introduced new measures for attaining the broad policy objective of facilitating economic growth and financial stability. “The major challenges we face are controlling inflation, credit to productive sectors, expanding financial outreach to the unbanked area of the country and financial stability,” said Yuba Raj Khatiwada, Governor NRB. “The overall goal is to create an enabling environment to facilitate economic growth of 5.5 percent,” said Khatiwada.   The policy for 2012/13 aims at primarily enhancing the stability...