Skip to main content

Posts

बैङ्कऋण लिएर शेयर किन्ने बेला आयो

होमनाथ गैरे विगत केही समयदेखि बैङ्क तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा प्रवाह गरेको ऋणमा गर्ने मार्जिन कल विस्तारै कम भएको छ । शेयर बजार लगातार ओरालो लागेर एकपछि अर्को टेवा तोड्दै गएपछि नेपाल राष्ट्र बैङ्कले शेयरको धितोमा दिने मार्जिन प्रकृतिको ऋणसम्बन्धी व्यवस्थालाई थप लचिलो बनाएकाले मार्जिन कल कम हुँदै गएको हो । साथै शेयर धितो राखेर लिएको ऋणको अहिलेसम्मको सबै ब्याज भुक्तानी गरेमा यो आर्थिक वर्षसम्मका लागि सबै ऋण नवीकरण गर्न पाउने व्यवस्था पनि राष्ट्र बैङ्कले गरेको थियो । राष्ट्र बैङ्कका यस्ता सकारात्मक प्रयासले ऋण लिएर शेयरमा लगानी गरेका लगानीकर्ताहरुलाई मार्जिन कलबाट जोगाएको बैङ्कर तथा लगानीकर्ताहरुले नै बताएका छन् । यसले शेयरको विक्री चाप घटाउने तथा बजारलाई स्थिरता र स्वाभाविकतातिर डोर् याउने विश्वास गरिएको छ । यसबाट ६ वर्षकै न्यून तहमा आएको शेयर बजार थप घट्नबाट जोगिने र सहज वातावरण बन्दै गएमा विस्तारै उकालो लाग्ने सङ्केत मिलेको विज्ञहरुको बुझाइ छ । चालू आवको मौदि्रक नीतिको अर्धवार्षिक समीक्षापछि राष्ट्र बैङ्कले धितोमा राखेको शेयरको मूल्य १० प्रतिशतसम्म घटेको अवस्थामा मार्जिन...

सफल शेयर कारोबारको आधार जोखिम मूल्याङ्कन

 होमनाथ गैरे देशको अर्थतन्त्रमा आउने समस्या उद्योगमा परिवर्तन व्यवस्थापनको लापर्बाही तथा जालसाँजीका कारण कम्पनीलाई नोक्सान हुनु वा उसको नाफा कमाउने क्षमतामा कमी आउनुलाई जोखिम भनिन्छ । जोखिमको अवधारणा शास्त्रीय भए पनि यसलाई न्यूनीकरण गर्ने विभिन्न नयाँ उपायहरुको विकास भइसकेको छ । तीमध्ये एक प्रमुख उपाय भनेको प्रतिस्पर्धात्मक लाभ बढी भएको व्यवसाय छनोट गर्नु हो । साधारण भाषामा जुन कम्पनीले लगातार उचित प्रतिफल दिन सक्छ त्यसैको शेयरमा लगानी गर्नु बुद्धिमानी हुन्छ । नेपालको सन्दर्भमा डाबर नेपाल स्टुण्डर्ड चार्टर्ड बैङ्क तथा विशालबजार कम्पनीलाई त्यसको उदाहरणका रुपमा प्रस्तुत गर्न सकिन्छ । उनीहरुले लगातार र दिगो प्रतिफल वितरण गर्न सफल भएका छन् । यसको अर्थ कुनै पनि कम्पनीको शेयरमा लगानी गर्नुपूर्व त्यस कम्पनीको व्यवसायको क्षेत्र र प्रतिस्पर्धात्मक क्षमतालाई त्यस्तै अन्य कम्पनीसँग तुलना गर्नुपर्छ । साथै भविष्यमा कम्पनीको प्रतिस्पर्धी क्षमता तथा लाभदायकतामा हुन सक्ने सम्भावित उतारचढावलाई समेत ख्याल गर्नुपर्छ । त्यसपछिको जोखिम भनेको कम्पनीको वासलात वा वित्तीय अवस्थामा आउन सक्ने परिवर्तन हो ...

लगानीकर्ता ऋणको फन्दामा - नेप्से ३ सय ५० तल

होमनाथ गैरे गत बिहीवार नेप्से परिसूचक ३ सय ५० को तहलाई पनि तोडेर ३ सय ४७ दशमलव ७३ मा बन्द भएको छ । नेप्सेको इतिहासमा यो ५ वर्षभन्दा पनि पहिलेको तह हो । ५ वर्षपहिला मुलुकमा सशस्त्र द्वन्द्व थियो । र अर्थतन्त्रको वृद्धिदर एक प्रतिशतको हाराहारीमा थियो । अहिले त्यो अवस्था छैन । तैपनि समग्र अर्थतन्त्रको ऐना मानिने शेयर बजार परिसूचक यति तल पुग्नु गतिलो सङ्केत होइन । ५ वर्षपहिलाको तुलनामा अहिले मुलुकको अर्थतन्त्र केही न केही सुधार भएकै छ । त्यसकारण नेपाली शेयर बजार विगत ३ वर्षदेखि लगातार बियरिश चालमा हिँड्नुका पछाडिको कारण मुलुकको आर्थिक अवस्था नै हो वा अर्थात केही हो छुट्टै खोजी गर्नुपर्ने विषय भएको छ । गत हप्ता नेप्सेले दीर्घकालीन रुपमा बलियो टेवा मानिएको ३ सय ५० को तहलाई पनि तोडेर तल आएपछि त यो विषय झन् गम्भीर बनेको छ । यस विषयमा शेयर लगानीकर्ता तथा दलाल बजार साचालक तथा नियामक निकाय र अर्थशास्त्री तथा शेयर बजार विश्लेषकका धारणा फरकफरक छन् । लगानीकर्ता तथा शेयर दलालहरुले शेयर बजार घट्नुको सबै दोष शेयर बजार साचालक नेप्से नियामक धितोपत्र बोर्ड का साथै देशको मौदि्रक अधिकारी नेपाल राष्ट्र बैङ...

शेयरमा लगानी गर्दा ध्यान दिनुपर्ने आधारभुत कुराहरु

१) शेयरको मूल्यका पछाडी नलागौं । यसको अर्थ शेयर मूल्यमा सामान्य तलमाथि हुँदैमा किनबेच गर्न नहतारिऔं । बजार स्वभाव नै तलमाथि गर्ने भएकाले यसलाई स्वभाविक मान्नु पर्छ । यदी बजार हुने मूल्य घटबढ सबैलाई उपयोग गर्न खोज्यो भने फस्न पनि सकिन्छ । २) बजारमा सबैजना हतोत्साही भएर अत्तालिएको समयमा ढुक्क भएर शेयर खरिद गर्नु । यसको अर्थ शेयर मूल्यमा उतार चढावको समयमा वा केही घटेको समयमा हतारिएर शेयर बेच्नु हुँदैन् भन्ने हो । त्यसैले अरु सबै हतारिएर बेच्न खोज्दा आँफुले धैर्य भएर खरिद गर्नु उत्तम मानिन्छ ।  ३) सम्भव भएसम्म आधारभुत बिश्लेषणका आधारमा उत्कृष्ट ठहरिएका र बजारमा न्यून मूल्य भएका शेयर खरिद गर्नु राम्रो । यसका लागि आधारभुत तथा प्राबिधिक बिश्लेषणका विभिन्न उपकरणहरु प्रयोग गर्न सकिन्छ ।  ४) बिगत वर्षहरुमा उच्चदरमा बढेका तथा न्यूनदरमा शेयर मूल्य बढेका कम्पनीहरुको संयोजन गरेर लगानी गर्नु बुद्धिमानी हुन्छ । किनभने सबै कम्पनीहरुले सधैभरि एउटै दरमा नाफा गर्छन् भन्न सकिदैन् । त्यसैले गत वर्ष उच्च दरमा शेयर यस वर्ष घट्न पनि सक्छ वा गत वर्ष उच्च दरमा घटेको शेयर यस वर्ष बढ्न पनि सक्छ । ५) स...

नेप्सेलाई हेरेर राजनीतिक सहमती गर

नेपालको शेयर बजार परिसूचक नेप्से लगभग ३ वर्षदेखी लगातार घटेर अहिले ५ वर्ष पहिलाको अवस्थामा आएको छ । ५ वर्ष पहिला अहिलेकै तहबाट बढ्न शुरु गरेको नेप्से परिसूचक २०६५ भदौ १५ गते अहिलेसम्मकै उच्च तह १ हजार १ सय ७५ सम्म पुगेर पुनः सोही तहमा आएको हो । प्राविधिक रुपमा यसलाई शतप्रतिशत रिट्रेसमेण्ट भएको भनिन्छ । बिश्व शेयर बजारको इतिहाँसमा यस्ता घटना बिरलै भेट्न सकिन्छ । देशको अर्थतन्त्रको ऐना मानिने शेयर बजार परिसूचकमा शतप्रतिशत वा सोभन्दा बढी रिट्रेसमेण्ट हुनुले सम्बन्धित अर्थतन्त्र चरम आर्थिक सङ्कटमा रहेको सङ्केत गर्छ । नेपालको शन्दर्भमा भने अर्थतन्त्र चरम सङ्कटमा पुगेको पुष्टी गर्ने आधारहरु बिकसित भइसकेका छैनन् । तर अर्थतन्त्र पूर्ण सबल र गतिशिल छ भन्ने पनि होइन । अर्थतन्त्रको आन्तरिक अवस्था दर्शाउने आधारभुत आर्थिक परिसूचकहरु कुल गार्हस्थ्य उत्पादन रोजगारी मूल्य बृद्धिदरका साथै मौदि्रक तथा वित्तीय स्थायित्व सरकारको अनुमानभन्दा प्रतिकुल बन्दै गएका छन् । त्यसैगरी अर्थतन्त्रको बाह्य क्षेत्रको वास्तविक अवस्था दर्शाउने परिसूचकहरु बैदेशिक ब्यापार सोधनान्तर स्थिती ऋणात्मक छ भने बिदेशी मुद्रा सिाचत...

सिद्धान्तमा आधारित खेल: शेयर कारोबार

होमनाथ गैरे दीर्घकालीन लगानी विवाह गरेजस्तै हो मध्यमकालीन लगानी सामान्य सम्बन्धजस्तै हो भने दैनिक कारोबार एक दिने सम्बन्धजस्तै जोखिमपूर्ण कार्य हो । कुनै पनि शेयर बजारमा लगानी गर्नु एक रमाइलो विषय खेल हो जहाँ हरेक मान्छेका आआफ्नै नियम हुन सक्छन् । तर यसका केही स्थापित सिद्धान्तहरु पनि छन् । सफल शेयर लगानीकर्ता बन्न यस्ता सिद्धान्तहरुको अवलम्वन गर्नु अनिवार्यजस्तै मानिन्छ । त्यसकारण प्रत्येक नयाँ सहभागी खेलाडी यस खेलमा प्रवेश गर्नु र कारोबार शुरु गर्नुअघि आफ्नो रणनीति तथा योजनाका विषयमा स्पष्ट हुनुपर्छ । शेयर बजारसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुनुभन्दा पहिला यो कस्तो प्रकारको कारोबार हो  यसमा कसरी कारोबार हुन्छ  के किनबेच हुन्छ  मेरा लागि उपयुक्त छ वा छैन  जस्ता आधारभूत प्रश्न आफैलाई सोध्नु जरुरी हुन्छ । त्यस्ता प्रश्नको जवाफ खोज्ने प्रयास गर्नुपर्छ । सजिलै जवाफ प्राप्त नभएमा यससँग सम्बन्धित सामग्रीहरुको खोजी गरेर अध्ययन गर्नु जरुरी हुन्छ । किनभने शेयर बजार भन्नमा र देख्नमा जति सहज र सामान्य लाग्छ त्यससँग खेल्न निकै कठिन हुन्छ । कस्ता कम्पनीको शेयर खरीद गर्ने ...

सुनको बढ्दो मूल्य भित्रका वास्तविकता

होमनाथ गैरे अहिले सुनको मूल्य पानीको फोका जस्तै उम्लिरहेको छ । सुनको मूल्य यसरी लगातार बढीरहेको अवस्थामा यो कहाँसम्म पुग्ने हो र यसका आधार के के हुन् भन्ने बिचारहरु बाहिर आएका छन् । यस किसिमका भनाई दिनेहरुमा खासगरी डेरिभेटिव बजारका लगानीकर्ता वा हावामा पैसा कमाउन चाहने सट्टेवाजहरु बढी छन् । त्यसैगरी बिश्व अर्थतन्त्र तथा भू-राजनीतिक अवस्थाको दुहाइ दिदै सुनको मूल्य अझै माथि जाने भनाईहरु सार्वजनिक गरिरहेका छन् । तर विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित बिज्ञ तथा अर्थशास्त्रीहरु भने सुनको मूल्य अहिले अस्वभाविक रुपमा बढेको मान्दछन् । यसै शन्दर्भमा यहाँ सुनको विषयमा बिद्यमान केही बहुचर्चित कथनहरुको चिरफार गर्ने प्रयास गरिएको छ । यसो भन्दा केहीले यसलाई अत्यन्तै असुहाउँदो वा मुर्खतापूर्ण अभिब्यक्ति पनि भन्न सक्छन् । तर उनीहरु आँफै एउटा ठुलो कल्पनाको भुमरीमा तैरिरहेको पत्तै पाएका छैनन् । त्यसकारण पनि यस बिषयमा कलम चलाउन थप प्ररणा मिलेको छ । सुन महँगो धातु हो  यो भनाई सुनमा मात्रै नभएर सम्पत्तिको रुपमा उपयोग हुने वा मानव जिवनसँग गाँसिएका कुनै प...