Skip to main content

Posts

पाँच वर्षे पूँजीबजार गुरुयोजनाले नसमेटेका विषय

होमनाथ गैरे नेपाल धितोपत्र बोर्ड सेबोन ले विश्व बैङ्कको प्राविधिक तथा आर्थिक सहयोगमा ५ वर्षे पूँजीबजार विकास गुरुयोजना निर्माण गरिरहेको छ । यस विषयमा सरोकारवालाहरुसँग विभिन्न चरणमा अन्तरकि्रयाहरु पनि भएका छन् । त्यस्ता अन्तरकि्रयामा नेपाललगायत भारत तथा दक्षिण एशियाकै पूँजीबजार बिज्ञहरुबाट नेपाली पूँजीबजारको विकासका लागि सुझावहरु सङ्कलन गरिएको छ । अन्तरराष्ट्रिय जगतमा पूँजीबजारका सम्बन्धका लामो अनुभव भएका बेलायती नागरिक रिचार्ड प्राटले गुरुयोजनाको प्रमुख परामर्शदाताका रुपमा काम गरिरहेका छन् । सो गुरुयोजना तयार गर्नका लागि बिश्व बैङ्कबाट प्राप्त भएको १ लाख ५२ हजार ५ सय अमेरिकी डलर रु १ करोडभन्दा धेरै रकम खर्च हुनेछ । गुरुयोजना तयार गर्न भारतीय धितोपत्र बोर्ड सेबी र सेक्यूरिटिज कमिशन मलेशिया सेम ले बाह्य परामर्शदाताको भुमिका निर्वाह गरेका थिए । साथै स्थानीय परामर्शदाता र सरोकारवालाहरुका सुझाव पनि गुरुयोजनामा समेटेको बोर्डको दावी छ । त्यसरी तयार गरिएको पूँजीबजार गुरुयोजनाको अन्तिम खाका तयार भईरहेको बताईएको छ । तर यसरी तामझामसँग तयार गरिएको गुरुयोजनामा नेपाली पूँजीबजार तथा यसका सरोकारवाला...

राजस्व घाटा वित्तीय सन्तुलनको चुनौती

होमनाथ गैरे साउन ७ काठमाडौं । सरकारको कूल राजस्वले नै नधान्ने गरी चालुखर्च बढाउँदै लैजाने प्रबृत्तिले अर्थतन्त्रलाई वित्तीय असन्तुलनको बाटोमा लैजान सक्ने बिज्ञहरुले बताएका छन् । न्यून आर्थिक बृद्धि भएका विकासोन्मुख देशहरुमा बजेट घाटालाई स्वभाविकै मानिए पनि राजस्व घाटा भने जोखिमपूर्ण हुने उनीहरु बताउँछन् । 'विकासोन्मुख देशमा अर्थतन्त्रलाई गतिशिल बनाउन र बन्छित  दरमा आर्थिक बृद्धि हाँसिल गर्न घाटा बजेटको रणनीति उपयूक्त मानिन्छु अर्थशास्त्री प्राडा मदन कुमार दाहालले भने , 'तर राजस्व घाटा (राजस्वभन्दा चालुखर्च बढी हुनु) भने अर्थतन्त्रका लागि प्रत्यूपादक हुन सक्छ ।' समयमा नै सुधार गर्न नसके राजस्व घाटाले अर्थतन्त्रलाई वित्तीय असन्तुलनको बाटो हुँदै 'डेब्ट ट्रयाप' ऋणको चङ्गुल सम्म लैजान सक्ने उनको भनाई छ । बिगत ३ वर्षमा नेपालको कुल बजेट औसत १८ प्रतिशतले बढ्दा चालु खर्च औसत २८ प्रतिशतले बढेको छ । तर राजस्व सङ्कलनको बृद्धिदर औसत १७ प्रतिशतको हाराहारी मात्रै रहेकाले राजस्व घाटाको अवस्था सृजना भएको हो । त्यसैगरी बिगत २ आवमा वास्तविक चालुखर्च प्रस्ताव गरेभन्दा निकै उच्च देखि...

नेपाली पूँजीबजारको विकासक्रम

विसं १९९५ मा विराटनगर जुट मिल्स र नेपाल बैङ्क लिमिटेडले सर्वसाधारणलाई शेयर जारी गरेपछि नेपालमा अनौपचारिक रुपमा शेयर कारोबार शुरु भएको हो । त्यो समयमा ती संस्थाले शेयर जारी गर्दा अहिलेजस्तो बिक्री तथा निष्काशन प्रबन्धक कम्पनी र स्टक एक्सचेाज थिएनन् । दुवै कम्पनीले शेयर निष्काशन तथा विक्री व्यवस्थापन आफैंले गरेका थिए । विराटनगर जुट मिल्स र नेपाल बैङ्कपछि धेरै वर्षसम्म पूँजी बजारमा अन्य कुनै पनि संस्थाको प्रवेश भएन । यसबीच विसं २०२१ सालमा कम्पनी ऐन आएपछि पहिलो पटक सरकारी ऋणपत्र पनि जारी भयो । तर धितोपत्र कारोबार गर्ने व्यवस्थित संयन्त्र र निकाय भने त्यसबेलासम्म स्थापना हुन सकेको थिएन । विसं २०३३  सालमा धितोपत्र खरीदविक्री केन्द्र सेक्युरिटीज एक्सचेाज सेण्टरु को स्थापना भएपछि मात्र नेपाली पूँजी बजार सङ्गठित भएको हो । सरकारी ऋणपत्र तथा सार्वजनिक संस्थाको शेयर खरीदविक्रीको अख्तियार प्राप्त उक्त केन्द्रको स्थापनापछि नेपालमा ुदोस्रो बजारु को उल्लेख्य विकास हुने अपेक्षा गरिएको थियो । तथापि केन्द्रले सोचेअनुरुप कार्य गर्न आवश्यक कानूनी तथा संस्थागत पूर्वाधार उपलब्ध थिएन । केन्द्रको भूमिका प...

चालुखर्च पनि नधान्ने राजस्व लक्ष्य

होमनाथ गैरे असार ३१ काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले शुक्रवार व्यवस्थापिका संसदमा प्रस्तुत गरेको आव २०६८/६९ को बजेटले चालु खर्चलाई पनि नधान्ने राजस्व लक्ष्य राखेको छ । बजेटमा अनुमानित राजस्व रु। २ खर्ब ४१ अर्ब छ भने  साधारण खर्च रु। २ खर्ब ६६ अर्ब प्रस्तावित छ । यसले सरकारले राजस्व स्रोतले धान्नै नसक्ने गरि बजेट निर्माण गरेको देखिन्छ । त्यसैगरी प्रस्तावित आय-व्यय अनुमानमा बजेट घाटा बिगतका वर्षहरुमा भन्दा निकै उच्च छ । सो बजेटले सरकारले आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ऋण लिएर खर्च गर्न पाउने प्रचलित सिमाको समेत ख्याल गरेको छैन । आगामी आवका लागि अनुमान गरिएको कुल खर्च रु। ३ खर्ब ८४ अर्बमध्ये राजस्वबाट २ खर्ब ४१ अर्व सावाँ फिर्ताबाट ५ अर्व र वैदेशिक अनुदानबाट ७० अर्व ब्यहोर्दा पनि रु। ६७ अर्व अपुग हुनेछ । सो घाटा बजेट चालु आवको अनुमानित कूल गार्हस्थ्य उत्पादन तथा वास्तविक कूल खर्चको क्रमशः ५ र २५ प्रतिशत हुन आउँछ । सो घाटा पूर्ति गर्न सरकारले बैदेशिक तथा आन्तरिक ऋणबाट क्रमशः रु। ३० र ३७ अर्ब परिचालन गर्ने बताएको छ । साथै बजेटमा सरकारले उठाउन पाउने आ...

शेयर बजारमा नयाँ बुलरनको सङ्केत

होमनाथ गैरे असार ९ काठमाडौं । गत हप्तादेखी लगातार उकालो लागेको नेप्से परिसूचक बिहीवार पनि २० अङ्कभन्दा धेरैले बढेर ३ सय ६५ सम्म पुगेपछि नेपाली शेयर बजारमा बुलरन लगातार बढ्ने क्रम शुरु भएको लगानीकर्ता तथा बिश्लेषकहरुले बताएका छन् । शेयर बजारको बलियो आधार भनेकै लगानीकर्ताको मनोबल हो, शेयर बजारका विषयमा लामो अनुभव भएका लगानीकर्ता निर्मल प्रधानले भने ' लगातार बढेको नेप्सेले नेपाली लगानीकर्ताहरुको मनोबल उच्च हुदै गएको पुष्टी गर्छ । लगानीकर्ताको त्यही  मनोबल नै नेप्सेमा बुलरन शुरु भएको सङ्केत हो ।' अब नेप्से परिसूचक ५/१० अङ्कले घटे पनि त्यसबाट हतास हुनु नपर्ने प्रधानको भनाई छ । बिश्वका प्रमुख शेयर बजारको इतिहाँसले पनि बजार एकोहोरो बढेको बढ्यै नगर्ने पुष्टी गरिसकेको दृष्टान्त दिँदै प्रधान भन्छन् एक हप्तामै २५ प्रतिशत बढेको बजार ५/६ प्रतिशत करेक्सन हुनु स्वभाविक हो ।'  त्यसैगरी शेयर बिश्लेषक अमृतनाथ रेग्मी पनि बजार बढ्ने क्रम भर्खर शुरु भएको बताउँछन् ।'बजार बल्ल त टर्न भएको छु रेग्मीले भने ुयसको वास्तविक गती देखिनै बाकी छ ।' अर्थ मन्त्रालय तथा राष्ट्र बैङ्कले मार्जिन लेण्...

बजार बढ्नमा लगानीकर्ताको व्यवहार पनि सच्चिनु पर्छ

होमनाथ गैरे २०६५ भदौ १५ मा १ हजार १ सय ७५ पुगेको नेप्से परिसूचक लगातार घटेर अहिले ३ सयको हाराहारीमा छ । यो विगत साढे ५ वर्ष यताकै न्यून तह हो । यसबाट आमलगानीकर्तालाई भएको पीडा मापन गर्ने परिसूचक हुने हो भने त्यसको रेखाचित्र नेप्सेको भन्दा धेरै तल हुने थियो । तथापि बजार साचालक नियामक निकाय तथा अन्य सरोकारवालाहरुको ध्यान यसतर्फ जान सकेको छैन । फलस्वरुप नेप्सेले एकपछि अर्को टेवा तोड्दै यो तहसम्म आएको हो ।  नेपाली लगानीकर्तामा पनि बजार बुलिश हुँदा अझै बढ्छ र बियरिश हुँदा अझै तल जान्छ भन्ने मानसिकता रहेको पाइन्छ । ३ वर्षपहिले बैङ्क अफ काठमाण्डूको शेयरमूल्य रु। २ हजारको हाराहारीमा पुग्दा यो २ हजार ८ सय पुग्छ भनेर थप शेयर खरीद गर्ने पनि थिए । त्यसैगरी अहिले अन्नपूर्ण विकास बैङ्कलगायतका कम्पनीको शेयर बजारमूल्य किताबी मूल्यभन्दा कम हुँदासमेत हल्लाको भरमा शेयर विक्री गर्ने पनि छन् । शेयर बजारमा यस प्रकारको व्यवहार कुनै पनि हालतमा सकारात्मक वा विवेकपूर्ण होइन । यस्तो कार्य बजारमा अरु लोभी भएको समयमा आफू डराउनु र अरु डराएको समयमा आफू लोभी भएर शेयर खरीद गर्नु भन्ने मान्यतासँग पनि मेल खाँदैन ।...

नेप्से ३ सय ३ मा अब त घट्दैन की !

होमनाथ गैरे जेठ २९ काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूच्ाक ४ दशमलव ७६ अङ्कले घटेर ३ सय ४ दशमलव १३ मा पुग्यो । गत साताको अन्तिम कारोबार दिनको तुलनामा आइतवार नेप्से केही धेरै घटे पनि लगानीकर्ता तथा बिश्लेषहरुले भने धेरै नघट्ने अनुमान गरेका छन् । 'लामो समयदेखी तरलता अभावको सामना गरिरहेका लगानीकर्ताहरुलाई हकप्रद शेयर खरिद गर्न र बैङ्कको किस्ता तिर्ने चाप एकै पटक परेकाले अङ्कित मूल्यभन्दा कममा शेयर विकि्र गर्नु पर्ने वाध्यता आएको हो' शेयर लगानीकर्ता दुर्गा प्रसाद उप्रेतीले भने 'त्यसैको कारणले नेप्से यो तहसम्म आएको हो । तर अब बिस्तारै घट्ने गती मत्थर भएर नेप्से सम्हालिने कन्सोलिडेट हुने सङ्केत देखिएको छ ।' आर्थिक वर्ष अन्त्य हुनै लाग्दा हकप्रद शेयरको चाप कम हुँदै गएको तथा कम्पनीहरुको वास्तविक अवस्था पनि थाहा हुने भएकाले बजार सम्हालिने आधार बन्दै गएको उनको तर्क छ । ३ वर्ष पहिलादेखी असन्तुलित बनेको नेप्से परिसूचक र कुल बजार पूँजीकरणको अनुपात अहिले स्वभाविक तहमा आएकाले पनि नेप्से योभन्दा तल जान नसक्ने देखिएको छ ।  गत हप्ता राष्ट्र बैङ्कले तरलता सङ्कटमा परेका बैङ्क तथा वित...