Skip to main content

यसरी हुँदैछ चौंथो औद्योगिक क्रान्ती


होमनाथ गैरे
विषय प्रवेश (published in NRB Mirmire 2075)
कहिले काँही कुनै कुरा नाटकीय रुपमा तिब्र गतिमा परिवर्तन भयो भने त्यो के भइरहेको हो भनेर ठम्याउन गाह्रो पर्ने गर्छ । यस्तो अवस्थामा यदी कसैले त्यसलाई यसो हुदैछ भनेर किटान साथ भन्यो भने पनि विश्वास गर्न कठिन हुन्छ । तर, कतिपय विषयहरु यसरी नै कसैले पत्याउनै नसक्नेगरि नाटकीय रुपमा परिवर्तन भइरहेको छ, जसले करिब २ दशकको अवधीमा नै आम मानिसको दैनिकि नै बदलदिएको छ । फलस्वरुप, समाज तथा अर्थतन्त्रका सबै सरोकारवालाहरु यसलाई आफ्नै ढङ्गले बुझ्न र सोेही अनुरुप आफ्नो व्यवहारमा परिवर्तन गर्दै आएका छन् ।
त्यसरी, विश्व अर्थराजनीतिलाई नै प्रभावित पार्नेगरि बहसको विषय बनेको छ चौथो औद्योगिक क्रान्ती । विश्व आर्थिक मञ्चका सस्थापक अध्यक्ष क्लाउस च्वाबले चौथो औद्योगिक क्रान्तीको चर्चा गर्दा सबैले उपहास गर्दै उनको भनाईमा अविश्वास गरेका थिए । सो समयमा उनले ब्याख्या गरे जस्तो औद्योगिक क्रान्ती सम्भव हुन्छ भनेर पत्याउने खासै कोही थिएनन् । आम मानिसको त कुरै छाडौं अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले समेत १ अर्ब २० करोड मानिस विद्युतको पहुँचबाहिर रहेको अवस्थामा क्लाउसले भने जस्तो औद्योगिक क्रान्ती कसरी सम्भव होला भन्ने प्रश्न गरेको थियो । कृत्रिम बौद्धिकता (आर्टिफिसीयल इन्टेलिजेन्स) मा आधारित चौथो औद्योगिक क्रान्तीका लागि आवश्यक नयाँ प्रविधिको विकासमा विद्युतको प्रयोग अपरिहार्य हुन्छ । तर, कमजोर विद्युत प्रशारण प्रणालीका साथै न्यून आपूर्तीका कारण भनिए जस्तो औद्योगिक क्रान्ती शुरु हुन धेरै समय कुर्नु पर्ने कतिपयको ठोकुवा थियो ।
के हो कृत्रिम बौद्धिकता ?
तर, समय यसरी कसैले पत्तै नपाउने गरि अघि बढीसकेको छ कि, कृत्रिम बौद्धिकता हाम्रो दैनिकीको एक अंग भइसेको छ । यसको शुरुआत भएको बषौं भइसकेको छ । त्यसैको आभास पाएर क्लाउसले चौंथो औद्योगिक क्रान्तीको परिकल्पना गरेका होलान भन्ने हेक्का कतिपयलाई बल्ल अहिले आएर भएको हुनुपर्छ । कृत्रिम बौद्धिकतालाई बुझ्न काल्पनिक कथामा आधारित चलचित्र हेरिरहनु वा कुनै विकसित देशमा गएर विज्ञान प्रयोगशालाको अनुगमन गर्न पर्दैन । यो तपाई हामी सबैको हात हातमा भएको स्मार्ट फोनमा उपलब्ध विशेषता र सुविधाहरु मार्फत हाम्रो दैनिकीलाई सहजीकरण गर्न तम्तयार छ ।
एप्पलको अपरेटिङ प्रणाली आइओएसमा उपलब्ध ′सीरी′ होस वा गुगलको एनड्रोइडमा उपलब्ध ‘गुगल नाउ’ किन नहोस सबै तपाई हामीलाई सहयोग गर्ने कृत्रिम बौद्धिक साधन हुन । त्यस्ता साधन हातको प्रयोग विना हाम्रो आवाजमा सोधिएका प्रश्नको जवाफ दिन सक्षम छन् । उदाहरणको लागि अहिले कति बज्यो भनेर हामीले सोध्यौं भने सीरी वा गुगल नाउले तुरुन्तै हामी भएको स्थानको समय बताइ दिन्छन् । त्यसैगरी, तीनिहरुले कुनै शब्दको अर्थ जान्न कागजी डिक्सनरी वा मोबाइल फोनको मेमोरीमा खोजि रहनु पर्ने झण्झटबाट पनि मुक्ती दिएका छन् । कुनै शब्दको सहि उच्चारणका आधारमा सीरीले त्यस शब्दको अर्थ सहित सप्रशङ्ग व्याख्या गरि दिन्छ । यसको उपयोग नगर्नु वा गर्न नजान्नु हाम्रो कमजोरी हो न की प्रविधीको ।
यसरी काम गर्छ कृत्रिम बौद्धिकताले 
अमेरिकामा स्टिच फिक्स नामक कम्पनीले सन् २०११ देखि नै कृत्रिम बौद्धिकताको सहयोगले ग्राहकबाट कम्प्यूटर एप्समा प्रविष्ट गरेका केही सूचनाका आधारमा उसलाई मिल्ने र मनपर्ने कपडा आपूर्ती गर्दै आएको छ । वेबसाइटमा उपलब्ध डिजाइन र स्टाइलमध्ये आफुलाई मिल्ने साइज र मनपर्ने रंग छनोट गरेर अनलाईन मार्फत कपडा वा अन्य समान खरिद गर्ने प्रणाली त पुरानै भइसक्यो । स्टिच फिक्सले त ग्राहकको आय, बानी व्यहोरा तथा उसलाई मन पर्ने र मन नपर्ने केही विषयको सूचनाका साथ दिइएको शरीरको आकार संवन्धि सूचनाको विश्लेषण गरेर सम्भावित ५ ओटा कपडा ग्राहकको ठेगानामा निशुल्क पठाई दिन्छ । त्यसबाट ग्राहकले आफुलाई कुनै एक वा केही खरिद गर्न सक्छ बाँकी सबै फिर्ता हुन्छन् ।
झट्ट हेर्दा यो परम्परागत खरिद प्रणालीको विपरित जस्तो लाग्छ भने अनलाइन खरिदको सुधारिएको स्वरुप जस्तो देखिन्छ । परम्परागत खरिदमा ग्राहक आँफै पसलमा गएर आफ्नो रोजाईको डिजाइन र रंगको कपडा भौतिक रुपमा छोएर तथा परिक्षण समेत गरेर खरिद गर्छ, जहाँ छनोटका क्रममा मानिसको आफ्नै विवेक वा प्राकृतिक बौद्धिकता प्रयोग भएको हुन्छ । तर, स्टिच फिक्स मार्फत गरिने खरिदमा ग्राहकले उपलब्ध गराएका केही सूचनाको विश्लेषण गर्ने र त्यसबाट प्राप्त नतिजाका आधारमा ग्राहकलाई मन पर्ने र आवश्यकता पूर्ती हुने खालका कपडा शिफरिस गर्ने काममा कृत्रिम बौद्धिकताको प्रयोग भएको हुन्छ ।
अब कृत्रिम बौद्धिकताको उपयोगबाट समाज, अर्थतन्त्र र निजी उद्योग व्यवसायलाई कसरी फाइदा पुग्यो वा पुग्छ भन्ने विषय प्रमुख हो । किनभने, क्रान्ती भन्ने सब्दले भइरहेको वा पुरानो प्रणाली वा व्यवस्थालाई नयाँ प्रणाली वा व्यवस्थामा रुपान्तरण गर्ने भन्ने अर्थ दिन्छ । त्यस्तो रुपान्तरण समाज, अर्थतन्त्र र निजी क्षेत्र वा उपभोक्ता सबै सरोकारवालाहरुका लागि लाभदायी हुनु पर्छ वा अर्थशास्त्रीय भाषामा सबैको आर्थिक कल्याण पहिलेभन्दा वृद्धि हुनु पर्छ । त्यसैले उत्पादन तथा वितरण प्रणालीमा कृत्रिम बौद्धिकताको प्रयोगबाट उपलब्ध स्रोत साधनको उत्पादकत्व वा उत्पादन तथा वितरण दक्षतामा वृद्धि हुनुपर्छ, जसको लाभ ती प्रणालीमा सहभागी सबैले आप्mनो योगदानको अनुपातका आधारमा प्राप्त गर्न सकुन । अझ सजिलो भाषामा भन्दा कृत्रिम बौद्धिकताको प्रयोग गरेपछि कि त पहिलेकै स्रोत साधन (इनपुट) बाट पहिलाभन्दा बढी उत्पादन (आउटपुट) प्राप्त हुनु प¥यो कि पहिला भन्दा कम स्रोत साधन (इनपुट) बाट पहिला जतिनै उत्पादन (आउटपुट) आउनु प¥यो भन्ने हो । त्यसो भएमा मात्र उत्पादकत्व वा दक्षता वृद्धि भएको मानिन्छ ।
स्टिच फिक्सको उदाहरणमा कृत्रिम बौद्धिकताले एकातिर महँगा स्थानहरुमा कपडाको सोरुम र गोदामका लागि तिर्नु पर्ने भाडादेखि ठुलो संख्यामा राख्नु पर्ने कर्मचारी र मर्मत सम्भार लगायतको सञ्चालन खर्च शून्यमा झारी दिन्छ । अर्कातिर ग्राहकका लागि पनि आफुलाई मन पर्ने डिजाइन, स्टाइल र रंगको कपडा छान्नका लागि घण्टौ लगाएर बजार धाइ राख्नु पर्दैन, जसबाट समय र पैसा दुबैको बचत हुन्छ । फलस्वरुप, व्यवसायी र ग्राहक दुबैका साधनको दक्षता वा उत्पादकत्व वृद्धि हुन गई प्रतिफल वा कल्याण वृद्धि हुन्छ । अझ पछिल्लो समय त अनलाइनमा छनोट गरेको सामान ग्राहकको घरसम्म पु¥याउन ड्रोनको प्रयोग गर्ने प्रचलन आएको छ । यसबाट सामानको ढुवानी वा वितरण प्रणाली थप दक्ष मात्र भएको छैन वातावरण प्रदुषणमा पर्ने प्रतिकुल असर पनि कम हुने देखिएको छ ।
गत वर्ष मात्रै गुगल डिप माइण्डले विकास गरेको खेल प्रोग्राम ‘अल्फा गो’ ले कम्यूटरमा आधारित खेल ‘गो गेम’ मा १८ पटक विश्व च्यामपियन भएको दक्षिण कोरियाली खेल प्रोग्राम ‘ली सेडोल’ लाई पराजित ग¥यो । यो कसरी सम्भव भयो भन्ने विषयमा भएको अध्ययनले के देखायो भने ‘अल्फा गो’ का अल्गोरिदम (सुत्र) यसरी विकास गरिएको छ की यसले आफ्ना पुराना गल्तीहरुबाट सिक्दै जान्छ र कुन चाल चाल्दा प्रतिपक्षिलाई रोक्न सकिन्छ भन्ने विषयमा दक्ष हुन्छ । ‘गो गेम’ कम्प्यूटर प्रोग्रामका विच खेलिने चेस जस्तै खेल हो, जहाँ मानिसको सहभागिता र निर्देशन रहदैन । र, एक पटक शुरु (स्टार्ट) भएपछि मशिनमा संग्रहित सूचना (डाटाबेस) र अनुभव (सेल्फ लर्निङ) का आधारमा चाल र प्रतिचाल चल्दै जान्छ ।
त्यसैक्रममा, ‘ली सेडोल’ का डेभलपर मध्ये एकले भनेका थिए ‘गो गेम’ का प्रोग्राम हामीले बनाए पनि यसले कुन परिस्थितिमा कस्तो चाल चल्छ (मुभ गर्छ) भन्ने विषयमा हामीलाई थाहा हँुदैन । उनका अनुसार डेभलपरले खेलका नियमका आधारमा सम्भावित चालका केही लाख उपाय (अप्सन) कोे डाटाबेस सृजना गरेका हुन्छन् । त्यसपछि हरेक पटकको खेलमा प्रयोग भएका नयाँ उपायहरु समेत डाटाबेसमा संग्रहित हुँदै जान्छन् । फलस्वरुप, मसिन लर्निङ सिस्टम समेत भनिने त्यस्ता प्रोग्राममा करोडौं सम्भावित अप्सनहरु रहन्छन र मशिन (कम्प्यूटर) ले प्रतिपक्षीको कुन चालको विरुद्धमा आफुले कुन चाल चाल्नु पर्छ र त्यसको नतिजा के हुन्छ भनेर समेत गणना गर्छ । त्यसरी कम्प्यूटरले गर्ने गणना (कृत्रिम बौद्धिकता) मानव मस्तिष्कले गर्ने गणना (प्राकृतिक बौद्धिकता) भन्दा सयांै गुणा छिटो र बढी सत्य हुन्छ ।
औद्योगिक उत्पादन र कृत्रिम बौद्धिकता
चौंथो औद्योगिक क्रान्तीको सारथी कृत्रिम बौद्धिकता नै भन्ने विषयमा अब द्विविधा रहेन । अब जिज्ञाशा हुन सक्छ, कृत्रिम बौद्धिकताले औद्योगिक क्षेत्रमा कसरी क्रान्ती ल्याउँछ त ? अथवा, कृत्रिम बौद्धिकताको सहयोगमा उद्योगहरु कस्तो प्रकृया, प्रारुप वा मोडेलमा चल्छन भन्ने विषय बुझ्न आवश्यक छ । सबैले बुझेकै कुरा हो, कुनै पनि नयाँ विकास वा रुपान्तरणको आधार हुन्छ । सोही आधारमा टेकेर नै नयाँ यात्रामा अगाडी बढ्ने हो । यसमा पनि स्मरण रहोस चौथो औद्योगिक क्रान्तीको आधार भनेको पहिलोदेखि तेस्रो औद्योगिक क्रान्तीसम्म आउँदा भएका सबै आविस्कार र नवप्रवर्तनहरुबाट प्राप्त उपलब्धीहरु नै हुन ।
माथि उल्लेख भइसकेको छ की आम मानिसको दैनिकी, विभिन्न व्यापार र सेवा उद्योगहरुमा कृत्रिम बौद्धिकताको प्रयोग भइसकेको छ । यसरी कृत्रिम बौद्धिकता हामी सबैको पहुँचमा आईसकेको छ, जसबाट चौथो औद्योगिक क्रान्तीको शुरुआत भइसकेको छ । अहिले यसले मानिसका दैनिक गतिविधि, व्यापार र सेवा क्षेत्रका केही व्यवसाय सञ्चालनमा सहयोग गरिरहेको छ र विस्तारै ठुला उत्पादनमुलक उद्योगमा प्रभुत्व जमाउने अपेक्षा गरिएको छ । अब कल्पना गरौं अहिले नै पूर्ण वा आंशिक स्वचालित मशिन उपकरणको प्रयोग भइरहेको उत्पादनमुलक (म्यानुप्mयाक्चरिङ) उद्योगमा कृत्रिम बौद्धिकता हाबी भयो भने त्यसको सञ्चालन दक्षता (अपेरेसनल इफिसियन्सी) कस्तो होला र उत्पादनका साधनको उत्पाकत्व कती होला । त्यती बेला बल्ल क्लाउसले परिकल्पना गरेको चौथो औद्योगिक क्रान्ती सफल भएको मानिने छ । यद्यपी, त्यसमा पनि सुधार र परिमार्जनको आवश्यकता भने रहिरहने छ, जुन विकासको स्वभाविक प्रकृया नै हो ।
सन् १९६० को दशमदेखि शुरु भएको स्वचालित उप्पादन तथा वितरण प्रणालीको विकास र त्यसबाट प्राप्त उपलब्धीलाई नै तेस्रो औद्योगिक क्रान्ती भनिन्छ । सन् १९९० मा टिम बर्नर्स लीले इन्टरनेटको आविस्कार गरेसँगै स्वचालित उत्पादन प्रणाली थप ब्यापक बन्दै गयो । नयाँ शताब्दीको शुरुआतसँगै कम्प्यूटर विज्ञानमा भएको चमत्कारिक विकास र सर्वसुलभताले नै चौंथो औद्योगिक क्रान्तीको बहस शुरु गराएको हो । यसमा तेस्रो औद्योगिक क्रान्तीको उपज स्वचालित उत्पादन प्रणालीबाट उत्पादित वस्तु, उपकरण, प्राकृतिक रुपमा उपलब्ध विभिन्न कच्चा पदार्थ र मानव गतिविधिलाई इन्टरनेटसँग आवद्ध गरेर प्राप्त सूचना (डाटा) लाई लगातार (रियल टाइम) विश्लेषण गर्दै त्यसबाट आएको नतिजालाई तुरुन्तै उपयोग गर्न सकिन्छ । फलस्वरुप, उत्पादन, वितरण तथा सेवा प्रवाहमा कहाँ के कमजोरी छ भन्ने जानकारी हुनुका साथै मशिन वा उपकरणले सहि तरिकाले काम गरेको छ की छैन भन्ने पत्ता मात्रै लाग्दैन समाधान वा सुधारका उपाय निकाल्न समेत सहयोग मिल्छ । त्यसरी हरेक पटक प्रणालीमा सृजना भएको नतिजा (उपाय) डाटाबेशमा संग्रहित हुँदै जान्छ र अर्को पटक उस्तै समस्या आएमा मशिनले सोही उपायलाई सुझावका रुपमा प्रस्तुत गर्छ । यो प्रकृया निरन्तर चलि रहन्छ, जसलाई नै मशिन लर्निङ प्रणाली भनिएको हो । यद्यपी, मशिनबाट प्राप्त नतिजा वा सुझावलाई प्रयोग गर्ने नगर्ने विषयमा व्यवसायिक एवं व्यवहारिक कोणबाट लेखाजोखा गर्ने काम भने व्यवस्थापक वा विषय विज्ञको हुन्छ ।


मशिन  लर्निङ सिस्टम (पद्धती)लाई कतिपयले गहन सिकाई पद्धती (डीप लर्निङ सिस्टम) पनि भन्छन, खासगरि स्वास्थ्य सेवाका क्षेत्रमा उपयोग भइरहेको छ । आईबीएमले विकास गरेको ‘वाट्सन हेल्थकेयर’ अधिकांश अस्पतालहरुमा प्रयोग भइरहेको छ । यद्यपी, त्यस पद्धतीले प्रदान गर्ने सेवामा कतिपयले विश्वास नगरेको पनि पाइन्छ, फलस्वरु, सबै देशहरुमा त्यसलाई कानुनी मान्यता दिइएको छैन । यसले के पुष्टि गर्छ भने कृत्रिम बौद्धिकता अहिले नै क्लाउसले परिकल्पना गरेको औद्योगिक क्रान्ती हाँक्न सक्षम भइसकेको छैन र त्यसका लागि अझै धेरै नयाँ आविस्कार र भइरहेका पद्धतीमा सुधार गर्न बाँकी छ ।
आईबीएमको ‘वाट्सन हेल्थकेयर’ लाई कानुनी मान्यता दिन नहुने पक्षधरहरुको तर्क के हो भने कुनै पनि मशिन वा पद्धतीले मानव श्रम वा जनशक्तिलाई प्रतिस्थापन गर्नु हुँदैन । बरु, त्यस्ता मशिन वा पद्धतीको उपयोगले मानिस वा जनशक्तिको कार्यदक्षता अभिबृद्धि गर्नु पर्छ भन्ने उनीहरुको धारणा छ, जुन स्वभाविक पनि हो । कुनै पनि प्रविधि वा यन्त्र उपकरणको विकासले आम मासिनको रोजगारी गर्ने र बाच्न पाउने नैसर्गिक अधिकारको हनन् गर्नु हुँदैन भन्ने तर्क एक ठाँउमा ठिकै हो । रोबोट तथा अन्य उपकरणका कारण हजारौं मानिसले जागिरबाट हात धुनु परेका समाचार तथा तथ्यांकहरु सार्वजनिक हुने क्रम बढ्दो छ ।
अमेरिकी स्टार्टअप कम्पनी ‘जुमे पिज्जा’ ले शुरुआत देखि नै पिज्जा निर्माणमा रोबोटको प्रयोग गर्दै आएको छ, जसले प्रति घण्टा २ सय ८८ ओटासम्म पिज्जा बनाउन सक्छ । साथै उक्त कम्पनीले ग्राहकको चाहना र सन्तुष्टी मापन गर्न कृत्रिम बौद्धिकताको उपयोग गरिरहेको छ । रोबोटको प्रयोगले सो कम्पनीलाई कामदार र लागत मात्र कटौती गराएको छैन ताजा र राम्रा सामग्रीहरुको प्रयोग गर्न र ग्राहकको चाहना पुरा गर्न समेत सघाएको छ ।
पछिल्लो पटक साउदी अरेबीयाले त रोबोटलाई सन २०१७ को अन्त्यतिर आप्mनो देशको नागरिकता नै दिएर काममा लगाएको छ । सोफीया नामकी ती महिला रोबोट सन् २०१८ को मार्चमा काठमार्डौमा नै आएर मशिन र प्रविधिको सहि उपयोगले नेपालको गरिबी र असमानता कम गर्न महत्वपूर्ण भुमिका खेल्ने बताइन । यस्तै दृष्टान्त र तथ्यांकहरुले विश्लेषणका आधारमा विश्व बैङ्क, एशियाली विकास बैङ्क तथा विश्व आर्थिक मञ्च जस्ता संस्थाहरुले सन् २०३० सम्म वा २०५० सम्ममा उत्पादन तथा वितरण प्रणालीको यान्त्रिकरणका कारण यती लाख मानिसको काम खोसिन्छ भन्ने खालका प्रक्षेपणहरु सार्वजनिक गर्दै आएका छन् । ती सबै खाले प्रक्षेपण आगामी केही वर्षमा अधिकांश औद्योगिक मुलुकका कलकारखानाहरु ‘स्मार्ट प्mयाक्ट्री’ मा परिणत हुनेछन् भन्ने मान्यतामा आधारित छन् । जब जब कलकारखाना ‘स्मार्ट प्mयाक्ट्री’ मा परिणत हुँदै जान्छन् तब तब चौथो औद्योगिक क्रान्ती सफल हुँदै गएको मानिनेछ, त्यसको मूख्य सम्वाहक भने कृत्रिम बौद्धिकता नै हुनेछ ।
अब केही जिज्ञासा उठ्न सक्छन् ‘स्मार्ट प्mयाक्ट्री’ कस्ता हुन्छन् वा त्यहाँ कसरी काम हुन्छ ? के त्यस्ता प्mयाक्ट्रीमा कामदारको आवशयकता नै पर्दैन ? वा मशिन उपकरण बिग्रियो भने कसरी मर्मत हुन्छ र कसले गर्छ ? कृत्रिम वौद्धिकतामा आधारित स्मार्ट प्mयाक्ट्रीमा अहिले विषयगत विशेषज्ञहरुले गर्ने अधिकांश काम मशिन तथा उपकरणहरु आफैले गर्छन् । यतीसम्मकी उनीहरु स्वतन्त्ररुपमा एक आपसमा कुराकानी वा सूचना आदान प्रदान समेत गर्न सक्षम हुन्छन । त्यही सूचनाका आधारमा कुनै एक मशिन वा उपकरण वा सिङ्गो प्रणालीमा कहाँ कस्तो समस्या वा गडबडी छ भन्ने पत्ता मात्र लाग्दैन त्यसको मर्मत सम्भार पनि गरिन्छ, मानवीय हस्तक्षेप विना नै । साथै, कुनै पनि मशिन वा उपकरणले अबको कती समयमा काम गर्न छाड्दै छ र त्यसको कारण के हो भन्ने जानकारी समेत मशिन लर्निङ सिस्टमबाट प्राप्त सूचनाले दिन्छ । त्यसले गर्दा समयमा नै मर्मत सम्भार तथा आवश्यकता परे महिन उपकरण परिवर्तन गर्न समेत सजिलो हुन्छ भने अहिलेको जस्तो एउटा सानो उपकरण बिग्रिदा लामो समय कारखाना नै बन्द गर्नुपर्ने अवस्था आउँदैन । फलस्वरुप, उद्योगको सञ्चालन दक्षता, लागत र उत्पादकत्वमा वृद्धि हुन्छ ।
एक कोरियन स्टार्टअप कम्पनी ‘उलाला ल्याब’ ले ‘विम प्mयाक्ट्री’ नामक परम्परागत कारखानालाई स्मार्ट प्mयाक्ट्रीमा रुपान्तरण गर्न सहयोग पु¥याउने प्रविधि विकास गरेको छ । त्यसमा परम्परागत कारखानाका सबै मशिन तथा उपकरणको विस्थापन गर्नुको सट्टा तीनमा एक प्रकारको सेन्सर जडान गरि उक्त कारखानालाई स्मार्ट प्mयाक्ट्री बनाउन सकिन्छ । सो सेन्सरले सबै मशिन उपकरणका साथै समग्र उत्पादन प्रणाली र उत्पादित वस्तुको गुणस्तर समेत अनुगमन गर्छ र सबै सूचना इन्टरनेट (क्लाउड) मा पठाउँछ । तीनै सूचनालाई मशिन लर्निङ सिस्टम र डाटा एनालिटिक्सको सहायताले प्रशोधन र विश्लेषण गरेर कम्प्यूटरको मनिटरमा देखाइ दिन्छ । त्यसैका आधारमा अपरेटरले आवश्यक निर्देशन दिन तथा कदम चाल्न सक्छ । त्यसैले चौथो औद्योधिक क्रान्तीको सफलताका लागि नविन सोच र प्रविधिमा आधारित नयाँ (स्टार्टअप) कम्पनीहरुको निकै महत्वपूर्ण भुमिका रहन्छ ।
तर, बिकशित देशमा नै पनि अहिले सञ्चालनमा रहेका सबै कारखानालाई स्मार्ट प्mयाक्ट्रीमा रुपान्तरण गर्न सम्भव नभएको अध्ययनहरुमा देखिएको छ । त्यसको प्रमुख कारण अहिलेका कारखानालाई स्मार्ट प्mयाक्ट्रीमा रुपान्तरण गर्न निकै महँगो पर्छ । कोरीयाली बैज्ञानिकहरुको एक समूहले गरेको अध्ययन अनुसार हाल संसारभर सञ्चालनमा रहेकामध्ये केबल २० प्रतिशत कारखाना मात्र तत्कालै स्मार्ट प्mयाक्ट्रीमा रुपान्तरण गर्न सकिने खालका छन् । तीमध्ये पनि सबै कारखानाका सञ्चालक वा मालिक लामो समयदेखि आफ्नो प्रत्यक्ष नियन्त्रण र निगरानीमा रहेको कारखाना अहिले नै मशिनको जिम्मा लगाउन तयार देखिदैनन् । त्यसैले अनुमान गरिए जस्तो छोटो अवधीमा नै अहिलेका कारखाना स्मार्ट प्mयाक्ट्री हुन्छन् भन्ने छैन र प्रक्षेपण गरिएको संख्यामा रोजगारी गुम्छ भन्न पनि सकिदैन ।
कृत्रिम बौद्धिकता र आम मानिस 
कृक्रिम बौद्धिकताले कसरी चौथौ औद्योगिक क्रान्तीलाई डो¥याइरहेको छ र त्यसबाट विश्व अर्थतन्त्र तथा व्यवसायिक जगतमा कस्तो संरचनात्मक परिवर्तन भईरहेको छ भन्ने विषयमा चर्चा गरिसकियो । साथै कसरी परम्परागत कलकारखाना विस्तारै स्मार्ट प्mयाक्ट्रीमा रुपान्तरण हुँदैछन् भन्ने विषयमा बाहिर आएका विभिन्न आंकडा र अनुमानहरु पनि प्रस्तुत गरियो ।
जतिसुकै चामत्कारिक प्रविधि आविस्कार, अन्वेषण वा विकास भए पनि र त्यसबाट जस्तोसुकै परिवर्तन वा क्रान्ती भए पनि त्यसले आम मानिसको दैनिकिमा कस्तो प्रभाव पार्छ भन्ने विषय महत्वपूर्ण हो । पछिल्लो समय कतिपय यस्ता प्रविधिको आविस्कार भएको छ जसले पुरानो संरचनाका साथै सोसँग सम्वन्धित सबै उद्योग व्यवसाय र जिविकोपार्जनका साधनलाई ध्वस्त पार्दै लगेका छन् । त्यस्ता प्रविधिलाई कतिपयले ध्वम्सात्मक प्रविधि (डिस्ट्रक्टिभ टेक्नोलाजि) र त्यस्को आविस्कारलाई ध्वम्सात्मक आविस्कार (डिस्ट्रक्टिभ इनोभेशन) पनि भन्ने गरेका छन् ।
यहाँनेर ख्याल गर्नु पर्ने कुरा के हो भने खाली श्रृजनात्मक आविस्कार वा प्रविधिले मात्रै चौथो औद्योगिक क्रान्ती सम्भव छैन र त्यसका लागि ध्वम्सात्मक आविस्कार वा प्रविधि अझै बढी आवश्यक र महत्वपूर्ण छ । यसको अर्थ श्रृजनात्मक र ध्वम्सात्मक दुबै खाले प्रविधिको सन्तुलित विकास र प्रवद्र्धनमा नै चौथो औद्योगिक क्रान्तीको सफलता निर्भर गर्नेछ । अब सबैले जानेकै विषय हो जहाँ नयाँ कुरा प्राप्ती वा परिवर्तनका लागि ध्वम्सको आवश्यकता हुन्छ त्यो परिवर्तन वा क्रान्तीबाट सबैले समान रुपमा लाभ लिन सक्दैनन् । कसैले अत्यधिक लाभ पाउँछ, केही कम मात्रै पाउँछ भने केही सो परिवर्तनबाट सर्वस्व नै गुमाउन पनि सक्छन् ।
प्रसिद्ध कल्याण अर्थशास्त्री वीलफ्रेडो परेटोको सिद्धान्तअनुसार कुनै पनि काम वा परिवर्तनबाट केहीलाई नोक्सान भए पनि बहुसंख्यकलाई लाभ पुग्छ भने त्यसबाट समग्रमा आर्थिक कल्याण वृद्धि भएको हुन्छ र त्यस्ता कामलाई निरन्तरता दिनु पर्छ । यही सिद्धान्तलाई आधार मान्ने हो भने पनि कृत्रिम बौद्धिकताको बुई चढेर सवार भइरहेको चौथो औद्योगिक क्रान्ती पनि निम्न वर्गका बहुसंख्यक श्रमिक र उपभोक्ताहरुलाई लाभ पु¥याउनु पर्छ । उक्त क्रान्तीपछि श्रमिकको दक्षता, उत्पादकत्व, आय र क्रयशक्तिमा सुधार आउनु पर्छ वा उनीहरुको समग्र जिवनस्तरमा सुधार आएको हुनुपर्छ ।
त्यसैगरी, आम उपभोक्ताले पहिलाभन्दा सर्वसुलभ मूल्यमा उच्च गुणस्तर वा नयाँ विशेषता सहितका वस्तु तथा सेवा उपभोग गर्न पाउनु पर्छ । तर, नयाँ प्रविधि र विशेषता सहितका वस्तु आम मानिसको क्रयक्षमता बाहिर भए भने त्यसबाट समग्र आर्थिक कल्याण बढ्दैन र त्यस्तो परिवर्तन वा क्रान्तीको उपादयता रहदैन । उदाहरणका लागि थ्री डी प्रविधिमा आधारित अत्याधुनिक उपचार प्रणाली र कृत्रिम अङ्गहरुको विकास भइसकेको छ । तर, उच्च मूल्य भएका कारण तीनिहरु आम मानिसको पहुँचभन्दा बाहिर छन् । यदी ती उपचार प्रणाली र कृत्रिम अङ्गहरुको मूल्य सर्वसुलभ हुँदो हो त लाखौ मानिसले अकालमा मृत्युबरण गर्नु पर्ने थिएन । त्यसैले चौथो औद्योगिक क्रान्तीले जतिसुकै चामत्कारिक आविस्कार वा परिवर्तन ल्याए पनि त्यसले आम मानिसको दैनिक जिवनमा सकारात्मक प्रभाव पार्दैन भने त्यसको खासै अर्थ छैन ।
यसको अर्थ नयाँ औद्योगिक क्रान्ती वा परिवर्तन आवश्यक छैन वा त्यो हुनु हुँदैन भन्ने होइन । त्यो अवस्यम्भावी छ र ढिलो चाँडो सफल मात्र हुँदै तपाई हामी सबैको दैनिकीमा आमुल परिवर्तन ल्याएर जवर्जस्त रुपमा आउने वाला छ ।
चौँथो औद्योगिक क्रान्तीको सामना गर्न वा त्यसका नकारात्मक प्रभावको न्यूनिकरण गर्न र सकारात्मक प्रभावबाट लाभ लिन हामीले आप्mनो स्थानबाट तयारी गर्नुको विकल्प छैन । बेलायतको अक्सफोर्ड विश्वविद्यालयको एक अध्ययनले आगामी २५ वर्षमा अहिले चलनचल्तीमा रहेका ४७ प्रतिशत रोजगारी गायब हुने प्रक्षेपण गरेको छ । यद्यपी, सो प्रक्षेपण सही हुन्छ या हुँदैन वा यती नै राृजगारी गुम्छ भन्ने अवस्था भने छैन । यदी त्यो प्रक्षेपण सहि सावित भएमा अहिले उपलब्ध मध्ये करिब आधा काम २५ वर्षपछि उपलब्ध हुने छैनन् र ती काममा आश्रृत मानिसहरु या त नयाँ कामका लागि योग्य र दक्ष हुनु पर्नेछ या बरोजगार हुनु पर्नेछ । यस्तो अवस्थामा हामीले चौथो औद्योगिक क्रान्ती के हो, यो कसरी सम्भव हुँदैछ र यसले हाम्रौ दैनिकिमा कस्तो प्रभाव पार्दैछ भन्ने विषयमा सचेत हुनु जरुरी छ । त्यतीमात्रै होइन यसका विषयमा आप्mना सन्तती र नयाँ पुस्तालाई पनि सुसुचित गराइराख्नु आवश्यक छ । अन्यथा उनीहरुले अहिले पढेको शिक्षा वा सिकेको सिप आगामी केही वर्षमा नै काम नलाग्ने हुन सक्छ र आम बेरोजगारी निम्तिन पनि सक्छ ।
कृत्रिम बौद्धिकतालाई कसरी उपयोग गर्ने
भ्रम नरहोस चौंथौ औद्योगिक क्रान्ती केबल कृत्रिम बौद्धिकता, ड्रोन, रोबोट, थ्रिडी प्रीन्टिङ वा स्मार्ट प्mयाक्ट्री मात्र होइन । यसले हाम्रो सोच्ने तरिका देखि, खाने पिउने, काम गर्ने वा समग्रमा जिवन जिउने तौर तरिकामा नै परिवर्तन ल्याउने वाला छ । त्यसैले ती सबै कुराको सामना गर्न वा क्रान्तीबाट लाभ लिन नयाँ आविस्कार लाई अपनाउन र परिवर्तनलाई आत्मसाथ गर्दै जानुको विकल्प छैन । अन्यथा अबका केही दशकमा हामी निकै पछि परिसकेका हुनेछौं र त्यतिबेला डाइनोसर बन्न सक्ने जोखिन निकै उच्च हुनेछ ।      
त्यही तथ्यलाई आत्मसाथ गरेर कोरिया, जापान, बेलायतका कैयौं विकसित मुलुकहरुले चौथो औद्योगिक क्रान्तीको प्रवद्र्धन र सामना सँगसँगै गर्न सजिलो होस भनेर पढ्ने पढाउने देखि सिक्ने सिकाउने पद्धतीमा नै परिमार्जन गरिसकेका छन् । उनीहरुले प्राथमिक तहदेखि नै कप्यूटर प्रोग्रामिङ लगायतका श्रृजनात्मक विषयहरुको पढाई शुरु मात्रै गरेका छैनन् माथिल्लो तहमा विस्तारै अनिवार्य गर्ने उद्देश्यले पाठ्यक्रममा नै परिमार्जन गरिसकेका छन् । अरु कैयौं देशहरुको त्यसको तयारीमा मात्रै लागेका छैनन् समय सीमा नै तोकेर कार्यान्वयनको योजना बनाएका छन् ।
पछिल्लो समय विकसित देशहरुमा सबैको छलफलको विषय बन्ने गरेको छ कम्पुटेशनल थिङ्किङ (सीटी), जसले नयाँ पुस्ताहरुमा गणित, तथ्यांक, गणना (हिसाव किताव) र सृजनात्मक सोचाई लाई कसरी कम्प्यूटर प्रोग्रामिङको माध्यमबाट प्रस्तुती र विश्लेषण गर्ने भन्ने सिकाउन मद्दत गर्छ । बेलायतले सन् २०१३ मा नै राष्ट्रिय पाठ्क्रममा ‘कम्पुटिङ प्रोग्राम्स’ नामक विषय नै थप गरेको छ ।  त्यसैगरि, अमेरिका, फिनल्याण्ड, इस्टोनीया, कोरिया लगायतका देशले पनि विद्यार्थीको सिकाई पद्धतीमा कोडिङ र डिजिटल शिक्षालाई महत्वपूर्ण स्थान दिन शुरु गरेका छन् । कलिला बालबालिकाहरुलाई सीटीमा अभ्यस्त हुन कठिन हुने भन्दै त्यसलाई अहिले नै अनिवार्य भने गरिएको छैन । यसको अर्थ अबको केही वर्षमा विकसित देशको पाठ्क्रम र शिक्षण प्रणालीमा सीटी पनि एक अनिवार्य विषय भइसकेको हुनेछ ।  
तर, नेपाल जस्ता अल्पविकसित तथा विकासशिल देशहरुमा भने यो विषयले अझै प्राथमिकता पाउन सकेको छैन । यसको अर्थ कोडिङ र प्रोग्रामिङ नै सबै थोक हो र यो जान्दैमा चौथो औद्योगिक क्रान्ती र ध्वम्सात्मक आविस्कारको सहजै सामना गर्न सकिन्छ भन्ने पनि होइन । यो त केवल तयारी मात्रै हो, उदाहरणका लागि भुकम्प आउन सक्छ भनेर झटपट झोला तयार गरेर राखे जस्तो वा आगलागी हुन सक्छ भनेर दमकलमा पानी भरेर राखे जस्तो । केही दशक पहिला रोजगारीका लागि योग्य हुन साक्षर हुन अनिवार्य भए जस्तै वा अहिले कम्यूटर एप्लिकेसनको ज्ञान (टाइपिङ)अनिवार्य आधारभुत शिप भए जस्तै आगामी केही दशकमा कोडिङ र प्रोग्रामिङ जस्ता शिप आधारभुत हुनेछन् । यसै विषयलाई आत्मसाथ गरेर जापानले सन् २०२० देखि विद्यालय स्तरको पाठ्यक्रममा प्रोग्रामिङलाई अनिवार्य बनाउने निर्णय गरिसकेको छ ।
कतिपय अर्थशास्त्रीहरु भने त्यसरी विध्वम्सकारी परिवर्तन ल्याउने चौथो औद्योगिक क्रान्तीका लागि यो ब्रह्रमाण्डमा उपलब्ध स्रोत साधनले नपुग्ने विचार राख्छन् । उनीहरुको भनाईमा चौथो औद्योगिक क्रान्ती सम्भव छ र शुरु पनि भइसकेको छ, तर त्यो अहिले भइरहेको उत्पादन, वितरण तथा उपभोग प्रणालीलाई नै तहसहस पार्ने खालको हुने छैन । त्यसैले माथि भनिए जस्तो निरासाबादी भइ हाल्नु पर्ने अवस्था नरहेको उनीहरुको तर्क छ ।  तर कुनै सम्भावित परिवर्तनका विषयमा सचेत हुनु र त्यसका नकारात्मक प्रभावलाई न्यूनिकरणका लागि तयारी गर्नु नराम्रो होइन भन्नेहरुको जमात ठुलो देखिन्छ । त्यसैका लागि नै अहिले सीटीले यती धेरै महत्व पाईरहेको उनीहरु मान्दछन् ।
उपसंहार
केही मतभिन्नता भए पनि चौथो औद्योगिक क्रान्तीको तयारी अधिकांश विकसित देशहरु जुटिसकेका छन् । अब विकासशिल तथा अल्पविकसित देशहरु पनि यस अभियानमा सामेल हुनुको विकल्प छैन । पक्कै पनि यस अभियानमा सरकारको भुमिका अग्रणी र नेतृत्वदायी हुन्छ । तर, अहिलेको उदारिकरण र विश्वव्यापीकरणको जमानामा सरकारले मात्रै सबै थोक गर्न सम्भव छैन । त्यसैले निजी तथा प्राज्ञिक क्षेत्रको योगदान पनि अपरिहार्य हुन्छ । सरकारले वावश्यक नीति र ऐन कानुन निर्माण गरेर सहज वातावरण बनाइदिनु पर्छ भने निजी क्षेत्रले नयाँ प्रविधि र प्रणालीको विकासमा लगानी जुटाउन सहयोग गर्नुपर्छ । त्यसैगरि, प्राज्ञिक क्षेत्रले अध्ययन अनुसन्धान मार्फत सरकार तथा निजी क्षेत्र दुबैलाई सल्लाह सुझाव र सहयोग प्रदान गर्नु पर्छ ।

Comments

Popular posts from this blog

सुनको मूल्यभित्रका वास्तविकता

सुनको मूल्यभित्रका वास्तविकता होमनाथ गैरे संसारमा शेयरपछि सबैभन्दा बढी मूल्य घटबढ हुने वस्तुमा सुन पर्छ । सुनको मूल्यमा हुने उतारचढावका साथै यसका कारण र प्रभावका विषयमा समय समयमा विभिन्न विचारहरू बाहिर आउने गरेका छन् । यस किसिमका भनाइ खासगरी डेरिभेटिभ बजारका लगानीकर्ता वा मूल्यमा भएको उतारचढावबाट छिटो पैसा कमाउन चाहने सट्टेबाजहरूबाट बढी आउने गरेको छ । विश्वअर्थतन्त्रमा हुने परिवर्तन, भूराजनीतिक अवस्था र सुनको उत्पादन, माग तथा आपूर्तीलाई कारण मान्दै यसको मूल्य अहिले अझै माथि जाने त कहिले अझै तल झर्ने भनाइहरू पनि सार्वजनिक हुने गरेका छन् । तर, विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित विज्ञ तथा अर्थशास्त्रीहरू भने सुनको मूल्यमा हुने त्यस्तो उतारचढावलाई अस्वाभाविक र कृत्रिम मान्दछन् । यसै सन्दर्भमा यस लेखमा सुनको विषयमा विद्यमान केही कथनहरूको चिरफार गर्ने प्रयास गरिएको छ । सुन महँगो धातु हो ? यो भनाइ सुनमा मात्रै नभएर सम्पत्तिका रूपमा उपयोग हुने वा मानव जीवनसँग गाँसिएका कुनै पनि वस्तुको हकमा उत्तिकै लागू हुन्छ । वास्तवमा यो प्रश्नको उत्तर निकै कठि...

निजी बैङ्कको ऋण सरकारीमा सार्दै व्यवसायी

सरकारी बैङ्कप्रतिको विश्वास बढ्यो की कम ब्याजदरले तान्यो ? होमनाथ गैरे गत बैशाखमा काठमाडौंका एक व्यवसायीक फर्मले माछापुच्छ«े बैङ्कसँगको ऋण नेपाल बैङ्कमा सा¥यो । माछापुच्छ«ेको तुलनामा नेपाल बैङ्कको ब्याजदर कम भएकाले कारोबार सारेको श्रेष्ठ थरका त्यो फर्म सञ्चालकको भनाई थियो । ‘ऋण सारेको ४ महिनाको अवधीमा कम्तीमा २०÷२५ लाख रुपैयाँ ब्याज खर्च घट्यो,’ पाँचतारे होटेलको एक जमघटमा श्रेष्ठले भन्दै थिए, ‘पहिले नै जानकारी भएको भए अझ धेरै बचत हुने रहेछ ।’ गत साउन दोस्रो साता राष्ट्रिय बाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा जनकपुरका व्यवसायीको प्रतिनिधित्व गर्दै एक ब्यक्तिले ब्याजदरका विषयमा छलफल गर्दै थिए । आफुसँग १२÷१३ करोड रुपैयाँको पोर्टफोलियो भएकाले ब्याजदर मिलाई दिए सबै ग्राहक यता ल्याउने ती ब्यक्तिको भनाई थियो । नेपाल एसबीआई, नबिल, बङ्गलादेश जस्ता निजी बैङ्कसँग कारोबार गरिरहेको जनकपुरका व्यवसायीहरु सरकारी बैङ्कमा ब्याजदर कम भएको थाहा पाएपछि ऋण सार्न इच्छुक भएको ती प्रतिनिधिले बताए ।  माथिका घटनाले पछिल्लो समय निजीबाट सरकारी बैङ्कमा ऋण सार्ने (स्विच गर्ने) क्रम बढेको सङ्केत गर्दछन्...

Stock Market of Nepal: A Journey to Automation

April 2017 NRB Samachar 1.   Capital Markets Capital Markets are the markets consisting long-term securities issued by the government or a corporation. Capital Market typically relates with financial assets which have life spans of greater than one year. Capital Market is a means through which scattered saving and investable resources are converted into actual investment. Capital market is one of the several factors that play a prominent role in the economic development of the nation. The saving institutions such as banks, investment trusts or companies, specialized financial corporations and stock exchanges are some of the important constituents of capital market. The primary role of capital market is to allocate the economy’s capital stock among various productive sectors. Capital invested in such sectors acts as seed money and generates more funds for further investments. No modern corporation of any size can function effectively without ready access to capital markets...