Skip to main content

सम्पती व्यवस्थापनका आधारभुत पक्ष

Translated for better purpose
आय व्यवस्थापन गर्ने अधिकारी भनेको कम्पनीको आयलाई कहाँ कसरी लगानी वा परिचालन गर्ने भन्ने जिम्वेवारी पाएको व्यक्ति हो । कम्पनीको लागि आम्दानीका नयाँ स्रोतहरुको सृजना गर्ने वा आयको उचित व्यवस्थापन गर्न कसैलाई जिम्वेवारी नदिएसम्म तपाइको कम्पनीले क्षमता अनुसार आम्दानी गर्न सक्दैन । तर महत्वपूर्ण कुरा के हो भने तपाइको आफ्नो कम्पनीको आय तपाईले जति राम्रोसँग अरु कसैले व्यवस्थापन गर्न सक्दैन । प्रमुख आय व्यवस्थापक बन्नका लागि गर्नु पर्ने केही कुरा यस्ता छन् ः
बजारप्रवद्र्धन रणनीति ः
तपाईको मार्केटिङ्ग रणनीति के हो ? तपाइले यसै प्रश्नबाट काम शुरु गर्नुपर्ने हुन्छ । बजार प्रवद्र्धन र बित्र्रिm दुवै निकै फरक गतिविधिहरु हुन् । मार्केटिङ्ग भनेको तपाइले कसरी नयाँ ग्राहक बनाउनु हुन्छ भन्ने हो । आम्दानीको सृजना बिक्रिले गर्छ । तसर्थ बजारप्रवद्र्धनको वास्तवीक रणनीति बिना नयाँ बिक्रि सृजना गर्ने काम निकै कठिन बन्न पुग्छ । त्यसैले सर्वप्रथम आफ्नो हीतमा रहने गरी बजारप्रवद्र्धन रणनीति निर्माण गर्नुस् ।  तपाईको शिघ्र उन्नती तपाईसगै छ ।
बिक्रि व्यवस्थापन ः
तपाईले बित्र्रिm प्रकृयालाई कसरी व्यवस्थापन गर्नु भएको छ ? यदि नयाँ ग्राहक सृजना गर्ने कामका लागि तपाई एक्लै जिम्वेवार हुनुहुन्छ भने पनि तपाईका लागि बिक्रि प्रकृया र त्यसलाई व्यवस्थापन गर्ने निश्चित विधि आवश्यक पर्छ । सम्भाव्य ग्राहकले तपाई नै उसको लागि सबैभन्दा सही कम्पनी हो भन्ने कुनै आधार चाहिन्छ नै ।  तपाईको कम्पनी नै ग्राहकले किन छनौट गर्लान् ? सम्भाव्य ग्राहकलाई आकर्षित गर्ने वा उनिहरुको निर्णय प्रकृयालाई प्रभावित गर्ने कुराहरु तपाईसँग के छ ? यी प्रश्नहरुको उचित समाधानका लागि तपाईले केही शव्दजालहरु पनि सिक्नु पर्ने हुन्छ । बिक्रिको भाषा बित्र्रिm प्रकृयाकै एक हिस्सा हो । संसारका अरु गतिविधिहरुको जस्तै बिक्रिको पनि विशेष भाषा हुन्छ । त्यसैले बिक्रिको भाषा सिक्नुको अर्थ बिक्रि प्रकृयालाई व्यवस्थापनमा सहयोग पुग्नु हो ।
आम्दानी पहिचान ः
अम्दानी भनेको खुद मुनाफाको रुपमा प्राप्त भएको आर्थिक मुल्य मात्रै होइन । आम्दानीको अर्थ बजार गतिविधि, नयाँ ग्राहक, नयाँ सेवा तथा ग्राहकले तपाईको कम्पनीमा थप सेवा लिन थाल्नु पनि हो । अनुसन्धानहरुबाट कम्पनीको थप जति धेरै सेवा ग्राहकहरुले खरिद गर्दै जान्छन् उनिहरु कम्पनीसँग त्यत्तिकै बाँधिदै जान्छन् भन्ने देखिएको छ । यदि तपाइले वस्तुमात्रै बित्र्रिm गर्नु हुन्छ भने ग्राहकहरु तपाईलाई छोडेर सजिलै अन्यत्रै लाग्न सक्छन् । उनिहरुलाई कम्पनीसँगको भावनात्मक सम्बन्धमा बाँधेर राख्ने गतिलो सुत्र नै तपाईसँग हुँदैन । तर, यदि तपाई वस्तुमा थप अतिरिक्त मुल्य थपेर बेच्नु हुन्छ भने तपाईका ग्राहकलाई अर्काे कम्पनीले खोसेर लैजान निकै सजिलो हुँदैन । ग्राहकलाई सन्तुष्ट बनाई आफैसँग राखिराख्नु नै आय अधिकारीको महत्वपूर्ण काम हो ।
कम्पनी पहिचान ः
यदि तपाइको छुटै पहिचान छ भने ग्राहकहरुले सजिलै तपाईको कम्पनी उनिहरुका लागि उपयुक्त कम्पनी हो भनेर चिन्न सक्छन् । पहिचानको अर्थ उपयुक्त छ भनेर चिनिने अवस्था हो । मानौ तपाईसँग वार्षिक २० लाख आम्दानी गर्ने सम्पती व्यवस्थापन कम्पनी छ । तपाई त्यसलाई २० लाख भन्दा धेरै कमाउने बनाउन चाहनुहुन्छ भने तपाई आफ्नो कम्पनीलाई अरुले किन्न चाहनेखालको आकर्षक व्यवसायमा बदल्न तत्पर बन्नु हुन्छ । नयाँ सीप सिक्न र सल्लाहहरु लिनु तत्पर बन्नुहुन्छ । यसरी कम्पनीलाई व्यवसायको रुपमा सोच्न तपाई तयार हुदाँ तपाई एक सफल व्यवसायीले नियमितरुपले गर्ने क्रियाकलागहरु गर्न इच्छुक बन्नथाल्नु हुन्छ । ग्राहकका लागि मुल्यको सृजना गर्नमा तपाईको चासो प्राथमिक उत्प्रेरककोरुपमा उदाँउछ । र, तपाईले व्यवसायमा जीवनको आनन्द उठाउन र रमाइलोको अनुभव गर्न  थाल्नु हुन्छ ।
आफुले व्यवसाय गर्न चाहेका मानिसहरुको बारेमा सोच्नुस् । तपाई आफ्नो स्थानलाई जति साधुरो बनाउन सक्नु हुन्छ त्यत्तिनै तपाईसँग काम गर्न चाहने मानिसहरु पत्तालगाउन तपाईलाई सजिलो हुन्छ । आफ्नो कम्पनीको प्रमुख आय अधिकारी आफै बन्नु जति राम्रोकुरा केही हुँनै सक्तैन ।

Comments

Popular posts from this blog

सुनको मूल्यभित्रका वास्तविकता

सुनको मूल्यभित्रका वास्तविकता होमनाथ गैरे संसारमा शेयरपछि सबैभन्दा बढी मूल्य घटबढ हुने वस्तुमा सुन पर्छ । सुनको मूल्यमा हुने उतारचढावका साथै यसका कारण र प्रभावका विषयमा समय समयमा विभिन्न विचारहरू बाहिर आउने गरेका छन् । यस किसिमका भनाइ खासगरी डेरिभेटिभ बजारका लगानीकर्ता वा मूल्यमा भएको उतारचढावबाट छिटो पैसा कमाउन चाहने सट्टेबाजहरूबाट बढी आउने गरेको छ । विश्वअर्थतन्त्रमा हुने परिवर्तन, भूराजनीतिक अवस्था र सुनको उत्पादन, माग तथा आपूर्तीलाई कारण मान्दै यसको मूल्य अहिले अझै माथि जाने त कहिले अझै तल झर्ने भनाइहरू पनि सार्वजनिक हुने गरेका छन् । तर, विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित विज्ञ तथा अर्थशास्त्रीहरू भने सुनको मूल्यमा हुने त्यस्तो उतारचढावलाई अस्वाभाविक र कृत्रिम मान्दछन् । यसै सन्दर्भमा यस लेखमा सुनको विषयमा विद्यमान केही कथनहरूको चिरफार गर्ने प्रयास गरिएको छ । सुन महँगो धातु हो ? यो भनाइ सुनमा मात्रै नभएर सम्पत्तिका रूपमा उपयोग हुने वा मानव जीवनसँग गाँसिएका कुनै पनि वस्तुको हकमा उत्तिकै लागू हुन्छ । वास्तवमा यो प्रश्नको उत्तर निकै कठि...

निजी बैङ्कको ऋण सरकारीमा सार्दै व्यवसायी

सरकारी बैङ्कप्रतिको विश्वास बढ्यो की कम ब्याजदरले तान्यो ? होमनाथ गैरे गत बैशाखमा काठमाडौंका एक व्यवसायीक फर्मले माछापुच्छ«े बैङ्कसँगको ऋण नेपाल बैङ्कमा सा¥यो । माछापुच्छ«ेको तुलनामा नेपाल बैङ्कको ब्याजदर कम भएकाले कारोबार सारेको श्रेष्ठ थरका त्यो फर्म सञ्चालकको भनाई थियो । ‘ऋण सारेको ४ महिनाको अवधीमा कम्तीमा २०÷२५ लाख रुपैयाँ ब्याज खर्च घट्यो,’ पाँचतारे होटेलको एक जमघटमा श्रेष्ठले भन्दै थिए, ‘पहिले नै जानकारी भएको भए अझ धेरै बचत हुने रहेछ ।’ गत साउन दोस्रो साता राष्ट्रिय बाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा जनकपुरका व्यवसायीको प्रतिनिधित्व गर्दै एक ब्यक्तिले ब्याजदरका विषयमा छलफल गर्दै थिए । आफुसँग १२÷१३ करोड रुपैयाँको पोर्टफोलियो भएकाले ब्याजदर मिलाई दिए सबै ग्राहक यता ल्याउने ती ब्यक्तिको भनाई थियो । नेपाल एसबीआई, नबिल, बङ्गलादेश जस्ता निजी बैङ्कसँग कारोबार गरिरहेको जनकपुरका व्यवसायीहरु सरकारी बैङ्कमा ब्याजदर कम भएको थाहा पाएपछि ऋण सार्न इच्छुक भएको ती प्रतिनिधिले बताए ।  माथिका घटनाले पछिल्लो समय निजीबाट सरकारी बैङ्कमा ऋण सार्ने (स्विच गर्ने) क्रम बढेको सङ्केत गर्दछन्...

Stock Market of Nepal: A Journey to Automation

April 2017 NRB Samachar 1.   Capital Markets Capital Markets are the markets consisting long-term securities issued by the government or a corporation. Capital Market typically relates with financial assets which have life spans of greater than one year. Capital Market is a means through which scattered saving and investable resources are converted into actual investment. Capital market is one of the several factors that play a prominent role in the economic development of the nation. The saving institutions such as banks, investment trusts or companies, specialized financial corporations and stock exchanges are some of the important constituents of capital market. The primary role of capital market is to allocate the economy’s capital stock among various productive sectors. Capital invested in such sectors acts as seed money and generates more funds for further investments. No modern corporation of any size can function effectively without ready access to capital markets...