Skip to main content

शेयर खरीद गर्नुपूर्व ध्यान दिनुपर्ने विषय

translated for good purpose
शेयर खरीद गर्दा लगानीकर्ताले विभिन्न विषयमा ध्यान दिनुपर्छ । लगानीसम्बन्धी आफैले अध्ययन गर्नुपर्छ । यसका लागि आफूले लगानी गर्न चाहेको कम्पनीको वित्तीय विवरण अध्ययन गर्नुपर्छ । प्रत्येक कम्पनीले विभिन्न पत्रपत्रिका वा आप्mनै वेबसाइटमा वार्षिक तथा त्रैमासिक वित्तीय विवरण राखेका हुन्छन् । वित्तीय विवरणले कम्पनीको अवस्थालाई देखाएको हुन्छ, जसले त्यसमा लगानीसम्बन्धी निर्णय गर्न सहयोगी भूमिका निर्वाह गर्छ । वित्तीय विवरणमा मुख्य गरी खुद नाफा, प्रतिशेयर आम्दानी, खुद सम्पत्ति, जगेडा कोष, मूल्य आम्दानी अनुपात, नाफाको स्रोत, जोखीम व्यवस्था आदि हेर्नुपर्छ ।
खुद मुनाफा
कम्पनीले आप्mनो खर्च तथा सरकारलाई बुझाउने करपछि बचेको रकम नै खुद मुनाफा हो । खुद मुनाफाबाट नै कम्पनीले आप्mना शेयरधनीलाई लाभांश वितरण गर्छ । त्यसैले, कम्पनीको खुद मुनाफाले कम्पनीको प्रस्तुतिलाई देखाउँछ । कम्पनीले जति धेरै नाफा आर्जन गर्न सक्छ, त्यति नै लाभांश पनि वितरण गर्छ । त्यसैले, कम्पनीको खुद मुनाफाको आकार हेरेर लगानी गर्नुपर्छ ।
प्रतिशेयर आम्दानी
प्रतिशेयर आम्दानी शेयरबाट प्राप्त गर्न सकिने आम्दानीको अवस्था हो । त्यसैले, प्रतिशेयर आम्दानीको अनुपातलाई पनि हेर्नुपर्ने हुन्छ । कम्पनीको पूँजी तथा मुनाफाको अनुपातको अवस्थाले यसको अनुमान गर्न सकिन्छ । धेरै चुक्ता पूँजी भएर धेरै मुनाफा आर्जन गरेका कम्पनीभन्दा थोरै चुक्ता पूँजी भएर धेरै मुनाफा आर्जन गरेका कम्पनी लगानीका लागि उपयुक्त हुन्छन् । कम्पनीको कुल शेयर कित्ताले खुद मुनाफालाई भाग गरेर प्रतिशेयर आम्दानी निकाल्न सकिन्छ ।
खुद सम्पत्ति
खुद सम्पत्तिले पनि कम्पनीको अवस्थाबारे थाहा पाउन सकिन्छ । यसको आधारमा कम्पनीले कतिसम्म लाभांश दिन सक्छ भन्ने थाहा हुन्छ । कम्पनीको चुक्ता पूँजी तथा कम्पनीले हरेक वर्षको नाफाबाट बचत गरेको सञ्चित रकमको जोडलाई कम्पनीको शेयर कित्ताले भाग गरेपछि प्रतिशेयर खुद सम्पत्ति वा शेयरको किताबी मूल्य आउँछ । यदि सो वर्ष प्रतिशेयर आम्दानी कम भए तापनि खुद सम्पत्ति उच्च छ भने अघिल्लो वर्षको नाफाबाट लाभांश वितरण गर्न सक्छ भन्ने अनुमान गर्न सकिन्छ ।
जगेडा कोष
जगेडा कोष कम्पनी आन्तरिक रूपमा कति सक्षम छ भनेर थाहा पाउने एउटा सूचक हो । कम्पनीको जगेडा कोष जति धेरै भयो, कम्पनी आन्तरिक रूपमा त्यति नै दरिलो हुन्छ । कम्पनीमा आइपर्ने समस्यालाई समाधान गर्न सक्षम हुन्छ । त्यसैगरी जगेडा कोषभित्र विभिन्न शीर्षक हुन्छन् । त्यसमध्ये रिटेण्ड अर्निङ (सञ्चित नाफा) शीर्षकमा राखिएको रकम अगामी वर्ष शेयरधनीलाई लाभांशका रूपमा वितरण हुन पनि सक्छ ।
मूल्य–आम्दानी अनुपात
आपूmले गरेको लगानी आगामी कति समयमा उठ्न सक्छ भन्ने विषयमा लगानीकर्ता सचेत हुनुपर्छ । यो महŒवपूर्ण विषय पनि हो । यसका लागि कम्पनीको मूल्य–आम्दानी अनुपात हेनुपर्छ । कम्पनीको शेयर मूल्यलाई एक आर्थिक वर्षको प्रतिशेयर आम्दानीले भाग गर्दा आउने अङ्क नै मूल्य–आम्दानी अनुपात हो । यस्तो अनुपात १० भन्दा न्यून भएमा कम्पनीको शेयर खरीद डुब्ने सम्भावना कम हुन्छ भने २० भन्दा माथि भएकामा डुब्ने सम्भावना धेरै हुन्छ ।
कम्पनीको व्यवस्थापन
कुनै पनि कम्पनीको सफलता कम्पनीको व्यवस्थापकमा निर्भर रहन्छ । लगानी गर्नुपर्व कम्पनीको व्यवस्थापन समूहमा सहभागी व्यक्तिको बारेमा जानकारी राख्नुपर्छ । आर्थिक रूपमा राम्रो हुँदाहँुदैको अवस्थामा पनि नराम्रो व्यवस्थापनका कारण कम्पनी डुब्न पुगेको उदाहरण थुप्रै छन् । त्यसैले, व्यवस्थापनभित्र बैङ्किङ अनुभव भएका व्यक्तिको उपस्थिति भए÷नभएको हेर्नुपर्छ । त्यसैगरी प्रवद्र्धकहरू कस्ता छन्, उनीहरूको शैक्षिक योग्यता कस्तो छ, उनीहरूको अन्य व्यवसाय के छ, वित्तीय अवस्था कस्तो छ भन्नेजस्ता विषयमा पनि जानकारी राख्नुपर्छ ।
वस्तु तथा  सेवा
लगानी गर्न लागेको कम्पनीले उत्पादन गर्ने वस्तुका विषयमा पनि थाहा पाउनुपर्छ । कस्तो खालको वस्तु वा सेवा उत्पादन गर्छ, बजारमा माग कतिको छ, भविष्यको बजार कस्तो छ भन्नेबारे पनि ध्यान दिनुपर्छ ।
सूचना पाउने माध्यम
कम्पनीसम्बन्धी सूचना सजिलै पाउन सकिँदैन । यसका लागि लगानीकर्ताले केही मेहनत गर्नुपर्छ । सूचना पाउन सकिने विभिन्न माध्यम हुन्छन् । सूचनाको पहिलो माध्यम आफन्त, छरछिमेक र साथीभाइ हुन सक्छन्, जसले पहिलादेखि नै यसमा काम गरिरहेका छन् । दोस्रोमा कम्पनीहरूले प्रकाशन गरेका वित्तीय विवरण, आह्वानपत्र, प्रबन्धपत्र आदि हुन् । तेस्रोमो कम्पनीहरूलाई अनुगमन गर्ने निकायहरू जस्तै– धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैङ्क, कम्पनी रजिष्ट्रार कार्यालय र धितोपत्र विनिमय गर्ने बजारमा पनि कम्पनीबारे जानकारी पाउन सकिन्छ । साथै, बजारको अनुसन्धान गरी बसेका व्यावसायिक संस्था तथा विभिन्न पत्रपत्रिका, इण्टरनेटबाट पनि आवश्यक जानकारी पाउन सकिन्छ । 

Comments

Popular posts from this blog

सुनको मूल्यभित्रका वास्तविकता

सुनको मूल्यभित्रका वास्तविकता होमनाथ गैरे संसारमा शेयरपछि सबैभन्दा बढी मूल्य घटबढ हुने वस्तुमा सुन पर्छ । सुनको मूल्यमा हुने उतारचढावका साथै यसका कारण र प्रभावका विषयमा समय समयमा विभिन्न विचारहरू बाहिर आउने गरेका छन् । यस किसिमका भनाइ खासगरी डेरिभेटिभ बजारका लगानीकर्ता वा मूल्यमा भएको उतारचढावबाट छिटो पैसा कमाउन चाहने सट्टेबाजहरूबाट बढी आउने गरेको छ । विश्वअर्थतन्त्रमा हुने परिवर्तन, भूराजनीतिक अवस्था र सुनको उत्पादन, माग तथा आपूर्तीलाई कारण मान्दै यसको मूल्य अहिले अझै माथि जाने त कहिले अझै तल झर्ने भनाइहरू पनि सार्वजनिक हुने गरेका छन् । तर, विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित विज्ञ तथा अर्थशास्त्रीहरू भने सुनको मूल्यमा हुने त्यस्तो उतारचढावलाई अस्वाभाविक र कृत्रिम मान्दछन् । यसै सन्दर्भमा यस लेखमा सुनको विषयमा विद्यमान केही कथनहरूको चिरफार गर्ने प्रयास गरिएको छ । सुन महँगो धातु हो ? यो भनाइ सुनमा मात्रै नभएर सम्पत्तिका रूपमा उपयोग हुने वा मानव जीवनसँग गाँसिएका कुनै पनि वस्तुको हकमा उत्तिकै लागू हुन्छ । वास्तवमा यो प्रश्नको उत्तर निकै कठि...

निजी बैङ्कको ऋण सरकारीमा सार्दै व्यवसायी

सरकारी बैङ्कप्रतिको विश्वास बढ्यो की कम ब्याजदरले तान्यो ? होमनाथ गैरे गत बैशाखमा काठमाडौंका एक व्यवसायीक फर्मले माछापुच्छ«े बैङ्कसँगको ऋण नेपाल बैङ्कमा सा¥यो । माछापुच्छ«ेको तुलनामा नेपाल बैङ्कको ब्याजदर कम भएकाले कारोबार सारेको श्रेष्ठ थरका त्यो फर्म सञ्चालकको भनाई थियो । ‘ऋण सारेको ४ महिनाको अवधीमा कम्तीमा २०÷२५ लाख रुपैयाँ ब्याज खर्च घट्यो,’ पाँचतारे होटेलको एक जमघटमा श्रेष्ठले भन्दै थिए, ‘पहिले नै जानकारी भएको भए अझ धेरै बचत हुने रहेछ ।’ गत साउन दोस्रो साता राष्ट्रिय बाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा जनकपुरका व्यवसायीको प्रतिनिधित्व गर्दै एक ब्यक्तिले ब्याजदरका विषयमा छलफल गर्दै थिए । आफुसँग १२÷१३ करोड रुपैयाँको पोर्टफोलियो भएकाले ब्याजदर मिलाई दिए सबै ग्राहक यता ल्याउने ती ब्यक्तिको भनाई थियो । नेपाल एसबीआई, नबिल, बङ्गलादेश जस्ता निजी बैङ्कसँग कारोबार गरिरहेको जनकपुरका व्यवसायीहरु सरकारी बैङ्कमा ब्याजदर कम भएको थाहा पाएपछि ऋण सार्न इच्छुक भएको ती प्रतिनिधिले बताए ।  माथिका घटनाले पछिल्लो समय निजीबाट सरकारी बैङ्कमा ऋण सार्ने (स्विच गर्ने) क्रम बढेको सङ्केत गर्दछन्...

Stock Market of Nepal: A Journey to Automation

April 2017 NRB Samachar 1.   Capital Markets Capital Markets are the markets consisting long-term securities issued by the government or a corporation. Capital Market typically relates with financial assets which have life spans of greater than one year. Capital Market is a means through which scattered saving and investable resources are converted into actual investment. Capital market is one of the several factors that play a prominent role in the economic development of the nation. The saving institutions such as banks, investment trusts or companies, specialized financial corporations and stock exchanges are some of the important constituents of capital market. The primary role of capital market is to allocate the economy’s capital stock among various productive sectors. Capital invested in such sectors acts as seed money and generates more funds for further investments. No modern corporation of any size can function effectively without ready access to capital markets...