लगानी जानकारी prepared during 2071
नयाँ आर्थिक वर्ष (आव) शुरु भएसँगै नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत कम्पनीहरुले शेयरधनीहरुलाई धमाधम लाभांश दिने तयारी गरिरहेका छन् । त्यस्ता कम्पनीहरुले गत आव २०७०÷७१ को प्रारम्भिक वित्तीय प्रतिवेदन प्रकाशित गरिसकेका छन् भने कतीपयले त लेखापरिक्षण समेत गरेर साभारणसभाबाट पारित गर्ने तरखरमा छन् । कम्पनीहरुले आव पूरा भएको ६ महीनाभित्र वार्षिक साधारणसभा गरि सक्नुपर्छ । साधारणसभाबाट कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र सञ्चालकको प्रतिवेतनका साथै शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश समेत पारित गर्नु पर्छ । कम्पनी ऐन को दफा ८२ अनुसार कम्पनीहरुले अधिकृत तथा चुक्तापूँजी बढाउन, शेयर संरचना हेरफेर, नाम र मुख्य उदेश्य परिवर्तन गर्ने र गाभ्ने गाभिने विषयमा निर्णय गर्न विशेष साधारणसभा पनि गर्न सक्छन ।
शेयरधनीलाई लाभांश वितरण गर्नु कम्पनीहरुको दायित्व नै हो । यस दायित्व पूरा गर्न सुचिकृत कम्पनीहरुले अघिल्लो आवसम्मको सञ्चित नाफाबाट नियामकको मापदण्डअनुसार राख्नु पर्ने कोष र सम्भावित जोखिम व्यवस्था गरे बाँकी रहेको रकम लाभांसका रुपमा बाढ्ने गर्छन् । यो संसारभरी नै प्रचलनमा रहेको नियम हो । उदाहरणका लागि आव २०६९÷७० सम्मको सञ्चित नाफाबाट आव २०७०÷७१ मा लाभांस वितरण गर्ने गरिन्छ । तर यस विषयमा लगानीकर्ता तथा कतीपय सुचिकृत कम्पनीकै अधिकारीहरुको गलत बुझाई रहेको देखिन्छ । फलस्वरुप, यस विषयमा आर्थिक अभियान दैनिकले प्रकाशित गरेको बैङ्क तथा वित्तीय संस्थाहरुले वितरण गरेका नगद लाभांश र बोनस शेयरको विवरणलाई लिएर समेत विभिन्न तवरबाट टिका टिप्पणी भएको सुनिन्छ । यी सबै बुझाईमा कमजोरीका कारण भएका हुन ।
गत आवसम्मको सञ्चित कोषबाट नै चालू आवमा लाभांस वितरण गर्ने संसार भरकै नियम हो । त्यसअनुसार आव २०७०÷७१ मा वितरण गरेको लाभांश आव २०६९÷७० सम्मको सञ्चित नाफाबाट मात्र हो । त्यसैगरी यस आवमा वितरण गर्ने गत आव २०७०÷७१ सम्मको नाफाबाट हो । त्यसकारण यस्ता सूचना तथा जानकारीहरुको विश्लेषण गरेर लगानीको निर्णय गर्नु उचित हुन्छ । यद्यपी सञ्चित कोषमा राखिने रकम कति वर्ष देखिको खुलाइएको हुँदैन् । तर, कम्पनीहरुले सञ्चित कोषमा विगत ५ वर्ष देखि छुट्याइएको र त्यसबाट दिएको लाभांसलाई विश्लेषण गरेर मात्र लगानी गर्नुपर्ने हुन्छ ।
सञ्चित कोषमा जम्मा गरेको रकमलाई आधार मानेर कम्पनीले दिएको वा भविष्यमा दिन सक्ने प्रतिशेयर लाभांशलाई विश्लेषण गर्न सकिन्छ । लगानीकर्ताको विचारलाई डो¥याउने गतिलो आधार कम्पनीहरुले दिने प्रतिफल हो । कसैलाई तुरुन्त नाफा नचाहे पनि लगानीको सुरक्षा चाहान्छन । लगानीको सुरक्षा विषयमा दोधार भएमा लगानी नगर्नु नै उचित हुन्छ । लगानीको निधारण गर्ने कम्पनीले गरेको नाफा नै हो । त्यसैले लगानी कर्ताले यसको लेखांकन र गणना विधिका विषयमा पनि स्पष्टसँग बुझन आवश्यक छ ।
कतिपय अवस्थामा कम्पनीहरुले प्रकाशित गरेको प्रारम्भिक वित्तीय विवरण र लेखापरिक्षणपछिको वित्तीय विवरणमा धेरै फरक रहेको हुन्छ । चलाख लगानी कर्ताहरुले यहि विषयमा खेलिरहेका हुन्छन् । यो कम्पनीले बढि लाभांस दिन्छ यसले थोरे दिन्छ भन्ने हल्ला फिजाएका हुन्छन् । सोझा र नयाँ लगानीकर्ता कहिले सम्मको नाफा कसरी पाइन्छ भन्ने थाहा नपाएर पनि झुक्किने गरेका छन् । उनीहरुले नबुझेको फाइदा लिदै चलाख लगानीकताले कमाउन चाहन्छन् । यस विषयमा सबै चनाखो हुनु पर्छ ।
असोज महीनामा केहि कम्पनीहरुले प्रस्तावित लाभांस घोषण गर्दै साधारणसभा गर्ने मिति पनि घोषण गर्न सुरुवात गर्छन् । अहिले बजार बियरिशमा रहे पनि लाभांस घोषणपछि र बुलिश बियरिस दुवै ट्रेण्डमा देखापर्न सक्छ । यस्तो अवस्थामा चलखेल गर्नेहरुले हल्ला गरेको आधारमा अब बढ्ने भयो किनी हालौं, फाइदा लिइ हालैं भनेर लगानी गर्नु पनि हुँदैन । यसरी विना अध्ययन र सोचविचार लगानी गर्न तयार भइदिँदा जोखिम बढी हुने पक्का छ ।

Comments
Post a Comment