Skip to main content

सुचिकृत कम्पनीहरुको नगद लाभांश र बोनस शेयर सम्वन्धि व्यवस्था

लगानी जानकारी prepared during 2071

नयाँ आर्थिक वर्ष (आव) शुरु भएसँगै नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत कम्पनीहरुले शेयरधनीहरुलाई धमाधम लाभांश दिने तयारी गरिरहेका छन् । त्यस्ता कम्पनीहरुले गत आव २०७०÷७१ को प्रारम्भिक वित्तीय प्रतिवेदन प्रकाशित गरिसकेका छन् भने कतीपयले त लेखापरिक्षण समेत गरेर साभारणसभाबाट पारित गर्ने तरखरमा छन् । कम्पनीहरुले आव पूरा भएको ६ महीनाभित्र वार्षिक साधारणसभा गरि सक्नुपर्छ । साधारणसभाबाट कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र सञ्चालकको प्रतिवेतनका साथै शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश समेत पारित गर्नु पर्छ । कम्पनी ऐन को दफा ८२ अनुसार कम्पनीहरुले अधिकृत तथा चुक्तापूँजी बढाउन, शेयर संरचना हेरफेर, नाम र मुख्य उदेश्य परिवर्तन गर्ने र गाभ्ने गाभिने विषयमा निर्णय गर्न विशेष साधारणसभा पनि गर्न सक्छन ।
शेयरधनीलाई लाभांश वितरण गर्नु कम्पनीहरुको दायित्व नै हो । यस दायित्व पूरा गर्न सुचिकृत कम्पनीहरुले अघिल्लो आवसम्मको सञ्चित नाफाबाट नियामकको मापदण्डअनुसार राख्नु पर्ने कोष र सम्भावित जोखिम व्यवस्था गरे बाँकी रहेको रकम लाभांसका रुपमा बाढ्ने गर्छन् । यो संसारभरी नै प्रचलनमा रहेको नियम हो । उदाहरणका लागि आव २०६९÷७० सम्मको सञ्चित नाफाबाट आव २०७०÷७१ मा लाभांस वितरण गर्ने गरिन्छ । तर यस विषयमा लगानीकर्ता तथा कतीपय सुचिकृत कम्पनीकै अधिकारीहरुको गलत बुझाई रहेको देखिन्छ । फलस्वरुप, यस विषयमा आर्थिक अभियान दैनिकले प्रकाशित गरेको बैङ्क तथा वित्तीय संस्थाहरुले वितरण गरेका नगद लाभांश र बोनस शेयरको विवरणलाई लिएर समेत विभिन्न तवरबाट टिका टिप्पणी भएको सुनिन्छ । यी सबै बुझाईमा कमजोरीका कारण भएका हुन ।
गत आवसम्मको सञ्चित कोषबाट नै चालू आवमा लाभांस वितरण गर्ने संसार भरकै नियम हो । त्यसअनुसार आव २०७०÷७१ मा वितरण गरेको लाभांश आव २०६९÷७० सम्मको सञ्चित नाफाबाट मात्र हो । त्यसैगरी यस आवमा वितरण गर्ने गत आव २०७०÷७१ सम्मको नाफाबाट हो । त्यसकारण यस्ता सूचना तथा जानकारीहरुको विश्लेषण गरेर लगानीको निर्णय गर्नु उचित हुन्छ । यद्यपी सञ्चित कोषमा राखिने रकम कति वर्ष देखिको खुलाइएको हुँदैन् । तर, कम्पनीहरुले सञ्चित कोषमा विगत ५ वर्ष देखि छुट्याइएको र त्यसबाट दिएको लाभांसलाई विश्लेषण गरेर मात्र लगानी गर्नुपर्ने हुन्छ । 
सञ्चित कोषमा जम्मा गरेको रकमलाई आधार मानेर कम्पनीले दिएको वा भविष्यमा दिन सक्ने प्रतिशेयर लाभांशलाई विश्लेषण गर्न सकिन्छ । लगानीकर्ताको विचारलाई डो¥याउने गतिलो आधार कम्पनीहरुले दिने प्रतिफल हो । कसैलाई तुरुन्त नाफा नचाहे पनि लगानीको सुरक्षा चाहान्छन ।  लगानीको सुरक्षा विषयमा दोधार भएमा लगानी नगर्नु नै उचित हुन्छ । लगानीको निधारण गर्ने कम्पनीले गरेको नाफा नै हो । त्यसैले लगानी कर्ताले यसको लेखांकन र गणना विधिका विषयमा पनि स्पष्टसँग बुझन आवश्यक छ ।
कतिपय अवस्थामा कम्पनीहरुले प्रकाशित गरेको प्रारम्भिक वित्तीय विवरण र लेखापरिक्षणपछिको वित्तीय विवरणमा धेरै फरक रहेको हुन्छ । चलाख लगानी कर्ताहरुले यहि विषयमा खेलिरहेका हुन्छन् । यो कम्पनीले बढि लाभांस दिन्छ यसले थोरे दिन्छ भन्ने हल्ला फिजाएका हुन्छन् । सोझा र नयाँ लगानीकर्ता कहिले सम्मको नाफा कसरी पाइन्छ भन्ने थाहा नपाएर पनि झुक्किने गरेका छन् । उनीहरुले नबुझेको फाइदा लिदै चलाख लगानीकताले कमाउन चाहन्छन् । यस विषयमा सबै चनाखो हुनु पर्छ ।
असोज महीनामा केहि कम्पनीहरुले प्रस्तावित लाभांस घोषण गर्दै साधारणसभा गर्ने मिति पनि घोषण गर्न सुरुवात गर्छन् । अहिले बजार बियरिशमा रहे पनि लाभांस घोषणपछि र बुलिश बियरिस दुवै ट्रेण्डमा देखापर्न सक्छ । यस्तो अवस्थामा चलखेल गर्नेहरुले हल्ला गरेको आधारमा अब बढ्ने भयो किनी हालौं, फाइदा लिइ हालैं भनेर लगानी गर्नु पनि हुँदैन । यसरी विना अध्ययन र सोचविचार लगानी गर्न तयार भइदिँदा जोखिम बढी हुने पक्का छ ।

Comments

Popular posts from this blog

सुनको मूल्यभित्रका वास्तविकता

सुनको मूल्यभित्रका वास्तविकता होमनाथ गैरे संसारमा शेयरपछि सबैभन्दा बढी मूल्य घटबढ हुने वस्तुमा सुन पर्छ । सुनको मूल्यमा हुने उतारचढावका साथै यसका कारण र प्रभावका विषयमा समय समयमा विभिन्न विचारहरू बाहिर आउने गरेका छन् । यस किसिमका भनाइ खासगरी डेरिभेटिभ बजारका लगानीकर्ता वा मूल्यमा भएको उतारचढावबाट छिटो पैसा कमाउन चाहने सट्टेबाजहरूबाट बढी आउने गरेको छ । विश्वअर्थतन्त्रमा हुने परिवर्तन, भूराजनीतिक अवस्था र सुनको उत्पादन, माग तथा आपूर्तीलाई कारण मान्दै यसको मूल्य अहिले अझै माथि जाने त कहिले अझै तल झर्ने भनाइहरू पनि सार्वजनिक हुने गरेका छन् । तर, विश्व बैङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता संस्थाका पदाधिकारी र केही स्थापित विज्ञ तथा अर्थशास्त्रीहरू भने सुनको मूल्यमा हुने त्यस्तो उतारचढावलाई अस्वाभाविक र कृत्रिम मान्दछन् । यसै सन्दर्भमा यस लेखमा सुनको विषयमा विद्यमान केही कथनहरूको चिरफार गर्ने प्रयास गरिएको छ । सुन महँगो धातु हो ? यो भनाइ सुनमा मात्रै नभएर सम्पत्तिका रूपमा उपयोग हुने वा मानव जीवनसँग गाँसिएका कुनै पनि वस्तुको हकमा उत्तिकै लागू हुन्छ । वास्तवमा यो प्रश्नको उत्तर निकै कठि...

निजी बैङ्कको ऋण सरकारीमा सार्दै व्यवसायी

सरकारी बैङ्कप्रतिको विश्वास बढ्यो की कम ब्याजदरले तान्यो ? होमनाथ गैरे गत बैशाखमा काठमाडौंका एक व्यवसायीक फर्मले माछापुच्छ«े बैङ्कसँगको ऋण नेपाल बैङ्कमा सा¥यो । माछापुच्छ«ेको तुलनामा नेपाल बैङ्कको ब्याजदर कम भएकाले कारोबार सारेको श्रेष्ठ थरका त्यो फर्म सञ्चालकको भनाई थियो । ‘ऋण सारेको ४ महिनाको अवधीमा कम्तीमा २०÷२५ लाख रुपैयाँ ब्याज खर्च घट्यो,’ पाँचतारे होटेलको एक जमघटमा श्रेष्ठले भन्दै थिए, ‘पहिले नै जानकारी भएको भए अझ धेरै बचत हुने रहेछ ।’ गत साउन दोस्रो साता राष्ट्रिय बाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा जनकपुरका व्यवसायीको प्रतिनिधित्व गर्दै एक ब्यक्तिले ब्याजदरका विषयमा छलफल गर्दै थिए । आफुसँग १२÷१३ करोड रुपैयाँको पोर्टफोलियो भएकाले ब्याजदर मिलाई दिए सबै ग्राहक यता ल्याउने ती ब्यक्तिको भनाई थियो । नेपाल एसबीआई, नबिल, बङ्गलादेश जस्ता निजी बैङ्कसँग कारोबार गरिरहेको जनकपुरका व्यवसायीहरु सरकारी बैङ्कमा ब्याजदर कम भएको थाहा पाएपछि ऋण सार्न इच्छुक भएको ती प्रतिनिधिले बताए ।  माथिका घटनाले पछिल्लो समय निजीबाट सरकारी बैङ्कमा ऋण सार्ने (स्विच गर्ने) क्रम बढेको सङ्केत गर्दछन्...

Stock Market of Nepal: A Journey to Automation

April 2017 NRB Samachar 1.   Capital Markets Capital Markets are the markets consisting long-term securities issued by the government or a corporation. Capital Market typically relates with financial assets which have life spans of greater than one year. Capital Market is a means through which scattered saving and investable resources are converted into actual investment. Capital market is one of the several factors that play a prominent role in the economic development of the nation. The saving institutions such as banks, investment trusts or companies, specialized financial corporations and stock exchanges are some of the important constituents of capital market. The primary role of capital market is to allocate the economy’s capital stock among various productive sectors. Capital invested in such sectors acts as seed money and generates more funds for further investments. No modern corporation of any size can function effectively without ready access to capital markets...